C-and-C++/C2/Nested-If-And-Switch-Statement/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | C र C++को नेस्टेड इफ र स्विच स्टेटमेन्टको स्पोकन ट्युटोरीअलमा स्वागत छ |
00:08 | यो ट्युटोरीअल मा हामी यो सिक्नेछौं |
00:11 | कसरी नेस्टेड इफ स्टेटमेन्ट प्रयोग गर्ने र |
00:14 | स्विच स्टेटमेन्ट |
00:16 | हामी यो एउटा उदाहरणको सहयोगले गर्नेछौं |
00:20 | यो ट्युटोरीअल रेकर्ड गर्न म, |
00:23 | उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण |
00:27 | gcc र g++ Compiler ४.६.१ संस्करण प्रयोग गर्दैछौं |
00:34 | हामी पहिले एउटा उदाहरणबाट कसरी नेस्टेड इफ र स्विच स्टेटमेन्टप्रयोग गर्ने भनि हेर्नेछौं |
00:42 | मैले पहिले नै प्रोग्राम लेखिसकेकी छु |
00:44 | अब हेरौं |
00:49 | यो प्रोग्राममा, हामी इन्टिजरको सिमा जाच्नेछौँ |
00:53 | याद गरौँ कि हाम्रो फायलको नाम nested-if.c हो |
01:00 | म कोड बर्णन गर्दैछु |
01:03 | यो हाम्रो हेडर फायल हो |
01:05 | यो हाम्रो मेन फंक्सन हो |
01:07 | हामीले मेन फंक्सन भित्र दुई इन्टिजर भ्यारीएबल 'x र y'घोषणा गरेका छौं |
01:16 | यहाँ हामी युजरलाई 0 देखि 39सम्मको एउटा नम्बर इन्टर गर्न लगाउछौं |
01:23 | हामी yको मान युजर बाट इनपुटको रुपमा लिन्छौं |
01:30 | यो हाम्रो इफ कन्डिसन हो |
01:32 | यहाँ, हामी जाच्छौँ कि y/10=0 छ/छैन |
01:36 | यदि कन्डिसन सहि छ भने |
01:38 | हामी "you have entered a number in the range of 0-9.प्रिन्ट गर्नेछौं |
01:47 | यो हाम्रो एल्स-इफ कन्डिसन हो |
01:50 | यहाँ हामी y/10=1छ/छैन जाच्छौँ |
01:54 | यदि कन्डिसन सहि छ भने |
01:56 | हामी you have entered a number in the range of 10-19प्रिन्ट गर्छौं |
02:03 | एल्स इफ कन्डिसनमा हामी दिएको नम्बर २०-२९ सम्ममा पर्छ कि पर्दैन हेर्छौं |
02:11 | र यहाँ हामी नम्बर ३० देखि ३९ सम्म भएको देख्नेछौं |
02:19 | यो हाम्रो एल्स कन्डिसन हो |
02:21 | यदि माथिका सबै कन्डिसन गलत छन भने |
02:24 | हामी number not in range.प्रिन्ट गर्छौं |
02:28 | र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो |
02:31 | अब, प्रोग्राम एक्जिक्युट गरौँ |
02:35 | कृपया तपाइको किबोर्डबाट Ctrl+Alt+T किहरु एकैचोटी थिचीटर्मिनल विन्डो खोल्नुहोस् |
02:45 | एक्जिक्युट गर्न, “gcc” स्पेस “nested-if.c” स्पेस हाइफन “-o” स्पेस “nested”टाइप गरि Enterथिच्नुहोस |
02:57 | डट स्ल्याश “./nested”टाइप गरि Enterथिच्नुहोस |
03:01 | हामी ,Enter a number between 0 to 39 देख्नेछौं |
03:06 | म 12इन्टर गर्नेछु |
03:09 | आउटपुट यसरी देखाईएको छ: |
03:11 | you have entered the number in the range of 10-19 |
03:17 | अब, अर्को नम्बर इन्टर गरौँ |
03:21 | फेरी एक्जिक्युट गरौँ, अप एरो थिची इन्टर थिच्नुहोस |
03:28 | म यो चोटी 5 इन्टर गर्छु |
03:34 | हामी आउटपुट यस्तो देख्छौं: |
03:35 | you have entered the number in the range of 0-9 |
03:42 | यस्तो अवस्था जाच्ने कार्य अर्को तरिकाले पनि गर्न सकिन्छ |
03:46 | स्विच स्टेटमेन्ट प्रयोग गरि |
03:49 | यो कसरि गर्ने हो हेरौं |
03:51 | हामी त्यहि प्रोग्राम switch प्रयोग गरि हेर्नेछौं |
03:57 | मैले पहिले नै प्रोग्राम खोलिसकेकी छु |
03:59 | हाम्रो टेक्स्ट एडिटरमा जाऊ |
04:07 | मैले यो पहिलेको प्रोग्राममा बर्णन गरेकी थिए |
04:11 | त्यसैले म अब, स्विच स्टेटमेन्टतिर लाग्छु |
04:16 | यहाँ हामी इनपुट yलाई १० ले भाग गर्छौं र नतिजा xमा भण्डार गर्छौं |
04:24 | यसको मतलब भागफल xमा भण्डार हुन्छ |
04:28 | भागफलको सहयोगले हामी नम्बरको सिमा पत्ता लगाउन सक्छौं |
04:37 | यहाँ,हामी स्विच कमाण्डलाई जाच्नुपर्ने भ्यारीएबल xहो भन्छौं |
04:47 | यो case 0हो, यदि केस जिरो मिल्यो भने |
04:50 | हामी you have entered the number in the range of0-9प्रिन्ट गर्छौं |
04:58 | यहाँ हामी अवस्था मिलेन भने लूपबाट बाहिर निस्कन break थप्छौं |
05:03 | हामीले हरेक चोटी लूपमा break राख्न पर्छ |
05:05 | यो किनभने एकचोटीमा खाली एउटा मात्र अवस्था सहि हुनसक्छ |
05:11 | यो “case 1” हो, “case 1”मतलब“यदि x को मान 1”छ भने हो |
05:17 | हामी you have entered a number in the range of 10-19.प्रिन्ट गर्छौं |
05:24 | यो “case 2” हो |
05:26 | यहाँ, हामी you have entered a number in the range of 20-29.प्रिन्ट गर्छौं |
05:33 | र यो case 3 हो, यहाँ हामी नम्बर ३० देखि ३९ भित्र छ’छैन जाच्छौँ |
05:43 | यो डिफल्ट अवस्था हो,यसले माथि उल्लेखित कुनैपनि अवस्था मिलेन भने के गर्ने भनि बताउछ |
05:52 | यहाँ हामी नम्बर सिमा भित्र पर्दैन भनि प्रिन्ट गर्छौं |
05:57 | र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो |
05:59 | अब, प्रोग्राम एक्जिक्युट गरौँ |
06:02 | टर्मिनलमा जानुहोस |
06:06 | gcc switch.c -o switch टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
06:16 | ./switch टाइप गरि इन्टर थिच्नुहोस |
06:21 | Enter a number between of 0 to 39 मा म ३५ इन्टर गर्दैछु |
06:28 | आउटपुट यसरी देखाईएको छ,“you have entered the number in the range of 30 to 39” |
06:35 | अब, हामी यसलाई कसरीC++मा एक्जिक्युट गर्ने हेर्नेछौं |
06:44 | टेक्स्ट एडिटरमा फर्कौं |
06:47 | याद गर्नुहोस कि हाम्रो फायलको नाम nested-if.cpp हो |
06:55 | यहाँ लजिक र यसको काम गर्ने तरिका उही हो |
06:59 | त्यहाँ केहि फरक छन् जस्तैः |
07:03 | हेडर फायलstdio.hको ठाउँमा iostream हुन्छ |
07:08 | यहाँ, हामीले युजिंग स्टेटमेन्ट राखेका छौं |
07:11 | Using namespace std |
07:14 | र printf र scanfको सट्टामा cout र cin फंक्सन प्रयोग गर्छौं |
07:23 | तपाई देख्न सक्नुहुन्छ कि बाकी प्रोग्राम हाम्रो C प्रोग्राम जस्तै छ |
07:29 | अब, कोड एक्जिक्युट गरौँ |
07:31 | टर्मिनलमा फर्कौं |
07:34 | g++ nested-if.cpp -o nested1टाइप गरि इन्टर थिच्नुहोस |
07:45 | ./nested1टाइप गर्नुहोस र इन्टर थिच्नुहोस |
07:50 | enter a number between 0 and 39मा म ४० इन्टर गर्दैछु |
