LaTeX-Old-Version/C2/LaTeX-on-Windows-using-TeXworks/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:05, 16 October 2019 by Nancyvarkey (Talk | contribs)
Time | Narration |
00:01 | “LaTeX on Windows using TeXworks” स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:09 | MikTeX डाउनलोड र इन्स्टल गर्न |
00:11 | TeXworks प्रयोग गरि आधारभूत LaTeX डकुमेन्ट लेख्न |
00:15 | छुटेका प्याकेजहरु डाउनलोड गर्न MikTeX कन्फिगर गर्न |
00:19 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ, विन्डोज अपरेटिंग सिस्टम र MikTeX २.९ प्रयोग गर्दै छुँ |
00:27 | अब TeXworks को बिशेषताहरु हेरौं |
00:31 | यो प्ल्याटफर्ममा भर पर्दैन |
00:33 | यसमा एउटा पिडिएफ रिडर रहेको हुन्छ |
00:36 | यसमा इन्डियन ल्याङ्ग्वेज टाइपसेटिंग प्रयोग गर्न सकिन्छ |
00:39 | यसमा TeXworks सुरु गर्नुपूर्व MikTeX इन्स्टल गर्नुपर्छ |
00:44 | MikTeX TeX वा LaTeX र विन्डोज सम्बन्धित प्रोग्रामहरुको नयाँ अपडेट लागु भएको हो |
00:52 | यसमा विन्डोजमा लेटेकमा आधारभूत डकुमेन्ट सिर्जना गर्न आवश्यक प्याकेजहरु रहेका हुन्छन |
00:58 | साथै, TeXworks MikTeX इन्स्टल गर्दा उपलब्ध हुने डिफल्ट एडिटर हो |
01:04 | www.miktex.org मा जाउँ |
01:10 | दिएको MikTeX इन्स्टलरको डाउनलोड लिंकमा क्लिक गरौँ |
01:15 | यसले MikTeX इन्स्टलर डाउनलोड गर्छ |
01:18 | यसलाई डाउनलोड गरौँ र आफ्नो डेस्कटपमा सेभ गरौँ |
01:22 | यो लगभग १५४ मेगाबाइटको एउटा ठूलो फाइल छ |
01:25 | त्यसैले यो डाउनलोड हुन केहि समय लाग्नेछ |
01:27 | मैले यो फाइल पहिले नै डाउनलोड गरेको छुँ, यो यहाँ छ |
01:32 | इन्स्टल सुरु गर्न यो फाइलमा दोहोरो क्लिक गरौँ |
01:36 | चेकबक्समा ठिक गरौँ र Next मा क्लिक गरौं |
01:40 | सम्पूर्ण डिफल्ट बिकल्पहरु क्लिक गरौँ |
01:43 | इन्स्टल हुन लगभग ५ देखि १० मिनेट लाग्नेछ |
01:47 | मैले मेरो कम्प्युटरमा पहिले नै MikTeX इन्स्टल गरेको छुँ |
01:50 | त्यसैले म इन्स्टल गर्ने छैन |
01:54 | आफ्नो कम्प्युटरमा सफलतापूर्वक MikTeX इन्स्टल गरेपछि, |
01:58 | MikTeX मा उपलब्ध TeXworks एडिटर कसरी प्रयोग गर्ने हेरौं |
02:03 | विन्डोज स्टार्ट बटनमा क्लिक गरौँ |
02:07 | All Programs मा क्लिक गरौँ |
02:09 | MikTeX 2.9 मा क्लिक गरौँ |
02:12 | TeXworks मा क्लिक गरौँ |
02:15 | TeXworks एडिटर खुल्ने छ |
02:18 | म पहिले नै भएको एउटा LaTeX डकुमेन्ट खोल्ने छुँ |
02:21 | म File मा क्लिक गर्छु अनि Open र डीरेक्टरी छान्ने छुँ |
02:28 | अनि म hello.tex फाइल खोल्ने छुँ |
02:32 | तपाई यो फाइलमा लेखिएको टेक्स्ट रंगिन देख्न सक्नुहुन्छ |
02:37 | यसलाई सिनट्याक्स हाइलाइटिंग भनिन्छ |
02:41 | यसले युजरलाई युजरको सामग्री र लेटेकको सिनट्याक्स बिचको भिन्नता छुट्टयाउन दिन्छ |
02:47 | यदि लेटेक सिनट्याक्स रंगिन छैन भने तलको गरौँ |
02:52 | TeXworks विन्डोमा,मेनुबारमा उपलब्ध Format बटन क्लिक गरौँ |
02:58 | Syntax Colouring छानौं र LaTeX मा क्लिक गरौँ |
03:03 | यदि तपाईले प्रत्येक पटक एउटा लेटेक डकुमेन्ट सिर्जना गरि TeXworks ले सिनट्याक्स हाइलाइटिंग गराउन चाहनुहुन्छ भने यसो गरौँ |
03:10 | मेनुबारमा Edit अनि Preferences मा क्लिक गरौँ |
03:16 | एडिटर ट्याबमा Syntax Colouring को विकल्पहरु पाउन ड्रप डाउन मेनुमा क्लिक गरौँ |
03:22 | LaTeX छानौं अनि Ok क्लिक गरौँ |
03:26 | यसरी भविष्यमा सिर्जना हुने सम्पूर्ण डकुमेन्टहरुमा सिनट्याक्स हाइलाइटिंग लागु हुनेछ |
03:32 | अब हामी हाम्रो लेटेक डकुमेन्ट कम्पाइल गर्न तयार छौं |
03:36 | कम्पाइल सुरु गर्न कन्ट्रोल र t कीहरु एकैसाथ थिचौं |
03:42 | एकपटक विना कुनै एरर डकुमेन्ट कम्पाइल भएपछि बनेको पिडिएफ डकुमेन्ट खुल्ने छ |
03:49 | याद गरौँ यो पिडिएफ रिडर TeXworks संगै आउँछ |
03:53 | यो TeXworks ले कम्पाइल गरेको पिडिएफ डकुमेन्ट देखाउन प्रयोग गर्ने डिफल्ट पिडिएफ रिडर हो |
03:59 | अब एउटा Beamer डकुमेन्ट कम्पाइल गरौँ |
04:02 | डिफल्टमा हामीले इन्स्टल गरेको MikTeX सेटअपमा बिमर प्याकेज संलग्न हुदैन |
04:08 | यसको मतलब हामीले |
04:10 | यसलाई कुनै स्रोतबाट डाउनलोड गर्नुपर्छ र हालको MikTeX वितरणमा थप्नुपर्छ |
04:15 | एउटा छुटेको प्याकेज इन्स्टल गर्न दुई तरिकाहरु छन् |
04:19 | एउटा तरिका भनेको हामीले एउटा लेटेक डकुमेन्ट कम्पाइल गर्दा यसलाई फ्लाईमा इन्स्टल गर्ने हो |
04:24 | यो लेटेक डकुमेन्टलाई MikTeX वितरणमा उपलब्ध नभएको प्याकेज चाहिन्छ |
04:31 | अर्को तरिका भनेको आफैं MikTeX को प्याकेज म्यानेजर प्रयोग गरि कुनै प्याकेज छान्ने र इन्स्टल गर्ने हो |
04:37 | पहिलो तरिका हेरौं |
04:40 | हामी एउटा लेटेक डकुमेन्ट खोली कम्पाइल गर्ने छौँ जसको लागि MikTeX मा प्याकेजहरु इन्टरनेटबाट इन्स्टल गर्नुपर्छ |
04:47 | पहिले TeXworks एडिटर बन्द गरौँ |
04:51 | हामीले tex फाइल एड्मिनिस्ट्रेटरको रुपमा खोल्नुपर्ने हुन्छ |
04:56 | स्टार्ट बटनमा क्लिक गरौँ |
04:59 | अनि All programs मा क्लिक गरौं |
05:02 | MikTeX 2.9 मा क्लिक गरौँ |
05:05 | TeXworks मा राइट क्लिक गरौँ र Run as Administrator छानौं |
05:11 | यसले एड्मिनिस्ट्रेटरको अधिकार सहितको TeXworks एडिटर खोल्ने छ |
05:16 | अब फाइलमा क्लिक गरौँ |
05:19 | अनि Open मा क्लिक गरौँ |
05:21 | beamer.tex फाइल छानौं |
05:24 | कम्पाइल गर्न सुरु गर्न Ctrl र t किहरु एकसाथ थिचौं |
05:29 | एउटा प्याकेज इन्स्टलेसन डाइलग बक्स देखापर्छ |
05:33 | यसले छुटेको प्याकेज beamer.cls इन्स्टल गर्न भन्ने छ |
05:38 | यो डाइलग बक्सको Change बटनमा क्लिक गरौँ |
05:43 | Change Package Repository डाइलग बक्स खुल्ने छ |
05:47 | Packages shall be installed from the internet विकल्प छानौं |
05:52 | Connection Settings मा क्लिक गरौँ |
05:55 | यसले तपाईलाई प्रक्सी सेटिंग कन्फिगर गर्न भन्ने छ |
05:59 | यदि तपाई एउटा प्रक्सी नेटवर्कमा हुनुहुन्न भने Use proxy server चेकबक्स यतिकै छोडौं |
06:06 | म एउटा प्रक्सी नेटवर्कमा भएकोले म चेकबक्स ठिक गरि यो विकल्प सक्रिय गर्ने छुँ |
06:12 | म प्रक्सी एड्रेस इन्टर गर्ने छुँ |
06:16 | म प्रक्सी पोर्ट नम्बर इन्टर गर्ने छुँ |
06:19 | म Authentication required विकल्पको चेकबक्समा क्लिक गरी सक्रिय गर्ने छुँ |
06:25 | Ok क्लिक गरौं र Next मा क्लिक गरौँ |
06:30 | यसले हामीसँग प्रक्सी युजरनेम र पासवर्ड माग्ने छ |
06:34 | म जानकारी इन्टर गर्ने छुँ र OK मा क्लिक गर्ने छुँ |
06:39 | यसले एउटा रिमोट प्याकेज रिपोजिटरीको एउटा सुची देखाउने छुँ |
06:44 | सुचीबाट एउटा छानौं र Finish मा क्लिक गरौँ |
06:48 | Install मा क्लिक गरौँ |
06:51 | यसले beamer.cls प्याकेज इन्स्टल गर्ने छ |
06:55 | पुन: एकपटक प्याकेज इन्स्टलेसन डाइलग बक्स खुल्ने छ |
07:00 | यसले छुटेको प्याकेज pgfcore.sty इन्स्टल गर्न भन्ने छ |
07:06 | तपाई Always show this dialog before installing packages विकल्प अनचेक गर्न सक्नुहुन्छ |
07:12 | यदि तपाईले यसो गर्नुभयो भने, MikTeX ले एउटा प्याकेज छुटेमा तपाईलाई पुन: सोध्ने छैन |
07:19 | इन्स्टलमा क्लिक गरौँ |
07:21 | अब यदि कुनै प्याकेजहरु छुटेमा यसले स्वत: तपाईको अनुमति नमागी यसलाई इन्स्टल गर्ने छ |
07:31 | एकपटक इन्स्टल गर्न सकिएपछि, यसले कम्पाइल गरी सक्ने छ र पिडिएफ आउटपुट खोल्ने छ |
07:38 | हामीले सफलतापूर्वक एउटा बिमर डकुमेन्ट कम्पाइल गरेको देख्न सक्छौं |
07:42 | अब छुटेका प्याकेजहरु इन्स्टल गर्ने दोस्रो तरिका हेरौं |
07:47 | विन्डोज स्टार्ट बटनमा क्लिक गरौँ |
07:50 | All Programs मा क्लिक गरौँ |
07:53 | MikTeX 2.9 मा क्लिक गरौँ |
07:55 | Maintenance (Admin) मा क्लिक गरौँ |
07:58 | Package Manager (Admin) मा क्लिक गरौँ |
08:02 | यसले उपलब्ध बिभिन्न प्याकेजहरुको सुची देखाउने छ |
08:07 | अब पहिले यो सुचीमा एकपटक हेरौं |
08:10 | यो सुचीमा छ कोलमहरु छन् |
08:13 | ती हुन्: Name, Category, Size, Packaged date, Installed on date र Title |
08:21 | Installed on कोलम हामीलाई सबैभन्दा महत्वपूर्ण छ |
08:25 | यो कोलमको लागि खाली प्याकेजले यी प्याकेजहरु इन्स्टल नभएको जनाउँछ |
08:32 | अब एउटा निश्चित प्याकेज कसरी इन्स्टल गर्ने हेरौं |
08:36 | उदाहरणको लागि म प्याकेज abc छान्ने छुँ |
08:41 | याद गरौँ मैले प्याकेज छान्दा माथि बायाँको प्लस बटन सक्रिय हुनेछ |
08:48 | प्लस बटन इन्स्टल बटन हो |
08:51 | प्लस बटनमा क्लिक गरौँ |
08:53 | एउटा विन्डो खुल्ने छ जसले तपाईले इन्स्टल वा अनइन्स्टल गर्न छानेका प्याकेजहरु सुचिकृत गर्ने छ |
09:00 | Proceed मा क्लिक गरौँ |
09:04 | मैले एउटा प्रक्सी नेटवर्क कनेक्सन कन्फिगर गर्ने भएकोले यसले मसँग युजरनेम र पासवर्ड माग्ने छ |
09:11 | म मेरो युजरनेम र पासवर्ड टाइप गर्ने छुँ |
09:14 | Ok मा क्लिक गरौँ |
09:16 | इन्स्टल गर्न छानिएको प्याकेजहरुको डाउनलोड प्रगति देखाउन एउटा विन्डो खुल्ने छ |
09:23 | रिमोट सर्भर कनेक्टिभिटी को कारणले कुनै चाहेको प्याकेज डाउनलोड नहुन सक्छ |
09:29 | त्यस्तो अवस्थामा प्याकेज रिपोजिटरी बदल्नुहोस् र पुन: प्रयास गर्नुहोस् |
09:34 | हामी छानिएको प्याकेजको इन्स्टलेसन पुरा भएको देख्न सक्छौं |
09:39 | Close मा क्लिक गरौँ |
09:41 | प्याकेजको सुची रिफ्रेस हुनेछ |
09:44 | याद गरौँ प्याकेज abc को Installed on कोलममा 11 september 2013 देखापर्छ |
09:52 | यसरी LaTeX on Windows using TeXworks ट्युटोरियल पुरा हुन्छ |
09:58 | यो ट्युटोरियलमा हामीले सिक्यौं - |
10:00 | MikTeX डाउनलोड र इन्स्टल गर्न |
10:02 | TeXworks प्रयोग गरि आधारभूत लेटेक डकुमेन्ट लेख्न |
10:06 | छुटेका प्याकेजहरु डाउनलोड गर्न २ भिन्न तरिकामा MikTeX कन्फिगर गर्न |
10:11 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस |
10:14 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
10:17 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
10:21 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
10:23 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
10:27 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10:30 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
10:36 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
10:40 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:48 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org /NMEICT-Intro |
10:59 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |