LibreOffice-Suite-Writer/C4/Creating-newsletter/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | लिब्रे अफिस राइटरको Creating Newsletters with Multiple Columns स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी कसरी लिब्रे अफिस राइटरमा न्युजलेटर रचना गर्ने र तिनीहरुमा कार्य संचालन गर्न सिक्ने छौ |
00:17 | यहाँ हामी उबुन्टु लिनक्स १०.०४ अपरेटिङ् सिस्टम र लिब्रे अफिस सूइट संस्करण ३.३.४ प्रयोग गर्दै छौ |
00:27 | एउटा न्युजलेटर एउटा प्रकाशनको रुपमा नियमित अन्तरालमा आफ्ना ग्राहकहरु समक्ष परिचालित हुन्छ, उदाहरणका लागि- एउटा सामयिक/पत्रपत्रिका, एउटा पर्चा र अझ धेरै |
00:39 | यसमा खण्डहरुको रुपमा धेरै कोलमहरू हुन्छन् र यसले पाठकलाई विभिन्न लेखमा जान सजिलो पार्छ |
00:47 | लिब्रे अफिस राइटर प्रयोग गरि तपाई न्यूजलेटर सिर्जना गर्न सक्नुहुन्छ जसले लेख पढ्न धेरै सजिलो र छिटो बनाउछ |
00:55 | “File”, “New” र “Text Document” विकल्पमा क्लिक गरेर एउटा नया टेक्स्ट डकुमेन्ट खोलौ |
01:03 | यो डकुमेन्टलाई “Newsletter” फाईलनेममा सेभ गरौ |
01:13 | ल अब, “Newsletter” नाम भएको एउटा नयाँ डकुमेन्ट छ |
01:17 | अब हाम्रो डकुमेन्टमा कोलम इन्सर्ट गरौ |
01:20 | यसो गर्न, पहिला, मेनु बारको “Format” मा क्लिक गरौ अनि “Columns” मा क्लिक गरौ |
01:27 | विभिन्न विकल्पहरू सहितको एउटा डाइलग बक्स देखिन्छ- |
01:31 | तपाईले चाहेको कोलमको संख्या छान्ने |
01:34 | यी कोलुमहरूमा चौडाइ र स्पेसिंग राख्ने |
01:37 | साथै विभाजक रेखाको विभिन्न गुण सेट गर्ने |
01:42 | हामी कोलम फिल्डको मान “2” मा बढाएर न्युजलेटरको लागि दुईवटा कोलमहरू छान्नेछौं |
01:49 | कोलम फिल्ड बाहेकको पाँच आइकनहरूले तपाईलाई उपलब्ध विभिन्न फर्म्याटहरुको प्रिभ्यु देखाउछ |
01:56 | त्यसैले दोस्रो फर्म्याटमा क्लिक गरौ |
01:59 | सबै अन्य मान यथावत राखौ जसले डिफल्टमा कोलमको बिशेषता परिभाषित गर्छ |
02:05 | र “OK” बटनमा क्लिक गरौ |
02:08 | तपाई देख्नुहुन्छ, दुईवटा कोलमहरू टेक्स्ट क्षेत्रमा प्रदर्शित हुन्छन् |
02:12 | हाम्रो पहिलो कोलममा एउटा लेख लेखौ |
02:15 | हामी यसको शीर्षक फन्ट साइज 15 मा बोल्ड टेक्स्टमा “Nature” लेख्नेछौं |
02:21 | र यसको मुनि हामी एउटा लेख लेख्ने छौ |
02:25 | तपाई देख्नुहुन्छ, कर्सर पहिलो कोलमको अन्त्यमा पुगे पछि स्वतः अर्को कोलममा जान्छ |
02:33 | तपाई एउटा तस्वीर कोलममा इन्सर्ट गरौ र यसलाई कोलममा अटाउन आकार परिवर्तन गरौ |
02:39 | अब केहि ठाउँ छोडेर तपाई कोलुममा अर्को लेख लेख्नु सक्नुहुन्छ |
02:46 | ल अब, हामी फन्ट साइज 15 मा बोल्ड टेक्स्टमा “Sports” शीर्षक दिनेछौ र यसको मुनि हामी यसमा एउटा लेख लेख्नेछौ |
02:56 | ल, तपाई देख्नुहुन्छ - कोलमले पाठकलाई धेरै लेखहरूमा जान सजिलो बनाएको छ |
03:02 | केहि वाक्यहरू डिलिट गरौ जसले गर्दा हाम्रो लेख पहिलो कोलममा अटाउछ |
03:08 | अनि, थप कोलमहरु प्रयोग गर्न “Insert” बटनमा क्लिक गरौ अनि “Manual Break” मा क्लिक गरौ |
03:16 | देखापर्ने डाइलग बक्समा “Column break” बटन मा क्लिक गरौ र “OK” बटन मा क्लिक गरौ |
03:23 | तपाई कर्सर स्वतः अर्को कोलममा भएको देख्नुहुन्छ |
03:27 | त्यसैले तपाई कोलममा अर्को लेख लेख्न सुरु गर्न सक्नुहुन्छ |
03:31 | सबै फर्मेटिंग विकल्पहरू जस्तै |
03:33 | “Align left”, “Align right”, |
03:36 | टेक्स्टमा “Background Color” थप्ने |
03:38 | टेक्स्ट “Highlighting” र अन्य धेरै विशेषताहरु |
03:41 | टेक्स्ट आकर्षक बनाउन थप्न सकिन्छ |
03:45 | उदाहरणको लागि, हामी पृष्ठभूमि रंग लागु गर्न चाहेको खण्ड छान्नेछौँ |
03:51 | अब, टूलबारको “Background Color” आइकनमा क्लिक गरौ र “Green 4” मा क्लिक गरौ |
03:59 | हामी देख्छौं, छानिएको टेक्स्टको पृष्ठभूमिको रंग हल्का हरियोमा परिवर्तन हुन्छ |
04:05 | त्यसरी नै, तपाई टेक्स्टको विभिन्न भागमा विभिन्न पृष्ठभूमि रंग राख्न सक्नुहुन्छ |
04:10 | तपाई पहिले ड्रइंग टूलबारको “Text” विकल्पमा क्लिक गरेर न्युजलेटरमा ब्यानरहरु पनि थप्न सक्नुहुन्छ |
04:18 | अब कुनै पनि लेखिएको टेक्स्ट नभएको स्थानमा टेक्स्टबक्स राखौ |
04:24 | टेक्स्टबक्स भित्र, तपाई कुनैपनि टेक्स्ट लेख्न सक्नुहुन्छ जसले ब्यानर वा विज्ञापनको काम गर्नेछ |
04:30 | ल अब, “This is a newsletter” लेखौ |
04:35 | टेक्स्टमा केहि इफेक्ट पनि थप्न सक्नुहुन्छ |
04:37 | उदाहरणको लागि, पहिले टेक्स्टमा राइट क्लिक गरौ अनि मेनुको “Text” विकल्पमा क्लिक गरौ |
04:45 | “Text” र “Text Animation” ट्याब नाम सहितको एउटा डाइलग बक्स देखिन्छ |
04:50 | “Text Animation” ट्याबमा क्लिक गरौ |
04:53 | यो ट्याब अन्तर्गत “Effects” फिल्डमा क्लिक गरौँ, त्यहाँ धेरै विकल्पहरू छन् |
04:58 | न्युजलेटरमा टेक्स्ट ब्लिंक गर्न, हामी “Blink” विकल्पमा क्लिक गर्छौ |
05:04 | र अन्तमा “OK” बटनमा क्लिक गरौ |
05:07 | हामी “This is a newsletter” टेक्स्ट निरन्तर डकुमेन्टमा ब्लिंक गरेको देख्छौं |
05:13 | यसैगरी, टेक्स्टलाई यस्ता विभिन्न इफेक्ट र ग्राफिक्स दिन सकिन्छ |
05:18 | अब, अर्को पेजमा एउटा नयाँ लेख लेख्न, तपाईले “Insert” बटनमा क्लिक गर्नुपर्छ |
05:25 | अनि “Manual Break” विकल्पमा क्लिक गरौ |
05:29 | देखापर्ने डाइलग बक्सको, “Page break” बटनमा क्लिक गरौ |
05:34 | र अन्तमा, “OK” बटनमा क्लिक गरौ |
05:37 | तपाई कर्सर अर्को पेजमा भएको देख्नुहुन्छ |
05:40 | यो पेजमा अघिल्लो पेजमा जस्तै कोलम फर्म्याट हुन्छ |
05:46 | आफ्नो लेखको शब्द गणना कायम राख्न, पहिले आफ्नो टेक्स्टको खण्ड वा सम्पूर्ण डकुमेन्ट छानौ |
05:53 | अब मेनुबारको “Tools” विकल्पमा क्लिक गरौ |
05:57 | अब ड्रपडाउन बक्सको “Word Count” विकल्पमा क्लिक गरौ |
06:02 | एउटा डाइलग बक्स देखापर्छ जसले तपाईलाई हालको छनोटको साथै सम्पूर्ण डकुमेन्टको शब्द गणना देखाउछ |
06:10 | यसले आफ्नो सम्पूर्ण डकुमेन्टको साथै छानिएको टेक्स्टको वर्णको कुल संख्या पनि देखाउँछ |
06:18 | डकुमेन्ट लेख्दा स्वत: हिज्जे जाँच गर्न सकिन्छ |
06:23 | टूलबारको “AutoSpellcheck” आइकनमा क्लिक गरौ |
06:27 | अब लेख लेख्दा, कुनै पनि हिज्जे गल्ती छ भने राइटरले स्वतः एउटा रातो रेखाले रेखांकन गरेर देखाउछ |
06:37 | उदाहरणको लागि, जब हामी “Cat” शब्द लाई “C -A- A -T” लेख्छौ र स्पेस बार थिच्छौँ, हामी एउटा रातो रेखा यसको मुनि देख्नेछौं |
06:48 | तर जब हामी शब्द सच्याउछौ, रातो रेखा हराउछ |
06:52 | तसर्थ, हामी अघिल्लो ट्यूटोरियलमा चर्चा गरेका सम्पूर्ण फर्म्याटिंग विकल्पहरू न्यूजलेटरमा पनि लागू गर्न सकिन्छ |
07:01 | यसरी हामी लिब्रे अफिस राइटरको स्पोकन |
07:04 | ट्युटोरियलको अन्त्यमा छौं |
07:06 | संक्षेपमा, हामीले लिब्रे अफिस राइटरमा कसरी न्युजलेटर रचना गर्ने र तिनीहरुमा कार्य गर्ने सिक्यौ |
07:17 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस |
07:21 | यसले स्पोकन टिउटोरियल प्रोजेक्टको सार दिन्छ |
07:24 | यदि तपाइको ब्यान्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07:28 | स्पोकन टिउटोरियल प्रोजेक्ट टिमले |
07:31 | स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
07:34 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:38 | थप जानकारीको लागि, कन्ट्याक्ट एट स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस् |
07:44 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
07:48 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:56 | यस मिसन सम्बन्धि थप जानकारी |
08:00 | स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो मा उपलब्ध छ |
08:07 | सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुँदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!! |