Health-and-Nutrition/C2/Cross-cradle-hold/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | स्तनपानमा उपयोगी क्रस क्रेडल होल्ड स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ |
00:07 | यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं – स्तनपान गराउने आमाले बच्चा समाउने सही तरिका |
00:16 | स्तनपान गराउनु अघि आमाले गर्नुपर्ने तयारी र |
00:20 | क्रस क्रेडल होल्डका चरणबद्ध प्रक्रियाहरू |
00:24 | ल अब सुरु गरौं |
00:26 | संसारभरिका आमाहरूले स्तनपान गराउँदा बच्चालाई विभिन्न तरिकाले समाउने गर्छन् |
00:32 | स्तनपान गराउँदा, बच्चा बोक्ने सबैभन्दा उत्तम आसन भनेको स्तनपानको पुरा समय आमा र बच्चा दुवैलाई अप्ठेरो नपर्ने आसन हो |
00:43 | आमाको स्तन, बच्चाको मुख भित्रसम्म पुगोस् |
00:48 | र बच्चाले पर्याप्त दूध पाओस् |
00:51 | अब क्रस क्रेडल नामक एउटा यस्तै तरिकाको बारेमा जानकारी लिऊ |
00:56 | क्रस क्रेडलमा हामीले उल्लेख गरेका सबै विशेषताहरू छन् -
सम्पूर्ण रूपमा बच्चाको शरीरको नियन्त्रण हुने स्तनलाई आड हुने र स्तन बच्चाको मुख भित्रसम्म पुग्ने |
01:06 | बच्चालाई स्तनपान गराउनु अघि, आमाले राम्रोसँग हात धोएर ओबानो पार्नुपर्छ |
01:12 | त्यसपछि, आमाले उमालेर चिस्याएको एक गिलास पानी पिउनुपर्छ |
01:16 | स्तनपान गराउने आमाहरूले प्रतिदिन औसत ७५० देखि ८५० मिलिलिटर दूध उत्पादन गर्छन् |
01:24 | त्यसैले, उनीहरूले धेरै पानी पिउनुपर्छ |
01:29 | अब, आमाको आसनको चर्चा गरौं |
01:33 | आमा भुइमा वा खाटमा पलेटी कसेर बस्नु पर्छ |
01:38 | अथवा, एउटा कुर्सीमा बसी समतल भुइँमा टेक्नुपर्छ |
01:43 | कुर्सी एकदमै अग्लो भएर खुट्टा भुइँमा पुगेन भने भुइँमा एउटा सानो मेच वा तकिया राखी खुट्टा राख्न सकिन्छ |
01:54 | ढाडको समस्याबाट बच्न, बस्दा खेरी आमाको ढाड सिधा हुनुपर्छ |
02:03 | उनका काँधहरू माथि उठेको वा बाङ्गो नभई लचिलो हुनुपर्छ |
02:08 | र यो आसन स्तनपान गराउने समयसम्म लागू हुन्छ |
02:13 | आमाले बच्चालाई स्तनपान गराउन चाहेको स्तन बाहिर निकाल्नुपर्छ |
02:19 | साथै स्तन भित्री वस्त्र वा चोलोले कसिएको हुनु हुँदैन |
02:26 | आमा आराम पूर्वक बसे पछि, बच्चालाई आमा भएको ठाउँमा लग्नुपर्छ |
02:31 | आमाले बच्चाको टाउकोलाई आफूले स्तनपान गराउन चाहेको स्तनको विपरीत हातले समाउनुपर्छ |
02:39 | बच्चाका गोडाहरू आमाको सोही हातको काखी मुनि अडाउनुपर्छ |
02:45 | यो चित्रमा आमाले दायाँ स्तनबाट स्तनपान गराउँदै छिन्, त्यसैले बच्चाका गोडाहरू बायाँ काखी मुनि अडाउनुपर्छ |
02:57 | उनले बच्चाको टाउकोको तल्लो भागमा आड दिन आफ्नो बायाँ हातको बूढी औँला र अन्य औँलाहरूको प्रयोग गरेकी छिन् |
03:05 | यदि आमालाई बच्चा उचाल्न थप आड चाहियो भने बच्चाको मुनि, आफ्नो काखमा एउटा तकिया राख्न सक्छिन् |
03:15 | याद राखौं, आमाले कहिल्यै पनि आफू निहुरिएर स्तन बच्चासम्म पुर्याउनु हुदैन |
03:21 | यस्तो गर्दा उनलाई असहज महसुस हुनुको साथै ढाडको समस्या हुनेछ |
03:26 | उनले आफ्नो ढाड सधैँ सिधा राखी बच्चाले स्तन भेट्ने गरी बच्चालाई उचाल्नुपर्छ |
03:33 | अब, आमाका औँलाहरूका उचित स्थानबारे जानकारी लिऊ |
03:39 | आमाको बूढी औँला बच्चाको एउटा कानको पछाडी हुनुपर्छ भने बाँकी औँलाहरू अर्को कानको पछाडी हुनुपर्छ |
03:46 | उनले आफ्ना औँलाहरू बच्चाको कान पछाडी बाट घाँटीतिर सार्नु हुँदैन |
03:52 | उनको नाडी भने बच्चाको काँधको बीचमा रहनुपर्छ |
03:56 | उनले बच्चाको टाउकोमा आफ्नो हातले जोड दिनु हुँदैन |
04:04 | यसरी, स्तनपानको समयमा बच्चालाई सहज हुनेछ |
04:08 | अब, बच्चाको शरीरलाई कसरी सहज रूपमा समाउने जानकारी लिऊ |
04:15 | बच्चाको पेट आमाको शरीरमा हल्का टाँसिएको हुनुपर्छ |
04:20 | दुई शरीरको दूरी कम भए बच्चालाई आमाको स्तनसम्म पुग्न सहज हुन्छ |
04:26 | र यसरी बच्चालाई स्तन च्याप्न पनि सहज हुनेछ |
04:32 | दोस्रो कुरो भनेको बच्चाको शरीर सिधा मिलाउने हो |
04:37 | हामीले खाना खाने क्रममा हाम्रो टाउको, घाँटी र शरीर एउटै सिधा रेखामा पर्छन् |
04:43 | तर, स्तनपान गराउँदा धेरै जसो आमाहरूले बच्चाको टाउको दायाँ-बायाँ सार्ने गर्छन् |
04:50 | यसले बच्चालाई स्तनपान गर्न असहज हुन्छ |
04:55 | सधैँ, स्तनपान गराउँदा बच्चाको टाउको, घाँटी र शरीर एकै सिधा रेखामा पर्न पर्छ |
05:01 | यसो गर्दा बच्चालाई दूध निल्न सजिलो हुन्छ |
05:05 | अब, हामी बच्चाको शरीर मिलाउने तेस्रो जानकारी जान्ने छौं |
05:10 | आमाले आफ्नो बच्चाको सम्पूर्ण शरीरलाई आड दिनुपर्छ |
05:14 | अन्यथा, बच्चालाई स्तनसम्म राम्ररी पुग्न सार्है दुख गर्नुपर्छ |
05:22 | अब, बच्चाको नाक र चिउँडोको उचित अवस्था बारे जानौं |
05:28 | बच्चाको नाक आमाको स्तनको मुन्टोसँग सिधा हुनुपर्छ |
05:33 | र, चिउँडो भने अलि अगाडी स्तनको नजिक हुनुपर्छ |
05:38 | यसो गर्दा, बच्चाले स्तनको एरियोला को धेरै भाग आफ्नो मुखभित्र अटाउने छ |
05:45 | र, त्यसैले तल्लो बङ्गारोको प्रयोगले धेरै प्रभावकारी स्तनपान हुने छ |
05:51 | कृपया याद गरौं - एरियोला स्तनको मुन्टोको गाढा घेराको भाग हो |
05:57 | अब, बच्चालाई सही तरिकाले बोके पछि, स्तन समाउने तरिका जानौं |
06:04 | आमाले आफ्नो अर्को हातका औँलाहरू प्रयोग गरी स्तनको मुनि ‘U’ आकार बन्ने गरी स्तन समाउनु पर्छ |
06:12 | यस चित्रमा आमाले आफ्नो दायाँ हातले दायाँ स्तन समाउने छिन् |
06:19 | बूढी औँला र अन्य औँलाहरूका सही स्थान जान्न, स्तनको मुन्टो लाई घडीको बीचको भाग सँग तुलना गरौं |
06:31 | आमाले आफ्नो दायाँ बूढी औँला घडीको ९ बज्ने स्थानमा राख्नुपर्छ |
06:38 | उनको दायाँ चोर औँला र माझी औँला भने ३ बज्ने स्थानमा राख्नुपर्छ |
06:46 | औँलाहरू सधैँ बच्चाको ओठसँग समानान्तर हुनुपर्छ
किन? |
06:51 | यसको लागि एउटा उदाहरण हेरौं |
06:56 | हामीले एउटा बडा पाव या बर्गर खाँदा, हाम्रो मुख र ओठ तेर्सो खुल्छन् |
07:02 | हामी एउटा ठूलो गाँस लिन बडा पाव या बर्गर तेर्सो समाउँछौं |
07:08 | अहिले, बूढी औँला र अन्य औँलाहरू, ओठको समानान्तर छन् |
07:12 | यदि हामीले बडा पाव या बर्गर ठाडो समात्यौं भने, हामी ठूलो गाँस लिन सक्दैनौं |
07:19 | यसैगरी, बच्चाको ओठको दिशा पनि याद गरौं |
07:25 | अहिले ओठ ठाडो छ, त्यसैले, औँलाहरू स्तनमा ठाडो नै राख्नुपर्छ |
07:34 | यसले गर्दा बच्चालाई स्तनको मुन्टोको धेरैजसो भागमा मुख पुर्याउन सहज हुन्छ |
07:39 | बच्चाको ओठसँग समानान्तर हुने बाहेक, आमाका बूढी औँला र अन्य औँलाहरू स्तनको मुन्टो बाट तीन औँलाको दूरीमा हुनुपर्छ |
07:50 | हामीले बडा पाव र बर्गर खाँदा जस्तै यदि एकदमै नजिक भए हाम्रा औँलाहरू नै बाधक भई ठूलो गाँस लिन कठिन हुने छ |
08:00 | र एकदमै टाढा राखे पनि यो हाम्रो मुखमा अट्ने आकारमा बस्दैन |
08:07 | त्यसैले, ठूलो गाँस लिन यसलाई सही दूरीमा राख्नुपर्छ |
08:12 | यसैगरी, बच्चाको लागि, स्तनको मुन्टो देखि तीन औँलाको सही दूरी चित्रमा देखाइएको छ |
08:20 | यो दूरीले आमाका औँलाहरूले बच्चालाई स्तनको मुन्टोको ठूलो भागसम्म पुग्न बाट रोक्ने छैनन् |
08:29 | आमाले स्तनको मुन्टो मात्र थिच्दा कम दूध दिने हुनाले, - |
08:35 | मुन्टोको घेरा तल रहेका दूधका नलीहरू पनि थिच्नुपर्छ जसले गर्दा धेरै दूध बाहिर आउँछ |
08:42 | र बच्चाको मुख उचित तरिकाले स्तनमा बस्न स्तनको आकार सही बस्ने छ |
08:49 | बच्चाको नाकतिरको स्तनको मुन्टोबाट आमाको बूढी औँला तीन औँलाको दूरीमा हुनुपर्छ |
08:59 | र उनका २ औँलाहरू बच्चाको चिउँडोतिरको स्तनको मुन्टोबाट तीन औँलाको दूरीमा हुनुपर्छ |
09:09 | अब फेरि बडा पाव र बर्गरको उदाहरण प्रयोग गरौं |
09:13 | बडा पाव या बर्गर राम्ररी समाते पछि, हामी ठूलो गाँस लिन अलिकति थिच्ने गर्छौं |
09:21 | त्यसैगरी, आमाले आफ्नो ‘यू’ आकारको पकडबाट स्तनमा हल्का थिच्नु पर्छ |
09:28 | यसरी बच्चालाई स्तनको ठूलो भाग मुखमा लिन सजिलो हुन्छ |
09:34 | तर आमाले आफ्नो स्तन ‘V’ आकारमा थिच्न भने हुँदैन |
09:39 | ‘V’ आकारमा थिच्नाले स्तन घोचिने र बच्चाले मुन्टो मात्र चुस्न पाउने छ |
09:45 | साथै थिच्दा खेरी सबै औँलाहरूको बराबर जोड पर्नुपर्छ |
09:52 | नत्रभने, स्तनको मुन्टो दायाँ-बायाँ भई बच्चाको पहुँच भन्दा बाहिर जान सक्छ |
10:00 | कहिल्यै पनि स्तनलाई थिचेर बच्चा नजिक लग्ने प्रयास नगर्नुहोला |
10:08 | सधैँ बच्चालाई स्तन नजिक लग्नुपर्छ |
10:12 | अहिले बच्चा क्रस क्रेडल होल्डमा छ र स्तनपानको लागि तयार छ |
10:18 | सही रूपमा मुख लगाउने तरिका यसै श्रृंखलाको अर्को ट्युटोरियलमा वर्णन गरिएको छ |
10:24 | बच्चाको मुख स्तनमा राम्ररी पुर्याए पछि र यदि स्तन धेरै भारी छैन भने आमाले हात स्तनबाट हटाउनु पर्छ र आफ्नो हातले बच्चालाई तलबाट आड दिनुपर्छ |
10:40 | यस्तो अवस्थामा, आमाले दुवै पाखुराहरू आफ्नो शरीर नजिक ल्याउनुपर्छ |
10:46 | यसले उनलाई स्तनपानको समय-भर सहज महसुस गराउने छ |
10:51 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
10:55 | आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,
सहभागिताको लागि धन्यवाद, नमस्कार |