Health-and-Nutrition/C2/Non-vegetarian-recipes-for-6-month-old-babies/Nepali
From Script | Spoken-Tutorial
| |
|
| 00:00 | ६ महिनाको शिशुको लागि मांसाहारी खुराक बनाउने विधि को बारेमा रहेको स्पोकन ट्युटोरियल मा तपाईलाई स्वागत छ |
| 00:08 | यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं - बच्चाको खानामा मांसाहारी खुराक प्रयोग गर्दा हुने फाईदाहरू |
| 00:17 | यी मांसाहारी खुराकहरू कसरी बनाउने - |
| 00:22 | अन्डाको लेदो, |
| 00:24 | माछाको लेदो,
काँचो केरा र माछाको खीर, |
| 00:27 | कुखुराको कलेजोको लेदो र कुखुरो र गाजरको लेदो |
| 00:31 | सुरु गरौं -
सधैँ यो याद राखौं – बच्चा ६ महिनाको भएपछि बच्चालाई एकदमै धेरै पोषक तत्त्वको आवश्यकता पर्छ |
| 00:42 | बच्चालाई परिपूरक खानाबाट २०० क्यालोरी सम्म उर्जा आवश्यक पर्छ |
| 00:48 | स्तनपान सँगै, परिपूरक खुराक पनि खुवाउन सुरु गर्नुपर्छ |
| 00:53 | यसका साथै, बच्चा बढ्दै जाँदा खानाको परिमाण र नियमितता बदल्नुपर्छ |
| 01:03 | बच्चालाई खाना खुवाउँदा, खानाको परिमाण, कप वा चम्चाले नाप्नुपर्छ |
| 01:12 | यसको बारेमा यसै श्रृंखलाको अर्को ट्युटोरियलमा चर्चा गरिएको छ |
| 01:18 | बच्चा छ महिनाको पुगे पछि, दिनको दुई चम्चाबाट सुरु गर्नुपर्छ र बिस्तारै दिनको ४ चम्चा खुराक खुवाउनुपर्छ |
| 01:29 | र राम्ररी पकाएको र लेदो पारिएको खाना मात्र खुवाउनु पर्छ |
| 01:35 | अब हामी, बच्चालाई मांसाहारी खाना किन महत्त्वपूर्ण छ भनेर जान्ने छौं |
| 01:40 | सम्पूर्ण मांसाहारी खानामा प्रचुर मात्रामा चिल्लो पदार्थ, प्रोटिन र अन्य सूक्ष्म पोषक तत्त्वहरू पाइन्छन् |
| 01:48 | यी पोषक तत्त्वहरू बच्चाको सही विकास र तिनीहरूको मस्तिस्क विकासमा आवश्यक हुन्छ |
| 01:57 | बच्चालाई यी खानाहरू दिनु राम्रो मानिन्छ – पिंजरा मुक्त कुखुराको अन्डा र मासु, |
| 02:02 | शेलफिस बाहेकका अन्य सबै प्रकारका माछाहरू, शेलफिस १ वर्षपछि दिन सकिन्छ |
| 02:12 | बच्चालाई मांसाहारी खाना दिनु अघि तलका कुराहरू याद राखौं |
| 02:18 | बच्चालाई कुनै पनि प्रशोधित मासु वा काँचो खाना दिनु हुँदैन |
| 02:23 | यसलाई राम्ररी पकाउनु पर्छ |
| 02:26 | र सबैभन्दा महत्त्वपूर्ण भनेको बच्चाको खाना बनाउँदा माइक्रोवेभको प्रयोग गर्नु हुँदैन |
| 02:34 | हामीले ६ महिनाको बच्चाको आवश्यकता र मांसाहारी खुराकको महत्त्वको बारेमा चर्चा गर्यौं |
| 02:43 | अब हामी यी मांसाहारी खुराकहरू कसरी बनाउने सिक्ने छौं |
| 02:48 | अन्डाको लेदोको पहिलो विधि सहित सुरु गरौं |
| 02:53 | अन्डाको लेदो बनाउन, हामीलाई यी सामाग्रीहरू आवश्यक पर्छन् -
एउटा अन्डा र आधा चम्चा घ्यू वा नौनी |
| 03:01 | यसलाई तयार पार्न, अन्डा फुटाएर एउटा कचौरामा फिटौं |
| 03:06 | अनि, एउटा स्टिलको भाँडोमा घ्यू तताऊ
अब फिटेको अन्डालाई तातेको भाँडोमा खन्याऊ र सानो आँचमा चलाउन सुरु गरौं |
| 03:15 | लगातार पकाउँदा डढ्न सक्ने भएकोले बीच बीचमा आगो बाट निकाल्नुपर्छ |
| 03:21 | यो बाक्लो भएर नपाकेसम्म यसलाई चलाउनु पर्छ |
| 03:25 | आगो बन्द गरौं, र हाम्रो अन्डाको लेदो तयार भएको छ |
| 03:30 | यसलाई केही समय चिसो हुन दिएपछि बच्चालाई खुवाउन सकिन्छ |
| 03:34 | हाम्रो दोस्रो खुराकको विधि भनेको माछाको लेदो हो |
| 03:37 | यसको लागि, हामीलाई दुईवटा स्थानीय रूपमा उपलब्ध हुने माछाहरू चाहिन्छ जस्तै-
कालो पम्फ्रेट, बम्बे डक, सेतो पम्फ्रेट र स्क्विड |
| 03:50 | सफा अनि पखालेको दुईवटा माछालाई एउटा स्टिलको भाँडोमा राखौं |
| 03:54 | अनि, माछा डुब्ने गरी पानी हालौं र यो स्टिलको भाँडोलाई एउटा प्रेसर कुकरमा राखौं |
| 04:00 | र यसलाई ३ देखि ४ सिट्ठी लगाएर पकाऊ |
| 04:04 | त्यसपछि, एकछिन सेलाएपछि माछाका टुक्राहरू एउटा प्लेटमा राखौं |
| 04:10 | अब, होसियारी पूर्वक सबै हड्डीहरू हटाऊ |
| 04:13 | बच्चालाई खुवाउनु अघि माछाको हड्डीहरू सम्पूर्ण रूपमा निकाल्नु अति आवश्यक छ किनभने बच्चालाई हड्डी अड्किन सक्छ |
| 04:22 | अब, एउटा मिक्सरमा उसिनेको माछाको लेदो बनाऊ र बच्चालाई खुवाऊ |
| 04:28 | तेस्रो विधि काँचो केरा र माछाको खीर हो |
| 04:32 | यसको लागि, हामीलाई दुई चम्चा काँचो केराको धूलो आवश्यक पर्नेछ
र चारवटा बम्बे डक वा अन्य स्थानीय माछा |
| 04:41 | पहिले, हामी काँचो केराको धूलोबाट सुरु गर्छौं |
| 04:46 | तपाईको क्षेत्रमा पाइने कुनैपनि प्रकारको २ वटा काँचो केरा प्रयोग गर्न सकिन्छ |
| 04:51 | केरालाई ताछेर पातलो टुक्रामा काट्नु पर्छ |
| 04:58 | यी टुक्राहरूलाई झुरुम्म नभए सम्म १ देखि २ दिनसम्म छाँयामा सुकाउनु पर्छ |
| 05:05 | अब यी टुक्राहरूलाई एउटा मिक्सरमा राखेर धूलो बनाउनुपर्छ |
| 05:10 | यो धूलोलाई एउटा छान्नीमा छानेर ठूलो टुक्राहरू छुट्ट्याउनुपर्छ |
| 05:13 | काँचो केराको धूलो तयार भएको छ |
| 05:17 | अब माछाको लेदो बनाउन अघिल्लो विधिमा उल्लेखित प्रक्रियाहरू अपनाऊ |
| 05:24 | त्यसपछि, एउटा कचौरामा दुई चम्चा काँचो केराको धूलो लिऊ |
| 05:29 | यसमा ३ चम्चा पानी राखेर गाँठो नपर्ने गरी राम्रो सँग चलाउनु पर्छ |
| 05:35 | आवश्यक परेमा थप पानी हाल्न सकिन्छ |
| 05:38 | अब, यो मिश्रणलाई सानो आँचमा ५ देखि ७ मिनेटसम्म पकाऊ |
| 05:43 | त्यसपछि, यसमा पकाएको माछाको लेदो हालौं |
| 05:47 | यसलाई ४-५ मिनेटसम्म सानो आँचमा चलाउँदै पकाउनुपर्छ |
| 05:53 | काँचो केरा र माछाको खीर तयार भएको छ, यसलाई केही समय सेलाउन दिएर बच्चालाई खुवाउन सकिन्छ |
| 06:01 | अब हामी चौथो विधि – कुखुराको कलेजोको लेदो बनाउन सिक्ने छौं |
| 06:06 | यो बनाउन, एउटा कुखुरोको कलेजो आवश्यक पर्छ |
| 06:09 | विधि: एउटा स्टिलको भाँडोमा सफा र पखालेको कुखुरोको कलेजो लिऊ |
| 06:15 | यो डुब्ने गरी पानी हालौं |
| 06:18 | अब, यो भाँडोलाई एउटा प्रेसर कुकरमा राखौं |
| 06:21 | यसलाई ३-४ सिट्ठी सम्म पकाउनुपर्छ |
| 06:25 | यो सेलाएपछि एउटा प्लेटमा राखौं |
| 06:29 | मिक्सर प्रयोग गरी उसिनेको कुखुरोको कलेजोको लेदो तयार पारौं र यो बच्चालाई खुवाऊ |
| 06:37 | अब हामी पाँचौं विधिको चर्चा गर्ने छौं - कुखुरा र गाजरको लेदो |
| 06:43 | हामीलाई कुखुरोको छातीको ४-५ टुक्रा र एउटा गाजर आवश्यक पर्नेछ |
| 06:50 | एउटा स्टिलको भाँडोमा पखालेको मासुको टुक्रा लिऊ
अनि, मासु डुब्ने गरी पानी हालौं |
| 07:00 | अब, यो स्टिलको भाँडोलाई एउटा प्रेसर कुकरमा ३-४ सिट्ठीसम्म पकाऊ |
| 07:07 | यसलाई केही समयको लागि सेलाउन दिनुपर्छ अनि मासुको टुक्राहरूलाई एउटा प्लेटमा निकालेर पुनः सेलाउन दिनुपर्छ |
| 07:15 | त्यसपछि, गाजरलाई १० मिनेटसम्म उसिनौं र सेलाउन दिऊ |
| 07:20 | अब एउटा मिक्सर प्रयोग गरी उसिनेको मासु र गाजरको लेदो बनाऊ |
| 07:26 | अब, यी सबै खुराकहरूमा पाइने पोषक तत्त्वहरूको चर्चा गरौं – याद गरौं, सम्पूर्ण खुराकहरू मा प्रचुर मात्रामा तलका पोषक तत्त्वहरू पाइन्छन्-
प्रोटिन, |
| 07:36 | ओमेगा 3 फ्याटी असिडहरू - DHA र EPA, |
| 07:42 | कोलिन, |
| 07:45 | भिटामिन ए, |
| 07:49 | भिटामिन डी, |
| 07:52 | भिटामिन B3, |
| 07:57 | भिटामिन B6, |
| 08:01 | फोलेट, |
| 08:04 | भिटामिन B12, |
| 08:08 | जिंक, |
| 08:11 | म्याग्नेसियम, |
| 08:14 | आइरन, |
| 08:18 | फोस्फोरस, |
| 08:21 | कपर र सेलेनियम |
| 08:28 | यी पोषक तत्त्वहरू मांसाहारी खानामा सजिलै पाइन्छन् |
| 08:33 | त्यसैले, यिनीहरूले बच्चाको शरीर विकास, मस्तिस्क विकास र प्रतिरक्षा प्रणाली मजबुत बनाउन सहयोग गर्छन् |
| 08:40 | यसरी हामी यो ६ महिनाको शिशुको लागि मांसाहारी खुराक बनाउने विधिको ट्युटोरियलको अन्त्यमा आएका छौं
म मन्दिरा थापा बिदा हुँदै छु, सहभागिताको लागि धन्यवाद, नमस्कार |