Digital-Divide/C2/First-Aid-on-Snake-Bite/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | तपाई मध्ये धेरैजना गाउँको यो दृश्यसँग परिचित हुनुहुन्छ- एउटा खुल्ला ठाउँमा केटाकेटीहरु खेलिरहेका छन् |
00:09 | यो बलको पछि दौडिरहेको केटोलाई हेरौं |
00:12 | ऊ झाडी नजिक पस्छ |
00:16 | उसले एउटा सर्प देख्छ |
00:18 | एकैछिनमा सर्प बाहिर निस्कन्छ |
00:21 | केटो डराएको अवस्थामा सर्पलाई एउटा ढुंगाले हानी धपाउन खोज्छ |
00:26 | तर सर्प भाग्दैन |
00:29 | उल्टो यो केटोतिर अघि बढ्छ र केटोलाई खुट्टामा टोक्छ |
00:34 | केटो सहायताको लागि चिच्याउँछ |
00:36 | उसका साथीहरु दगुरेर आइपुग्छन |
00:39 | उनीहरुले खुट्टामा दुईवटा रातो दागहरु देख्छन |
00:42 | तिनीहरुले केटोलाई झाडी बाहिर ल्याउछन् |
00:45 | त्यहाँ एकछिन खलबली नै हुन्छ |
00:47 | सबै केटाकेटीहरुले प्राथमिक उपाचारको बारेमा बिभिन्न रायहरु दिन्छन |
00:52 | यहाँ अब सर्पले टोकेको अवस्थामा प्राथमिक उपचारको ज्ञानको महत्व रहेको छ |
00:57 | First Aid on Snake Bites स्पोकन ट्युटोरियलमा स्वागत छ |
01:02 | यो ट्युटोरियलमा हामी हेर्नेछौं |
01:04 | प्राथमिक उपचारको महत्व र |
01:07 | एउटा सर्पले टोकेको अवस्थामा सहि प्राथमिक उपचार कसरी प्रदान गर्ने |
01:11 | प्राथमिक उपचार निर्देशनहरुमा अघि बढ्नुपूर्व |
01:15 | हामी केटाहरुको समूहले आफ्नो साथीलाई बचाउन के गर्यो समिक्षा गर्ने छौं |
01:20 | उनीहरुले केटोलाई पल्टन लगाए |
01:22 | र तिनीहरुले उसलाई अस्पताल लैजान ठूलाहरुको सहयोग मागे |
01:28 | अनि उनीहरुले घाउ भएको ठाउँभन्दा माथि कपडा बाँधिदिएँ |
01:32 | के यो सहि प्राथमिक उपचार थियो? |
01:35 | हो! एक तरिकाले भन्दा यो सहि थियो |
01:39 | यो अवस्थामा अस्पताल टाढा थिएन |
01:42 | त्यसैले केटोले समयमा औषधि उपचार प्राप्त गर्यो |
01:46 | सर्पले टोकेको अवस्थामा सहि प्राथमिक उपचार दिने तरिका यस्तो छ- |
01:51 | व्यक्तिलाई एउटा सम्म ठाउँमा सुताएर राखौं |
01:55 | टोकेको भागमा एउटा कपडा बाध्नुहोस |
01:59 | यसको प्राथमिक उद्देश्य भनेको बिषलाई पुरै शरीरमा फैलनुबाट रोक्नु हो |
02:07 | र अब हामीले घाउ वरिपरी कसरी कपडा बाध्नुपर्छ? |
02:10 | खुट्टाको माथिल्लो भागबाट बाध्न सुरु गरौँ र तलतिर लागौं |
02:15 | थप उपचारको लागि व्यक्तिलाई तुरुन्त नजिकैको अस्पतालमा पुर्याऊ |
02:20 | यसरी, समयमा दिएको प्राथमिक उपचारले थप क्षति हुनबाट बचाउँछ |
02:26 | सम्झौं, गलत प्राथमिक उपचारले स्थिति झन् नाजुक बनाउन सक्छ |
02:32 | सर्पले टोकेको अवस्थामा गर्नुपर्ने कुराहरु |
02:34 | पहिले पिडितलाई जमिनमा सुताउने |
02:37 | कपडा बेर्दा थोरै कस्ने |
02:41 | र सर्पले टोकेको अवस्थामा गर्न नहुने कुराहरु |
02:44 | टोकेको स्थान वरपरको छाला वा मासु काट्न |
02:49 | टोकेको स्थानमा वा वरपर बरफ राख्न |
02:52 | पिडितलाई बिद्धुतीय तरंग प्रदान गर्न |
02:56 | टोकेको स्थानबाट रगत चुस्ने प्रयास गर्न र |
03:01 | कपडा एकदमै कसिने गरी बाध्न, यसले गैन्ग्रिन निम्त्याउन सक्छ |
03:07 | यो भिडियो स्पोकन ट्युटोरियल प्रोजेक्टको बृज द डिजिटल डिभाइड कार्यक्रमको एक भाग हो |
03:13 | स्पोकन ट्युटोरियल प्रोजेक्ट सम्बन्धि थप जान्न |
03:15 | http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial मा हेर्नुहोस् |
03:21 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
03:25 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
03:29 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
03:33 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
03:37 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
03:44 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
03:48 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
03:54 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org\NMEICT-Intro मा उपलब्ध छ |
04:01 | सहभागिताको लागि धन्यवाद, म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार |