LibreOffice-Suite-Draw/C2/Introduction/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:15, 24 February 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.01 इन्ट्रोडक्सन टु लिब्रे अफिस ड्र स्पोकन टुटोरियलमा स्वागत छ
00.06 यो टुटोरियलमा, हामीले लिब्रे अफिस ड्र र लिब्रे अफिस ड्र वर्कस्पेस को बारेमा जान्नेछौं
00.13 र कन्टेक्स्ट मेनु
00.15 हामी कसरी एउटा ड्र फाइल बनाउने, सेभ गर्ने, बन्द गर्ने र खोल्ने,
टूलबारहरु इनेबल गर्ने, ड्र पेज सेटअप गर्ने 
00.25 र बेसिक सेपहरु इन्सर्ट गर्ने पनि सिक्नेछौं
00.28 यदि तपाई सँग लिब्रे अफिस सुइट इन्स्टल भएको छैन भने सिन्यापटिक प्याकेज म्यानेजर मार्फत ड्र इन्स्टल गर्न सकिन्छ
00.35 सिन्यापटिक प्याकेज म्यानेजर को बारेमा जानकारीको लागि कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टुटोरियल हेर्नुहोला
00.43 र यो वेबसाइटमा दिएको निर्देशनहरु अनुसरण गरेर लिब्रे अफिस सुइट डाउनलोड गर्नुहोस्
00.48 बिस्तृत जानकारी लिब्रे अफिस सुइटको पहिलो टुटोरियलमा उपलब्ध छन
00.54 सम्झौं, इन्स्टल गर्दा ड्र इन्स्टल गर्न 'Complete' विकल्प प्रयोग गर्नुपर्छ
00.59 लिब्रे अफिस ड्र भेक्टरमा आधारित ग्राफिक्स सफ्टवेयर हो
01.03 यसले तपाईलाई धेरै प्रकारका ग्राफिक्स भेक्टर बनाउन दिन्छ
01.08 ग्राफिक्स मुख्यत दुई प्रकारका छन – भेक्टरमा आधारित ग्राफिक्स र बिटम्याप्स
01.13 भेक्टर ग्राफिक्स लिब्रे अफिस ड्र प्रयोग गरि रचना र सम्पादन गरिन्छ
01.18 अर्को बिटम्याप वा raster इमेज हो
01.21 BMP, JPG, JPEG र PNG चर्चित बिटम्याप फर्म्याटहरु हुन्
01.30 इमेज फर्म्याट तुलना गरि दुई प्रकारको फरक बुझौं
01.35 बायाँ भएको चित्र एउटा भेक्टर ग्राफिक हो
01.38 दायाँमा रहेको एउटा बिटम्याप हो
01.41 चित्र ठुलो पारेपछि के हुन्छ याद गरौँ
01.45 भेक्टर ग्राफिक सफा छ भने बिटम्याप इमेज अलि धमिलो छ
01.51 भेक्टरमा आधारित सफ्टवेयरले गणितीय फर्मुलाको रुपमा लाइन र कर्भ प्रयोग गरि इमेज भण्डार गर्छ
01.58 त्यसैले, जब इमेज रीसाइज गरिन्छ, चित्रको गुणस्तरमा कुनै असर पर्दैन
02.04 एउटा बिटम्यापले साना रंगिन डटहरुको पिक्सल वा शृंखला एउटा ग्रिड वा वर्गमा प्रयोग गर्छ
02.11 के तपाई हामीले चित्र ठुलो पर्दा साना वर्गहरु देख्न सक्नुहुन्छ?
02.15 यी ग्रिडहरु हुन्
02.17 साना डटहरुले हरेक ग्रिडमा रंग बनाउछन
02.20 तपाईले अर्को एउटा भिन्नता देख्नुभएको होला – बिटम्यापहरु आयताकार हुन्छन
02.26 तर भेक्टर ग्राफिक्स कुनै पनि आकारको हुनसक्छ
02.30 हामीले भेक्टर ग्रफिक्सको बारेमा थाहा पायौं, अब ड्र प्रयोग गरि यिनीहरु कसरी बनाउने हेरौं
02.36 यहाँ हामी अपरेटिंग सिस्टमको रुपमा उबुन्टु लिनक्स संस्करण 10.04 र लिब्रे अफिस सुइट

3.3.4 प्रयोग गर्दैछौं

02.46 एउटा नयाँ ड्र फाइल खोल्न, स्क्रिनको माथिल्लो दायाँ कुनाको एप्लिकेसन विकल्पमा क्लिक गरौँ
02.54 र Office र अनि LibreOffice मा क्लिक गरौँ
02.59 बिभिन्न लिब्रे अफिस सामग्रीहरु सहित एउटा डाइलग बक्स खुल्ने छ
03.03 Drawing मा क्लिक गरौँ
03.05 यसले एउटा खाली Draw फाइल खोल्नेछ
03.09 हाम्रो ड्र फाइललाई नाम दिउँ र यसलाई सेभ गरौँ
03.12 मेन मनुको फाइलमा क्लिक गरौँ र “Save as” विकल्प छानौं
03.18 “Save as” डाइलग बक्स देखिन्छ
03.21 File Name फिल्डमा “WaterCycle” नाम राखौं
03.26 चित्र सँग सम्बन्धित नाम राख्नु राम्रो अभ्यास हो
03.31 ड्र फाइलहरुको डिफल्ट फाइल टाइप .odg फर्म्याट हो
03.37 फोल्डरहरु ब्राउज गरि यो फाइललाई डेस्कटपमा सेभ गरौँ
03.42 सेभमा क्लिक गरौँ
03.44 फाइल “WaterCycle” को रुपमा सेभ भएको छ
03.47 फाइलनेम र एक्सटेन्सन सहितको ड्र फाइल टाइटलबारमा देखाइएको छ
03.53 हामी कसरी यो स्लाइडमा देखाएजस्तै वाटर साइकलको चित्र कोर्ने सिक्नेछौं
03.59 हामीले यो चित्र बिभिन्न कदमहरुमा पूरा गर्नुपर्छ
04.02 हरेक बेसिक लेभल टुटोरियलले तपाईले यो चित्रको विभिन्न बस्तुहरु कसरी बनाउने देखाउनेछन
04.09 बेसिक लेभलको ड्र टुटोरियलहरुको अन्त्यमा, तपाई पनि त्यस्तै चित्र आफै बनाउन सक्षम हुनुहुनेछ
04.17 पहिले आफुलाई ड्र वर्कस्पेस वा ड्र विन्डोसँग परिचित तुल्याउँ
04.23 मेन मनुले हामीले ड्र मा प्रयोग गर्न सक्ने सबै विकल्पहरु सुचिकृत गर्छ
04.27 बायाँको पेजेज प्यानलले ड्र फाइलको सबै फाइलहरु देखाउँछ
04.32 हामीले ग्राफिक्स रचना गर्ने स्थानलाई पेज भनिन्छ
04.37 हरेक पेजमा ३ लेयरहरु छन
04.39 तिनीहरु हुन् Layout, Controls र Dimensions Lines
04.44 डिफल्टमा Layout layer देखाइएको हुन्छ
04.47 यहाँ हामी हाम्रो धेरैजसो ग्राफिक्स रचना गर्छौं
04.51 हामी खाली लेआउट लेयरसँग मात्र काम गर्छौं
04.54 अब लिब्रे अफिस ड्रमा उपलब्ध बिभिन्न टूलबारहरुको बारेमा जानौं
04.59 ड्रमा उपलब्ध टूलबारहरु हेर्न मेन मेनुमा जानुहोस् र View अनि Toolbars मा क्लिक गर्नुहोस्
05.07 तपाईले सबै उपलब्ध टूलहरुको सूची देख्नुहुनेछ
05.11 त्यहाँ केहि टूलबारहरुको बायाँ एउटा ठिक चिन्ह रहेको छ
05.15 यसको मतलब त्यो टूलबार इनेबल गरिएको छ र ड्र विन्डोमा देखिन्छ
05.20 अप्सन “Standard” मा एउटा ठिक छ
05.23 तपाई विन्डोमा स्ट्यान्डर्ड टूलबार देख्न सक्नुहुन्छ
05.27 “Standard” टूलबारमा क्लिक गरेर यसलाई अनचेक गरौँ
05.32 तपाई अब Standard टूलबार देख्न सक्नुहुन्न
05.36 यसलाई फेरि देखिने बनाऊ
05.39 यसैगरी, तपाई अन्य टूलबारहरु पनि इनेबल वा डिसेबल गर्न सक्नुहुन्छ
05.44 वाटर साइकल चित्रको बेसिक सेपहरु कोर्नुपुर्व पहिले पेजलाई Landscape भ्युमा सेट गरौँ
05.51 यसो गर्न पेजमा राइट क्लिक गरौँ र पेज अप्सन क्लिक गरौँ
05.56 बिभिन्न सब-अप्सनहरु देखाइएका छन
05.59 पेज सेटअप अप्सन क्लिक गरौँ
06.02 पेज सेटअप डाइलग बक्स देखाइएको छ
06.06 पेज फर्म्याटमा हामी Format फिल्ड देख्न सक्छौं
06.10 यहाँ हामी A4 छान्नेछौँ किनभने यो प्रिन्टिंगको लागि बढि प्रयोग गरिने पेपर साइज हो
06.17 जब तपाई फर्म्याट छान्नुहुन्छ, Width र Height फिल्ड स्वत डिफल्ट मानले भरिनेछ्न
06.25 Orientation अप्सनमा Landscape छानौं
06.29 पेपर फर्म्याट फिल्डको दायाँ तपाई ड्र पेजको सानो प्रिभ्यु देख्नुहुनेछ
06.36 OK मा क्लिक गरौँ
06.38 सुर्य कोरेर सुरु गरौँ
06.41 ड्रइंग टूलबारमा, “Basic Shapes” संगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ
06.47 सर्कलमा क्लिक गरौँ
06.49 अब कर्सर पेजमा लगौं >> लेफ्ट माउस बटन थिची राखी तानौं
06.56 पेजमा एउटा सर्कल कोरिनेछ
06.59 अब, सुर्यसंगै एउटा बादल कोरौं
07.03 यसो गर्न, ड्रइंग टूलबारमा जाऊ र “Symbol Shapes” छानौं
07.08 ” Symbol Shapes” सँगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Cloud” छानौं
07.14 ड्र पेजमा कर्सर सुर्य सँगै राखौं
07.18 लेफ्ट माउस बटन थिची राखी तानौं
07.21 तपाईले बादल कोर्नुभएको छ
07.23 अर्को एउटा हिमाल कोरौं
07.25 हामीले फेरि “Basic shapes” छान्नेछौँ र “Isosceles triangle”मा क्लिक गरौँ
07.30 हामी पहिले गरेजस्तै ड्र पेजमा एउटा त्रिकोण इन्सर्ट गर्नेछौं
07.35 अब, हामीले तीन आकारहरु इन्सर्ट गरेका छौं
07.38 बदलाव गरेपछि आफ्नो फाइल सेभ गर्न सम्झौं
07.42 यसो गर्न CTRL+S कि एकैचोटी थिचौं
07.48 तपाई स्वत सेभ हुनलाई एउटा समय अवधि पनि सेट गर्न सक्नुहुन्छ
07.53 यसो गर्न: मेन मेनुमा जाऊ र “Tools” छानौं
07.57 “Tools”मा “Options” मा क्लिक गरौँ
08.00 “Options” डाइलग बक्स देखापर्छ
08.03 “Load/Save” संगैको प्लस चिन्हमा क्लिक गरौँ, अनि “General” >> दायाँको चेक बक्सहरुबाट >>
08.11 बक्स ठिक गरौँ ” Save Auto recovery information every “र “2”टाइप गरौँ
08.17 यसको मतलब फाइल स्वत हरेक दुई मिनेटमा सेभ हुनेछ
08.22 OK क्लिक गरौँ
08.24 अब” File” >> “Close” मा क्लिक गरेर यो फाइल बन्द गरौँ
08.29 भइरहेको ड्र फाइल खोल्न, माथि मेनुबारको “File”मेनुमा क्लिक गरौँ अनि “Open” विकल्पमा क्लिक गरौँ
08.38 स्क्रिनमा एउटा डाइलग बक्स देखापर्छ
08.41 यहाँ तपाईले आफ्नो डकुमेन्ट सेभ गरेको फोल्डर खोज्नुहोस
08.46 तपाईले खोल्न चाहेको फाइल छानौं र “Open” क्लिक गरौँ
08.51 यहाँ तपाईको लागि एक कार्य छ
08.53 एउटा नयाँ ड्र फाइल बनाऊ, “MyWaterCycle” को रुपमा सेभ गर्नुहोस्
08.57 पेज ओरियन्टेसन Portrait मा सेट गर्नुहोस्
09.00 एउटा बादल, तारा र एउटा वृत इन्सर्ट गर्नुहोस्
09.04 अब पेज ओरियन्टेसन Landscape मा बदल्नुहोस
09.07 कसरी चित्रको स्थान बदलिन्छ हेर्नुहोस्
09.11 यसले हामीलाई यस इन्ट्रोडक्सन टु लिब्रे अफिस ड्र टुटोरियलको अन्त्यमा ल्याएको छ
09.16 यो टुटोरियलमा हामीले सिक्यौं
09.19 लिब्रे अफिस ड्र,
09.21 लिब्रे अफिस ड्र वर्कस्पेस र
09.23 कनटेक्स्ट मेनु
09.25 हामीले यो पनि सिक्यौं:
09.27 एउटा ड्र फाइल बनाउन, सेभ गर्न, बन्द गर्न र खोल्न
09.31 टूलबारहरु इनेबल गर्न
09.33 ड्र पेज सेट गर्न
09.35 बेसिक सेपहरु इन्सर्ट गर्न
09.38 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
09.42 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
09.45 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
09.49 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले
09.52 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09.55 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09.59 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा लेख्नुहोस्
10.05 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
10.09 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
10.17 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
10.28 यो टुटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya