LibreOffice-Suite-Base/C4/Database-Maintenance/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:42, 31 March 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cues Narration
00:00 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:04 यो ट्युटोरियलमा, हामी कसरी एउटा डाटाबेस व्यस्थापन गर्ने, Database Structure फेरबदल गर्ने, डाटाबेस Defragment गर्न र ब्याकअप राख्न सिक्नेछौं
00:19 डाटाबेस मर्मत सम्भार
00:21 एउटा बेस डाटाबेस भरि हामीले डाटा ताजा, भरपर्दो र सुरक्षित राख्नुपर्छ
00:31 यसमा डाटा संरचना फेरबदल गर्न र ताजा डाटा राख्न डाटा अपडेट गर्नुपर्छ
00:41 हामीले हाम्रो अघिल्लो ट्युटोरियलमा बनाएको लाइब्रेरी उदाहरण डाटाबेस मानौं
00:48 सुरुवातमा यो डाटाबेसमा किताब, सदस्य र जारी किताबहरुको टेबलहरु थियो
00:55 र हामीले यो डाटाबेसको आधारमा, हाम्रो उदाहरण फर्म,क्वेरी र रिपोर्टहरु बनायौं
01:03 पछि, लाइब्रेरी, अन्य मेडियाहरु जस्तै DVD र CD हरु अटाउन ठूलो भयो
01:11 त्यसैले, हामीले संरचना ताजा बनाउन लाइब्रेरी डाटाबेस फेरबदल गर्यौं
01:16 यसको लागि, हामीले मिडिया नामक अर्को टेबल थप्यौं
01:21 र हामीले DVD र CD को जानकारी यो नयाँ मिडिया टेबलमा भण्डार गर्यौं
01:28 यसरी, हामीले आवश्यक परेको ठाउँमा परिवर्तन गरेकोले हाम्रो डाटाबेस अझ उपयोगी र ताजा भयो
01:39 टेबलको बदलावसँगै हामीले फर्मको प्रयोग सजिलो बनाउन त्यसमा पनि फेरबदल गर्नुपर्छ
01:47 वा हामी नयाँ टेबल संरचना राख्न नयाँ फर्म बनाउन सक्छौं
01:54 उदाहरणको लागि, यदि हामी किताबको डाटा इन्टर गर्नको लागि एउटा फर्म छ भने हामी यसलाई

DVD र CD हरुको पनि डाटा इन्ट्री गराउन फेरबदल गर्न सक्छौं

02:08 यहाँ हामी मेडियाको प्रकार छान्न अप्सन बटन पनि थप्न सक्छौं, मतलब: books, वा DVDs वा CDs
02:19 वा, हामी DVD र CD मेडियाको मात्रै डाटा इन्ट्री गराउन एउटा नयाँ फर्म बनाउन सक्छौं
02:28 यसैगरी, हामीले परिवर्तन गरेको डाटाको आधारमा क्वेरी र रिपोर्टहरु फेरबदल वा थप्नुपर्ने हुन्छ
02:39 र कहिलेकाहिँ हामीले हालको टेबल संरचना पनि बदल्न पर्ने हुनसक्छ
02:45 उदाहरणको लागि, लाइब्रेरीमा सम्पूर्ण सदस्यहरु सुचिकृत गर्न Members टेबलमा हेरौं
02:53 यसले अहिले तिनीहरुको नाम र फोन नम्बरहरु मात्र भण्डार गर्छ
02:58 अब, यदि हामीलाई तिनीहरुको ठेगाना र शहर पनि भण्डार गर्नुपरेमा हामीले मेम्बर्स टेबल संरचना बदल्नुपर्नेछ
03:09 यसको लागि हामी SQL सिनट्याक्स प्रयोग गर्न सक्छौं जस्तै:
03:15 ALTER TABLE Members, ADD Address TEXT, ADD City TEXT
03:22 ल, ALTER TABLE स्टेटमेन्टले टेबल संरचना बदल्ने छ र दुई नयाँ कोलमहरु थप्नेछ
03:30 Address र City मा TEXT डाटा रहनेछ
03:36 टेबल संरचना बनाउने र बदल्ने थप जानकारीको लागि hsqldb.org वेबसाइट हेर्नुहोस्
03:47 स्क्रिनमा देखाएको url एड्रेस प्रयोग गर्नुहोस्
03:52 अर्को, हामी कसरी डाटाबेस प्रयोग गर्न भरपर्दो बनाउन सक्छौं
03:59 कहिलेकाहिँ, बेसलाई तुलनात्मक रुपमा सानो डाटा राख्न ठुलो मेमोरी चाहिन्छ
04:08 यो किनभने,बेसले केहि निश्चित मेमोरी डाटाबेसलाई चाहिने आशा गर्छ
04:17 र, हामीले टेबलमा देखेका डाटा सोहि क्रममा भण्डार गरिएका हुदैनन्
04:26 किनभने, हामी टेबलमा डाटा बिभिन्न समयमा थप्छौं, तिनीहरुको वास्तविक भण्डारण एउटा निश्चित क्रममा हुदैन
04:36 हामीले एउटा किताबहरुको लाइब्रेरीलाई एउटा क्याटलग प्रयोग गरेको जस्तै टेबल डाटाको लागि इन्डेक्सहरु प्रयोग गर्न सक्छौं
04:45 एउटा क्याटलगले किताबहरुको सूची बाहेक तिनीहरुको भौतिक स्थान पनि भण्डार गर्छ
04:53 यसैगरी, हामी डाटा प्रभाबकारी रुपले राख्न टेबल इन्डेक्सहरु बनाउन सक्छौं
05:00 तर इन्डेक्सहरुले पनि एकदमै धेरै मेमोरी लिन सक्छन
05:04 र, कहिलेकाहीँ टेबल डाटा मेट्दा डाटा पूर्ण रुपमा हटेको हुदैन
05:11 तिनीहरु खाली टेबल इन्डेक्सबाट हटेको हुन्छ तर अर्को नयाँ डाटा नथपे सम्म यसले ठाउँ चाहिँ ओगट्छ
05:24 त्यसैले भण्डार गरेको वास्तविक डाटा ठूलो नभएपनि यसको साइज ठूलो हुनसक्छ
05:35 बेसले Defragmenting नामक राम्रो पुनर्संगठनको सुबिधा उपलब्ध गराउँछ
05:42 यसको लागि, हामी पुनर्संगठन गर्नुपर्ने डाटाबेस खोल्नेछौं
05:49 लिब्रे अफिस बेस भित्र हामी Tools मेनुमा क्लिक गर्नेछौं अनि SQL सबमेनुमा क्लिक गरौँ
06:01 र SQL विन्डोमा तलको कमाण्ड टाइप गरौँ
06:07 CHECKPOINT DEFRAG
06:10 यो SQL कमाण्डले बेस डाटाबेस फाइलमा अनावश्यक जानकारीहरु हटाउँछ
06:19 यसले पहिले डाटाबेस बन्द गर्नेछ, डाटा पुनर्संगठित गर्नेछ र पुन डाटाबेस खोल्ने छ
06:27 अब, हामी SQL विन्डोमा अर्को कमाण्ड प्रयोग गर्न सक्छौं
06:33 SHUTDOWN COMPACT
06:36 यहाँ भएको एक मात्र भिन्नता भनेको यो कमाण्डले पुन डाटाबेस खोल्ने छैन
06:43 पुनर्संगठन समबन्धि थप जानकारीको लागि hsqldb.org Chapter 11 हेर्नुहोस्
06:54 अन्त्यमा, डाटाबेस सुरक्षित राख्न सघाउने ब्याकअपको बारेमा कुरा गरौँ
07:02 हाम्रो डाटाबेस यसरी हराउन सक्छ
07;06 कम्प्युटर क्र्याश भएर, हार्डडिस्क ड्राइभले काम नगरेर वा भाइरस लागेर
07:14 लिब्रे अफिसमा एउटा राम्रो पुनर्स्थापना विजार्ड छ जसले डाटाको क्षति कम गर्छ
07:20 तर डाटाबेसको नियमित ब्याकअप राख्नु बुद्धिमानी हुन्छ
07:26 र एउटा ब्याकअप राख्न एकदम सरल छ
07:30 हामीले डाटाबेस फाइलको कपि मात्र गर्नुपर्नेछ
07:34 र यसलाई भण्डारणको मिडिया जस्तै बाह्य हार्डडिस्क, वा सिडी वा डिभिडी वा फ्ल्याश ड्राइभमा भण्डार गर्नुपर्नेछ
07:47 त्यसैले लाइब्रेरी डाटाबेसको ब्याकअप राख्न, Library.odb फाइल सेभ गरेको स्थान खोजौं
07:57 अनि फाइललाई भिन्न हार्डडिस्क ड्राइभ वा एउटा फ्ल्याश ड्राइभमा कपि र पेस्ट गरौँ
08:08 अब यो एउटा कपि र पेस्ट कार्यले सम्पूर्ण डाटाबेस सहित यसको सम्पूर्ण
08:17 डाटा संरचना, डाटा फर्म, क्वेरी र रिपोर्टहरुको ब्याकअप राख्नेछ
08:24 हामीले कत्तिको ब्याकअप राख्नुपर्ने हुन्छ?
08:28 यो डाटाबेसको डाटा र संरचनामा कत्तिको परिवर्तन हुन्छ भन्नेमा भरपर्छ
08:37 मतलब हामी कत्तिको डाटा थप्ने, अपडेट गर्ने र मेट्ने गर्छौं
08:42 र हामी कत्तिको टेबल संरचना, फर्म, क्वेरी वा रिपोर्टहरु बदल्छौँ
08:49 त्यसैले हामी डाटाबेसको प्रयोगको आधारमा दैनिक वा साप्ताहिक ब्याकअप गर्न सक्छौं
08:58 यहाँ एक कार्य छ
09:00 मेम्बर्स टेबलमा दुई नयाँ कोलमहरु - Address र City थप्न अल्टर गर्नुहोस्
09:08 दुवै कोलमको डाटा टाइप TEXT होस्
09:13 साथै डाटा इन्ट्री मोडमा मेम्बर्स टेबल खोलौं र केहि नमुना एड्रेस र सिटि डाटा थपौं
09;23 अर्को लाइब्रेरी डाटाबेस Defragment गर्नुहोस्
09:27 अन्त्यमा, लाइब्रेरी डाटाबेसको एउटा ब्याकअप बनाउनुहोस् र उपलब्ध भएमा यसलाई एउटा हार्डडिस्क ड्राइभमा सेभ गरौँ
09:38 यसले हामीलाई लिब्रे अफिस बेसको Database Maintenance स्पोकन ट्युटोरियलको अन्त्यमा ल्याएको छ
09:45 संक्षेपमा, हामीले सिक्यौं:
09:48 एउटा डाटाबेस ब्यबस्थापन गर्न
09:50 डाटाबेस संरचना फेरबदल गर्न
09:54 एउटा डाटाबेस Defragment गर्न
09:56 र ब्याकअप राख्न
09:58 स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:03 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ!
10:10 यो प्रोजेक्टलाई spoken-tutorial.org ले संयोजन गरेको छ!
10:15 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10:20 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ

र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya