COVID19/C2/Making-a-protective-face-cover-at-home/Nepali
From Script | Spoken-Tutorial
| |
|
| 00:00 | घरेलु सुरक्षात्मक फेस कभर बनाउने बारेको स्पोकन ट्युटोरियलमा तपाईलाई स्वागत छ |
| 00:06 | यो ट्युटोरियलमा हामी यी कुराहरू सिक्ने छौं: |
| 00:10 | सुरक्षात्मक फेस कभर किन लगाउन आवश्यक छ |
| 00:14 | स्वास्थ्यकर्मीहरू र कोभिड-१९ संक्रमितलाई महत्त्वपूर्ण जानकारीहरू |
| 00:20 | फेस कभर प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षा उपायहरू |
| 00:25 | सिलाई मेशिन सहित र विना एउटा सुरक्षात्मक फेस कभर बनाउने विधि |
| 00:32 | सुरक्षात्मक फेस कभर प्रयोग गर्नु अघि र निकाल्ने सावधानीका उपायहरू |
| 00:38 | फेस कभर किटाणु मुक्त गर्ने र भण्डार गर्ने सहि तरिका |
| 00:44 | पहिले हामीले एउटा सुरक्षात्मक फेस कभर किन लगाउने भन्ने बुझ्नुपर्छ |
| 00:50 | हामीले आफूलाई कोरोना भाइरस बाट बचाउन, फेस कभर लगाउनु महत्त्वपूर्ण हुन्छ |
| 00:56 | भारतमा बाक्लो वस्ती भएकोले फेस कभर लगाउन विशेष सिफारिस गरिएको छ |
| 01:03 | कोरोना भाइरसबाट बच्न अनि यसको नियन्त्रण गर्न विभिन्न किसिमका फेस कभरहरू प्रयोग भईरहेका छन् |
| 01:10 | ती मध्ये घरेलु फेस कभर बनाउन सजिलो छ र पुन: प्रयोग गर्न पनि सकिन्छ |
| 01:18 | अघि बढ्नु पहिले, यी कुराहरू ध्यान दिनुहोला |
| 01:23 | घरेलु फेस कभर स्वास्थ्यकर्मीहरूको लागि होइन |
| 01:28 | यो कोभिड-१९ सङ्क्रमित व्यक्तिहरूसँग काम गर्ने वा सम्पर्कमा रहने व्यक्तिहरूको लागि पनि होइन |
| 01:37 | कोभिड-१९ सङ्क्रमितले पनि घरेलु फेस कभर प्रयोग गर्नु हुँदैन |
| 01:42 | यस्ता व्यक्तिहरूले निर्दिष्ट सामग्रीहरू मात्र प्रयोग गर्नुपर्छ |
| 01:48 | साथै अन्य सुरक्षा उपायहरूमा पनि ध्यान दिनुपर्छ |
| 01:53 | घरेलु फेस कभरले पूर्ण सुरक्षा दिँदैन |
| 01:58 | तिनीहरूले सङ्क्रमितबाट बाहिर आउने छिटाहरू तपाईले सास लिँदा भित्र जानबाट मात्र रोक्छन् |
| 02:06 | फेस कभर नधोईकन प्रयोग नगरौं |
| 02:10 | आफ्नो फेस कभर अरूलाई प्रयोग गर्न नदिऊ |
| 02:14 | सबैसँग कम्तिमा पनि २ मिटरको सामाजिक दूरी सधैँ कायम राखौं |
| 02:21 | आफ्ना हातहरू नियमित ४० सेकन्डसम्म साबुनले धुनुहोस् |
| 02:26 | अब हामी एउटा पुन प्रयोग गर्न मिल्ने घरेलु फेस कभर बनाउने सरल तरिका जान्ने छौं |
| 02:33 | यो बनाउन घरमा सजिलै पाइने सुतीको कपडा प्रयोग गर्न सकिन्छ |
| 02:38 | यो बनाउँदा यसले मुख र नाक राम्ररी छोपिने पक्का गर्नुपर्छ |
| 02:44 | तपाईले यसलाई सजिलै पछाडी बाँध्न सक्नुपर्छ |
| 02:49 | घरेलु फेस कभरहरू सिलाई मेशिन प्रयोग गरेर वा नगरी पनि सजिलै बनाउन सकिन्छ |
| 02:55 | अब, सिलाई मेशिन प्रयोग गरी एउटा सुरक्षात्मक फेस कभर कसरी बनाउने हेरौं |
| 03:02 | तपाईलाई १००% सुतीको कपडा आवश्यक पर्छ |
| 03:06 | कपडाको रङ्गले केही फरक पर्दैन |
| 03:10 | बनाउनु अघि कपडा राम्ररी धुनुपर्छ |
| 03:13 | र नुन-पानीमा ५ मिनेट सम्म उमाल्नुपर्छ |
| 03:17 | अब, कपडा राम्ररी सुके पछि मात्र प्रयोग गर्न सकिन्छ |
| 03:21 | अन्य आवश्यक सामग्रीहरू: |
| 03:23 | चार टुक्रा कपडाको चिरा |
| 03:26 | कैँची
र सिलाई मेशिन |
| 03:29 | म एउटा सुरक्षात्मक फेस कभर बनाउने विधि चर्चा गर्ने छु |
| 03:34 | सुरुवातमा, फेस कभरको लागि कपडा काटौं |
| 03:39 | वयस्कको लागि यो ९ इन्च x ७ इन्च हुनुपर्छ |
| 03:44 | बच्चाको लागि यो ७ इन्च x ५ इन्च हुनुपर्छ |
| 03:50 | अब हामी चिराहरू काट्ने छौं |
| 03:53 | वयस्क फेस कभरको लागि, ४ चिराहरू बाँध्न र बिटको लागि काटौं |
| 03:59 | दुई १.५” x ५” का टुक्राहरू |
| 04:05 | साथै दुई १.५” x ४०” का टुक्राहरू |
| 04:11 | एउटा छेउमा १.५” x ५” कपडाको टुक्रा, बिटको लागि सिलाऊ |
| 04:19 | लगभग १.५” जति तलतिर पट्याएर तीन दोबरी बनाऊ |
| 04:28 | पट्याएको कपडा फर्काएर अर्को पट्टि पनि माथि झैँ तीन दोबरी पारौं |
| 04:34 | अब, पट्याएको कपडाको उचाई ९” बाट ५” मा झर्ने छ |
| 04:42 | दुवैपट्टिको खातहरुको बिट सिलाऊ |
| 04:46 | सबै खातहरू तलतिर फर्केको पक्का गर्न विशेष ध्यान दिऊ |
| 04:51 | अब, फेस कभरको तल र माथि ४०” को चिराहरू जोडौं |
| 04:59 | फेरि एकपटक यी चिराहरू तीनपटक पट्याऊ र सिलाऊ |
| 05:05 | अब तपाईको फेस कभर तयार भएको छ |
| 05:09 | फेस कभर प्रयोग गर्दा अनुहार र फेस कभर बीच खाली भाग हुनु हुँदैन |
| 05:15 | तपाईतिर फर्केको भागमा तलतिर फर्केको खातहरू हुनुपर्छ |
| 05:21 | कहिल्यै पनि फेस कभर उल्टो पारेर पुन प्रयोग गर्नु हुँदैन |
| 05:24 | र प्रत्येक प्रयोग पछि यसलाई राम्ररी धुनुपर्छ |
| 05:28 | तपाईले आफ्नो अनुहार र आँखाहरू छुनु हुँदैन |
| 05:31 | घर पुगेपछि आफ्ना हातहरू राम्ररी धुनुपर्छ |
| 05:35 | अब एउटा सिलाई मेशिन विना फेस कभर कसरी बनाउने हेरौं |
| 05:41 | यी सामग्रीहरू आवश्यक पर्छन्:
१००% सुतीको कपडा वा एउटा केटाको सुतीको रुमाल |
| 05:47 | र दुई रबर ब्याण्डहरू |
| 05:50 | अब म सुरक्षात्मक फेस कभर बनाउने विधि चर्चा गर्ने छु |
| 05:55 | रुमालको एक पट्टिबाट कपडाको बीचभन्दा अलिकति माथिसम्म पट्याऊ |
| 06:01 | अब अर्को पट्टिबाट अघिको भन्दा माथिसम्म पट्याऊ |
| 06:07 | यसलाई बीचबाट बराबर पट्याऊ |
| 06:11 | एउटा रबर ब्याण्डले कपडाको बायाँपट्टि बाँधौं |
| 06:15 | अब अर्को पट्टि अर्को रबर ब्याण्डले बाँधौं |
| 06:20 | दुई रबर ब्याण्ड बीचको भाग तपाईको मुख र नाक छोप्न पर्याप्त हुनुपर्छ |
| 06:25 | यसले तपाईको मुख र नाक छोप्न सघाउँछ |
| 06:30 | एउटा छेऊ पट्टिको कपडा रबर ब्याण्डपट्टि लगेर पट्याऊ |
| 06:36 | दुवै पट्टि यसै गरौं |
| 06:38 | अब एकापट्टिको पट्याएको भाग अर्को भित्र छिराऊ |
| 06:43 | तपाईको फेस कभर प्रयोगको लागि तयार भएको छ |
| 06:47 | यो फेस कभर लगाउन दुवै रबर ब्याण्डहरू तपाईको कानमा अड्काउनु पर्छ |
| 06:53 | पहिले उल्लेख गरे झैं फेस कभर तपाईको मुख र नाकमा राम्ररी मिलेको हुनुपर्छ |
| 07:00 | तिनीहरू बीच कुनै खाली भाग हुनु हुँदैन |
| 07:04 | घरेलु सुरक्षात्मक फेस कभर प्रयोग गर्नु पहिले सुरक्षाका सावधानीहरू अपनाउनु पर्छ |
| 07:10 | फेस कभर प्रयोग गर्नु पूर्व हात राम्ररी धुनुहोस् |
| 07:14 | फेस कभर ओसिलो वा सुक्खा भएमा, अर्को फेस कभर प्रयोग गर्नुपर्छ |
| 07:21 | फेस कभरको प्रत्येक प्रयोगपछि, अर्को पटक प्रयोग गर्न यसलाई धुनुपर्छ |
| 07:27 | परिवारका प्रत्येक सदस्यको आफ्नो छुट्टै फेस कभर हुनुपर्छ |
| 07:32 | फेस कभर निकाल्दा यसको अगाडी वा अन्य कुनै भागमा छुनु हुँदैन |
| 07:38 | यसलाई पछाडीको डोरीको प्रयोगले मात्र निकाल्नुपर्छ |
| 07:43 | डोरी भएको फेस कभर, सधैँ तलको डोरी फुकाएर मात्र माथिको फुकाउनुपर्छ |
| 07:51 | निकालेपछि तुरुन्त साबुन पानीले ४० सेकन्ड सम्म हात धुनुपर्छ |
| 07:58 | तपाई ६५% अल्कोहल रहेको ह्यान्ड स्यानिटाईजर पनि प्रयोग गर्न सक्नुहुन्छ |
| 08:04 | अब, फेस कभर कसरी राम्ररी सफा र किटाणुमुक्त बनाउने चर्चा गरौं |
| 08:09 | कृपया अनिवार्य रूपमा यो तरिका प्रयोग गर्नुहोला |
| 08:12 | साबुन र तातो पानीले फेस कभर राम्ररी धुनुपर्छ |
| 08:17 | र यसलाई कम्तीमा पनि ५ घण्टासम्म घाममा सुक्न दिनुपर्छ |
| 08:21 | वैकल्पिक रूपमा, तपाई प्रेसर कुकर प्रयोग गर्न सक्नुहुन्छ |
| 08:25 | फेस कभरलाई एउटा प्रेसर कुकरमा पानी हालेर राखौ |
| 08:29 | यसमा नुन राखी १० मिनेटसम्म उमालौं |
| 08:33 | त्यसपछि, यसलाई बाहिर निकालेर सफा ठाउँमा सुकाउनु पर्छ |
| 08:38 | तपाई फेस कभरलाई तातो पानी १५ मिनेटसम्म उमाल्न पनि सक्नुहुन्छ |
| 08:44 | यदि तपाईसँग प्रेसर कुकर वा उमालेको पानी छैन, साबुन प्रयोग गर्नुहोला |
| 08:51 | साबुनले धोएर सफा पारौं |
| 08:54 | र फेस कभरमा ५ मिनेटसम्म तापको प्रयोग गरौं |
| 08:59 | तपाई ताप दिन एउटा आइरन पनि प्रयोग गर्न सक्नुहुन्छ |
| 09:04 | तपाईले कम्तिमा पनि दुईवटा फेस कभर बनाउनु राम्रो मानिन्छ |
| 09:09 | एउटा धोएर सुकाउनु पर्दा अर्को प्रयोग गर्न मिल्छ |
| 09:13 | अब, सफा फेस कभर कसरी भण्डार गर्ने जानौं |
| 09:18 | एउटा प्लास्टिकको झोला लिऊ
यसलाई राम्ररी साबुन-पानीले सफा गरौं |
| 09:23 | यसलाई भित्र-बाहिर राम्ररी सुक्न दिऊ |
| 09:27 | थप फेस कभर सफा झोलामा राखेर यसलाई राम्ररी बन्द गरौं |
| 09:32 | अब तपाई आफ्नो फेस कभर दिनहुँ बदल्न सक्नुहुन्छ |
| 09:38 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
| 09:41 | यो ट्युटोरियलमा सिकेका कुराहरू सङ्क्षेपमा हेरौं |
| 09:45 | हामीले कोरोना भाइरस को कारणले फेस कभर लगाउन आवश्यक भएको जान्यौं |
| 09:51 | हामीले केही महत्त्वपूर्ण चेतावनीहरू पनि bujhyaun |
| 09:54 | स्वास्थ्यकर्मीले घरेलु फेस कभर प्रयोग गर्नु हुँदैन |
| 09:59 | कोभिड-१९ सङ्क्रमितको सम्पर्कमा रहने व्यक्तिहरूले पनि यो प्रयोग गर्नु हुँदैन |
| 10:05 | कोभिड-१९ सङ्क्रमितले पनि यी फेस कभरहरू प्रयोग गर्नु हुँदैन |
| 10:10 | तिनीहरू सबैले अनिवार्य रूपमा निर्दिष्ट सामग्रीहरू प्रयोग गर्नुपर्छ |
| 10:15 | हामीले सुरक्षा सावधानीको जानकारी पनि लियौं |
| 10:19 | घरेलु फेस कभरले पूर्ण सुरक्षा प्रदान गर्दैन |
| 10:23 | एउटा फेस कभर नधोईकन प्रयोग गर्न हुँदैन र अन्य कसैलाई पनि प्रयोग गर्न दिनु हुँदैन |
| 10:29 | अनिवार्य रूपमा कम्तिमा पनि २ मिटरको सामाजिक दूरी कायम राख्नुपर्छ |
| 10:34 | नियमित रूपमा ४० सेकेन्ड सम्म साबुनले हात धुनुपर्छ |
| 10:39 | हामीले सिलाई मेशिनको प्रयोग र प्रयोग विना फेस कभर बनाउने विधि पनि सिक्यौं |
| 10:45 | फेस कभर लगाउनु अघि र निकाल्दा जान्नुपर्ने सावधानीका उपायहरू |
| 10:51 | र फेस कभर कसरी किटाणु मुक्त गर्ने र भण्डार गर्ने जान्यौं |