LibreOffice-Suite-Base/C2/Enter-and-update-data-in-a-form/Nepali
From Script | Spoken-Tutorial
Visual Cues | Narration |
---|---|
00:02 | लिब्र अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्नेछौं |
00:09 | एउटा फर्ममा डाटा इन्टर र अपडेट गर्न |
00:12 | अन्तिम ट्युटोरियलमा हामीले एउटा फर्ममा फर्म कन्ट्रोलस् थप्न सिकेका थियौं |
00:19 | यो ट्युटोरियलमा, एउटा फर्म प्रयोग गरी डाटा इन्टर गर्न र अपडेट गर्न सिकौं |
00:27 | यसो गर्नुपुर्व, पहिला हाम्रो फर्ममा थप तीन परिवर्तन गरौँ |
00:36 | पहिले यदि लिब्रे अफिस बेस प्रोग्राम खोलेको छैन भने यसलाई खोलौं |
00:51 | र हाम्रो लाइब्रेरी डाटाबेस खोलौं |
00:54 | फाइल मेनुको ओपन क्लिक गरौँ |
00:58 | अब हामी लाइब्रेरी डाटाबेसमा छौं |
01:02 | र हामी 'Books Issued to Members' फर्म खोल्नेछौं |
01:07 | यसो गर्न, बायाँ प्यानलको Forms आइकन क्लिक गरौँ र दायाँ प्यानलको 'Books Issued to Members' फर्म राइट क्लिक गरौँ |
01:20 | अनि एडिट क्लिक गरौँ |
01:24 | अहिले हामी फर्म डिजाइन विन्डोमा छौं |
01:28 | यहाँ पहिले फर्मलाई खदिलो र कम भद्दा देखाउन रिसाइज गरौँ |
01:36 | यसो गर्न, हामी हाम्रो फर्म विन्डोको उचाई र लम्बाई घटाउने छौं |
01:43 | हामी यो विन्डोको माथि र दायाँ-बायाँ क्लिक गरेर, तानेर र छोडेर गर्नेर्छौं |
01:51 | अर्को, हाम्रो फर्मको हेडिंगको फन्ट बदलौं |
01:57 | फन्टलाई Arial Black मा बदलौं र माथिको फर्मेटिंग टूलबारबाट Size 12 छानौं |
02:12 | अन्तमा, फर्म कन्ट्रोलस् को ट्याब अर्डरमा हेरौं |
02:19 | यसले हामीलाई किबोर्डको ट्याब कि प्रयोग गरि फर्म कन्ट्रोलस् मा एक क्रममा सर्न मद्दत गर्छ |
02:29 | उदाहरणको लागि मानौं, माथि देखि तल |
02:33 | यसलाई ट्याब अर्डर भनिन्छ |
02:37 | अब, बेसले स्वत फर्म कन्ट्रोलको ट्याब क्रम माथि देखि तल स्थापित गर्छ |
02:47 | तर हामीले एक जोडी टेक्स्ट बक्सहरु हटाएको र दुई नयाँ लिस्ट बक्सहरु र चार बटनहरु थपेकोले हामीले ट्याब क्रम मिसाएको हुन सक्छौं |
03:00 | त्यसैले हामीले यसलाई अहिले मिलाउछौँ |
03:05 | फर्म डिजाइन टूलबारमा, प्राय जसो विन्डोको तल पाइने आइकनहरु मार्फत हामी ब्राउज गर्छौं |
03:16 | र टुलटिप सहितको 'Activation order' नामक आइकन खोज्छौं |
03:25 | यो आइकनमा क्लिक गरौँ |
03:29 | अब, हामी एउटा 'Tab Order' शिर्षकको पप-अप विन्डो देख्छौं |
03:38 | यी फर्म कन्ट्रोलस् को क्रम मिलाउन, हामी यी बस्तुहरु क्लिक गर्न, तान्न र ड्रप गर्न सक्छौं |
03:46 | वा हामी 'Move up', वा 'Move down' बटन क्लिक गर्न सक्छौं |
03:52 | यहाँ देखाइएको इमेजमा जस्तै ट्याब क्रम मिलाऊ <रोकौं> |
04:04 | हाम्रो काम सकियो त्यसैले सेभ गर्न Ok बटन थिचौं |
04:12 | ल, Control S थिचेर हाम्रो फर्म सेभ गरौँ |
04:19 | अनि हामी हाम्रो फर्म विन्डो बन्द गर्छौं |
04:24 | र अन्तमा, हाम्रो फर्ममा काम सकिन्छ |
04:29 | अब, हाम्रो फर्म जाचौं |
04:33 | मुख्य बेस विन्डोमा, 'Books Issued to Members' फर्ममा दोहोरो क्लिक गरेर यसलाई खोलौं |
04:42 | अहिले फर्म डाटा इन्ट्री मोडमा खुलेको छ |
04:47 | हेडिंगमा 'Form to track Books issued to Members' रहेको याद गरौँ |
04:54 | र यहाँ हामी bookIds र memberIds सट्टामा पुस्तकको शिर्षक र सदस्यहरुको नाम देख्छौं |
05:03 | साथै यो BooksIssued Table को पहिलो रेकर्ड हो; हामी किताबको शिर्षकमा 'An Autobiography' रंगिन भएको देख्छौं |
05:15 | र सदस्यको नाममा 'Nisha Sharma' रंगिन छ |
05:21 | हामी बाकी क्षेत्रहरु पनि देख्छौं |
05:25 | अब हामी तलको नेभिगेसन टूलबार आइकन प्रयोग गरि सबै रेकर्डको यात्रा तय गर्न सक्छौं |
05:45 | अब दोस्रो रेकर्डमा जाउँ |
05:49 | यहाँ हाम्रो सदस्य Jacob Robin ले 'Macbeth' किताब लगेको देखिन्छ, र मानौं उसले किताब फर्काउदै छ |
06:01 | त्यसैले यो जानकारी रेकर्डमा अपडेट गरौँ |
06:07 | यसको लागि, हामी वास्तविक पुस्तक फर्काएको दिन टाइप गर्नेछौं उदाहरण: 7/7/11 |
06:17 | Checked In field मा ठिक गरौँ |
06:21 | हामीले राखेको जानकारी सेभ गर्न हामी 'Save Record' बटन थिच्छौँ |
06:30 | बटन धमिलो भएको याद गरौँ, मतलब यो अब निष्क्रिय भएको छ |
06:38 | तर यदि हामीले यो रेकर्ड पुन सम्पादन गर्यौं भने बटन पुन सक्रिय हुनेछ |
06:45 | ल, अब 'Undo changes' बटन जाचौं |
06:50 | यसको लागि, 'Conquest of Self' पुस्तकको शिर्षकमा क्लिक गरेर रेकर्ड सम्पादन गरौँ र Actual Return Date क्षेत्रमा 5/7/11 टाइप गरौँ |
07:06 | दुवै 'Save record' बटन र 'Undo changes' बटन प्रयोगको लागि सक्रिय भएको याद गरौँ |
07:15 | अब, 'Undo Changes' बटनमा क्लिक गरौँ र के हुन्छ हेरौं |
07:22 | हामीले गरेको अन्तिम परिवर्तन भएन, 'Conquest of Self' को सट्टामा 'Macbeth' रंगिन भएको र Actual return date 7/7/11 रहेको याद गरौँ |
07:37 | राम्रो, अब 'Delete Record' बटनमा क्लिक गरौँ, मतलब हामी दोस्रो रेकर्ड मेट्न खोज्दैछौं |
07:47 | बेस मेट्ने कुरामा अलि सतर्क हुन्छ, त्यसैले यसले हामीलाई सचेत बनाउंदै पक्का गर्न सोध्छ |
07:55 | अहिलेको लागि, अगाडी जाऊ र 'Yes' बटन क्लिक गरौँ |
08:02 | हामी देख्छौं रेकर्ड वास्तबमै मेटिएको छ, स्क्रिनबाट हटेको छ र यसको ठाउँमा हामी अर्को रेकर्ड देख्छौं |
08:13 | अन्तमा, अन्तिम बटन मतलब 'New record' मा क्लिक गरेर नयाँ रेकर्ड थपौं |
08:22 | केहि मानहरु टाइप गरौँ |
08:26 | IssueId स्वत उत्पादन हुने क्षेत्र भएकोले हामी यसलाई छाड्ने छौं |
08:33 | र यहाँ हामीले इमेजमा देखाए जस्तै डाटा छ |
08:42 | इन्ट्रीहरु सेभ गर्न Save Record बटनमा क्लिक गरौँ |
08:47 | ल यो भयो |
08:48 | हामीले फर्म डाटा इन्टर र अपडेट गरेर जाचेका छौं |
08:54 | यहाँ एक कार्य छ
सदस्यहरुको जानकारी देखाउन एउटा फर्म डिजाइन गर्नुहोस् |
09:00 | फर्मलाई खदिलो बनाउनुहोस् |
09:03 | फन्ट बोल्ड बनाउनुहोस् |
09:07 | र Save र New रेकर्ड बटनहरु थप्नुहोस |
09:10 | यसले हामीलाई लिब्रे अफिस बेसको Form Data ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
09:17 | संक्षेपमा भन्दा, हामीले कसरी एउटा फर्ममा |
09:20 | डाटा इन्टर र अपडेट गर्ने सिक्यौं |
09:23 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09:34 | यो प्रोजेक्टलाई spoken-tutorial.org संयोजन गरेको छ, यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:44 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ
सहभागिताको लागि धन्यबाद, नमस्कार |