LibreOffice-Suite-Base/C2/Add-Push-Button-to-a-form/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:03 | यो टूयूटोरियलमा, हामी कसरी फर्ममा Push Button थप्ने सिक्नेछौं |
00:10 | अघिल्लो टूयूटोरियलमा हामीले फर्ममा list box form control थप्न सिक्यौं |
00:17 | अब यो टूयूटोरियलमा, हामी कसरी फर्म मा push button थप्ने सिक्छौं |
00:24 | यदि यो खुलेको छैन भने हामी पहिले लिब्रे अफिस बेस खोल्छौं |
00:36 | र हाम्रो Library डाटाबेस खोलौं! सायद तपाइलाई अहिले सम्म एउटा भइरहेको डाटाबेस खोल्न आउछ होला |
00:45 | फाइल मेनू भित्रको ओपन क्लिक गरौँ र Library डाटाबेस छानौं |
00:52 | अब हामी Library डाटाबेसमा छौं |
00:56 | हामीले अघिल्लो टूयूटोरियलमा काम गरेको 'Books Issued to Members' फर्म खोलौं |
01:04 | यो गर्न, हामी बायाँ पट्टिको फर्म आइकनमा क्लिक गरौँ |
01:09 | र त्यसपछि दायाँपट्टिको 'Books Issued to Members' फर्ममा राइट क्लिक गरौँ |
01:16 | अब Edit मा क्लिक गरौँ |
01:19 | हामी अहिले फर्म डिजाइन विन्डोमा छौँ |
01:23 | हामीले फर्ममा Push बटन थप्नु अघि, हाम्रो Member names को लागि second list box तयार राखौं |
01:34 | हामीले अघिल्लो टूयूटोरियलमा second list box बनाउने कार्य गरिसकेको याद गरौँ |
01:41 | सुरुमा हामी Member Name label को दायाँमा रहेको टेक्स्ट बक्स हटाऊ |
01:50 | टेक्स्ट बक्स मा राइट क्लिक गरौँ र त्यसपछि कटमा क्लिक गरौँ |
01:57 | टेक्स्ट बक्स मेटिएको छ |
02:00 | अब हामी form elements मिलाउछौँ |
02:04 | list box मा text box भन्दा बढी स्पेस चाहिएको हुनाले हामी फर्मको form elements लाई तल तान्छौँ |
02:15 | यो कसरी गर्ने यहाँ छ |
02:17 | सुरुमा हामी बुक टाइटल लेबल मुनिको सबै form elements छान्छौँ |
02:26 | यसको लागि हामी click, drag र drop प्रक्रिया प्रयोग गर्छौं |
02:32 | अब हामी सेलेक्ट गरेको एरियामा क्लिक गर्छौं र यसलाई ठाडो तल तान्छौँ |
02:39 | जसले गर्दा Book Title लेबल सँगैको पहिलो लिस्ट बक्समा पर्याप्त ठाउँ हुन्छ |
02:48 | अब हामी Member Name label को लागि सोहि कदम दोहाराउछौँ |
03:05 | अब हामी Member Name लेबलको बायाँ पट्टि दोस्रो लिस्ट बक्समा click, drag र drop गर्छौं |
03:14 | र यसको दायाँतिर सारौँ जसले गर्दा यो बाकी रहेको form controls संग सजिलै मिल्छ |
03:22 | ल हामी किबोर्ड सर्टकट Control S प्रयोग गरि अहिले सम्म गरेको काम सेभ गरौँ |
03:32 | अब हामी फर्ममा Push बटन थप्न सक्छौं |
03:39 | Push बटन फर्म कन्ट्रोलको एउटा उदाहरण हो |
03:44 | हामी OK, Cancel, Next, र Finish बटनसँग परिचित छौं; यिनीहरु Push बटनका उदाहरण हुन् |
03:56 | बेसमा हामी हाम्रो फर्ममा यी Push बटनहरु थप्न र क्लिक गरेमा कुनै निश्चित काम गर्न अह्राउन सक्छौं |
04:07 | त्यस्तै Save वा Undo, वा Delete पनि केहि उदाहरण हुन् |
04:14 | कसरी हेरौं |
04:17 | अब हामी इमेजमा देखाए जस्तै अन्य सबै form elements को तल फर्ममा चार वटा push बटनहरु थप्छौँ |
04:30 | यसो गर्न फर्म डिजाइन विन्डोमा फर्कौं |
04:35 | र Form Controls टूलबार को Push button icon मा एक पटक क्लिक गरौँ |
04:43 | यो आइकन एउटा Ok शब्द सहितको बटन जस्तै देखिन्छ |
04:50 | याद गरौँ, माउस पोइन्टर प्लस चिन्ह जस्तै देखिन्छ |
04:57 | अब, अन्य सबै तत्वहरुको तल फर्ममा click, drag र drop गरेर बायाँ मुनि हाम्रो पहिलो बटन कोरौं |
05:10 | र हामी सोहि अनुसार resize गर्छौं |
05:14 | अब हामी माथिको कदमलाई पुन तीन पटक दोहाराउछौँ |
05:27 | र अब हामी संग थप तीन बटन छ जुन एउटा तेर्सो लाइनमा राखिएको छ |
05:35 | हामीले फर्ममा push बटन कोरेका छौँ; अब तिनीहरुको लेबलहरु फेरबदल गरौँ |
05:43 | यसो गर्न पहिलो बटनमा दोहोरो क्लिक गरौँ |
05:49 | हामी अब Properties window देख्छौं! यहाँ 'Label'मा 'Save Record' टाइप गरौँ |
05:59 | अब हामी फर्मको दोस्रो बटनमा क्लिक गरौँ |
06:06 | र प्रोपर्टीज विन्डोमा, 'Label'मा 'Undo Changes' टाइप गरौँ |
06:15 | तेस्रो र चौथो बटनको लागि क्रमश 'Delete Record' |
06:25 | र 'New Record' टाइप गरौँ |
06:31 | अब तिनीहरुको कार्यको व्याख्या गरौँ |
06:37 | यसो गर्न 'Save Record' बटनमा क्लिक गरौँ |
06:43 | र Properties विन्डोमा, हामी 'Action' लेबल नभेटिएसम्म तलतिर scroll गर्छौं |
06:51 | यहाँ हामी ड्रप डाउन लिस्ट बक्समा क्लिक गर्छौं र 'Save record' मा क्लिक गर्छौं |
06:59 | सोहि कदमहरु अन्य तीन बटनहरुलाई दोहोराउ |
07:05 | ' Undo Changes' बटनको लागि, हामी 'Undo changes' कार्य छान्छौँ |
07:12 | 'Delete Record' बटनको लागि, हामी 'Delete Record' कार्य छान्छौँ |
07:18 | र 'New Record' बटनको लागि, हामी 'New Record' कार्य छान्नेछौं |
07:25 | अब हामीले push बटन थपेका छौं |
07:29 | ल किबोर्ड सर्टकट Control S प्रयोग गरि आफनो फर्म सेभ गरौँ र विन्डो बन्द गरौँ |
07:40 | हामी अर्को टूयूटोरियालमा हाम्रो फर्ममा तीन थप साधारण फेरबदल गर्न सिक्ने छौँ |
07:47 | र त्यसपछि हामी फर्मलाई डाटा इन्ट्री र अपडेटमा प्रयोग गर्न सक्छौं |
07:54 | उदाहरणको लागि, जब एउटा लाइब्रेरी सदस्यले पुस्तक फर्काउँछ, हामी यो जानकारी फर्मको प्रयोगले डाटाबेसमा अपडेट गर्न सक्छौं |
08:06 | यहाँ एक कार्य छ |
08:08 | पाँचौ push बटनलाई फर्मको चौथो नजिक थपौं र यो प्रयोग गर्दा फर्म refresh हुनुपर्छ |
08:18 | र अर्को लाइनमा ४ narrow push बटनहरु थपौं! यी बटनहरुले हामीलाई रेकर्डहरुमा जान मद्दत गर्छ |
08:30 | यसरी हामी लिब्रे अफिस बेस ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं |
08:35 | संक्षेपमा हेर्दा, हामीले एउटा फर्ममा Push Button थप्न सिक्यौं |
08:40 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:52 | यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ |
08:57 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:02 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |