LibreOffice-Suite-Draw/C2/Create-simple-drawings/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:23, 24 February 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.02 How to Create Simple Drawings in LibreOffice Draw,को स्पोकन टुटोरियलमा स्वागत छ
00.08 यो टुटोरियलमा, यी टूलहरु प्रयोग गरी तपाईले सामान्य चित्रहरु कसरी कोर्ने सिक्नुहुनेछ:
00.13 सामान्य आकारहरु जस्तै रेखाहरु, एरो र आयतहरु
00.17 आधारभूत ज्यामितीय आकारहरु, चिन्हहरु, तारा र ब्यानरहरु
00.22 तपाई कसरी एउटा अब्जेक्ट छान्ने, सार्ने र मेट्ने पनि सिक्नुहुनेछ
00.27 मार्जिनहरु सेट गर्न रुलर र अब्जेक्टलाई पंक्तिबद्ध गर्न एलाइन टूलबार प्रयोग गर्न
00.33 यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
00.42 अब्जेक्ट शब्द डिफाइन् गरौँ
00.44 “अब्जेक्ट” भन्नाले ड्र मा प्रयोग गरिने आकारहरु वा तिनीहरुको समूहलाई जनाउँछ जस्तै रेखाहरु, वर्गहरु, फलोचार्ट र आदि
00.55 यो स्लाइडमा देखिएका सबै बस्तुहरुलाई अब्जेक्टको रुपमा जनाईएको छ
00.59 डेस्कटपमा सेभ गरेको “WaterCycle” फाइल खोलौं
01.04 पहिले हामी कसरी एउटा अब्जेक्ट छान्ने सिक्नेछौं
01.08 मानौं, हामी बादल छान्न चाहन्छौं, त्यसैले हामी यसमा क्लिक गर्छौं
01.13 यसो गर्नाले, ८ वटा ह्यान्डल देखिन्छ
01.16 ह्यान्डल छानेको अब्जेक्टमा देखापर्ने सानो निलो वा हरियो रंगको वर्ग हो
01.22 तपाई पछिको टुटोरियलहरुमा ह्यान्डलहरु र तिनीहरुको प्रयोगको बारेमा सिक्नुहुनेछ
01.27 हाम्रो चित्रमा केहि थप अब्जेक्टहरु थपौं
01.30 जमिन जनाउन एउटा आयत थपौं
01.34 ड्रइंग टूलबारमा, “Basic shapes” मा क्लिक गरौँ र अनि “Rectangle” मा क्लिक गरौँ
01.39 अब कर्सरलाई पेजमा सारौँ, तपाई ठूलो आई सहितको प्लस चिन्ह देख्नुसक्नुहुन्छ
01.45 लेफ्ट माउस बटन थिची राखी एउटा आयत कोर्न त्यसलाई तानौं
01.50 अब माउस बटन छोडौं
01.52 अर्को, जमिनबाट बादल सम्म पानीको बाफ गएको देखाउन केहि एरोहरु बनाऊ
02.00 एउटा रेखा कोर्न, ड्रइंग टूलबारको “Line” मा क्लिक गरौँ
02.04 कर्सरलाई पेजमा सारौँ
02.06 तपाई एउटा ढल्केको ड्याशसहित एउटा प्लस चिन्ह देख्नुहुनेछ
02.10 माउसको लेफ्ट माउस थिची राखौं र माथि देखि तलसम्म तानौं
02.15 तपाईले एउटा सिधा रेखा कोर्नुभएको छ!
02.17 एउटा लाइनको दुईवटा ह्यान्डलहरु हुन्छन्
02.20 अब, लाइनमा दुई एरो हेड थपौं
02.23 अब हामीले लाइन छान्नुपर्छ
02.25 कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Line” मा क्लिक गरौँ
02.30 तपाई “Line” डाइलग बक्स देख्नुहुन्छ, अब “Arrow styles” ट्याबमा क्लिक गरौँ र ड्रप डाउनमा “Arrow style” मा क्लिक गरौँ
02.39 यसले उपलब्ध “एरो स्टाइल”हरु देखाउँछन्
02.43 “Arrow” नाम गरेको पहिलो विकल्प छानौं
02.46 OK मा क्लिक गरौं
02.48 यसले लाइनको दुवै टुप्पोमा छानेको शैलीको एरोहेड थप्छ
02.52 तर हामीलाई लाइनको एउटा मात्र टुप्पोमा एरोहेड चाहिएको छ
02.57 त्यसैले हामी पहिले यसलाई CTRL+Z थिचेर अंडू गर्छौं
03.02 कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ
03.05 अब, “Line” ट्याबमा क्लिक गरौँ
03.09 यहाँ “Arrow Styles” भित्र तपाई “Style” नामको फिल्ड देख्नुहुनेछ
03.14 तपाईले हरेक लाइनको टुप्पोको लागि ड्रप-डाउन बक्सहरु देख्नुहुन्छ
03.19 बायाँ ड्रप-डाउन बक्समा क्लिक गरौँ र “Arrow” छानौं
03.23 दायाँ ड्रप-डाउन बक्समा “none” छानौं
03.26 OK क्लिक गरौँ
03.28 लाइनको माथिल्लो टुप्पोमा एउटा एरोहेड थपिएको याद गरौँ
03.33 हामी “Lines and Arrows” अप्सन प्रयोग गरेर पनि एरो कोर्न सक्छौं
03.38 यो एरो सँगै दुई थप एरोहरु कोरौं
03.42 ड्रइंग टूलबारबाट >>“ Lines and Arrows” मा क्लिक गरौँ र Line Starts with Arrow छानौं
03.48 कर्सर ड्र पेजमा सारौँ
03.51 माउसको लेफ्ट बटन थिचौं र माथि देखि तल तानौं
03.56 यो तरिकाले एरो कोर्न सजिलो छ हैन त?
04.00 त्यहि तरिकाले अर्को एउटा एरो थपौं
04.06 यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस्
04.09 तपाईको “MyWaterCycle” फाइलमा, एउटा लाइन कोर्नुहोस्
04.13 लाइन छानौं र लाइन डाइलग बक्स खोलौं
04.16 Line Properties फिल्ड भित्र लाइनको स्टाइल, रंग, चौडाई र पारदर्शीता बदल्नुहोस
04.24 Arrow Styles फिल्ड भित्र एरोको स्टाइल बदलौं
04.28 अर्को एउटा तारा कोरौं
04.31 ड्रइंग टूलबारमा जाऊ र “Stars” संगैको कालो त्रिकोणमा क्लिक गरौँ
04.37 “5-Point Star” छानौं
04.41 अब कर्सर बादल सँगै राखौं
04.44 माउसको लेफ्ट बटन थिचौं र बायाँतिर सारौँ
04.48 तपाईले एउटा तारा कोर्नुभएको छ!
04.50 अब कसरी अब्जेक्टहरु सार्ने र मेट्ने हेरौं
04.54 एउटा अब्जेक्ट सार्न, खाली यसलाई छानौं र चाहेको स्थानमा सारौँ
04.59 अब माउस छोडौं
05.02 तपाई एउटा अब्जेक्ट सार्न किबोर्डको माथि, तल र दायाँ-बायाँ एरो किहरु पनि प्रयोग गर्नसक्नुहुन्छ
05.08 अब्जेक्ट सार्ने काम सजिलो छ है?
05.11 एउटा अब्जेक्ट मेट्न, खाली यसलाई छानौं अनि किबोर्डको डिलिट कि थिचौं
05.17 अब्जेक्ट मेटिएको छ, यो सजिलो छ है?
05.20 अब आधारभूत टूलहरुको बारेमा जानौं – रुलर र एलाइन टूलबार
05.26 रुलर पेज मार्जिन सेट गर्न प्रयोग गरिन्छ र मापनको इकाई फेरबदल गर्न सकिन्छ
05.31 एलाइन टूलबार अब्जेक्टको स्थान मिलाउन प्रयोग गरिन्छ
05.35 रुलर माथि देखाईएको छ र ड्र वर्कस्पेसको बायाँ छ
05.40 मापन इकाई सेट गर्न, माथिको रुलरमा राइट क्लिक गरौँ
05.45 तपाईले मापनको इकाईको सूची देख्न सक्नुहुनेछ
05.48 “Centimeter” मा क्लिक गरौँ
05.50 माथिको रुलरको मापन इकाई सेन्टिमिटरमा सेट भएको छ
05.55 यसैगरी, बायाँको रुलरको मापन इकाई सेट गरौँ
06.00 अब्जेक्टहरु स्केल अनुसार बनाउन, दुवै रुलरलाई एकै मापनको इकाई सेट गरौँ
06.08 तपाई सक्रिय रुलर सेतो रंगमा भएको देख्नुहुन्छ
06.12 रुलरको टुप्पोले हामीले पेज सेटअपमा राखेको मान अनुसारको पेज मार्जिन बनाउँछ
06.19 अब रुलरले कसरी अब्जेक्टको मापन गर्छ हेरौं
06.23 बादल छानौं
06.25 के तपाईले रुलरको सुरु र अन्त्यमा दुई साना चिन्हहरु देख्नसक्नुहुन्छ?
06.29 यसले बादलको धारहरु जनाउँछ
06.32 यदि तपाईले रुलरमा यी चिन्हहरु सार्नुभयो भने तपाईले चित्र पनि सोहि अनुसार बदलेको देख्नसक्नुहुन्छ
06.38 रुलरले पेजमा भएको अब्जेक्टको साइज देखाउँछ;
06.42 यसले पेजमा अब्जेक्टको स्थान मिलाउन दिन्छ र पेजको सिमा पनि देखाउँछ
06.49 अर्को आधारभूत टूलमा जाउँ – एलाइन टूलबार
06.53 हामी “Align” टूलबार अब्जेक्टलाई बायाँ, दायाँ, माथि, तल र बीचमा राख्न प्रयोग गर्छौं
07.01 “Align” टूलबारलाई इनेबल गर्न “Main Menu” मा जाउँ र “View” मा क्लिक गरौँ
07.07 “View” मेनुमा “Toolbars” मा क्लिक गरौँ
07.11 तपाई टूलबारहरको सूची देख्न सक्नुहुन्छ
07.13 “Align” क्लिक गरौँ
07.15 तपाई “Align” टूलबार देख्न सक्नुहुन्छ
07.18 हामीले विभिन्न एलाइन विकल्पहरु प्रयोग गर्दा कसरी एउटा अब्जेक्ट पंक्तिबद्ध हुन्छ हेरौं
07.24 अब बादल छानौं
07.26 “Align” टूलबारमा “Left” क्लिक गरौँ
07.29 बादल बायाँमा रहेको छ
07.32 अब दुई विकल्पको भिन्नता जानौं “Centered” र “Centre”
07.38 हामी वृतलाई पहिले “Centre” मा राख्ने अनि “Centered” मा राख्छौं
07.43 पहिले वृतलाई “Right” मा क्लिक गरौँ
07.47 वृत छानौं र एलाइन टूलबारमा, राइट क्लिक गरौँ
07.52 अब, एलाइन टूलबारमा “Centre” क्लिक गरौँ
07.56 वृत बीचमा राखिएको छ
07.59 “Centre” विकल्पले अब्जेक्टलाई ठ्याक्क पेजको माथि र तलको मार्जिनको बीचमा राख्छ
08.06 यसले बस्तुलाई पेजको चौडाई अनुसार सार्दैन
08.10 अब, एलाइन टूलबारबाट “Centered” छानौं
08.15 वृत पेजको बीचमा राखिएको छ
08.18 “Centered” विकल्पले वृतलाई पेजको बीचमा राख्छ
08.23 यसले अब्जेक्टलाई माथि र तलको मार्जिन र पेजको चौडाई अनुसार सार्छ
08.33 अब, हामी अब्जेक्टलाई हाम्रो नमुना चित्र अनुसार तिनीहरुको सहि स्थानमा सार्नेछौं
08.40 तपाईले फाइल बन्द गर्नुपूर्व यसलाई सेभ गर्नुपर्छ
08.43 यहाँ तपाईको लागि अर्को कार्य छ
08.46 मेरो MyWaterCycle फाइलमा, एउटा पेज थपौं
08.50 यी दुई चित्रहरु बनाऊ
08.53 तिनीहरुलाई एरो किहरु प्रयोग गरि सारौँ
08.55 तपाईले कोरेको कुनै अब्जेक्ट छानौं र यसलाई डिलिट गरौँ
08.59 यो रुलरले केहि अब्जेक्टको साइज नाप्न प्रयोग गरौँ
09.04 अनि “Align” टूलबार प्रयोग गरौँ र अब्जेक्टलाई पेजको बीचमा राखौं
09.11 हामी यो लिब्रे अफिस ड्र टुटोरियलको अन्त्यमा आइपुगेका छौं
09.15 यो टुटोरियलमा हामीले कसरी यो प्रयोग गरि सामान्य चित्रहरु कोर्ने सिक्यौं:
09.19 आधारभूत आकारहरु जस्तै लाइनहरु, एरोहरु र आयतहरु
09.24 आधारभूत ज्यामितीय आकारहरु,चिन्हहरु र ब्यानरहरु
09.29 तपाईले एउटा अब्जेक्ट छान्न र डिलिट गर्न सिक्नुभयो
09.32 र रुलर र एलाइन टूलबार प्रयोग गरी अब्जेक्ट मिलाएर राख्न
09.37 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial 
09.41 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
09.44 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
09.48 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले

Bold text

09.51 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09.54 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09.58 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
10.04 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
10.09 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
10.17 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
10.27 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya