Health-and-Nutrition/C2/Non-vegetarian-recipes-for-6-month-old-babies/Nepali
From Script | Spoken-Tutorial
|
|
00:00 | ६ महिनाको शिशुको लागि मांसाहारी खुराक बनाउने विधि को बारेमा रहेको स्पोकन ट्युटोरियल मा तपाईलाई स्वागत छ |
00:08 | यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं - बच्चाको खानामा मांसाहारी खुराक प्रयोग गर्दा हुने फाईदाहरू |
00:17 | यी मांसाहारी खुराकहरू कसरी बनाउने - |
00:22 | अन्डाको लेदो, |
00:24 | माछाको लेदो,
काँचो केरा र माछाको खीर, |
00:27 | कुखुराको कलेजोको लेदो र कुखुरो र गाजरको लेदो |
00:31 | सुरु गरौं -
सधैँ यो याद राखौं – बच्चा ६ महिनाको भएपछि बच्चालाई एकदमै धेरै पोषक तत्त्वको आवश्यकता पर्छ |
00:42 | बच्चालाई परिपूरक खानाबाट २०० क्यालोरी सम्म उर्जा आवश्यक पर्छ |
00:48 | स्तनपान सँगै, परिपूरक खुराक पनि खुवाउन सुरु गर्नुपर्छ |
00:53 | यसका साथै, बच्चा बढ्दै जाँदा खानाको परिमाण र नियमितता बदल्नुपर्छ |
01:03 | बच्चालाई खाना खुवाउँदा, खानाको परिमाण, कप वा चम्चाले नाप्नुपर्छ |
01:12 | यसको बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा चर्चा गरिएको छ |
01:18 | बच्चा छ महिनाको पुगे पछि, दिनको दुई चम्चाबाट सुरु गर्नुपर्छ र बिस्तारै दिनको ४ चम्चा खुराक खुवाउनुपर्छ |
01:29 | र राम्ररी पकाएको र लेदो पारिएको खाना मात्र खुवाउनु पर्छ |
01:35 | अब हामी, बच्चालाई मांसाहारी खाना किन महत्त्वपूर्ण छ भनेर जान्ने छौं |
01:40 | सम्पूर्ण मांसाहारी खानामा प्रचुर मात्रामा चिल्लो पदार्थ, प्रोटिन र अन्य सूक्ष्म पोषक तत्त्वहरू पाइन्छन् |
01:48 | यी पोषक तत्त्वहरू बच्चाको सही विकास र तिनीहरूको मस्तिस्क विकासमा आवश्यक हुन्छ |
01:57 | बच्चालाई यी खानाहरू दिनु राम्रो मानिन्छ – पिंजरा मुक्त कुखुराको अन्डा र मासु, |
02:02 | शेलफिस बाहेकका अन्य सबै प्रकारका माछाहरू, शेलफिस १ वर्षपछि दिन सकिन्छ |
02:12 | बच्चालाई मांसाहारी खाना दिनु अघि तलका कुराहरू याद राखौं |
02:18 | बच्चालाई कुनै पनि प्रशोधित मासु वा काँचो खाना दिनु हुँदैन |
02:23 | यसलाई राम्ररी पकाउनु पर्छ |
02:26 | र सबैभन्दा महत्त्वपूर्ण भनेको बच्चाको खाना बनाउँदा माइक्रोवेभको प्रयोग गर्नु हुँदैन |
02:34 | हामीले ६ महिनाको बच्चाको आवश्यकता र मांसाहारी खुराकको महत्त्वको बारेमा चर्चा गर्यौं |
02:43 | अब हामी यी मांसाहारी खुराकहरू कसरी बनाउने सिक्ने छौं |
02:48 | अन्डाको लेदोको पहिलो विधि सहित सुरु गरौं |
02:53 | अन्डाको लेदो बनाउन, हामीलाई यी सामाग्रीहरू आवश्यक पर्छन् -
एउटा अन्डा र आधा चम्चा घ्यू वा नौनी |
03:01 | यसलाई तयार पार्न, अन्डा फुटाएर एउटा कचौरामा फिटौं |
03:06 | अनि, एउटा स्टिलको भाँडोमा घ्यू तताऊ
अब फिटेको अन्डालाई तातेको भाँडोमा खन्याऊ र सानो आँचमा चलाउन सुरु गरौं |
03:15 | लगातार पकाउँदा डढ्न सक्ने भएकोले बीच बीचमा आगो बाट निकाल्नुपर्छ |
03:21 | यो बाक्लो भएर नपाकेसम्म यसलाई चलाउनु पर्छ |
03:25 | आगो बन्द गरौं, र हाम्रो अन्डाको लेदो तयार भएको छ |
03:30 | यसलाई केही समय चिसो हुन दिएपछि बच्चालाई खुवाउन सकिन्छ |
03:34 | हाम्रो दोस्रो खुराकको विधि भनेको माछाको लेदो हो |
03:37 | यसको लागि, हामीलाई दुईवटा स्थानीय रूपमा उपलब्ध हुने माछाहरू चाहिन्छ जस्तै-
कालो पम्फ्रेट, बम्बे डक, सेतो पम्फ्रेट र स्क्विड |
03:50 | सफा अनि पखालेको दुईवटा माछालाई एउटा स्टिलको भाँडोमा राखौं |
03:54 | अनि, माछा डुब्ने गरी पानी हालौं र यो स्टिलको भाँडोलाई एउटा प्रेसर कुकरमा राखौं |
04:00 | र यसलाई ३ देखि ४ सिट्ठी लगाएर पकाऊ |
04:04 | त्यसपछि, एकछिन सेलाएपछि माछाका टुक्राहरू एउटा प्लेटमा राखौं |
04:10 | अब, होसियारी पूर्वक सबै हड्डीहरू हटाऊ |
04:13 | बच्चालाई खुवाउनु अघि माछाको हड्डीहरू सम्पूर्ण रूपमा निकाल्नु अति आवश्यक छ किनभने बच्चालाई हड्डी अड्किन सक्छ |
04:22 | अब, एउटा मिक्सरमा उसिनेको माछाको लेदो बनाऊ र बच्चालाई खुवाऊ |
04:28 | तेस्रो विधि काँचो केरा र माछाको खीर हो |
04:32 | यसको लागि, हामीलाई दुई चम्चा काँचो केराको धूलो आवश्यक पर्नेछ
र चारवटा बम्बे डक वा अन्य स्थानीय माछा |
04:41 | पहिले, हामी काँचो केराको धूलोबाट सुरु गर्छौं |
04:46 | तपाईको क्षेत्रमा पाइने कुनैपनि प्रकारको २ वटा काँचो केरा प्रयोग गर्न सकिन्छ |
04:51 | केरालाई ताछेर पातलो टुक्रामा काट्नु पर्छ |
04:58 | यी टुक्राहरूलाई झुरुम्म नभए सम्म १ देखि २ दिनसम्म छाँयामा सुकाउनु पर्छ |
05:05 | अब यी टुक्राहरूलाई एउटा मिक्सरमा राखेर धूलो बनाउनुपर्छ |
05:10 | यो धूलोलाई एउटा छान्नीमा छानेर ठूलो टुक्राहरू छुट्ट्याउनुपर्छ |
05:13 | काँचो केराको धूलो तयार भएको छ |
05:17 | अब माछाको लेदो बनाउन अघिल्लो विधिमा उल्लेखित प्रक्रियाहरू अपनाऊ |
05:24 | त्यसपछि, एउटा कचौरामा दुई चम्चा काँचो केराको धूलो लिऊ |
05:29 | यसमा ३ चम्चा पानी राखेर गाँठो नपर्ने गरी राम्रो सँग चलाउनु पर्छ |