07:53 | आउटपुट यस्तो देखाईएको छ: “number not in range” |
08:06 | अब, C++ प्रोग्राममा स्विच स्टेटमेन्ट हेरौं |
08:10 | टेक्स्ट एडिटरमा फर्कौं |
08:14 | यहाँ पनि लजिक र काम गर्ने तरिका उही हो |
08:19 | तपाईहेडर फायल iostream देख्न सक्नुहुन्छ |
08:23 | यहाँ युजिंग स्टेटमेन्ट छ |
08:25 | र हामीले cout र cin फंक्सन बदलेका छौँ |
08:33 | बाकी कोड हाम्रो C प्रोग्रामको switch.c को जस्तै हो |
08:38 | अब एक्जिक्युट गरौँ |
08:40 | टर्मिनलमा फर्कौं |
08:42 | g++ switch.cpp -o switch1 टाइप गरि इन्टर थिच्नुहोस |
08:52 | ./switch1टाइप गरि इन्टर थिच्नुहोस |
08:57 | Enter a number between 0 and 39 |
09:00 | म २५ इन्टर गर्दैछु |
09:04 | आउटपुट यसरी देखाईएको छ: |
09:06 | “you have entered the number in the range of 20-29” |
09:11 | अब, हाम्रो स्लाइडमा फर्कौं |
09:16 | हामी स्विच र नेस्टेड इफ स्टेटमेन्ट तुलना गरेर हेर्नेछौं |
09:21 | स्विच स्टेटमेन्ट अभिव्यक्तिको नतिजा अनुसार मुल्यांकन गरिन्छ |
09:28 | नेस्टेड-इफ स्टेटमेन्ट चाहिँ यदि अभिव्यक्तिको नतिजा सहि छ भने मात्र |
09:35 | स्विच स्टेटमेन्टमा हामी भ्यारीएबलक विविध मानहरुलाई अवस्था मान्छौं |
09:41 | नेस्टेड-इफ स्टेटमेन्टमा हामीलाई भ्यारीएबलको हरेक मानको लागि अवस्था देखाउने स्टेटमेन्ट लेख्नुपर्छ |
09:49 | स्विच स्टेटमेन्टमाले इन्टिजर मान मात्र जाच्न सक्छ |
09:54 | नेस्टेड-इफ स्टेटमेन्टले दुबै इन्टिजर र फ्र्याकसनल मानहरु जाच्न सक्छ |
10:00 | यसरी हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं |
10:03 | संक्षेपमा हेरौं |
10:05 | यो ट्युटोरीअलमा हामीले नेस्टेड इफ स्टेटमेन्ट को बारेमा जान्यौं
उदाहरण: else if( y/10==0) |
10:13 | स्विच स्टेटमेन्ट
उदाहरण Switch(x) |
10:16 | नेस्टेड इफ र स्विच स्टेटमेन्ट बीचको भिन्नता |
10:22 | कार्यको रुपमा, |
10:23 | एउटा प्रोग्राम लेख्नुहोस जसले कामदारको उमेर २० देखि ६० छ/छैन जाच्छ |
10:30 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial |
10:33 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ |
10:36 | यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नुहोस |
10:40 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम, |
10:42 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
10:45 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10:49 | बिस्तृत जानकारीको लागि कृपया contact @spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस |
10:56 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
11:00 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी , MHRD, भारत सरकारको सहयोग रहेको छ |
11:08 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
http://spoken-tutorial.org/ http://spoken-tutorial.org]\NMEICT-Intro |
11:13 | यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ,
कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद |