Java/C2/while-loop/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:02 | जाबामा While Loop स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा तपाई यो सिक्नुहुनेछ, ह्वाइल लूपको बारेमा,यसलाई कसरी प्रयोग गर्ने |
00:12 | यो ट्युटोरियलको लागि हामी प्रयोग गर्दैछौं Ubuntu 11.10, JDK 1.6 रEclipse 3.7 |
00:21 | यो ट्युटोरियल अनुसरण गर्न, तपाईसंग जाबामा रिलेसनल अपरेटरको ज्ञान हुनुपर्छ |
00:26 | यदि छैन भने कृपया, हाम्रो वेबसाइटमा हेर्नुहोला http://spoken-tutorial.org |
00:36 | यहाँ ह्वाइल लूपको संरचना छ |
00:39 | यसमा दुई खण्ड छन् |
00:41 | पहिलो लूप रनिंग कन्डिसन र दोस्रो लूप भ्यारीएबलहो |
00:48 | एउटा उदाहरण हेरौं, इक्लिप्समा जाऊ |
00:55 | यहाँ हामीसंग इक्लिप्स IDE र बाँकी कोडलाई आवश्यक स्केलेटन छ |
01:00 | मैले एउटा WhileDemo क्लास बनाएकी छुँ र त्यसमा मेन मेठोड़ थपेकी छुँ |
01:05 | हामी एउटा ह्वाइल लूप प्रयोग गरि 1 देखि 10 सम्मका नम्बरहरु प्रिन्ट गर्नेछौं, टाइप गरौँint n = 1 |
01:15 | यो n भ्यारीएबल हाम्रो लूप भ्यारीएबल हुनेछ |
01:21 | टाइप गरौँ, while ' प्यारेंथेसिसमा n लेस द्यान अर इक्वल टू 10 खोल्ने र बन्द हुने ब्राकेट |
01:33 | यो कन्डिसनलाई लूप रनिंग कन्डिसन भनिन्छ |
01:37 | यसको मतलब लूप यो कन्डिसन सहि हुन्जेल चल्नेछ |
01:42 | हाम्रो अवस्थामा, यो nको मान १० भन्दा कम वा बराबर सम्म चल्छ |
01:47 | र जब n को मा १० भन्दा ठुलो हुनेछ, यो बन्द हुनेछ |
01:53 | लूप भित्र हामी n को मान प्रिन्ट गर्नेछौं |
01:58 | System.out.println(n); र इन्क्रिमेंट n = n + 1; |
02:12 | यसरी, पहिलो 1 प्रिन्ट हुनेछः र अनि n 2हुनेछ |
02:18 | अनि लूप कन्डिसन जाचिंछ |
02:21 | यो सहि भएकोले 2 प्रिन्ट हुन्छ र n 3 हुनेछ |
02:25 | र त्यसैगरी लूपले 10 सम्म प्रिन्ट गर्छ, त्यसपछि n 11 बन्छ र कन्डिसन सहि नभएकोले लूप बन्द हुनेछ |
02:37 | अब, कोडको कार्य हेरौं |
02:39 | सेभ र रन गरौँ |
02:47 | हामी 1 देखि 10 सम्मका नम्बरहरु प्रिन्ट भएको देख्छौं |
02:52 | अब, हामी 50 देखि 40सम्मका नम्बरहरु प्रिन्ट गर्नेछौं |
02:58 | त्यसैले हामी 50बाटसुरु गर्नेछौं, n = 1लाई n = 50मा बदलौं |
03:03 | र हामी 40सम्म जानेछौं |
03:05 | अर्को भाषामा भन्दा n 40भन्दा ठूलो र बराबर भएसम्म प्रिन्ट हुनेछ, त्यसैले कन्डिसनलाई बदलौं n ग्रेटर द्यान अर इक्वल टू 40 |
03:16 | र हामीले लूप एउटा ठुलो नम्बर बाट सानो नम्बरमा चलाउने भएकोले हामीसंग एउटा घट्दो लूप भ्यारीएबल छ |
03:22 | त्यसैले n=n + 1 लाई n=n - 1मा बदलौं |
03:27 | सेभ र रन गरौँ, हामी 50 देखि 40 सम्मका नम्बरहरु प्रिन्ट भएको देख्छौं |
03:42 | अब, हामी ७को पहिलो १० गुणाहरु प्रिन्ट गर्नेछौं |
03:48 | त्यसो गर्न, 7 बाट सुरु गरौँ |
03:50 | n = 50 लाई n = 7मा बदलौं र 70सम्म लगौं |
03:57 | nको कन्डिसनलाई लेस द्यान एकवाल टू 70मा बदलौं |
04:03 | यसरी हामी लूप ७०मा रोकिने पक्का गर्छौं |
04:07 | गुणा पाउनको लागि हामीले लूप भ्यारीएबललाई ७ ले बढाउन पर्छ |
04:12 | त्यसैले n=n - 1 लाई n=n + 7मा बदलौं |
04:18 | यसरी पहिलो 7 प्रिन्ट भएको छ र n 14 हुन्छ, 14 प्रिन्ट हुन्छ र 70सम्म यसरी चल्नेछ, सेभ र रन गरौँ |
04:33 | हामी देख्छौं ७को पहिलो १० गुणाहरु प्रिन्ट भएका छन् |
04:43 | हामी ह्वाइल लूप प्रयोग गरि एउटा नम्बरका डिजिटहरुको योगफल पनि पाउन सक्छौं |
04:47 | यसो कसरी गर्ने हेरौं |
04:49 | पहिले मेन मेठोड़ मेटौं |
04:54 | int n बराबर 13876, यो नम्बर हो |
05:02 | अनि int dSum बराबर 0,dsum भ्यारीएबल, मतलब डिजिट सम, यसले डिजिटहरुको योगफल राख्नेछ |
05:18 | टाइप गरौँ, while, n ग्रेटर द्यान 0 प्यारेंथेसिस खोल्ने र बन्द गर्ने |
05:27 | यो कन्डिसन प्रयोग गर्नुको कारण केहि क्षणमा प्रष्ट हुनेछ |
05:32 | डिजिटहरुको योगफल पाउन, पहिले हामीले डिजिट पाउनुपर्छ |
05:36 | यसको गर्न मोडुलो अपरेटर प्रयोग गरौँ |
05:40 | टाइप गरौँ, dSum = dSum + (n % 10) , हामीले हरेक डिजिट पाउछौं र यसलाई dsum मा जोड्नेछौं |
05:52 | यसपछि हामी हरेक डिजिट १० ले भाग गरि हटाउनेछौं, n = n / 10 |
06:08 | त्यसैले लूप पहिलो चोटी चल्दा dSum , 6 हुनेछ र n 1387 हुनेछ |
06:15 | र जब लूप दोस्रो चोटी रन हुदाँ, dSum 7 र 6 को जोड 13 हुनेछ, र n 138 हुनेछ |
06:22 | यसैगरि लूप बढ्दै जादाँ, n बाट डिजिट हटाइनेछ र अन्त्यमा |
06:28 | n जिरो हुन्छ, त्यसपछि n ग्रेटर द्यान 0 गलत हुनेछ र लूप रोकिनेछ |
06:36 | एउटा प्रिन्ट स्टेटमेन्ट थपौं |
06:42 | System.out.println(dSum) |
06:51 | कोडको कार्य हेरौं, सेभ र रन गरौँ |
06:59 | हामी देख्न सक्छौं, नम्बरहरुको जोड 25 प्रिन्ट भएको छ |
07:06 | यसरी प्रोग्रामिंगको सबैभन्दा आधारभूत कन्स्ट्रक्ट, while लूप प्रयोग गर्न सकिन्छ |
07:16 | हामी ट्युटोरियलको अन्त्यमा छौं |
07:20 | यो ट्युटोरियलमा हामीले
while loopको बारेमा र यसलाई कसरी प्रयोग गर्ने सिक्यौं |
07:26 | यो ट्युटोरियलको कार्यको रुपमा तलको समस्या हल गर्नुहोस् |
07:29 | एउटा नम्बर दिनुहोस्, ह्वाइल लूप प्रयोग गरि यसको उल्टो निकाल्नुहोस्, जस्तै:19435 => 53491 |
07:37 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
07:45 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07:50 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:57 | बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस् |
08:03 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
08:07 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
08:12 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा मा उपलब्ध छ |
08:17 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद |