LibreOffice-Suite-Base/C4/Access-data-sources/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:29, 31 March 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cues Narration
00:00 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:04 यो ट्युटोरियलमा हामी यी कुराहरु सिक्नेछौं
00:08 अन्य डाटा सोर्सहरु प्रयोग गर्न
00:10 .odb डाटाबेस रजिस्टर गर्न
00:15 डाटा सोर्सहरु हेर्न
00:17 र राइटरमा डाटा सोर्सहरु प्रयोग गर्न
00:22 बेसमा हामी कसरी अन्य डाटा सोर्सहरु प्रयोग गर्न सक्छौं हेरौं
00:28 लिब्रे अफिसले बेस डाटाबेस बाहेक अन्य डाटा सोर्स प्रयोग गर्न दिन्छ
00:37 यसले तिनीहरुलाई अन्य लिब्रे अफिस डकुमेन्टसमा पनि लिंक गर्न दिन्छ
00:43 उदाहरणको लागि, हामी लिब्रे अफिस बेसबाट एउटा स्प्रेडसिट वा साधारण टेक्स्ट डकुमेन्ट प्रयोग गर्न सक्छौं
00:53 अनि यसलाई एउटा लिब्रे अफिस राइटर डकुमेन्टसँग लिंक गर्न सक्छौं
00:58 एउटा उदाहरणको रुपमा, LibreOffice Calc प्रयोग गरि एउटा स्प्रेडसिट बनाऊ
01:06 Start Menu मा क्लिक गरौँ>> अनि All Programs र LibreOffice Suite मेनु खोलौं
01:16 वा यदि लिब्रे अफिस पहिले नै खुलेको छ भने हामी File, New र Spreadsheet मा क्लिक गरि एउटा नयाँ स्प्रेडसिट खोलौं
01:30 अब, स्प्रेडसिटमा, इमेजमा देखाए जस्तै केहि नमुना डाटा टाइप गरौँ
01:46 र यो स्प्रेडसिटलाई एउटा स्थानमा डिरेक्टरीमा ‘LibraryMembers’ को नाममा सेभ गरौँ
01:54 हामीलाई हाम्रो उदाहरण पछि प्रयोग गर्नुपर्ने भएकोले यो स्थान सम्झौं
02:02 र Calc विन्डो बन्द गरौँ
02:07 ल, अब हामी लिब्रे अफिस बेसबाट यो स्प्रेडसिट कसरी प्रयोग गर्न सकिन्छ हेरौं
02:15 यसो गर्न, Windows Start मेनुबाट बेस खोलौं
02:25 वा यदि लिब्रे अफिस बेस पहिले नै खोलेको छ भने हामी File, New अनि Database मा क्लिक गर्नेछौं
02:36 अब, यसले डाटाबेस विजार्ड खोल्नेछ
02:39 यहाँ हामी ‘Connect to an existing database’ क्लिक गर्नेछौं
02:45 अनि ड्रपडाउनमा क्लिक गर्नेछौं
02:48 बेसको पहुँच भएको विविध डाटाबेस सोर्सको यो सूची याद गरौँ
02:55 र यहाँ हामी स्प्रेडसिटमा क्लिक गर्नेछौं
02:59 र Next बटन क्लिक गरौँ
03:02 अब ब्राउज बटन प्रयोग गरि हामीले पहिले सेभ गरेको स्प्रेडसिटको स्थान खोजौं
03:10 यदि स्प्रेडसिटको लागि एउटा पासवर्ड छ भने हामीले त्यो पनि दिनुपर्छ
03:16 यहाँ हामीलाई यो चाहिदैन
03:19 Next बटनमा क्लिक गरौँ
03:22 अब, स्प्रेडसिटलाई एउटा डाटा सोर्सको रुपमा दर्ता गरौँ
03:27 र यसलाई सम्पादन गर्न खोलौं
03:32 र Finish बटनमा क्लिक गरौँ
03:36 यहाँ डाटाबेसलाई एउटा नाम दिउँ, LibraryMembers टाइप गरौँ
03:44 सेभ एज टाइप याद गरौँ: यसले ODF Database भन्छ जुन अहिले .odb छ
03:56 र यसलाई स्प्रेडसिट भएको स्थानमा सेभ गरौँ
04:01 हामीले बेसमा स्प्रेडसिटलाई एउटा डाटा सोर्सको रुपमा दर्ता गराएका छौं
04:07 हामी अहिले मुख्य बेस विन्डोमा छौं
04:11 यहाँ लेफ्ट प्यानलमा Tables आइकनमा क्लिक गरौँ
04:16 टेबलहरु ‘Sheet1’, Sheet2, र Sheet3 याद गरौँ
04:23 Sheet1 लाई खोल्न यसमा दोहोरो क्लिक गरौँ र यहाँ स्प्रेडसिटको डाटा छ
04:31 अब, हामी यो स्प्रेडसिट प्रयोग गर्ने तरिकाले यहाँ कुनै परिवर्तन गर्न सक्दैनौं
04:39 हामी खाली डाटा हेर्न वा क्वेरीहरु बनाउन र हाल यहाँ भएका डाटाको आधारमा रिपोर्टहरु मात्र बनाउन सक्छौं
04:47 त्यसैले परिवर्तनहरु .odb डाटाबेस दर्ता
04:54 गरेर सिधै स्प्रेडसिटमै गर्नुपर्छ
04:59 अहिले, त्यहाँ अन्य प्रोग्रामहरु पनि छन् जस्तै OpenOffice.org जसले .odb डाटाबेस उत्पादन गर्न सक्छ
05:11 हामीले यिनीहरुलाई LibreOffice Base भित्र प्रयोग गर्न, पहिले बेसमा दर्ता गर्नुपर्छ
05:19 कुनै .odb डाटाबेस दर्ता गर्नलाई हामीले बेस खोल्नुपर्छ र
05:28 Tools, Options, LibreOffice Base र Databases छान्नुपर्छ
05:36 Registered Databases मुनिको New क्लिक गरौँ
05:42 डाटाबेस भएको स्थानमा जाउँ र दर्ता गरेको नाम सहि भएको पक्का गरौँ
05:51 र Ok बटनमा क्लिक गरौँ
05:55 हामी लिब्रे अफिसमा कसरी डाटा सोर्सहरु हेर्न सक्छौं हेरौं
06:01 यसको लागि, हामीले बेसमा दर्ता गरेको उदाहरणको स्प्रेडसिट मानौं
06:07 अब, हामी यसलाई LibreOffice Writer वा Calc मा प्रयोग गर्न सक्छौं
06:12 उदाहरण, हामी यसलाई लिब्रे अफिस राइटर भित्र कसरी हेर्न सक्छौं हेरौं
06:19 पहिले बेस विन्डोबाट राइटर खोलौं
06:24 यसको लागि File, New अनि Text डकुमेन्टमा क्लिक गरौँ
06:33 हामी अहिले राइटर विन्डोमा छौं
06:36 हामी उपलब्ध डाटा सोर्सहरु हेर्न माथिको View मेनुमा क्लिक गर्नेछौं र Data Sources मा क्लिक गर्नेछौं
06:46 वैकल्पिक रुपमा, हामी F4 कि थिच्न सक्छौं
06:52 अब, हामी माथि दायाँ दर्ता गरिएका डाटाबेसहरुको साथै हामीले भर्खरै बनाएको LibraryMembers सहित एउटा सूची देख्नेछौं
07:03 डाटाबेस हेर्न, हामी बायाँको डाटाबेसको नामको प्लस चिन्हमा क्लिक गरेर यसलाई ठुलो पार्नेछौं
07:14 र हामी Tables ठूलो पार्नेछौं
07:18 यहाँ Sheet1, 2 र 3 छ
07:24 Sheet 1 मा क्लिक गरौँ
07:28 ल, हाम्रो डाटा राइटर विन्डोको माथि छ
07:36 अब हामी कसरी यो डाटा हाम्रो उदाहरणको राइटर डकुमेन्टमा प्रयोग गर्न सकिन्छ हेर्नेछौ
07:43 ल, यदि यहाँ हामी माथिको टेबलबाट सम्पूर्ण डाटा प्रयोग गर्न चाहेमा पहिले हामी यहाँ रेकर्डहरु छान्नेछौं
07:55 यसको लागि पहिलो रेकर्डको पहिलो कोलमको बायाँ ग्रे सेलमा क्लिक गरौँ
08:05 अनि, हामी Shift कि थिचेर, अन्तिम रेकर्डको पहिलो कोलमको बायाँ ग्रे सेलमा क्लिक गर्नेछौं
08:17 सम्पूर्ण डाटा रंगिन भएको याद गरौँ
08:21 अब हामी यसलाई तलको राइटर डकुमेन्टमा click, drag र drop गर्नेछौं
08:30 अर्को, हामी एउटा Insert Database Columns नामक एउटा पप-अप विन्डो देख्छौं
08:37 त्यसैले यहाँ, हामी माथि टेबल विकल्पमा क्लिक गर्नेछौं
08:42 र सबै फिल्डहरुलाई बायाँदेखि दायाँ सूचीमा सार्न डबल एरो बटनमा क्लिक गर्नेछौं
08:52 यहाँ रहेका विविध विकल्पहरु याद गरौँ
08:56 अहिलेको लागि, हामी Ok बटनमा क्लिक गर्नेछौं
09:00 र यहाँ डकुमेन्टमा पुरै डाटाको टेबल छ
09:05 अब हामी प्रत्येक फिल्ड कसरी थप्न सक्छौं हेरौं
09:13 राइटर डकुमेन्टको माथि जाउँ र दुइचोटी इन्टर कि थिचौं, फेरि माथि दायाँ जाउँ
09:22 यहाँ, Member Name कोलोन टाइप गरौँ
09:28 अनि माथि दायाँ डाटा सोर्स क्षेत्रको Name कोलममा क्लिक गरौँ
09:36 अब हामी यसलाई हामीले टाइप गरेको टेक्स्ट सँगै click, drag र drop गर्छौं
09:43 र हामी ट्याब कि थिच्नेछौँ र Phone number colon टाइप गर्नेछौं
09:51 र........... हामीलाई के गर्ने थाहा छ, छैन त?
09:55 हामी माथिको Phone कोलममा क्लिक गर्नेछौं, अनि तानेर हाम्रो टेक्स्टमा ड्रप गर्नेछौं
10:04 अब पहिलो रेकर्डको बायाँको ग्रे सेलमा क्लिक गरेर यसलाई रंगिन बनाउँ
10:13 अनि हामी Data to Fields आइकनमा क्लिक गर्नेछौं
10:19 यो Formatting टूलबारको मुनि Table Data टूलबारमा पाउन सकिन्छ
10:27 याद गरौँ, अहिले टेबल माथि भएको डाटा राइटर डकुमेन्टमा छ
10:35 अर्को रेकर्ड ल्याउन, हामीले एउटा भिन्न रेकर्ड रंगिन बनाउनुपर्छ र पुन ‘Data to Fields’ आइकन प्रयोग गर्नुपर्छ
10:46 ल. हामीले लिब्रे अफिस डकुमेन्ट भित्र डाटा सोर्सहरु कसरी प्रयोग गर्ने सिक्यौं
10:54 यसले हामीलाई लिब्रे अफिस बेसको यस Accessing other Data Sources ट्युटोरियलको अन्त्यमा ल्याएको छ
11:01 संक्षेपमा, हामीले यो सिक्यौं:
11:05 अन्य डाटा सोर्सहरु प्रयोग गर्न
11:07 .odb डाटाबेसहरु दर्ता गर्न
11:12 डाटा सोर्सहरु हेर्न
11:14 र राइटरमा डाटा सोर्सहरु प्रयोग गर्न
11:19 स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:23 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ!
11:30 यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ!
11:35 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:40 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
11:44 र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ

सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya