Blender/C2/Installation-Process-for-Windows/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:04 | ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ |
00:08 | यो ट्युटोरीअलले कसरि ब्लेंडर २.५९ पाउने, यसलाई कसरी विन्डोज अपरेटिंग सिस्टम मा स्थापना गर्ने र चलाउने जानकारी दिन्छ |
00:21 | यो ट्युटोरीअल को लागि म विन्डोज एक्स पी अपरेटिंग सिस्टम प्रयोग गर्दैछु |
00:28 | यो ट्युटोरीअल मा मन्दिरा थापा को योगदान रहेको छ |
00:37 | तपाइको इन्टरनेट ब्राउजर खोल्नुहोस् म फायरफक्स ३.०९ प्रयोग गर्दैछु, एड्रेसबारमा www.blender.org टाइप गर्नुहोस र Enter key थिच्नुहोस |
00:54 | यसरी तपाई आधिकारिक ब्लेंडर वेबसाइट मा पुग्नुहुन्छ |
01:01 | ब्लेंडर निशुल्क र खुला स्रोत हो |
01:05 | इन्स्टलर वा स्रोत कोड डाउनलोड गर्नलाई ब्लेंडर वेबसाइटमा उपलब्ध छ |
01:10 | यहाँ हेडर पेज भन्दा मुनिको लिंकमा डाउनलोड ब्लेंडर छ, |
01:15 | डाउनलोड पेजमा जनलाई हामीले यो लिंकमा क्लिक गर्नुपर्छ |
01:22 | तपाइ देख्न सक्नुहुन्छ कि यो ब्लेंडर को सबैभन्दा स्थिर संस्करण हो |
01:28 | यहाँ तपाई संग दुई विकल्प छ -३२ बिट वा ६४ बिट इन्स्टलर |
01:39 | तपाई आफ्नो कम्प्युटरमा लागु हुने गरि कुनै पनि डाउनलोड गर्न सक्नुहुन्छ |
01:44 | ३२ बिट र ६४ बिट सिस्टमहरुको बारेमा जान्न हाम्रो Blender Hardware Requirements ट्युटोरीअल हेर्नुहोला |
01:56 | वेबसाइटमा ब्लेंडर प्रोग्राम फायल को जिप्ड आर्काइभ पनि उपलब्ध छ |
02:01 | यसले ब्लेंडर रन गर्न आवश्यक सबै फायल हरु रहेका छ |
02:06 | तपाइले आफ्नो रोजाइको फोल्डर मा फायलहरु unzip र extract गर्नुपर्छ र चलाउन लायक ब्लेंडर लाई रन गर्नुपर्छ |
02:15 | म यो देखाऊदैछु |
02:17 | इन्स्टलर र आर्काइभ को मुख्य भिन्नता भनेको - |
02:22 | इन्स्टलर ले ब्लेंडर एप्लिकेसन फायल लाई C DRIVE को प्रोग्राम फायल्स मा राख्छ र स्टार्ट मेनु मा एउटा आइकन सेट गरिदिन्छ |
02:31 | डेस्कटप मा एउटा आइकन, र डिफल्टमा .blend फायलहरु ब्लेंडर मा रन गर्छ |
02:40 | जिप आर्काइभ मा सबै फायलहरु र एउटा फोल्डरमा एक्जिक्युटेबल ब्लेंडर फायल रहेका छन |
02:48 | जसलाई कम्प्युटरको कुनै पनि ड्राइभमा कपि गर्न सकिन्छ |
02:53 | अब यदि म आर्काइभ प्रयोग गर्न चाहन्छु भने मलाई ३२-बिट आर्काइभ आवश्यक पर्छ |
03:02 | ३२-बिट को डाउनलोड लिंकमा लेफ्ट क्लिक गरयो भनेडाउनलोड सुरु हुन्छ |
03:09 | मैले पहिले भने जस्तै मेरो इन्टरनेट ब्राउजर फायरफक्स ३.०९ हो |
03:16 | यहाँ देखाइएको डाउनलोड प्रकृया अरु ब्राउजर हरु पनि समान छन |
03:23 | तपाइले यहाँ डाउनलोड को प्रगति देख्न सक्नुहुन्छ |
03:26 | यो हरियो ठाडो धर्कोसहितको तेर्सो डाउनलोड बारले कति डाउनलोड भयो भनि देखाउछ |
03:44 | डाउनलोड गति तपाइको इन्टरनेट मा भर पर्छ |
03:48 | कृपया यो नसके सम्म कुर्नुहोस |
04:02 | अर्काइभ एक्सट्रयाक्ट गर्न , पहिले download मा राइट क्लिक गर्नुहोस |
04:08 | Open containing folder मा लेफ्ट क्लिक गर्नुहोस र zip मा दुई चोटी क्लिक गर्नुहोस |
04:16 | यो आर्काइभर जस्तै Winzip मा खुल्छ, जो डिफल्टमा हरेक विन्डोज कम्प्युटर मा स्थापित हुन्छ |
04:24 | EXTRACT लेफ्ट क्लिक गर्नुहोस र तपाइको सूचिको लक्षित फायल छान्नुहोस् |
04:32 | म My Documents मा संग्रह गदैछु, Extract मा लेफ्ट क्लिक |
04:40 | यो हरियो बार सहितको प्रगति बारले कति संग्रह भयो देखाउछ |
04:56 | अब तपाई extracted folder देख्न सक्नुहुन्छ |
05:00 | फोल्डर खोल्न दुई चोटी लेफ्ट क्लिक गर्नुहोस, Blender executable लाई पनि दुई चोटी लेफ्ट क्लिक गर्नुहोस |