05:35 | आवश्यक परेमा थप पानी हाल्न सकिन्छ |
05:38 | अब, यो मिश्रणलाई सानो आँचमा ५ देखि ७ मिनेटसम्म पकाऊ |
05:43 | त्यसपछि, यसमा पकाएको माछाको लेदो हालौं |
05:47 | यसलाई ४-५ मिनेटसम्म सानो आँचमा चलाउँदै पकाउनुपर्छ |
05:53 | काँचो केरा र माछाको खीर तयार भएको छ, यसलाई केही समय सेलाउन दिएर बच्चालाई खुवाउन सकिन्छ |
06:01 | अब हामी चौथो विधि – कुखुराको कलेजोको लेदो बनाउन सिक्ने छौं |
06:06 | यो बनाउन, एउटा कुखुरोको कलेजो आवश्यक पर्छ |
06:09 | विधि: एउटा स्टिलको भाँडोमा सफा र पखालेको कुखुरोको कलेजो लिऊ |
06:15 | यो डुब्ने गरी पानी हालौं |
06:18 | अब, यो भाँडोलाई एउटा प्रेसर कुकरमा राखौं |
06:21 | यसलाई ३-४ सिट्ठी सम्म पकाउनुपर्छ |
06:25 | यो सेलाएपछि एउटा प्लेटमा राखौं |
06:29 | मिक्सर प्रयोग गरी उसिनेको कुखुरोको कलेजोको लेदो तयार पारौं र यो बच्चालाई खुवाऊ |
06:37 | अब हामी पाँचौं विधिको चर्चा गर्ने छौं - कुखुरा र गाजरको लेदो |
06:43 | हामीलाई कुखुरोको छातीको ४-५ टुक्रा र एउटा गाजर आवश्यक पर्नेछ |
06:50 | एउटा स्टिलको भाँडोमा पखालेको मासुको टुक्रा लिऊ
अनि, मासु डुब्ने गरी पानी हालौं |
07:00 | अब, यो स्टिलको भाँडोलाई एउटा प्रेसर कुकरमा ३-४ सिट्ठीसम्म पकाऊ |
07:07 | यसलाई केही समयको लागि सेलाउन दिनुपर्छ अनि मासुको टुक्राहरूलाई एउटा प्लेटमा निकालेर पुनः सेलाउन दिनुपर्छ |
07:15 | त्यसपछि, गाजरलाई १० मिनेटसम्म उसिनौं र सेलाउन दिऊ |
07:20 | अब एउटा मिक्सर प्रयोग गरी उसिनेको मासु र गाजरको लेदो बनाऊ |
07:26 | अब, यी सबै खुराकहरूमा पाइने पोषक तत्त्वहरूको चर्चा गरौं – याद गरौं, सम्पूर्ण खुराकहरू मा प्रचुर मात्रामा तलका पोषक तत्त्वहरू पाइन्छन्-
प्रोटिन, |
07:36 | ओमेगा 3 फ्याटी असिडहरू - DHA र EPA, |
07:42 | कोलिन, |
07:45 | भिटामिन ए, |
07:49 | भिटामिन डी, |
07:52 | भिटामिन B3, |
07:57 | भिटामिन B6, |
08:01 | फोलेट, |
08:04 | भिटामिन B12, |
08:08 | जिंक, |
08:11 | म्याग्नेसियम, |
08:14 | आइरन, |
08:18 | फोस्फोरस, |
08:21 | कपर र सेलेनियम |
08:28 | यी पोषक तत्त्वहरू मांसाहारी खानामा सजिलै पाइन्छन् |
08:33 | त्यसैले, यिनीहरूले बच्चाको शरीर विकास, मस्तिस्क विकास र प्रतिरक्षा प्रणाली मजबुत बनाउन सहयोग गर्छन् |
08:40 | यसरी हामी यो ६ महिनाको शिशुको लागि मांसाहारी खुराक बनाउने विधिको ट्युटोरियलको अन्त्यमा आएका छौं
म मन्दिरा थापा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद, नमस्कार |