LibreOffice-Suite-Base/C2/Create-queries-using-Design-View/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:04 | यो टुटोरियलमा, हामी यी कुराहरु सिक्नेछौं |
00:06 | डिजाइन भ्यु प्रयोग गरि क्वेरी बनाउन |
00:10 | क्वेरी डिजाइन विन्डोमा टेबलहरु थप्न |
00:13 | फिल्डहरु छान्न, एलिएस सेट गर्न, क्रम सेट गर्न र एउटा क्वेरीको सर्च क्राइटेरिया रचना गर्न |
00:23 | उदाहरण को लागि हामी हाम्रो परिचित Library डाटाबेस लिन्छौं |
00:29 | यो Library डाटाबेसमा, हामीले पुस्तकहरु र सदस्यहरुको जानकारी राखेका छौं |
00:37 | र सदस्यहरुलाई जारी गरेको किताबहरु पत्ता लगाउन हामीसंग एउटा टेबल छ |
00:45 | अब सदस्यहरुका लागि जारी गरेको सबै किताबहरुको सुची बनाउन हामी एउटा नयाँ query बनाउछौं |
00:54 | अर्को भाषामा, हामी सदस्यहरुलाई जारी गरिएको किताबहरुको लेखा बनाउछौं |
01:03 | Library डाटाबेस खोलौं |
01:07 | हामी बायाँ पट्टिको Queries आइकनमा क्लिक गरौँ |
01:13 | दायाँ पट्टि ‘Create Query in Design view’ मा क्लिक गरौँ! अब हामी नयाँ विन्डो देख्छौं जसलाई Query Design window भनिन्छ |
01:28 | र माथि हामी Add Table or Query नामक सानो पप-अप विन्डो देख्छौं, |
01:39 | यहाँ हामी क्वेरीको डाटा स्रोत परिभाषित गर्नेछौं |
01:46 | र हामीलाई यी सबै तीन टेबलहरु क्वेरीको लागि सदस्यहरुलाई जारी गरिएको किताबहरुको लेखा राख्न चाहिन्छ |
01:57 | हामी यसो गर्न सुरुमा सूचीको Books टेबलमा क्लिक गरौँ र त्यसपछि दायाँमा पप-अप विन्डोको Add बटनमा क्लिक गरौँ |
02:11 | त्यसै गरि हामी BooksIssued टेबल र Members टेबल थप्छौं |
02:19 | अब तीन टेबलहरु पृष्ठभूमिको क्वेरी डिजाइन विन्डोमा देखा परेको छ |
02:26 | अब हामी पप-अप विन्डो बन्द गर्छौं |
02:31 | यसले Query डिजाइन विन्डोलाई अग्रभूमिमा ल्याउछ |
02:39 | विन्डोको माथिल्लो आधा भागमा तीन टेबलहरु रहेको याद राखौं |
02:46 | यहाँ हामी यी टेबलहरु बीच केही ठाउँ राखौं |
02:53 | हामी Members टेबललाई click, drag रdrop गरि दायाँतिर पर लगौं |
03:01 | र त्यसपछि BooksIssued टेबललाई click, drag र drop गरि बिचमा ल्याऊ |
03:11 | अब हामी यी टेबलहरुलाई लाइनहरु संग जोडिएको देख्छौं र यो सम्बन्ध हामीले पहिले नै बनाईसकेका छौं |
03:23 | हामी लाइनमा दोहोरो क्लिक गरी सम्बन्ध को विस्तृत जानकारी हर्न सक्छौं |
03:30 | अहिलेको लागी हामी Query डिजाइन विन्डोको तलको आधा भागमा हेरौं |
03:37 | यो क्षेत्रमा सेलहरुको अनेक पंक्ति छ! हामीले क्वेरी डिजाइन गरिसकेपछि हामी यो भर्नेछौं |
03:48 | पहिला हामी Field column जाच्नेछौँ |
03:53 | यो हामीले रिजल्ट सेटमा देखाउने फिल्डहरु जनाउन हो |
04:01 | यो गर्न हामी सुरुमा विन्डोको माथिल्लो भागमा Books table को Title फिल्डमा दोहोरो क्लिक गर्छौं |
04:12 | अर्को Members टेबलको Name फिल्ड हो |
04:17 | र त्यसपछि BooksIssued टेबलको Issue Date फिल्ड छ |
04:24 | अर्को Return डेट,वास्तविक Return डेट र अन्तिममा checked in field |
04:34 | यी फिल्डहरु विन्डोको तल्ल्लो आधा भागको सुरुको पंक्तिमा भएको याद गरौँ |
04:44 | र सम्बन्धित टेबलको नाम तेस्रो पंक्तिमा छ |
04:50 | अर्को हामी दोस्रो पंक्तिमा ‘Alias’ हेरौं |
04:57 | यहाँ हामी सेलेक्ट गरिएको फिल्डहरुको अर्थ दिने नामहरु लेख्न सक्छौं |
05:04 | अब हामी इमेजमा देखाए जस्तो एलिएस मा टाइप गरौँ |
05:11 | र एलिएस मा हाम्रो काम सकिएको छ |
05:15 | अर्को हामी Sort row मा हेरौं |
05:21 | यहाँ हामी result set को क्रम तोक्न सक्छौं |
05:26 | हामीलाई किताबहरु जारी गरेको लेखा चाहिएको हुनाले हामी यसलाई वर्णक्रमानुसार राख्छौं |
05:34 | मतलब हामी रिजल्ट सेट लाई Issue Date को आधारमा आरोही क्रममा राख्छौं |
05:43 | यसको लागि हामी Issuedate फिल्ड मूनिको Sort row को खाली सेलमा क्लिक गरौँ र ‘Ascending’ मा क्लिक गरौँ |
05:56 | ल हामी अर्को ‘Visible’ पंक्तिमा जाऊ |
06:02 | यहाँ हामी फिल्डहरु खोजेर वा नखोजिकन छानेको फिल्डहरुको दृश्यता सेट गर्न सक्छौं |
06:11 | याद गरौँ, डिफल्टमा तिनीहरु सबै छानिएका हुन्छन् |
06:17 | अर्को हामी ‘Function’ पंक्तिमा जाऊ यो कम्प्लेक्स क्वेरी बनाउन प्रयोग गरिन्छ अहिलेको लागि हामी यसलाई छोड्नेछौं |
06:27 | र हामी ‘Criterion’ पंक्तिमा जानेछौं |
06:32 | यहाँ हामी result set लाई साधारण वा कम्प्लेक्स सेटको मापदण्डमा सिमित गर्न सक्छौं |
06:40 | उदाहरणको लागि हामी त्यो किताबहरु मात्र query गर्न सक्छौं,जुन जारी भएको थियो र सदस्यहरुले फिर्ता गरेको छैन |
06:49 | मतलब, त्यो मात्र जसमा ठिक गरिएको छैन |
06:54 | CheckedIn फिल्ड मूनिको पंक्तिको खाली सेलमा क्लिक गरौँ र ‘Equals Zero’ टाइप गरौँ |
07:06 | ल, भयो, अब हामी query रन गर्छौं’ |
07:10 | हामी किबोर्ड सर्टकट F5 को प्रयोग वा विन्डो माथिको Edit मेनूमा क्लिक गर्न सक्छौं, र त्यसपछि तलको ‘Run Query’ मा क्लिक गरौँ |
07:27 | के तपाई विन्डोको माथिको आधा भागमा केही डाटा देख्न सक्नुहुन्छ? |
07:32 | यिनीहरु query को रिजल्टहरु हुन् |
07:36 | हामी सदस्यहरुलाई जारी गरेका पुस्तकहरु र Issue Date को क्रममा राखेको लेखा देख्छौं, साथै कुनै पनि किताबहरु नछानिएको याद राखौं |
07:51 | अब हामी query डिजाइन विन्डो मुनि जान सक्छौं र यसलाई चाहेजस्तो परिवर्तन गर्न सक्छौं |
08:00 | उदाहरण, Checked In क्राइटेरिया हटाऊ |
08:07 | अब हामी फेरी F5 थिचेर query रन गर्छौं |
08:15 | यस पटक हामी query ले डाटाको लामो सुची देखाएको हेर्न सक्छौं |
08:23 | अर्को हामी Control S थिचेर query लाई सेभ गरौँ! यसले सानो पप-अप विन्डो खोल्छ |
08:34 | यहाँ हामी query लाई अर्थपूर्ण नाम दिन्छौं |
08:38 | ‘History of Books Issued to Members’ टाइप गरौँ |
08:46 | र त्यसपछि Ok बटनमा क्लिक गरौँ र विन्डो बन्द गरौँ |
08:52 | हामी यो सेभ गरेको क्वेरीलाई खोल्न मुख्य बेस विन्डोको query नेममा डबल क्लिक गर्न सक्छौं |
09:01 | त्यसको मतलब हामीले Design View प्रयोग गरि क्वेरी सफलतापूर्वक बनाउन सिक्यौं |
09:09 | यहाँ एक कार्य छ |
09:12 | Nisha Sharma नाम गरेको सदस्यलाई जारी गरिएको किताबहरुको एउटा सुची बनाउनुहोस् सुची Issue date को आधारमा वर्ण क्रमानुसार हुनुपर्छ |
09:24 | यसरी हामी लिब्रे अफिस बेसकोCreating Queries in Design View ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं |
09:31 | संक्षेपमा हामीले यी कुराहरु कसरी गर्ने सिक्यौं |
09:33 | डिजाइन भ्यु प्रयोग गरि क्वेरी बनाउन क्वेरी डिजाइन विन्डोमा टेबलहरु थप्न फिल्डहरु छान्न |
09:41 | एलिएस सेट गर्न, क्रम सेट गर्न र एउटा क्वेरीको सर्च क्राइटेरिया रचना गर्न |
09:49 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ!यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ! यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ! |
10:10 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |