Linux-AWK/C2/Conditional-statements-in-awk/Nepali
From Script | Spoken-Tutorial
|
|
00:01 | नमस्कार! awk मा कन्डिसनल स्टेटमेन्टहरू स्पोकन ट्युटोरियलमा तपाईलाई स्वागत छ |
00:07 | यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं - awk मा if, else र else if |
00:15 | यसको लागि हामी केही उदाहरणहरू प्रयोग गर्ने छौं |
00:19 | यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु लिनक्स १६.०४ अपरेटिंग सिस्टम र gedit टेक्स्ट एडिटर ३.२०.१ प्रयोग गर्दै छु |
00:32 | तपाई आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
00:36 | यो ट्युटोरियल अभ्यास गर्न, तपाईले हाम्रो वेबसाइटको अघिल्ला awk ट्युटोरियलहरू हेर्नुपर्ने हुन्छ |
00:43 | तपाईसँग प्रोग्रामिंग ल्याङ्ग्वेज जस्तै C वा C++ को ज्ञान हुनुपर्छ |
00:50 | अन्यथा, हाम्रो वेबसाइटमा रहेको सम्बन्धित ट्युटोरियलहरू हेर्नुहोला |
00:56 | यो ट्युटोरियलमा प्रयोग गरिएका फाइलहरू यो पेजको Code Files लिङ्कमा उपलब्ध छ
तिनीहरूलाई डाउनलोड गरी प्रयोग गर्नुहोला |
01:06 | एउटा कन्डिसनल स्टेटमेन्ट ले कुनै पनि कार्य गर्नु अघि दिएको कन्डिसन जाँच्न दिन्छ |
01:14 | अब, awk मा रहेका कन्डिसनल स्टेटमेन्टहरू जस्तै: if, else, else-if को बारेमा हेरौं |
01:22 | कुनै पनि प्रोग्रामिङ्ग ल्याङ्ग्वेजमा जस्तै: if -else statement को सिन्ट्याक्स यस्तो छ : |
01:28 | if conditional-expression1 true भएमा action1 गर्ने |
01:34 | else if conditional-expression2 true भएमा action 2 गर्ने |
01:41 | त्यसपछि एक भन्दा बढि else if स्टेटमेन्टहरू हुन सक्छन् |
01:46 | अन्त्यमा, यदि दिएको कुनैपनि कन्डिसनल स्टेटमेन्टहरू true भएन भने action n गर्ने |
01:54 | else र else-if खण्डहरू वैकल्पिक हुन्छन्
एउटा उदाहरण हेरौं |
02:02 | हामीले पहिले प्रयोग गरेको awkdemo.txt फाइल पुन: प्रयोग गर्ने छौं |
02:10 | मानौं, हामी रू.८००० भन्दा बढि प्राप्त गरिरहेका बिद्यार्थीहरूको भत्ता ५०% ले बढाउन चाहन्छौं |
02:19 | awk फाइलमा यसको लागि एउटा कन्डिसन सृजना गरौं |
02:23 | टेक्स्ट एडिटरमा देखाए झैँ कोड टाइप गरौं र यसलाई cond डट awk मा सेभ गरौं
यो मैले पहिले नै गरिसकेकी छु |
02:34 | सोही फाइल Code Files लिंकमा पनि उपलब्ध छ |
02:39 | यो कोडमा Output Field Separator मा कोलन रहेको छ |
02:45 | पहिलो print स्टेटमेन्ट ले फिल्ड हेडिंगहरू प्रिन्ट गर्छ |
02:50 | त्यसपछि, if statement ले छैठौँ फिल्ड को मान ८००० बढि छ कि जाच्ने छ |
02:58 | यदि यो सहि भएमा दोस्रो print स्टेटमेन्ट एक्जिक्युट हुनेछ |
03:03 | प्रिन्ट स्टेटमेन्ट भित्र रहेको $6 इन्टु 1.5 ले छैठौँ फिल्ड को मानलाई 1.5% ले गुणा गर्ने छ |
03:13 | अब, कोड एक्जिक्युट गरौं |
03:16 | CTRL, ALT र T किहरू थिचेर टर्मिनल खोलौं |
03:22 | cd कमाण्ड प्रयोग गरी तपाईले Code Files डाउनलोड गरेको फोल्डर मा जाऊ |
03:29 | अब टाइप गरौं : awk स्पेस हाइफन क्यापिटल F दोहोरो उद्दरण भित्र पाइप चिन्ह, स्पेस हाइफन सानो f स्पेस cond डट awk स्पेस awkdemo डट txt
एन्टर थिचौं |
03:49 | आउटपुटमा एउटा मात्र बिद्यार्थीको रेकर्ड देखाइएको छ जसले कन्डिसन पूरा गरेको छ |
03:57 | अब नियम बदलिएको मानौं : रू. ८००० भन्दा बढि प्राप्त गरिरहेका बिद्यार्थीको भत्ता ५०% ले बृद्धि गर्ने |
04:07 | अन्यथा, ३०% बृद्धि गर्ने
हामी यो कसरी गर्न सक्छौं त? |
04:13 | यहाँ हामीले एउटा else ब्लक थप्नुपर्छ |
04:16 | cond डट awk फाइलमा पुन: जाऊ |
04:21 | तलको कोडको लाइन थपौं
अन्तिम बन्द हुने कर्ली ब्राकेट अगाडी एन्टर थिचौं |
04:30 | else , एन्टर थिचौं |
04:33 | print स्पेस डलर 2 कमा डलर 6 कमा डलर 6 इन्टु 1.3 |
04:42 | फाइल सेभ गरौं र टर्मिनल मा जाऊ |
04:46 | पहिले एक्जिक्युट गरेको कमाण्ड प्राप्त गर्न अप एरो कि थिचौं
र एन्टर थिचौं |
04:53 | अब, आउटपुट हेरौं
पहिले योजना चौधरीले १००० प्राप्त गर्दै थिइन् अहिले उनले १३०० प्राप्त गर्छिन् |
05:04 | अब, फेरी नियम बदलौं
८००० भन्दा बढि प्राप्त गरिरहेका बिद्यार्थीलाई ५०% बृद्धि |
05:13 | ४००० भन्दा बढि प्राप्त गरिरहेका बिद्यार्थीलाई ४०% बृद्धि
अन्यथा ३०% बृद्धि |
05:23 | कोडमा जाऊ, देखाए झैँ कोड अपडेट गरौं |
05:29 | फाइल सेभ गरौं र टर्मिनल मा जाऊ |
05:33 | म टर्मिनल क्लिएर गर्दै छु |
05:36 | पहिले एक्जिक्युट गरेको कमाण्ड प्राप्त गर्न अप एरो कि थिचौं
र एन्टर थिचौं |
05:44 | यो पटक मिरा नायरले ४०% बृद्धि पाएको देख्छौं |
05:51 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
05:54 | सङ्क्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले awk का कन्डिसनल स्टेटमेन्टहरू को बारेमा सिक्यौं जस्तै :
if , else र else if |
06:05 | कार्यको रूपमा: यो नियम अनुसार श्रेणीहरू दिनुहोस् : यदि अङ्क ९० भन्दा धेरै भएमा A श्रेणी हुन्छ |
06:15 | यदि अङ्क ८० भन्दा बढि तर ९० भन्दा कम भएमा B श्रेणी हुन्छ |
06:23 | यदि ७० भन्दा बढि तर ८० भन्दा कम भएमा C श्रेणी हुन्छ |
06:30 | यदि अङ्क ६० भन्दा बढि तर ७० भन्दा कम भएमा, D श्रेणी हुन्छ
अन्यथा, F श्रेणी हुन्छ |
06:41 | तलको लिङ्कमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला |
06:49 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशालाहरू सन्चालन गर्छ
र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
06:58 | विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
07:02 | के तपाईसँग यो ट्युटोरियलको बारेमा कुनै जिज्ञासा छ ?
कृपया यो साइट हेर्नुहोला |
07:08 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
07:20 | यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमको योगदान रहेको छ
आइआइटि बम्बेको तर्फबाट म मन्दिरा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद, नमस्कार |