Java/C2/Introduction-to-Array/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:02 | Introduction to Arraysको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामीले कसरी एरे बनाउने र कसरी एरेको सामग्री प्रयोग गर्ने सिक्नेछौं |
00:14 | यो ट्युटोरियलमा हामी प्रयोग गर्दैछौं
Ubuntu 11.10 JDK 1.6 र Eclipse 3.7.0 |
00:25 | यो ट्युटोरियलको लागि, तपाईसंग जाबामा डाटाटाइप र फर लूपको ज्ञान हुनुपर्छ |
00:32 | यदि छैन भने, कृपया देखाइएको हाम्रो वेबसाइटमा हेर्नुहोला |
00:38 | एरे एउटा डाटाको समूह हो |
00:40 | उदाहरणको लागि एउटा अंक सूची, नाम सूची, तापक्रम सूची र वर्षा सूची |
00:47 | हरेक आइटमको एउटा सूचकमा आधारित स्थान हुन्छ |
00:52 | पहिलो बस्तुको सूचक 0 हो |
00:55 | दोस्रो बस्तुको सूचक 1 हो र आदि |
00:59 | अब यो डाटालाई कसरी भण्डार गर्ने हेरौं |
01:03 | त्यसैले Eclipseमा जाऊ |
01:06 | एउटा ArraysDemo नामक क्लास पहिले नै बनाईएको छ |
01:11 | मेन मेठोड़ भित्र, वर्षाको डाटा हालौं |
01:16 | मेन function भित्र, टाइप गरौँ |
01:18 | int rainfall खोल्ने र बन्द गर्ने ब्राकेट , बराबर कर्ली ब्राकेट भित्र टाइप गरौँ 25, 31, 29, 13, 27, 35, 12 र अन्त्यमा एउटा अर्धविराम |
01:53 | variable नाम rainfallपछिको स्क्वेर ब्राकेट याद गर्नुहोस |
01:58 | यसले rainfall, इन्टिजरको arrayको रुपमा डीफाइन गर्छ |
02:03 | ब्राकेटहरु एरेको बस्तुहरु जनाउन प्रयोग गरिएको हो |
02:09 | अब, डाटा प्रयोग गरि हेरौं |
02:12 | अर्को लाइनमा टाइप गरौँ |
02:14 | System dot out dot println rainfall , स्क्वेर ब्राकेटमा 2 टाइप गरौँ |
02:28 | हामी 2 सूचक भएको बस्तु प्रिन्ट गर्दैछौं |
02:32 | अर्को शब्दमा भन्दा, एरेको तेस्रो बस्तु जुन 29 हो |
02:38 | प्रोग्राम सेभ र रन गरौँ |
02:43 | हामी देख्छौं, आउटपुट तेस्रो बस्तु, 29 छ |
02:49 | अब, 2को स्थानमा 0 टाइप गरौँ |
02:56 | प्रोग्राम सेभ र रन गरौँ |
03:00 | हामी देख्छौं, आउटपुट पहिलो मान मतलब, 25 छ |
03:07 | अब, पहिलो बस्तुको मान बदलौं |
03:13 | त्यसैले टाइप गरौँ, rainfall [0] = 11; |
03:27 | अब, यसको मान हेरौं, प्रोग्राम सेभ र रन गरौँ |
03:34 | हामी देख्छौं, मान 11मा बदलिएको छ |
03:40 | अब, यदि हामीलाई एरेको साइजमात्र थाहा छ तर मानहरु थाहा छैन भने के गर्ने |
03:45 | यस्तो एरे कसरी बनाउने हेरौं |
03:49 | मेन function बाट सबै हटाउ र टाइप गरौँ |
03:57 | int squares [] = new int [10]; |
04:19 | यो स्टेटमेन्टले एउटा १० इन्टिजर बस्तु सहितको एरे बनाउछ, एरेको नाम squares हो |
04:30 | अब, यसमा केहि मानहरु थपौं |
04:33 | त्यसैले टाइप गरौँ |
04:35 | squares[0] = 1; |
04:43 | अर्को लाइनमाsquares[1] = 4; |
04:53 | अर्को लाइनमाsquares[2] = 9; |
05:04 | squares[3] = 16; |
05:15 | हामीले पहिलो चार नम्बरहरुको स्क्वेर इन्टर गरेका छौं |
05:20 | अब, एरेको अन्य बस्तुहरु बारे बुझौं, तिनीहरुमा के छ बुझौं |
05:26 | त्यसैले हामी एरेको छैठौं मान प्रिन्ट गर्नेछौं |
05:30 | टाइप गरौँ, System.out.println(squares [5]); |
05:56 | प्रोग्राम सेभ र रन गरौँ, हामी देख्छौं मान शून्य छ |
06:05 | यो किनभने हामीले कुनै पनि इन्टिजर बनाए पछि सबै मानहरु ० मा सुरुवात हुन्छ |
06:11 | यसैगरी, एउटा फलोटको एरेमा सबै मानहरु ०.०मा सुरु गरिन्छ |
06:18 | यदि हामीलाई एरेका हरेक मानहरु टाइप गर्नुपर्यो भने यो लामो प्रकृया हुनेछ, यसको सट्टामा एउटा फर लूप प्रयोग गरौँ |
06:28 | त्यसैले टाइप गरौँ
int n, x ; for(x = 4; x < 10; x = x + 1){ n = x + 1; squares [x] = n * n; } |
07:25 | हामी ४ देखि ९ नम्बरसम्म दोहोराउछौँ र एरेमा सम्बन्धित बस्तुहरु सेट गर्छौं |
07:36 | अब, आउटपुट हेरौं |
07:38 | हामी देख्छौं, हामी एरेको छैठौं बस्तु प्रिन्ट गर्दैछौं, त्यसैले सेभ र रन गरौँ |
07:52 | हामी देख्छौं, अहिले छैठौं बस्तु 6को स्क्वेर, 36 छ |
07:57 | वास्तवमा, अब हामी सबै मानहरु लूप भित्र सेट गर्न सक्छौं |
08:03 | मेनुअल मान सेट गर्ने लाइनहरु हटाऊ, र 4 लाई 0मा बदलौं |
08:14 | यसरी सूचक 0 देखि 9 सम्मका सबै सम्बन्धित स्क्वेरहरुमा सेट हुन्छन् |
08:21 | अब, हामी तेस्रो बस्तुको मान हेर्नेछौं |
08:25 | त्यसैले 5 लाई 2मा बदलौं |
08:30 | सेभ र रन गरौँ |
08:35 | हामी देख्छौं, तेस्रो बस्तुको मान लूपमा सेट भएको छ र यो 9 छ |
08:42 | यसरी एरे बनाउन र प्रयोग गर्न सकिन्छ |
08:50 | हामी यो ट्युटोरियलको अन्त्यमा छौं |
08:53 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
08:55 | एरे परिभाषित र सुरुवात गर्न, |
08:58 | र एउटा एरेको बस्तु प्रयोग गर्न |
09:01 | ट्युटोरियलको कार्यरहेको छ, |
09:04 | एउटा इन्टिजरको एरे दिएको छ, एरेको सबै बस्तुहरुको योगफल पत्ता लगाउनुहोस् |
09:10 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, |
09:13 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, |
09:19 | यसले प्रोजेक्ट सक्षेपिकृत गर्छ, यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
09:26 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, |
09:34 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
09:40 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
09:44 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
09:50 | यो मिसन सम्बन्धि थप जानकारी [1] मा उपलब्ध छ |
09:57 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, म मन्दिरा बिदा चाहन्छु, सहभागिताको लागि धन्यवाद, नमस्कार, |