LibreOffice-Suite-Draw/C2/Basics-of-working-with-objects/Nepali

From Script | Spoken-Tutorial
Revision as of 10:54, 27 February 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00.02 Basics of Working with Objects in LibreOffice Draw स्पोकन टुटोरियलमा स्वागत छ
00.08 यो टुटोरियलमा हामी यो सिक्ने छौं:
00.11 अब्जेक्ट कट, कपि र पेस्ट गर्न
00.14 ह्यान्डल प्रयोग गरि अब्जेक्टहरु रिसाइज गर्न
00.17 अब्जेक्ट मिलाउन
00.19 अब्जेक्टलाई समूहमा राख्न र निकाल्न
00.21 एउटा समूहका हरेक अब्जेक्ट एडिट गर्न
00.24 एउटा समूहमा अब्जेक्टहरु सार्न
00.28 यहाँ हामी उबुन्टु लिनक्स संस्करण 10.04 र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दै छौं
00.37 डेस्कटपमा सेभ भएको “WaterCycle” फाइल खोलौं
00.42 अब, यो चित्रमा तीन थप बादलहरु कपि र पेस्ट गरौँ
00.47 पहिले बादल छानौं, अनि कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Copy” मा क्लिक गरौँ
00.54 अनि, पेजमा कर्सर राखौं, फेरि कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Paste” क्लिक गरौँ
01.02 तर हामी एउटा मात्र बादल देख्न सक्छौं!
01.05 हामीले कपि र पेस्ट गरेको बादल कहाँ छ?
01.08 कपि गरेको बादल मूल बादलको माथि पेस्ट भएको छ!
01.13 बादल छानौं र यसलाई बायाँ सारौँ
01.17 सोहि तरिकाले एउटा अर्को बादल थपौं
01.21 बादल छानौं, कनटेक्स्ट मेनुमा राइट क्लिक गरौँ र “Copy” क्लिक गरौँ
01.26 कनटेक्स्ट मेनुमा पुन राइट-क्लिक गरौँ र “Paste” मा क्लिक गरौँ
01.30 अब, कपि गरेको बादल छानौं र यसलाई बायाँ सारौँ
01.37 हामी अब्जेक्ट कपि गर्न शर्ट-कटहरु पनि प्रयोग गर्न सक्छौं
01.41 एउटा अब्जेक्ट कपि गर्न CTRL+C
01.44 एउटा अब्जेक्ट पेस्ट गर्न CTRL+V
01.47 एउटा अब्जेक्ट कट गर्न CTRL+X
01.50 बादल छानौं र CTRL र C किहरु एकैचोटी थिचौं
01.55 बादल कपि भएको छ
01.57 पेस्ट गर्न CTRL र V किहरु थिचौं
02.02 अब बादल छानौं र यसलाई चाहेको स्थानमा सारौँ
02.08 यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस्
02.11 तपाईको ड्र फाइलमा दुई पेजहरु थपौं
02.14 एउटा पेजमा दुई अब्जेक्टहरु कोरौं
02.18 एउटा अब्जेक्ट पहिलो पेजबाट दोस्रो पेजमा सारौँ
02.22 कपि गरेको अब्जेक्ट कहाँ छ हेर्नुहोस्
02.25 एउटा अब्जेक्ट कट गरौँ र पेस्ट गरौँ, तपाई यसको लागि शर्ट-कट कीहरु प्रयोग गर्न सक्नुहुन्छ
02.31 तपाईले एउटा अब्जेक्ट कट गरेपछि कपि भएको छ/छैन जाचौं
02.36 अब बादलको साइज घटाऊ
02.38 पहिले यसलाई छानौं
02.40 अब, ह्यान्डलहरु देखिने भएका छन्
02.43 अर्को, एरोहेड नदेखेसम्म कर्सरलाई ह्यान्डलसम्म राखौं
02.50 अब, लेफ्ट माउस बटन थिचौं र बादल सानो बनाउन एरोलाई भित्रतिर सारौँ
02.57 यसलाई ठूलो पार्न, एरोलाई बाहिरतिर सारौँ
03.00 यो एरो लामो बनाउन, पहिले यसलाई छानौं
03.04 अब,कर्सरलाई एउटा ह्यान्डल माथि राखौं
03.07 एरोको टुप्पोमा मुनि एउटा वर्ग सहित एउटा सानो पारदर्शी एरो देखापर्छ
03.14 अब, किबोर्डको “Shift” कि थिचौं, लेफ्ट माउस बटन थिची राखौं र एरो ह्यान्डल प्रयोग गरि यसलाई तानौं
03.25 यदि हामीले शिफ्ट कि पनि प्रयोग गरे अब्जेक्ट रिसाइज गर्न धेरै सजिलो हुन्छ, हैन त?
03.32 एउटा अब्जेक्टको ह्यान्डल प्रयोग गरी रिसाइज गर्नेलाई “Dynamic Resizing” भनिन्छ
03.38 यसको मतलब हामी ठ्याक्क नाप प्रयोग गर्दैनौं
03.42 हामी ठ्याक्क रिसाइज कसरी गर्ने पछिका टुटोरियलहरुमा हेर्नेछौं
03.47 सोहि तरिकाले, यो आयतको चौडाई बढाउँ
03.52 आयत छानौं, किबोर्डको शिफ्ट कि थिचौं र यसलाई माथि सारौँ
03.59 ड्र विन्डो मुनिको “Status” बारमा हेरौं
04.03 ध्यान दिनुहोस् कि तपाईले फेरि आयत रिसाइज गर्दा नाप बदलिन्छ
04.09 “Status” बारले अब्जेक्टको स्थान र नाप बदलेको जनाउँछ
04.16 अब बादल र सुर्यलाई यहाँ देखाए अनुसार मिलाऊ
04.20 बादलहरु चिन्न, बायाँ देखि दायाँसम्म तिनीहरुलाई 1, 2, 3, 4 नम्बर दिउँ
04.29 नम्बर राख्न, यो बादल छानौं, दोहोरो क्लिक गरौँ र 1 टाइप गरौँ
04.36 यसैगरी अन्य बादलहरुलाई पनि नम्बर दिउँ
04.44 अब, बादल 4 छानौं र यसलाई सुर्य माथि राखौं
04.49 यसलाई सुर्य पछाडी पठाउन, कनटेक्स्ट मेनुको लागि बादलमा राइट क्लिक गरौँ
04.55 “Arrange” क्लिक गरौँ र “Send Backward” मा क्लिक गरौँ
04.58 बादल 4 अहिले सुर्य पछाडी छ
05.02 “Send Backward” ले एउटा अब्जेक्टलाई हालको अब्जेक्टको पछाडी पठाउँछ
05.07 अब बादल 3 छानौं र यसलाई सुर्य माथि सारौँ
05.12 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, “Arrange” क्लिक गरौँ र “Send to Back” छानौं
05.18 बादल 3 अहिले दुवै सुर्य र बादल 4 पछाडी रहेको छ
05.23 “Send to Back” ले एउटा अब्जेक्टलाई अन्तिम लेयरमा पठाउँछ
05.28 अब स्लाइडमा देखाए जस्तै बादललाई मिलाउन सजिलो छ
05.32 बादल 4 छानौं, कनटेक्स्ट मेनुको लागि “Arrange” क्लिक गरौँ र “Bring to Front” छानौं
05.40 “Bring to Front” ले अब्जेक्टलाई पहिलो लेयरमा ल्याउँछ
05.44 अनि बादल 3 छानौं, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, “Arrange” क्लिक गरौँ र “Bring Forward” छानौं
05.52 “Bring Forward” ले अब्जेक्टलाई एक लेयर अगाडी ल्याउँछ
05.57 अब, बादल 2 छानौं र यसलाई बादल 1 मा राखौं
06.01 बादलहरु स्लाइडमा देखाए जस्तै गरि मिलाइएको छ
06.07 अर्को बादलहरुको नम्बर मेटौं
06.10 यसो गर्न, बादल छानौं र दोहोरो क्लिक गरौँ, अनि नम्बर छानौं र किबोर्डको डिलिट कि थिचौं
06.23 यो कार्य गर्न टुटोरियल रोक्नुहोस्
06.26 एउटा वर्ग, एउटा वृत र एउटा तारा कोरौं, तल देखाए जस्तै गरी राखौं
06.32 हरेक अब्जेक्ट छानौं र एरेन्ज मेनुको विकल्पहरु प्रयोग गर्नुहोस्
06.38 हरेक विकल्प प्रयोग गर्दा कसरी चित्रको स्थान बदलिन्छ हेरौं
06.44 अब यो स्लाइडमा देखाए जस्तै अब्जेक्टहरु राखौं र bring "to front" र sent "to back" विकल्पहरु पनि हेरौं
06.53 अब, वाटर साइकल चित्रमा यो स्लाइडमा देखाए जस्तै रुखहरु थपौं
06.59 हामी एउटा ब्लक एरो र एक्स्प्लोजन प्रयोग गरी एउटा रुख कोरौं
07.05 इन्सर्ट अनि स्लाइडमा क्लिक गरि यो ड्र फाइलमा एउटा नयाँ पेज थपौं
07.11 यसले हाम्रो फाइलमा एउटा नयाँ पेज थप्छ
07.15 रुखको काण्ड कोर्न, ड्रइंग टूलबारबाट “Block Arrows” छानौं
07.21 उपलब्ध आकारहरु हेर्न सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Split Arrow” छानौं
07.28 पेजमा कर्सर राखौं, लेफ्ट माउस बटन थिची राखौं र तल र दायाँ-बायाँ तानौं
07.35 तपाईले दुई हाँगाहरु सहितको एउटा रुखको काण्ड कोर्नुभएको छ!
07.39 अब हाँगामा पातहरु थपौं
07.42 ड्रइंग टूलबारबाट ताराहरु छानौं
07.45 अनि, सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Explosion” छानौं
07.51 अब, ड्र पेजमा जाउँ, एरोको बायाँ पट्टि कर्सर राखौं, माउस बटन थिची राखौं र आकार कोर्न बायाँतिर तानौं
08.01 ल, हामीले रुखमा पातहरु थपेका छौं!
08.04 हामीले यो आकारहरु रुखको दायाँ हाँगामा पनि कपि गर्नुपर्छ
08.09 त्यो आकार छानौं
08.11 कपि गर्न किबोर्डको CTRL+C किहरु थिचौं
08.15 अनि पेस्ट गर्न CTRL+V कि थिचौं
08.19 अब आकारलाई रुखको दायाँपट्टि राखौं
08.22 हामीले एउटा रुख कोर्यों!
08.25 रुख छानौं र यसलाई तल सारौँ
08.28 खाली रुखको काण्ड सर्छ; पातहरु सर्दैनन्!
08.32 यहाँ “रुखको काण्ड” र दुई “पातहरु” भिन्न अब्जेक्टको रुपमा लिइएको छ
08.38 रुखको काण्डलाई यो जहाँ थियो त्यहि सारौँ
08.41 अब "रुखको काण्ड" र "दुई पातहरु" लाई कसरी एकै बनाउने हेरौं
08.47 समूहमा बदलाव गर्दा यसमा भएका सबै अब्जेक्टहरु बदलिनेछन्
08.53 पहिले पेजमा क्लिक गरौँ, जसले गर्दा कुनै पनि अब्जेक्टहरु छानिने नहोस्
08.58 अनि, ड्रइंग टूलबारबाट "Select" छानौं
09.02 कर्सरलाई पेजमा सारौँ र पेजमा क्लिक गरौँ
09.05 अब, लेफ्ट माउस बटन थिचौं र सबै अब्जेक्टहरु छानिने गरी तानौं
09.11 हामी एउटा डट सहितको आयत देख्नेछौं
09.14 यो आयतमा रुखको सबै अब्जेक्टहरु छानिएको पक्का गरौँ
09.20 वैकल्पिक रुपमा, तपाई शिफ्ट कि थिचेर दुई वा बढि अब्जेक्टहरु छान्न सक्नुहुन्छ र हरेक अब्जेक्टमा क्लिक गरौँ
09.28 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Group” छानौं
09.32 अब रुखको कुनै पनि अब्जेक्टमा क्लिक गरौँ
09.36 ह्यान्डल एकै अब्जेक्टको जस्तो गरि देखापर्छ
09.40 अब यी अब्जेक्टहरुलाई एकै मानिन्छ
09.45 तिनीहरुलाई एउटा समूहबाट हटाउन, रुख छानौं, राइट क्लिक गरौँ र “Ungroup” छानौं
09.52 यी अब्जेक्टहरु अहिले समूहबाट हटेका छन् र भिन्न तीन अब्जेक्टको रुपमा मानिन्छन्
09.56 तिनीहरुलाई ग्रुप गरौँ
09.58 शिफ्ट कि थिचौं र अब्जेक्ट एक-पछि अर्को छानौं
10.03 राइट क्लिक गरौँ र 'group" छानौं
10.06 रुखलाई हाम्रो मुख्य ड्रइंग पेजमा कपि गरौँ
10.10 कपि गर्न Ctrl र "C' थिचौं र एउटा पेजमा क्लिक गरौँ र पेस्ट गर्न Ctrl र 'V' थिचौं
10.17 अब, हामी एउटा ग्रुपको एउटा मात्र अब्जेक्ट एडिट गर्न चाहन्छौं भने हामी के गर्छौं?
10.23 म अबजेक्टहरुलाई समूहबाट नहटाई वा पुन समूहमा नराखी एउटा सामान्य तरिकाले यो गरेर देखाउछु
10.30 समूह छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ
10.33 “Enter Group” छानौं
10.35 समूह बाहिरको सबै अब्जेक्टहरु डिसेबल भएका छौं
10.39 खाली समूह भित्र भएका अब्जेक्टहरु नै एडिट गर्न सकिन्छ
10.43 उदाहरणको लागि दायाँ रुखको पातहरु छानौं र साइज घटाऊ
10.51 यो अंडू गर्न Ctrl + 'Z' थिचौं र अगाडी बढौं
10.56 अब, वाटर साइकल चित्रमा मिल्ने गरेर रुखको साइज घटाऊ
11.02 त्यसैले हामीले ग्रुपको “Edit” मोडबाट बाहिर निस्कनुपर्छ
11.05 ग्रुपबाट बाहिर निस्कन, कर्सरलाई पेजमा राखौं र “Exit group” छानौं
11.13 अब हामी ग्रुपको “Edit” मोडबाट बाहिर निस्कन्छौं
11.16 रुख छानौं र कर्सरलाई तल्लो-दायाँ ह्यान्डलमा सारौँ
11.21 कर्सर एउटा रीसाइज गर्ने एरोमा बदलिन्छ
11.24 एरोलाई भित्रतिर सारौँ
11.26 र हामीले पुरै रुखको साइज घटाएका छौं!
11.29 अब चित्रमा थप तीन रुखहरु थपौं
11.32 रुख छानौं र कपि गर्न कन्ट्रोल र सी थिचौं र पेस्ट गर्न तीनपटक कन्ट्रोल र भी थिचौं
11.39 यसले रुखको तीन कपि बनाउनेछ
11.41 अब, हामी तिनीहरुलाई चाहेको स्थानमा सारौँ
11.45 सबै रुखहरुलाई त्यहि कदम दोहोराऊ
11.51 अब हरेक रुख तीन अब्जेक्टहरुले बनेको सम्झौं
11.55 हरेक रुख आफैंमा एउटा ग्रुप हो
11.58 हामीले अब्जेक्टहरुको समूह बनाएका छौं’
12.01 अब चित्रमा एउटा पानीको भाग थपौं
12.04 पानीको असर राख्न, हामी आयतसँगै एउटा त्रिकोण थप्नेछौँ र एउटा बक्ररेखा थपौं
12.12 एउटा त्रिकोण कोर्न, ड्रइंग टूलबारबाट “Basic shapes” छानौं
12.18 कालो सानो त्रिकोणमा क्लिक गरौँ र “Right Triangle” छानौं
12.24 यसलाई कोरौं र आयतसँगै राखौं
12.28 अब, पानीको बहाव देखाउन एउटा बक्र रेखामा रंग भरौं
12.34 “Drawing” टूलबारमा, “Curve” छानौं, अब, “Freeform Line, Filled” मा क्लिक गरौँ
12.42 अनि त्रिकोणको माथि कर्सर राखौं, लेफ्ट माउस बटन थिची राखी यसलाई तल सारौँ
12.49 अब पानी बगेको जस्तो देखाउन बक्रलाई मिलाऊ
12.56 त्रिकोण र बक्र दुवै मिलेर पानी बनाउँछ, तिनीहरुलाई एकै अब्जेक्टको रुपमा ग्रुप गरौँ
13.03 ड्रइंग टूलबारबाट Select छानौं
13.07 अब कर्सर पेजमा सारौँ, लेफ्ट माउस बटन थिचौं र त्रिकोण र बक्रलाई छान्न तानौं
13.16 राइट क्लिक गरौँ र ग्रुप छानौं
13.18 अब हामीले वाटर साइकलको आधारभूत रुपरेखा बनाएका छौं
13.23 यहाँ तपाईको लागि अर्को कार्य रहेको छ
13.26 यो चित्र आफै कोर्नुहोस्
13.30 यसरी हामी यो ड्र टुटोरियलको अन्त्यमा आएका छौं
13.33 यो टुटोरियलमा, तपाईले अब्जेक्टसँग काम गर्ने सामान्य तरिकाहरु सिक्नुभयो, साथै:
13.39 अब्जेक्टहरु कट, कपि र पेस्ट गर्न
13.42 ह्यान्डलहरु प्रयोग गरी अब्जेक्टहरु रिसाइज गर्न
13.46 अब्जेक्टहरु मिलाउन
13.48 अब्जेक्टहरु ग्रुप र अनग्रुप गर्न
13.50 एउटा ग्रुप भित्रका प्रत्येक अब्जेक्टहरुलाई एडिट गर्न
13.53 ग्रुप भित्रका अब्जेक्टहरु सार्न
13.57 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
14.01 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
14.04 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
14.08 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले
14.11 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
14.14 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
14.18 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
14.24 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
14.28 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
14.36 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
14.47 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya