Linux/C3/The-grep-command/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | grep कमाण्डको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:05 | यो ट्युटोरियलमा, हामी grep कमाण्डको बारे सिक्ने छौ |
00:09 | हामी यसो गर्न केहि उदाहरणहरु प्रयोग गर्ने छौं |
00:11 | यो ट्युरोरियल रेकर्ड गर्न, म प्रयोग गर्दै छु |
00:15 | ’’’उबुन्टु लिनक्स १२.०४‘’’ अपरेटिंग सिस्टम’’’ |
00:20 | र GNU BASH संस्करण ४.२.२४ |
00:24 | याद गरौ, यो ट्युटोरियल अभ्यास गर्न GNU bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:32 | पूर्वाधारको रुपमा, तपाईलाई लिनक्स टर्मिनल को आधारभूत ज्ञान हुनुपर्छ |
00:36 | सान्दर्भिक ट्युटोरियलको लागि, कृपया हाम्रो वेबसाइट हेर्नुहोस् |
00:41 | पहिले, नियमित एक्सप्रेसनहरुको जानकारी लिउँ |
00:45 | नियमित एक्सप्रेसनहरु एउटा प्याटर्न मिलाउने तरिकाहरु हुन् |
00:50 | जब हामीले एउटा प्याटर्न लाइन, प्याराग्राफ वा फाइलमा छ/छैन पत्ता लगाउनु पर्ने हुन्छ |
00:56 | उदाहरणको लागि, यदि तपाई टेलिफोन डिरेक्टरीमा एउटा फोन नम्बर खोज्न चाहनुहुन्छ |
01:02 | वा एउटा अनुच्छेद वा एउटा लाइनमा, कुनै किवर्ड पत्ता लगाउन, हामी grep command प्रयोग गर्ने छौ, ‘’’grep’’’ मा जाऊँ |
01:11 | grepले एक वा बढि लाइन, अनुच्छेद वा फाइलमा एक वा बढि प्याटर्नको खोजी गर्छ |
01:17 | यदि फाइलको नाम उल्लेख गरिएको छैन भने grep ले स्ट्यान्डर्ड इनपुटमा प्याटर्न खोज्छ |
01:23 | यदि फाइलको नाम थाहा भएन भने grep ले स्ट्यान्डर्ड इनपुटमा प्याटर्न खोज्छ |
01:30 | म एउटा grepdemo.txt नामक डेमो फाइल प्रयोग गरि grep को प्रयोग देखाउने छुँ |
01:37 | फाइलको सामग्री हेरौं |
01:40 | यो फाइलमा १३ इन्ट्रीहरु छन् |
01:44 | हरेक इन्ट्रीमा ६ वटा फिल्डहरु छन्, रोल नम्बर, नेम, स्ट्रिम, मार्क्स र स्टाइपंड एमाउन्ट |
01:52 | फिल्डहरु एउटा बारले छुट्याएको छ जसलाई delimiter भनिन्छ |
01:56 | grep ले कसरी काम गर्छ हेरौं |
02:00 | मानौं, हामी computers स्ट्रिमका विद्यार्थीहरू हेर्न grep command प्रयोग गर्न चाहन्छौ |
02:07 | यसको लागि, हामीले terminal खोल्नुपर्छ |
02:10 | त्यसैले, तपाईको किबोर्डको CTRL+ALT र T कीहरु एकसाथ थिच्नुहोस् |
02:16 | अब terminal मा टाइप् गरौ : |
02:18 | ’’’grep स्पेस दोहोरो उद्धरण भित्र computers दोहोरो उद्धरण पछि स्पेस grepdemo .txt |
02:27 | इन्टर थिचौ ,यसले ती इन्ट्रीहरु सुचिकृत गर्ने छ जसको computers स्ट्रिम छ |
02:33 | अब परिणाम मूल फाइलसँग तुलना गरौ |
02:37 | हाम्रो टेक्स्ट एडिटरमा फर्कौ |
02:40 | हामी देख्छौं Zubin को इन्ट्री सूचीकृत गरिएको छैन |
02:45 | त्यसो किन भयो?,यो किनभने grep ले सानो c भएको “computers” प्याटर्न खोज्यो |
02:52 | तर Zubin मा स्ट्रिम “Computers” मा ठुलो C छ |
02:57 | प्याटर्न मिलाउने काम case sensitive हुन्छ |
03:00 | यसलाई case’ इनसेंसिटिभ बनाउन, हामीले grep कमाण्ड सँगै minus i' विकल्प प्रयोग गर्नुपर्छ |
03:06 | हाम्रो टर्मिनलमा फर्कौ, अनि टाइप गरौँ grep स्पेस माइनस i स्पेस दोहोरो उद्धरण भित्र “computers” दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt |
03:20 | इन्टर थिचौ ,यसले अब सबै चार इन्ट्रीहरु सूचिकृत गर्ने छ |
03:25 | हामीgrep ले दिएको प्याटर्नसँग मिल्ने फाइलको लाइन मात्र सुचिकृत गरेको देख्छौं |
03:32 | हामी उल्टो पनि गर्न सक्छौ |
03:34 | grep ले प्याटर्नसँग नमिल्ने इन्ट्रीहरु मात्रै सुचिकृत गर्न सकिन्छ |
03:40 | त्यसको लागि, हामीसँग minus v विकल्प छ |
03:43 | मानौं, हामी पास नभएका विद्यार्थीहरुको इन्ट्री सुचिकृत गर्न चाहन्छौ |
03:48 | हामी यो नतिजा अर्को फाइलमा पनि भण्डार गर्न सक्छौं |
03:52 | यसको लागि टाइप गरौँ grep स्पेस माइनस iv स्पेस दोहोरो उद्धरण भित्र pass दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt स्पेस ग्रेटर द्यान चिन्ह स्पेस notpass.txt |
04:11 | इन्टर थिचौ ,फाइलको सामग्री हेर्न टाइप गरौँ: cat स्पेस notpass.txt |
04:20 | इन्टर थिचौ ,आउटपुट यस्तो देखिन्छ |
04:24 | अब prompt मा टाइप गरौ |
04:26 | grep स्पेस माइनस i स्पेस दोहोरो उद्धरण भित्र fail' दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt |
04:37 | र इन्टर थिचौ ,यो फरक छ |
04:41 | यसमा अनुतीर्ण विद्यार्थीहरू समावेश हुने छन् तर तिनीहरुको नतिजा अपूर्ण हुन्छ |
04:46 | यदि हामी सुचिकृत इन्ट्रीहरु भएको फाइलमा लाइन नम्बर देख्न चाहन्छौं भने हामीसँग minus n विकल्प छ |
04:54 | prompt खाली गरौ |
04:58 | अब टाइप गरौ, "grep स्पेस -in स्पेस दोहोरो उद्धरण भित्र "fail" दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt |
05:09 | इन्टर थिचौ |
05:11 | लाइन नम्बर देखिएको छ |
05:15 | हालसम्म प्याटर्नहरु एक शब्दका रहेका छन् |
05:18 | हामी एक भन्दा बढि शब्दका प्याटर्न पनि प्रयोग गर्न सक्छौं |
05:21 | तर पुरै प्याटर्न उद्धरण भित्र हुनुपर्छ |
05:24 | त्यसैले टाइप गरौँ: grep स्पेस माइनस i स्पेस दोहोरो उद्धरण भित्र ankit स्पेस saraf दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt |
05:38 | इन्टर थिचौ |
05:40 | हामी Ankit Saraf' को रेकर्ड देख्छौं |
05:44 | हामीले एक भन्दा बढी फाइलहरुमा प्याटर्न पाउन सक्छौ |
05:48 | यसको लागि टाइप गरौँ: grep स्पेस माइनस i स्पेस दोहोरो उद्धरण भित्र fail दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt स्पेस notpass.txt |
06:03 | 'इन्टर ‘ थिचौ ,आउटपुट यस्तो देखिन्छ |
06:07 | एक भन्दा बढि फाइलहरु मा grep ले इन्ट्री फेला पारेको फाइलको नाम लेख्नेछ grepdemo.txt र notpass.txt |
06:18 | यिनीहरु notpass.txt फाइलका रेकर्डहरु हुन् र यिनीहरु grepdemo.txt फाइलका रेकर्डहरु हुन् |
06:26 | मानौ, हामी मिल्ने संख्या वा गिन्ती मात्र जान्न चाहन्छौ |
06:31 | त्यसको लागि, हामीसँग minus c विकल्प छ |
06:35 | त्यसैले टाइप गरौँ: grep स्पेस माइनस c स्पेस दोहोरो उद्धरण भित्र Fail ठूलो F दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt |
06:48 | इन्टर थिचौ |
06:50 | यसले मिल्ने लाइनहरुको संख्या को गणना दिने छ |
06:55 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
06:59 | संक्षेपमा हेर्दा |
07:01 | यो ट्युटोरियलमा, हामीले सिक्यौ |
07:03 | फाइलको सामग्री हेर्न उदाहरण cat filename |
07:07 | एउटा निश्चित स्ट्रिमको इन्ट्रीहरु सुचीकृत गर्न उदाहरण grep “computers” grepdemo.txt |
07:14 | अवस्थाहरुमा ध्यान नदिन उदाहरण grep -i “computers” grepdemo.txt |
07:21 | प्याटर्नसँग नमिल्ने लाइनहरु उदाहरण grep -iv “pass” grepdemo.txt |
07:30 | इन्ट्रीहरुसहित लाइन नम्बरहरु सुचीकृत गर्न उदाहरण grep -in “fail” grepdemo.txt |
07:38 | अर्को फाइलमा नतिजा भण्डार गर्न उदाहरण grep -iv “pass” grepdemo.txt > notpass.txt |
07:50 | र गणना थाहा पाउन उदाहरण grep -c “Fail” grepdemo.txt |
07:57 | एउटा कार्यको रुपमा,केहि अन्य कमाण्डहरु जस्तै -E, + र ? को जानकारी लिउँ |
08:04 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
08:06 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
08:10 | यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
08:14 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
08:16 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
08:19 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:23 | विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
08:30 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
08:33 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:40 | यो मिशनमा थप जानकारी उपलब्ध छ: http://spoken-tutorial.org\NMEICT-Intro |
08:45 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागी हुनुभएकोमा धन्यवाद!!! |