05:08 | विन्डोज ले एउटा security warning दिन्छ जसले - the publisher could not be verified. भन्छ |
05:14 | यो चिन्ता गर्न पर्ने कुरो होइन खाली Run बटन मा क्लिक गर्नुहोस |
05:27 | अब यदि तपाई ब्लेंडर प्रयोग गर्न चाहनुहुन्छ भने फेरी ब्लेंडर वेबसाइटमा जाऊ |
05:35 | पेजमा माथिको Downloadमा क्लिक गर्नुहोस, तपाई डाउनलोड पेज मा पुग्नुहुन्छ |
05:44 | मेरो कम्प्युटर को लागि मलाई 32-Bit installer चाहिन्छ |
05:48 | त्यसैले मैले ३२ बिट इन्स्टलरको डाउनलोड लिंकमा क्लिक गर्छु र डाउनलोड सुरु हुन्छ |
06:03 | देखाउन सजिलो होस् भनेर मैले पहिले नै ब्लेंडर वेबसाइट बाट मेरो कम्प्युटर मा इन्स्टलर डाउनलोड गरिसकेको छु |
06:11 | अब म स्थापना गर्ने प्रकृया देखाउदैछु, installer मा दुई चोटी लेफ्ट क्लिक गर्नुहोस |
06:22 | विन्डोजले security warning देखाउछ जसले - the publisher could not be verified भन्छ |
06:29 | यो चिन्ताको कुरो होइन, खाली Run बटन मा क्लिक गर्नुहोस |
06:35 | र Blender Setup Wizard यस्तो देखिन्छ |
06:39 | स्थापना प्रकृया को अर्को भागमा जान Next मा क्लिक गर्नुहोस |
06:48 | प्राय सफ्टवेर जस्तै यसमा एउटा License Agreement देखाउछ |
06:53 | बाकी सम्झौता हेर्न page down थिच्नुहोस |
07:07 | म तपाइलाई यो राम्रोसंग पढ्न सल्लाह दिन्छु |
07:11 | ध्यान दिनुहोस, ब्लेंडर एउटा निशुल्क र खुला स्रोत हो |
07:14 | तपाइले ब्लेंडर स्थापना गर्न लाइसेन्स एग्रिमेन्ट स्वीकार्नुपर्छ |
07:21 | जारी राख्न I agree बटनमा क्लिक गर्नुहोस |
07:27 | यसले तपाइलाई स्थापना गर्ने अंगहरु छान्न दिन्छ |
07:32 | म तपाइलाई डिफल्ट मा छानिएका सबै अंग हरु स्थापना गर्ने सल्लाह दिन्छु र स्थापना जारी राख्न next बटन मा क्लिक गर्नुहोस |
07:41 | यहाँ तपाई लाई ब्लेंडर स्थापन गर्ने स्थान छान्न सक्नुहुन्छ |
07:48 | डिफल्ट मा प्रोग्राम फायल्स छानिएको छ |
07:51 | जुन ब्लेंडर स्थापना गर्न राम्रो स्थान हो, अघि बढ्नुहोस र Install बटन क्लिक गर्नुहोस |
08:04 | हरियो बार सहित को प्रगति बारले स्थापना कार्य कति सकियो भनेर देखाउछ |
08:10 | प्राय यसले एक मिनेट भन्दा कम समय लिन्छ |
08:33 | Blender Setup पुरा भयो |
08:36 | ब्लेंडर तपाइको कम्प्युटर मा स्थापना भएको छ |
08:39 | Run Blender चेकबक्स चन्नुहोस |
08:42 | Finish बटन क्लिक गर्नुहोस |
08:45 | ब्लेंडर आफै चल्न सुरु गर्नुपर्छ |
08:52 | यदि ब्लेंडर बाइनरी, सक्कली एक्सट्रयाकटेड डाइरेक्टरी भित्र छ भने यसो हुदैन |
08:57 | ब्लेंडर थप केहि मा निहित नभई सोझै बक्स बाट चल्न थाल्छ |
09:03 | कुनै सिस्टम लाइब्रेरी वा सिस्टम क प्राथमिकता फेरिएको छैन |
09:10 | यसरी हामीले यो ट्युटोरीअल मा कसरी विन्डोज अपरेटिंग सिस्टम मा ब्लेंडर स्थापना गर्ने सिकेउ |
09:19 | अब ब्लेंडर वेबसाइट बाट ब्लेंडर डाउनलोड गरि आफ्नो कम्प्युटर मा स्थापना गर्नुहोस |
09:28 | यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ |
09:37 | यो सम्बन्धि थप जानकारी यो लिंक मा उपलब्ध रहेको छoscar.iitb.ac.in |
09:45 | र spoken-tutorial.org/NMEICT-Intro |
09:55 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट ले स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु संचालन गर्छ |
10:01 | अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र पनि प्रदान गर्छ |
10:06 | बिस्तृत जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नुहोला |
10:13 | सहभागीट को लागि धन्यवाद |
10:16 | र म मन्दिरा बिदा हुदैछु, नमस्कार |