KTouch/S1/Getting-Started-with-Ktouch/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
---|---|
00.00 | इन्ट्रोडक्सन् टू केटच को स्पोकन टिउटोरीअल मा स्वागत छ |
00.04 | यो टिउटोरीअल मा तपाईले केटच र केटच ईन्टरफेस् को बारेमा जान्न सक्नुहुन्छ |
00.10 | तपाईले शुद्ध, छिटो र कुशलतापूर्वक: |
00.11 | अंग्रेजी वर्णहरु भएको कम्प्युटरको किबोर्डमा टाइप गर्न सिक्नुहुन्छ |
00.18 | तपाई प्रत्येक चोटी टाइप गर्दा |
00.20 | किबोर्ड नहेरी नै टाइप गर्न पनि सक्नुहुन्छ |
00.24 | केटच् के हो? |
00.27 | केटच् एक टाइपिंग गुरु हो, यसले तपाइलाई अनलाईन अन्तरक्रियात्मक किबोर्ड प्रयोग गरि टाइप गर्न सिकाउछ |
00.33 | तपाई आफ्नै गतिमा टाइप गर्न सिक्न सक्नुहुन्छ |
00.36 | बिस्तारै तपाइको टाइपिंगको गति संगै शुद्धता पनि बढाउन सक्नुहुन्छ |
00.43 | केटच् मा तपाइलाई अभ्यास गर्नका लागि कठिनाइका आधारमा लेक्चर्स वा टाइपिंग क नमुना हरु पनि राखिएकाछन् |
00.50 | यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा केटच् १.७.१ प्रोयोग गर्दैछौं |
00.59 | तपाई उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरी केटच् स्थापना गर्न सक्नुहुन्छ |
01.03 | उबुन्टु सफ्टवेर सेन्टरको बारेमा अझ जानकारी पाउन, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टिउटोरीअल्स हेर्नुहोस् |
01.11 | अब केटच् खोलौं |
01.13 | पहिले, तपाईको कम्प्युटरको डेस्कटपमा माथिल्लो बायाँ कुनाको रातो बटनको ड्यास होममा क्लिक गर्नुहोस् |
01.21 | सर्च बक्स देखापर्छ |
01.24 | सर्च बक्समा केटच टाइप गर्नुहोस् |
01.28 | सर्च बक्सको मुनि केटच् आइकन देखापर्छ, यसमा क्लिक गर्नुहोस् |
01.34 | केटच् विन्डो देखापर्छ |
01.36 | बैकल्पिक रुपमा , तपाई टर्मिनल प्रयोग गरि केटच खोल्न सक्नुहुन्छ |
01.41 | टर्मिनल खोल्न कन्ट्रोल, अल्ट र टि कि हरु संगै थिचौं |
01.47 | टर्मिनल मा केटच खोल्न कमाण्ड टाइइप गर्नुहोस् र इन्टर थिच्नुहोस् |
01.55 | अब केटच इन्टरफेस संग आफुलाई परिचित गराऊ |
01.59 | मेन मेनु मा फायल , ट्रेनिंग , सेट्टीन्ग्स र हेल्प मेनुहरु रहेका छन् |
02.06 | टाइपिंग अभ्यासलाई नयाँ सत्र सुरु गर्न स्टार्ट न्यु सेशन मा क्लिक गर्नुहोस् |
02.11 | रोक्न को लागि पज सेशन मा क्लिक गर्नुहोस् |
02.14 | तपाई को टाइपिंग को प्रगति हेर्न लेक्चर स्ट्याटिस्टिक्स मा क्लिक गर्नुहोस् |
02.19 | लेभल ले टाइपिंग गर्दा प्रयोग गरिएको कि को संख्या अनुसार जटिलता को तह जनाउछ |
02.27 | स्पीड ले तपाइले एक मिनेटमा टाइइप गर्नुभएको बर्णहरु को संख्या जनाउछ |
02.32 | करेक्टनेस ले टाइपिंग शुद्धता को प्रतिशत देखाउछ |
02.39 | यो लेभल फिल्डको न्यु क्यारेक्टरस् ले तपाई ले छानेको तहमा अभ्यास गर्नुपर्ने बर्णहरु देखाउछ |
02.47 | टिचर्स लाइन ले टाइप गर्नुपर्ने बर्ण हरु देखाउछ |
02.51 | स्टुडेन्टस् लाईनले तपाई ले किबोर्ड प्रयोग गरि टाइप् गर्नुभएको बर्णहरु देखाउछ |
02.58 | किबोर्ड बिचमा देखाईएको छ |
03.02 | किबोर्ड को पहिलो पंक्तिले नम्बरहरु, विशेष वर्णहरु र ब्याकएस्पेस कि देखाउछ |
03.09 | तपाईले टाइप गरको वर्णहरु मेट्न ब्याकएस्पेस कि थिच्नुहोस् |
03.13 | किबोर्डको दोस्रो पंक्तिमा अक्षरहरु, केहि विशेष वर्णहरु र ट्याब कि रहेका छन् |
03.20 | किबोर्डको तेस्रो पंक्तिमा अक्षरहरु, कोलोन/सेमिकोलोन र क्याप्सलक् कि रहेका छन् |
03.28 | तपाई टाइपिंग गर्दा अर्को पंक्तिमा जान इन्टर कि थिच्नुहोस् |
03.33 | ठुलो अक्षर टाइप गर्न क्याप्सलक् कि थिच्नुहोस् |
03.37 | किबोर्डको चौथौं पंक्तिमा अक्षरहरु, विशेष वर्णहरु र शिफ्ट किहरु रहेका छन् |
03.45 | ठूलो अक्षर टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को अक्षरको कि थिच्नुहोस् |
03.52 | कि को माथि रहेको वर्ण टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को कि थिच्नुहोस् |
03.59 | उद्गार चिन्ह टाइप गर्न शिफ्ट कि संगसंगै १ नम्बर कि थिच्नुहोस् |
04.11 | किबोर्डको पाँचौं पंक्तिमा कन्ट्रोल, अल्ट र फंक्सन किहरु साथै एस्पेस बार पनि रहेका छन् |
04.20 | अब केटच किबोर्ड, ल्यापटप किबोर्ड र डेस्कटप किबोर्ड बिचमा भिन्नता छ कि छैन हेरौं |
04.29 | यो ध्यान दिनुहोस् कि केटच किबोर्ड र डेस्कटप र ल्यापटप किबोर्डहरु उस्तै छन् |
04.36 | अब किबोर्डमा औंला राख्ने सहि तरिका हेरौं |
04.41 | यो स्लाइडमा हेरौं |
04.42 | यसले औंलाहरू र तिनीहरुको नाम देखाउछ |
04.46 | बायाँ देखि दायाँ सम्म यसरी नाम दिएको छ:
लिटिल फिंगर , |
04.51 | रिंग फिंगर, मिडल फिंगर |
04.54 | , इन्डेक्स फिंगर र
थम्ब |
04.59 | तपाइको बायाँ हातलाई किबोर्डको बायाँपट्टि राख्नुहोस् |
05.03 | यो पक्का गर्नुहोस् कि कान्छी औंला ‘A’ वर्णमा छ, |
05.07 | साहिँली औंलालाई ‘S’ वर्णमा राख्नुहोस्, |
05.10 | माझी औंलालाई ‘D’ वर्णमा राख्नुहोस्, |
05.13 | चोर औंलालाई ‘F’ वर्णमा राख्नुहोस् |
05.17 | तपाइको दायाँ हातलाई किबोर्डको दायाँपट्टि राख्नुहोस् |
05.20 | यो पक्का गर्नुहोस् कि कान्छी औंला कोलोन/सेमिकोलोन कि मा नै छ |
05.25 | साहिँली औंलालाई ‘L’ वर्णमा राख्नुहोस् |
05.28 | माझी औंलालाई ‘K’ वर्णमा राख्नुहोस् |
05.30 | चोर औंलालाई ‘J’ वर्णमा राख्नुहोस् |
05.34 | दायाँ बूढी औंलालाई इस्पेस बार थिच्न प्रयोग गर्नुहोस् |
05.37 | तपाइले पहिलो चोटी केटच खोल्दा, टिचर्स लाइनले डिफल्ट टेक्स्ट देखाउछ |
05.44 | यो टेक्स्ट ले कसरी लेक्चर छान्ने र टाइपिंग पाठ सुरु गर्ने निर्देशनहरु देखाउछ |
05.51 | यो ट्युटोरीअल को लागि , हामी डिफल्ट टेक्स्ट टाइपिंग छोडेर एउटा लेक्चर छानौं |
05.57 | तर, तपाई यो ट्युटोरीअल रोकेर डिफल्ट टेक्स्ट टाइप् गर्न सक्नुहुन्छ |
06.02 | अब, टाइपिंग पाठहरू सुरु गर्न लेक्चर छानौं |
06.07 | मेन मेनु बाट , फायल छान्नुहोस् , ओपन लेक्चर मा क्लिक गर्नुहोस् |
06.12 | सेलेक्ट ट्रेनिंग लेक्चर फायल -- केटच डायलग बक्स खुल्छ |
06.17 | देखाईएको बाटो मा जानुहोस्
रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच |
06.31 | र इन्ग्लिश डट केटच डट एक्सएमएल छानी ओपन मा क्लिक गर्नुहोस् |
06.36 | यो ध्यान दिनुहोस कि टिचर्स लाईनले बर्ण हरुको विभिन्न सेट हरु देखाउछ |
06.41 | अब, टाइप् गर्न सुरु गरौँ |
06.43 | डिफल्ट मा , लेभल १ मा र स्पीड शून्य मा सेट छ |
06.49 | यो लेभल को न्यु क्यारेक्टरस् ले हामीले यो तहमा सिकेका बर्ण हरु देखाउछ |
06.55 | स्टुडेन्टस् लाईनमा रहेको कर्सर याद गर्नुहोस् |
06.58 | टिचर्स लाईनमा देखाईएको बर्णहरु किबोर्ड प्रयोग गरि टाइप गरौँ |
07.09 | हामीले टाइप् गर्दा बर्ण हरु स्टुडेन्टस् लाइन मा देखिन्छ |
07.14 | अब स्पीड फिल्ड मा हेरौं |
07.16 | हामीले टाइप् गर्दा, हाम्रो टाइपिंग को आधारमा संख्या घट्ने र बढ्ने हुन्छ |
07.22 | तपाईले टाइप गर्न छोड्नुभयो भने गति को गणना घट्छ |
07.25 | अब, टिचर्स लाईनमा नदेखाईएको, सात र आठ संख्या हरु टाइप गरौँ |
07.31 | स्टुडेन्ट लाईन रातो हुन्छ |
07.34 | किन ? किनकि हामीले टाइप गर्दा गल्ति गरेउ |
07.40 | यसलाई मेटौ र टाइपिंग पूरा गरौँ |
07.56 | जब तपाई अन्तिम हरफमा पुग्नुहुन्छ, इन्टर कि थिच्नुहोस् र दोस्रो हरफ मा जानुहोस् |
08.02 | याद गर्नुहोस्, टिचर्स लाईनले अब टाइप गर्नुपर्ने बर्ण हरुको अर्को सेट देखाउछ |
08.07 | स्टुडेन्टस् लाईन ले टाइप् गरेको टेक्स्ट लाई मान्यता दियो |
08.11 | हामीले कति शुद्ध संग टाइप गरेउ? त्यो हेरौं |
08.14 | करेक्टनेस क्षेत्र ले तपाई को टाइपिंग को शुद्धता को प्रतिशत देखाउछ , उदाहरण को लागि , यसले ८० प्रतिशत देखाउछ |
08.23 | हामीले हाम्रो पहिलो टाइपिंग पाठ सकेउ |
08.26 | पहिले कम गतिमा शुद्ध टाइप गर्नु राम्रो अभ्यास हो |
08.31 | एकचोटी, गल्ति बिना , शुद्ध संग टाइप गर्न सिकेपछि , हामी टाइपिंग को गति बढाऊन सक्छौं |
08.37 | अब एउटा नयाँ टाइपिंग सत्र सुरु गरौँ |
08.40 | स्टार्ट न्यु सेशन क्लिक गरौँ |
08.42 | स्टार्ट न्यु ट्रेनिंग सेशन -- केटच डायलग बक्समा , स्टार्ट फ्रम फर्स्ट लेभल क्लिक गरौँ |
08.50 | तपाई ले के देख्नुभयो ? |
08.52 | टिचर्स लाइनमा वर्णहरुको सेट देखाईएको छ |
08.55 | स्टुडेन्टस् लाईन मा सबै बर्णहरु मेटिएको छ र खाली छ |
09.00 | अब टाइप गर्न सुरु गरौँ |
09.05 | अभ्यास गर्दा, तपाइ रोक्न र पछी फेरी सुरु गर्न चाहनुहुन्छ होला |
09.09 | तपाई कसरी सत्र चलाउनु हुन्छ |
09.12 | पज सेशन क्लिक गर्नुहोस् |
09.14 | यो याद गर्नुहोस् कि गति घट्दैन |
09.17 | सम्झिनुहोस , हामीले अगाडिको सत्र नरोकी टाइप् गर्दा यो घट्छ |
09.23 | टाइपिंग फेरी सुरु गर्न, टिचर्स लाइनमा देखाईएको अर्को बर्ण वा शब्द टाइप गर्नुहोस् |
09.39 | यसले टाइपिंग को शुद्धता देखाउछ |
09.46 | यसरी हामी यो केटच ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं |
09.50 | हामीले यो ट्युटोरीअलमा केटच इन्टरफेसको बारेमा सिकेउ साथै कसरी किबोर्ड मा औंलाहरू राख्ने भनि पनि सिकेउ |
09.59 | र हामीले हाम्रो पहिले पाठ पूरा गर्यौ |
10.04 | यहाँ तपाई को लागि एक कार्य रहेको छ |
10.06 | केटच खोलौं , टाइपिंग पाठ १ तह पूरा गर्नुहोस् , यो तहमा टाइपिंग अभ्यास गर्नुहोस् |
10.13 | कि हरुको लागि सहि औंला प्रयोग गर्न सम्झिनुहोस |
10.18 | यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ |
10.24 | तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस् |
10.28 | स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ |
10.37 | थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस् |
10.43 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो |
10.47 | यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ |
10.55 | यो मिसन सम्बन्धी थप जानकारी स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो मा उपलब्ध रहेको छ |
11.06 | यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ
जोडिनुभएको मा धन्यबाद! |