Linux-AWK/C2/Variables-and-Operators-in-awk/Nepali
|
|
00:01 | नमस्कार! awk कमाण्ड को भेरिएबल र अपरेटरहरूको बारेमा रहेको यस स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियल मा हामी यी कुराहरू सिक्ने छौं - user-defined variable हरू |
00:12 | अपरेटरहरू
BEGIN र END स्टेटमेन्टहरू |
00:17 | हामी यसको लागि केही उदाहरणहरू प्रयोग गर्ने छौँ |
00:20 | यो ट्युटोरियल रेकर्ड गर्न, म उबुन्टु लिनक्स १६. ०४ प्रयोग गर्दै छु |
00:26 | यो ट्युटोरियल अभ्यास गर्न, तपाईले यो वेबसाइटमा रहेका अघिल्ला लिनक्स ट्युटोरियलहरू हेर्नुपर्ने हुन्छ |
00:33 | तपाईलाई सामान्य प्रोग्रामिङ्ग ल्याङ्ग्वेज, C वा C++ मा प्रयोग गरिने बेसिक अपरेटरहरू को ज्ञान हुनुपर्छ |
00:41 | यदि छैन भने, हाम्रो वेबसाइटमा रहेको सम्बन्धित ट्युटोरियल हेर्नुहोला |
00:47 | awk मा एउटा फिल्टर र एउटा प्रोग्रामिङ्ग ल्याङ्ग्वेज दुवैको क्षमता हुन्छ |
00:52 | त्यसैले, यसले variable, constant, operatorहरू आदि सबैमा काम गर्छ |
00:58 | अब, awk को भेरिएबल को बारेमा जानौं |
01:02 | एउटा भेरिएबल भनेको एउटा मान जनाउने सूचक हो |
01:07 | Awk मा दुवै user-defined variable र built-in variable हरूको प्रयोग हुन्छ |
01:12 | यो ट्युटोरियलमा, हामी user-defined variable हरू को बारेमा जान्ने छौं |
01:17 | user-defined variable हरूमा भेरिएबल घोषणा गर्नु आवश्यक छैन |
01:22 | भेरिएबल हरू लाई सधैँ इनिसियलाइज गर्ने पर्छ भने हुँदैन |
01:26 | Awk ले स्वत: तिनीहरूको मान शून्य वा नल स्ट्रिंग राख्ने छ |
01:32 | एउटा भेरिएबल सधैँ एउटा अक्षर बाट सुरु भई यसमा अन्य अक्षर, नम्बर र अन्डरस्कोरहरू आदि को प्रयोग हुन्छ
भेरिएबलहरू केस-सेन्सिटिभ हुन्छन् |
01:43 | त्यसैले, ठूलो “S” भएको Salary र सानो “s” भएको salary दुई भिन्न भेरिएबल हरू हुन् |
01:50 | केही उदाहरण हरू हेरौं |
01:53 | CTRL + ALT र T किहरू एकसाथ थिचेर टर्मिनल खोलौं |
01:58 | टर्मिनल मा टाइप गरौं- awk स्पेस खुल्ने एउटा उद्दरण चिन्ह, खुल्ने एउटा कर्ली ब्राकेट, सानो x इक्वल टु 1 सेमिकोलन ठूलो X इक्वल टु दोहोरो उद्दरण भित्र ठूलो A सेमिकोलन सानो a इक्वल टु दोहोरो उद्दरण भित्र awk सेमिकोलन सानो b इक्वल टु दोहोरो उद्दरण भित्र tutorial
इन्टर थिचौं |
02:25 | टाइप गरौं: print सानो x
इन्टर थिचौं |
02:29 | print ठूलो X , इन्टर थिचौं |
02:34 | print a इन्टर थिचौं |
02:37 | print b इन्टर थिचौं |
02:40 | print a स्पेस b , इन्टर थिचौं |
02:44 | print सानो x स्पेस b , इन्टर थिचौं |
02:49 | print सानो x प्लस ठूलो X बन्द हुने कर्ली ब्राकेट, बन्द हुने उद्दरण र इन्टर थिचौं |
02:57 | हामीले फाइल को नाम नदिएको भएर awk ले स्ट्यान्डर्ड इन्पुट बाट इन्पुट लिने छ |
03:03 | त्यसैले, हामी कुनै पनि अक्षर टाइप गर्न सक्छौं, जस्तै: a अनि इन्टर थिचौं |
03:10 | यो उदाहरण बाट यी कुराहरू बुझ्न सकिन्छ
भेरिएबल हरू मा एउटा नम्बर राख्न सकिन्छ |
03:18 | यसमा एउटा अक्षर वा एउटा स्ट्रिंग पनि राख्न सकिन्छ |
03:23 | यदि मान कुनै अक्षर वा एउटा स्ट्रिंग भएमा , भेरिएबलमा मान दिँदा दोहोरो उद्दरण भित्र दिनुपर्छ |
03:31 | हामी भेरिएबलहरू को मान देख्न सक्छौं |
03:35 | सानो x र ठूलो X लाई भिन्न भेरिएबल को रूपमा लिइएको याद गरौं |
03:41 | यसले भेरिएबल हरू केस सेन्सिटिभ भएको पुष्टि गर्छ |
03:45 | साथै, यसले, दुई स्ट्रिंगहरू कसरी जोड्ने देखाउँछ |
03:50 | यहाँ भेरिएबलहरू , सानो a र सानो b जोडिएका छन् |
03:55 | त्यसैले, स्ट्रिंग जोड्ने अपरेटर भनेको एउटा स्पेस हो |
04:00 | त्यसैगरी, जब हामीले सानो x लाई स्ट्रिंग b सँग जोड्ने छौं, x एउटा नम्बर भएकोले, यो स्वत: स्ट्रिंग मा बदलिने छ
र हाम्रो कन्क्याटिनेट गरिएको आउटपुट 1tutorial हुन्छ |
04:13 | यो किन स्वत: स्ट्रिंग मा बदलिन्छ त ? |
04:16 | यो किनभने awk ले x र b को बीचमा एउटा स्ट्रिंग जोड्ने अपरेटर स्पेस फेला पार्छ |
04:25 | अब, सानो x प्लस ठूलो X को आउटपुट हेरौं
यहाँ, हामीसँग अंकगणितीय अपरेटर प्लस रहेको छ |
04:33 | X स्वत: शून्य नम्बरमा बदलिने छ
र जोडिएको आउटपुट एउटा नम्बर 1 हुनेछ |
04:42 | अहिलेसम्म हामीले केही अपरेटर हरू हेर्यौं
अब, हामीले प्रयोग गर्न सक्ने अन्य अपरेटरहरू को बारेमा जान्ने छौं |
04:49 | एक्सप्रेसनहरू मा विभिन्न प्रकारका अपरेटरहरू प्रयोग गर्न सकिन्छ |
04:53 | कृपया, एकछिन भिडियो रोकेर यहाँ उल्लेखित सम्पूर्ण अपरेटरहरू हेरौं |
04:58 | म तपाई यी आधारभूत अपरेटरहरू सँग परिचित रहेको ठान्ने छु |
05:02 | अन्यथा, कृपया हाम्रो वेबसाइटमा रहेको C र C++ श्रृंखलाको अपरेटरहरू ट्युटोरियल हेर्नुहोला |
05:09 | म यी सबै अपरेटरहरू को बारेमा थप चर्चा गर्ने छैन |
05:14 | यसको अपवादमा, string matching operator रहेको छ, जुन तपाईको लागि नयाँ हुन सक्छ
एउटा उदाहरण सहित बुझौं |
05:23 | Code files लिङ्कमा awkdemo.txt नामक एउटा फाइल रहेको छ
कृपया यसलाई आफ्नो कम्प्युटरमा डाउनलोड गर्नुहोला |
05:31 | टर्मिनल मा जाऊ
अघिल्ला प्रक्रियाहरू अन्त्य गर्न Ctrl र D किहरू एकैसाथ थिचौं |
05:38 | म टर्मिनल क्लियर गर्ने छु |
05:41 | cd कमाण्ड प्रयोग गरी तपाईले awkdemo.txt सेभ गरेको फोल्डरमा जानुहोस् |
05:48 | अब, यो फाइलमा एकपटक हेरौं |
05:52 | मानौं, हामी उत्तीर्ण भएका तर ८० भन्दा कम नम्बर ल्याएका बिद्यार्थीहरू खोज्न चाहन्छौं |
05:58 | यसको लागि, हामीले दुई भिन्न फिल्डहरू दाज्न पर्छ |
06:02 | यस्तो अवस्थाको लागि, हामी awk को रिलेसनल अपरेटरहरू प्रयोग गर्न सक्छौं |
06:07 | यी अपरेटरहरू ले दुवै स्ट्रिंगहरू र नम्बरहरू दाँज्न सक्छन् |
06:12 | त्यसैले, टर्मिनल मा टाइप गरौं
awk स्पेस हाइफन ठूलो F दोहोरो उद्दरण भित्र ठाडो बार स्पेस उद्दरण भित्र डलर 5 इक्वल टु इक्वल टु दोहोरो उद्दरण भित्र Pass स्पेस एम्परस्याण्ड एम्परस्याण्ड स्पेस डलर 4 लेस द्यान 80 स्पेस कर्ली ब्राकेट भित्र print स्पेस प्लस प्लस x कमा डलर 2 कमा डलर 4 कमा डलर 5 स्पेस awkdemo.txt र इन्टर थिचौं |
06:54 | यो कमाण्डमा धेरै कुराहरू देख्न सकिन्छ
पहिलो, हामीले पाँचौं फिल्ड लाई एउटा स्ट्रिंग सँग दाज्यौं |
07:01 | दोस्रो, चौथो फिल्डलाई एउटा नम्बरसँग मात्र दाज्यौं |
07:06 | तेस्रो, हामी दुई वा बढि अभिव्यक्तिहरू दाँज्न एम्परस्याण्ड अपरेटर प्रयोग गर्न सक्छौं |
07:13 | कुनै निश्चित नम्बर वा स्ट्रिंगहरू को सट्टामा, हामी नियमित एक्प्रेसनहरू पनि दाँज्न सक्छौं |
07:19 | हामीले स्लाइडमा देखे झैँ, tilde र exclamation tilde अपरेटरहरू यसको लागि हो |
07:27 | अब, मानौं, हामी उत्तीर्ण भएका कम्प्युटर साइन्सका बिद्यार्थीहरू खोज्न चाहन्छौँ |
07:32 | कम्प्युटरमा दुवै सानो र ठूलो C हुन सक्ने भएकोले, हामी एउटा नियमित एक्सप्रेसन प्रयोग गर्ने छौं |
07:40 | यस्तो टाइप गरौं:
awk स्पेस हाइफन ठूलो F दोहोरो उद्दरण भित्र पाइप चिन्ह स्पेस उद्दरण भित्र डलर 5 इक्वल टु इक्वल टु दोहोरो उद्दरण भित्र Pass एम्परस्याण्ड एम्परस्याण्ड स्पेस डलर 3 tilde स्ल्याश स्क्वाएर ब्राकेट भित्र सानो c ठूलो C computers स्ल्याश स्पेस कर्ली ब्राकेट भित्र print स्पेस प्लस प्लस सानो x कमा डलर 2 कमा डलर 3 कमा डलर 5 स्पेस awkdemo.txt र इन्टर थिचौं |
08:24 | यदि हामी यो तुलना गर्न चाहदैनौं भने यसको लागि exclamation tilde operator प्रयोग गर्न सकिन्छ |
08:30 | मानौं, हामी कम्प्युटर बाहेकका उत्तीर्ण बिद्यार्थीहरू को सूची चाहन्छौं |
08:35 | अघिल्लो कमाण्ड प्राप्त गर्न अप एरो कि प्रयोग गरौं |
08:39 | डलर 3 सँगै बिस्मयादिबोधक चिन्ह थपौं र इन्टर थिचौं |
08:47 | अब, यो फाइलमा रहेका खाली लाइनहरू को संख्या गनौं |
08:52 | फाइल खोलौं र यसमा भएका खाली लाइनहरू हेरौं,
यसमा ३ खाली लाइनहरू रहेका छन् |
09:00 | अब, awk प्रयोग गरी खाली लाइनहरू गिन्ती गर्न, टाइप गरौं:
awk स्पेस उद्दरण भित्र, फ्रन्ट स्ल्याश भित्र क्यारेट चिन्ह डलर स्पेस कर्ली ब्राकेट भित्र x इक्वल टु x प्लस 1 सेमिकोलन स्पेस print x स्पेस awkdemo.txt इन्टर थिचौं |
09:26 | हामीले उत्तरको अन्त्यमा 3 पाएका छौं |
09:30 | क्यारेट चिन्हले लाइन सुरु भएको जनाउँछ भने डलरले लाइनको अन्त्य भएको जनाउँछ |
09:37 | त्यसैले, एउटा खाली लाइन चिन्न - नियमित एक्सप्रेसनमा क्यारेट-डलर प्रयोग गरिन्छ |
09:43 | याद गरौं, हामीले x मा कुनै मान राखेका छैनौं
Awk ले x को सुरुको मान शून्य राखेको छ |
09:51 | यो कमाण्डले खाली लाइनको हालको संख्या दिन्छ
किनभने प्रत्येक पटक एउटा खाली लाइन भेटिए पछि, x को मान बढ्ने छ र प्रिन्ट हुने छ |
10:02 | हामीले हाम्रो अन्तिम कमाण्डमा खाली लाइनहरूको गिन्ती देख्यौं
तर मानौं, हामी खाली लाइनहरूको जम्मा संख्या मात्र चाहन्छौं |
10:12 | त्यसको लागि, हामीले सम्पूर्ण फाइल पढेपछि एकपटक मात्र x प्रिन्ट गर्नुपर्छ |
10:19 | हामी आउटपुटको मतलब बुझाउन एउट शिर्षक पनि दिन सक्छौं |
10:25 | यसको लागि, awk मा BEGIN र END सेक्सनहरू उपलब्ध छन् |
10:30 | BEGIN सेक्सनमा प्रक्रिया पूर्वका विधिहरू रहेका छन् |
10:34 | यो सेक्सन main input loop भन्दा पहिले एक्जिक्युट हुन्छ |
10:40 | END सेक्सनमा प्रक्रिया पश्चात् का विधिहरू हुन्छन् |
10:45 | यो सेक्सन मुख्य इन्पुट लूप सकिए पछि मात्र एक्जिक्युट हुन्छ
BEGIN र END विधिहरू वैकल्पिक हुन् |
10:55 | अब यो कसरी प्रयोग गर्ने सिकौं
टर्मिनलमा टाइप गरौं - awk स्पेस खुल्ने उद्दरण ठूलो अक्षरमा BEGIN कर्ली ब्राकेट भित्र print स्पेस दोहोरो उद्दरण भित्र The number of empty lines in awkdemo are इन्टर थिचौं |
11:14 | फ्रन्ट स्ल्याश भित्र क्यारेट चिन्ह डलर चिन्ह, स्पेस कर्ली ब्राकेट भित्र x इक्वल टु x प्लस 1
इन्टर थिचौं |
11:26 | end स्पेस कर्ली ब्राकेट भित्र print स्पेस x बन्द हुने उद्दरण स्पेस awkdemo.txt र इन्टर थिचौं |
11:39 | यहाँ, हामीले चाहे जस्तो आउटपुट पाएनौं
हामीले आउटपुट मा 3 पाउनुपर्छ किनभने फाइलमा ३ वटा खाली लाइनहरू छन् |
11:48 | तपाईलाई के भयो जस्तो लाग्यो?
वास्तवमा , हामीले end लाई ठूलो अक्षरमा लेख्नुपर्थ्यो |
11:54 | त्यसैले, अब कमाण्ड बदलौं |
11:57 | टर्मिनल मा अघिल्लो पटक एक्जिक्युट गरेको कमाण्ड प्राप्त गर्न अप एरो थिचौं |
12:03 | अब सानो end लाई ठूलो END मा बदलौं
र इन्टर थिचौं |
12:11 | अहिले, आउटपुटमा जम्मा खाली लाइनहरूको संख्या देखाइएको छ |
12:16 | अब, awkdemo.txt ' फाइलमा भएका बिद्यार्थीहरूको औसत तलब खोजौं |
12:24 | त्यसको लागि, देखाए झैँ कमाण्ड टर्मिनल मा टाइप गरौं
र इन्टर थिचौं र हामीले चाहेको आउटपुट पाउने छौं |
12:35 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
12:40 | यो ट्युटोरियलमा हामीले यी कुराहरू सिक्यौं
awk मा User defined variable हरू |
12:45 | अपरेटरहरू
BEGIN र END स्टेटमेन्टहरू |
12:49 | कार्यको लागि: अन्तिम फिल्डमा ५००० भन्दा बढि मान भएका र Electrical department मा आबद्ध बिद्यार्थी भएका प्रत्येक लाइनहरू प्रिन्ट गर्नुहोस् |
13:00 | आउटपुटमा, “Average marks” शिर्षक सहित बिद्यार्थीहरूको औसत अङ्क प्रिन्ट गर्नुहोस् |
13:07 | तलको लिङ्कमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
कृपया यसलाई डाउनलोड गरी हेर्नुहोला |
13:14 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियलहरू प्रयोग गरी कार्यशालाहरू संचालन गर्छ
र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
13:23 | विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
13:27 | के तपाईसँग यो स्पोकन ट्युटोरियलको बारेमा केहि जिज्ञासा रहेको छ?
कृपया यो साइटमा जानुहोला |
13:32 | तपाईको जिज्ञासा रहेको स्थानको मिनेट र समय छान्नुहोस्
प्रश्न छोटकरीमा व्याख्या गर्नुहोला हाम्रो टिमबाट यसको जवाफ दिइनेछ |
13:42 | स्पोकन ट्युटोरियल फोरम यो ट्युटोरियल सम्बन्धित जिज्ञासाको लागि हो |
13:47 | कृपया विषय बाहिरको र सामान्य प्रश्नहरू पोस्ट नगर्नुहोला |
13:51 | यसले अस्तव्यस्तता घटाउने छ
जसले गर्दा, यी छलफलहरूलाई अध्ययनको सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ |
13:59 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
यो सम्बन्धि थप जानकारी तलको लिङ्कमा उपलब्ध छ |
14:10 | आइआइटी बम्बेको तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु
सहभागिताको लागि धन्यवाद, नमस्कार |