Drupal/C2/User-group-and-Entity-Reference/Nepali
From Script | Spoken-Tutorial
| |
|
| 00:01 | User Group and Entity Reference स्पोकन् ट्युटोरियल मा स्वागत छ |
| 00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं:
User Group Content type सृजना गर्न |
| 00:11 |
User Group फिल्डहरू थप्न र Content type लाई Entity reference सँग जोड्न |
| 00:18 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ:
उबुन्टु अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर |
| 00:27 | तपाई आफ्नो रोजाईको कुनैपनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
| 00:32 | हामीले अघिल्लो ट्युटोरियलमा सृजना गरेको Events Content type हेरौं |
| 00:38 | हामीले यहाँ देखाइएको पहिलो पाँच फिल्ड हरू सृजना गरेका थियौं |
| 00:42 | Event Sponsor फिल्ड सृजना गर्न हामीले 'User Groups' Content type सृजना गर्नुपर्छ |
| 00:48 | User Groups कुनै पनि कार्यक्रम आयोजना गर्न सहकार्य गर्ने व्यक्तिहरूको एउटा समूह हो |
| 00:54 | उदाहरणको लागि - Cincinnati User group, Drupal Mumbai group, Bangalore Drupal group आदि |
| 01:03 | पहिले एउटा कागजमा User Groups डिजाइन गरौँ |
| 01:07 | एउटा ग्रुपको वेबसाइट, एउटा सम्पर्क व्यक्ति, इमेल वा तिनीहरूको अनुभवको स्तर हुन सक्छ |
| 01:15 | Drupal मा URL र Email को डिफल्ट फिल्डहरू रहेको छ त्यसैले हामी ती फिल्डहरू छान्ने छौं |
| 01:23 | कुनै व्यक्तिको नाम Name फिल्डमा बस्न सक्छ तर हामी अहिलेको लागि Text (plain) प्रयोग गर्ने छौं |
| 01:31 | कुनै पनि यूजरको अनुभवको स्तर "Beginner, Intermediate" वा "Advanced" हुन सक्छ |
| 01:39 | यसलाई लागू गर्न हामी एउटा "List (text)" Field Type छान्ने छौं |
| 01:45 | यहाँ रहेको अन्तिम फिल्ड भनेको यो ग्रूपले प्रायोजन गरेको सम्पूर्ण कार्यक्रमहरू देखाउने हो |
| 01:51 | यसको लागि हामी Entity reference field एउटा Events Content type मा लिंक गर्न प्रयोग गर्न सक्छौ |
| 02:01 | 'User Groups' Content type सेट गरौँ |
| 02:05 | Add content type क्लिक गरौँ, यसको नाम "User Groups" दिऊ |
| 02:11 | याद गरौँ, Machine name user अन्डरस्कोर groups छ |
| 02:16 | Description मा टाइप गरौँ: "This is where we track the Drupal groups from around the world" |
| 02:23 | Title field label मा हामी यसलाई "User Group Name" नाम दिनेछौं |
| 02:29 | यसलाई हाम्रो Events Content type जस्तै गरी सेट गरौँ |
| 02:35 | Publishing options ट्याबमा क्लिक गरौँ |
| 02:38 | Default options मा यी बक्सहरू क्लिक गरौँ-
Create new revision Published र Promoted to front page |
| 02:48 | अब, Display settings ट्याबमा क्लिक गरौँ |
| 02:52 | अनि Display author and date information को बक्स अन्चेक गरौँ |
| 02:58 | अन्त्यमा, Menu settings ट्याबमा क्लिक गरौँ र Main navigation को बक्स अन्चेक गरौँ |
| 03:05 | हामीले यी कुराहरू गरेपछि, तलको Save and manage fields बटनमा क्लिक गरौँ |
| 03:13 | हामी Manage fields पेजमा पुन: फर्किने छौं |
| 03:17 | यहाँ बडी को लेबल परिवर्तन गरौँ |
| 03:21 | Operations कोलम भित्रको एडिट बटनमा क्लिक गरौँ |
| 03:26 | लेबल फिल्डमा टाइप गरौँ: "User Group Description" र तलको Save settings बटनमा क्लिक गरौँ |
| 03:36 | हामी माथिको कार्य सफल भएको हरियो संदेश देख्न सक्छौं |
| 03:40 | यो कन्टेन्ट टाइप मा हामी ५ फिल्डहरू मात्र सेट गर्ने छौं |
| 03:46 | हामीले पहिले नै एउटा फिल्ड सृजना गरेका छौं, अब अर्को एउटा सृजना हेरौं |
| 03:52 | Add field बटनमा क्लिक गरौँ |
| 03:55 | अहिले हामी Re-use an existing field ड्रप डाउन क्लिक गर्ने छौं |
| 04:02 | यहाँ Link: field_event_ website फिल्ड रहेको याद गरौँ |
| 04:08 | किनभने हामीले पहिले नै यसलाई Event website नाम दिएका छौं |
| 04:13 | ड्रुपल डेटाबेसमा एउटा फिल्ड पुनर्प्रयोग गर्नाले एउटा टेबल पुनर्प्रयोग गर्न दिन्छ |
| 04:20 | यसमा लागि एकै फिल्डको लागि भिन्न सेटिंगहरू गर्नुपर्छ |
| 04:25 | अहिलेको एउटा नयाँ फिल्ड राख्नु सान्दर्भिक देखिन्छ |
| 04:30 | Add a new field ड्रप-डाउनमा "Link" field type मा क्लिक गरौँ |
| 04:35 | Label मा "Group Website" टाइप गरौँ |
| 04:39 | Save and continue अनि Save field settings क्लिक गरौँ |
| 04:45 | यो पटक हामी External links only छान्ने छौं किनभने Drupalville मा अहिले सम्म कुनै पनि यूजरको पेज छैन |
| 04:54 | तलको Save settings बटनमा क्लिक गरौँ |
| 04:57 | अनि Add field क्लिक गरौँ |
| 05:01 | यो पटक हामी व्यक्तिको नाममा एउटा टेक्स्ट फिल्ड प्रयोग गर्ने छौं |
| 05:07 | Add a new field ड्रप डाउनमा क्लिक गरौँ अनि field type "Text (plain)" छानौं |
| 05:14 | हामी Label लाई "Group Contact" भन्छौं |
| 05:18 | Save and continue अनि Save field settings क्लिक गरौँ |
| 05:24 | अनि तलको Save settings क्लिक गरौँ |
| 05:28 | पुन: एकपटक Add field बटनमा क्लिक गरौँ, यो पटक ड्रप-डाउनमा "Email" फिल्ड छानौं |
| 05:37 | हामी Label को नाम "Contact Email" दिने छौं अनि Save and continue बटनमा क्लिक गरौँ |
| 05:44 | Allowed number of values हामीलाई एउटा मात्र चाहिन्छ, Save field settings मा क्लिक गरौँ |
| 05:52 | यहाँ अन्य कुनै सेटिंगहरू रहेको छैन, त्यसैले हामी तलको Save settings बटन क्लिक गर्ने छौं |
| 05:59 | पुन एकपटक Add field बटनमा क्लिक गरौँ |
| 06:03 | यो पटक Field type ड्रप डाउनमा "List (text)" विकल्प क्लिक गरौँ |
| 06:09 | Label फिल्डमा हामी "Group Experience" टाइप गर्ने छौं र Save and continue बटनमा क्लिक गरौँ |
| 06:16 | Field type को बारेमा ध्यान दिनुपर्ने कुरा भनेको यो सन्देशमा दिइएको छ |
| 06:23 | "These settings impact the way the data is stored in the database and cannot be changed once data has been created" |
| 06:32 | यो योजना बनाउन जोड दिनुपर्ने कारणहरू मध्ये एक हो |
| 06:37 | यहाँ हाम्रो मानहरू थपौं - "Beginner, Intermediate, Advanced" र "Expert" |
| 06:44 | हाम्रो User Group मा यी एकभन्दा बढि मानहरू सजिलै हुन सक्छन् |
| 06:51 | Allowed number of values लाई Limited बाट Unlimited मा बदलौं र Save field settings क्लिक गरौँ |
| 07:01 | Save settings क्लिक गरौँ |
| 07:04 | यहाँ हामीले थप एउटा फिल्ड, Entity reference field थप्नुपर्छ |
| 07:10 | अब, हामी Entity Reference के हो र यो कसरी सृजना गरिन्छ सिक्ने छौं |
| 07:17 | हाम्रो वेबसाइटमा गर्न सक्ने एउटा काम भनेको मानौं - Events User Groups ले प्रयोजन गर्न सक्छन् र User Groups ले Events प्रयोजन गर्न सक्छन् |
| 07:28 | कुनै पनि वेबसाइटमा दुई सामग्रीहरू सँगै लिंक गर्नु सामान्य कुरा हो |
| 07:35 | Events हरू User Groups ले प्रायोजन गर्छन्, त्यसैले हामी User Group को जानकारी प्रत्येक कार्यक्रममा उपलब्ध गराउने छौं |
| 07:45 | अब यो सेट गरौँ, Add field क्लिक गरौँ |
| 07:49 | यदि तपाईसँग डेटाबेसको ज्ञान छ भने तपाई यो डेटाको many to many relationship चिन्नु हुने छ |
| 07:57 | Add a new field ड्रप-डाउनमा क्लिक गरौँ, यो पटक Reference भित्रको Content क्लिक गरौँ |
| 08:04 | Label फिल्डमा हामी "Events Sponsored" टाइप गर्ने छौं र Save and continue बटन क्लिक गरौँ |
| 08:12 | अब हामीसँग Type of item to reference छान्न भनिन्छ |
| 08:17 | यहाँ धेरै विकल्पहरू भएको देख्न सकिन्छ |
| 08:21 | हामी यसलाई एकदम सरल राख्ने छौं - Content छानौं |
| 08:26 | Allowed number of values मा Unlimited छानौं |
| 08:31 | Save field settings क्लिक गरौँ |
| 08:34 | यहाँ, Settings पेजमा हामी कुन Content types User Groups ले रेफ्रेन्स गरेको छ भनी छान्न पाउछौं |
| 08:42 | हामी 'Events' Content type रेफ्रेन्स गर्दै छौं |
| 08:46 | यहाँ हामीले एउटा कार्यक्रम थप्दा मैले Events title टाइप गर्दै जाँदा Events मात्र देखा पर्छन् |
| 08:55 | त्यसैले, यहाँ हामीले सही Content Type छानेको पक्का गर्नुपर्छ |
| 09:01 | Events छानौं र Save settings क्लिक गरौँ |
| 09:05 | अब, हामीले हाम्रो Events Content type मा पनि यस्तै गर्नुपर्ने हुन्छ |
| 09:10 | Structure मा क्लिक गरौँ, bread crumbs को Content types मा क्लिक गरौँ |
| 09:16 | अनि Events Content type मा Manage fields छानौं |
| 09:21 | एउटा फिल्ड थपौं, Add a new field ड्रप-डाउनमा Content छानौं |
| 09:28 | Label फिल्डमा टाइप गरौँ: "Event Sponsors" |
| 09:32 | Save and continue क्लिक गरौ |
| 09:34 | Allowed number of values बदलौं, मानौं, Unlimited छानौं |
| 09:39 | यो किनभने एकभन्दा बढि User Group' ले एउटा कार्यक्रम स्पोन्सर गर्न सक्छन्, अब Save field settings मा क्लिक गरौँ |
| 09:48 | अहिले REFERENCE TYPE मा User groups छानौं |
| 09:53 | यो किनभने हामी Events Sponsors फिल्डमा User groups ले रेफ्रेन्स गर्दै छौं |
| 09:59 | Save settings मा क्लिक गरौँ |
| 10:01 | अब, यसले कन्टेन्ट टाइप हरूलाई एउटा many to many relationship मा जोड्ने छ |
| 10:08 | यिनीहरू इभेन्ट स्पोन्सर हरू र कुन इभेन्ट कुन User Groups ले प्रायोजन गर्नेमा आधारित छ |
| 10:16 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
| 10:22 | यो ट्युटोरियलमा हामी सिक्यौं:
User Group Content type सृजना गर्न |
| 10:28 |
User Group फिल्डहरू थप्न र कन्टेन्ट टाइप हरू Entity reference सँग जोड्न |
| 10:40 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी, बम्बे ले संशोधन गरेको हो |
| 10:51 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
| 10:58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
| 11:07 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ |
| 11:21 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |