Drupal/C3/Adding-Functionalities-using-Modules/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Adding Functionalities using Modules स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा, हामी मोड्युल हरूको जानकारी लिने छौं
हामी Book Module र Forum Module को बारेमा सिक्ने छौं |
00:19 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ:
उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
00:35 | एउटा ड्रुपल वेबसाइटमा विशेषताहरू विस्तार गर्न वा थप्न मोड्युल र थिम हरू प्रयोग गरिन्छ |
00:42 | ड्रुपल मा एउटा पूर्ण कन्टेन्ट म्यानेजमेन्ट सिस्टम उपलब्ध हुन्छ, तर कहिलेकाहीँ त्यो भन्दा पनि धेरै चाहिन्छ जसको लागि मोड्युल हरू प्रयोग गरिन्छ |
00:53 | मोड्युल ले हाम्रो ड्रुपल वेबसाइटमा विशेषताहरू थप्छ, ड्रुपलमा तीन प्रकारका मोड्युलहरू रहेका छन् |
00:59 | त्यहाँ Core मोड्युल हरू छन्, तिनीहरू ड्रुपलमा डिफल्टमा उपलब्ध हुने मोड्युल हरू हुन् |
01:06 | तिनीहरूलाई निष्क्रिय बनाउन सकिन्छ तर कहिल्यै पनि एउटा वेबसाइटको भित्री क्षेत्र जान ftp प्रयोग गरी यी मोड्युल हरू हटाउने काम नगरौं |
01:15 | हामीले हरेक पटक ड्रुपल अपडेट गर्दा तिनीहरू पुन: इन्स्टल हुने छन् |
01:22 | यी Core मोड्युल हरू ड्रुपलको आधारभूत कार्यक्षमताको लागि बनाईएको हो |
01:28 | त्यहाँ, Contributed मोड्युलहरू' पनि छन्, हामीले पहिले नै एउटा इन्स्टल गरेका छौं, हामीले पहिले Devel पनि इन्स्टल गर्यौ |
01:38 | एउटा Contributed Module समुदायको कसैले योगदान गरेको मोड्युल हो
र यो drupal.org मा उपलब्ध छ |
01:49 | Custom Module अन्तिम मोड्युलको प्रकार हो |
01:52 | यहाँ हाम्रो प्रोजेक्टमा आवश्यक पर्ने विशेष कार्य क्षमताहरू हुन्छन्, यो मोड्युल उपलब्ध छैन र यो भन्दा पहिले कसैले पनि यसको बारेमा सोचेको थिएन |
02:07 | तर, यो पक्का हो कि हामीले यसलाई आफैँ सृजना गर्नुपर्छ वा अरू कसैलाई गर्न लगाउनु पर्छ |
02:15 | ड्रुपलमा धेरै भिन्न मोड्युलहरू उपलब्ध छन् |
02:20 | यहाँ drupal.org मा हामी अहिले अनि ३२,४५८ मोड्युलहरू देख्न सक्छौं |
02:30 | मोड्युलहरूले विभिन्न प्रकारका कार्य गर्छन् |
02:33 | एउटा मोड्युलले एउटा कन्टेन्ट टाइप मा फिल्ड थप्न सक्छ, साथै अर्को मोड्युलले हाम्रो सम्पूर्ण वेबसाइटमा एउटा भोटिंग सिस्टम थप्न सक्छ |
02:45 | तर हामी हाम्रो ड्रुपलको संस्करणसँग काम गर्ने मोड्युल मात्र प्रयोग गर्न सक्छौं |
02:51 | त्यसैले हामीले हाम्रो मोड्युलहरू यहाँ drupal.org/project/modules मा फिल्टर गर्नुपर्छ |
03:03 | हामीले तिनीहरूलाई फिल्टर गर्दा तिनीहरू सधैँ चर्चाको आधारमा सुचिकृत हुने छन् |
03:09 | पहिलो तीन वा चार पेजमा सबैभन्दा बढि चर्चित मोड्युलहरू हुने छन्, जसको मतलब तिनीहरू सबैभन्दा धेरै प्रयोग भएका र प्राय सबैभन्दा धेरै उपयोगी पनि हुन्छन् |
03:21 | संक्षेपमा भन्दा, मोड्युलहरू ले विशेषताहरू थप्छन् र drupal.org मा निकै मोड्युलहरू नि:शुल्क उपलब्ध छन् |
03:30 | हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं, Extend क्लिक गरी तल स्क्रोल गरौं |
03:38 | यहाँ ड्रुपलमा डिफल्टमै उपलब्ध हुने केही मोड्युलहरू रहेका छन्, तर तिनीहरू पहिले नै सक्रिय छैनन् |
03:48 | 'Book' मोड्युल सक्रिय बनाऊ |
03:53 | केही तल स्क्रोल गर्दा हामी 'Forum' मोड्युल भेट्ने छौं, यसलाई पनि ON गरौं |
04:01 | हामी दुई भिन्न मोड्युलहरू सक्रिय बनाउन सक्छौं |
04:07 | तल डाउनलोड गरौं र Install क्लिक गरौं |
04:12 | Book मोड्युल र Forum मोड्युल दुई भिन्न प्रकारका मोड्युलहरू हुन् |
04:19 | तर तिनीहरू दुवैले नयाँ कन्टेन्ट टाइप हरू सृजना गर्ने छन् र तिनीहरूले ड्रुपल विस्तार गरी यसमा कार्यक्षमता थप्ने छन् |
04:29 | ड्रुपल मोड्युलहरूले मोड्युलहरू मात्र भए नि धेरै भिन्न कार्यहरू गर्छन् |
04:35 | हामी साइटमा एउटा नयाँ विशेषता थप्न चाहन्छौं जुन पूर्ण रूपमा एउटा नयाँ कार्य क्षमता होस् वा एउटा नयाँ
फिल्ड टाइप मात्र किन नहोस् |
04:45 | हामी ड्रुपल कोर विस्तार गर्न एउटा मोड्युल थपिरहेका हुन्छौं |
04:50 | अब, Structure अनि Content types मा क्लिक गरौं, यहाँ हामी दुई नयाँ Content Types देख्ने छौं – एउटा Book page र एउटा Forum topic |
05:03 | Content अनि Add content क्लिक गरी Book page Content type ठीक गरौं |
05:11 | Book page ले हाम्रो साइट मा खण्डहरू, नेभिगेसन र हामीले चाहेको स्थानमा जान सक्ने एउटा ब्लक सहितको एउटा बुक सृजना गर्ने छ |
05:24 | Book page मा क्लिक गरौं, अब Title मा "Our Drupal Manual" टाइप गरौं |
05:30 | Body मा टाइप गरौं: "This is the beginning of our Drupal manual". |
05:36 | हाम्रो Publication settings मा एउटा नयाँ setting रहेको छ |
05:41 | BOOK OUTLINE मा क्लिक गरौं र None लाई Create a new book मा बदलौं
अनि Save and publish क्लिक गरौं |
05:55 | यहाँ एउटा नयाँ Add child page लिंक रहेको याद गरौं, drupal.org मा Documentation क्लिक गरौं |
06:06 | Understanding Drupal क्लिक गरौं अनि हामी Book मोड्युल देख्न सक्छौं |
06:12 | यहाँ दायाँपट्टि, नेभिगेसन छ, पेजको अन्त्यमा केही थप नेभिगेसन छन् जुन स्वत: सृजना भएका हुन् |
06:24 | बायाँतिर लिंकहरू छन् |
06:29 | Drupal concept क्लिक गरौं, यहाँ नेभिगेसन रहेको याद गरौं |
06:34 | र हाम्रो दायाँतिरको नेभिगेसन विस्तार भई अर्को के हुने छ भन्ने जानकारी देखाउने छ |
06:42 | हामी Book मोड्युल प्रयोग गरी पूर्ण र जटिल युजर गाइडका साथै कुनै पनि प्रकारका किताबहरू सृजना गर्न सक्छौं |
06:51 | हाम्रो वेबसाइटमा फर्केर Add child page मा क्लिक गरौं |
06:57 | Title मा "Installing drupal" टाइप गरौं र Body मा यस्तो टाइप गरौं- "This is where we explain how to install Drupal". |
07:08 | याद गरौं, यो स्वत: हामीले सृजना गर्दै गरेको ड्रुपल मेनुअल मा थपिने छ
यो हामीले Create Book page क्लिक गरेको हुनाले भएको हो |
07:20 | Save and publish क्लिक गरौं |
07:23 | हामी हाम्रो नेभिगेसन स्वत सृजना भएको देख्न सक्छौं |
07:29 | Up क्लिक गरौं, अब हामी मुख्य तहमा पुग्ने छौं, मैले अगाडी यो सँगै एउटा ब्लक उपलब्ध रहेको उल्लेख गरेको सम्झौं |
07:41 | Structure र Block layout क्लिक गरौं |
07:45 | र Sidebar first मा ब्लक राखौं
Place block क्लिक गरौं र यहाँ हामीसँग Book navigation मेनु रहेको देख्न सक्छौं |
07:56 | Place block क्लिक गरौं अनि Save block क्लिक गरौं |
08:01 | Save blocks क्लिक गरौं र हाम्रो साइटमा फर्कौं, यहाँ हाम्रो Book navigation, Our Drupal Manual र Installing drupal रहेका छन् |
08:14 | यो हाम्रो आवश्यकता अनुसार नयाँ child पेज हरू विस्तार हुने छ |
08:21 | पुन: म दोहोराउँदै छुँ – यसो गर्न drupal.org मा जाऊ, Book मोड्युल प्रयोग गर्ने युजर मेनुअल वा डकुमेन्टेसन ब्राउज गरौं |
08:35 | यदि तपाईलाई आफ्नो साइटमा यस्तो सामग्री चाहिएमा यो एकदमै सशक्त हुन्छ, यहाँ हामी title र body मा सीमित हुदैनौं |
08:47 | हामी Book मोड्युल मा रहने कन्टेन्ट टाइप मा फिल्ड हरू थप्न सक्छौं |
08:53 | यदि कुनै वेबसाइटलाई फोरम बाट फाईदा मिल्छ भने Forum मोड्युल एकदमै उपयोगी हुनेछ |
09:01 | Content अनि Add content क्लिक गरौं |
09:07 | Forum मोड्युलले Forum topic नामक एउटा नयाँ कन्टेन्ट टाइप सृजना गर्ने छ |
09:13 | यिनीहरू field able हुन् जसको मतलब हामी title र body मा मात्रै सीमित छैनौं |
09:21 | Forum topic क्लिक गरौं, एउटा नयाँ forum topic मानौं, "Learning drupal" इन्टर गरौं, Forums मा यसलाई General discussion मा राखौं |
09:35 | अनि body मा इन्टर गरौं – "Hi, I’m just learning Drupal. Can someone help me?". |
09:42 | Save and publish क्लिक गरौं |
09:45 | अब, यो Forum Content type मा भएको ले यसमा कमेन्ट हरू दिएर प्रतिक्रिया दिन सकिन्छ |
09:53 | एउटा कमेन्ट थपौं -"Sure I can help". "You should just read everything at Drupalville!" अनि Save क्लिक गरौं |
10:07 | हामी सुपर युजर को रुपमा लगिन गरेकोले यिनीहरू स्वत: मान्य हुने छन् |
10:14 | यदि हामीले General discussion मा क्लिक गरेमा हामीसँग एउटा |
10:21 | कमेन्ट सहितको "Learning drupal" नामक एउटा साधारण छलफलको फोरम टपिक देख्ने छौं |
10:25 | हामीले comment मा क्लिक गरेमा हामी प्रतिक्रियाहरू थप्न सक्छौं, यसरी हामी सबै प्रकारको फोरम हरू सृजना गर्न सक्छौं |
10:37 | Forums शब्दमा क्लिक गरौं |
10:41 | यहाँ क्लिक गरेर साधारण छलफलमा एउटा नयाँ फोरम टपिक थप्न सकिन्छ, तर एड्मिनिस्ट्रेटरको रुपमा तपाई यो बाहेक धेरै फोरम हरू चाहनुहुन्छ होला |
10:55 | त्यसैले, अब त्यसो गरौं, Structure मा अनि Forums मा क्लिक गरौं, यहाँ हामी नयाँ फोरम र नयाँ कन्टेनर हरू थप्न सक्छौं |
11:07 | यदि म एउटा फोरम थप्न चाहन्छु भने म त्यसो गर्न सक्छु र म तिनीहरूलाई चाहे अनुसार क्रममा राख्न सक्छु |
11:18 | Content मा जाऊ अनि Add content र Forum topic क्लिक गरौं
अब, म तिनीहरूलाई अन्य फोरम हरूमा थप्न सक्छु |
11:31 | यसरी हामी हाम्रो ड्रुपल वेबसाइटमा एउटा राम्रो फोरम बनाउन सक्छौं |
11:38 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
यो ट्युटोरियलमा हामीले सिक्यौं: मोड्युलहरू को परिचय Book मोड्युल र Forum मोड्युल |
12:05 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे संशोधन गरेको हो |
12:16 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
12:25 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
12:35 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ |
12:49 | म मन्दिरा थापा बिदा हुदैँ छुँ, सहभागिताको लागि धन्यवाद |