Health-and-Nutrition/C2/Breast-crawl/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | ब्रेस्ट क्रल स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ |
00:05 | यो ट्युटोरियलमा, हामी यी कुराहरू सिक्ने छौं: ब्रेस्ट क्रल के हो? |
00:10 | ब्रेस्ट क्रलका प्रक्रियाहरू र |
00:13 | ब्रेस्ट क्रलको महत्व |
00:18 | सबैभन्दा पहिले, ब्रेस्ट क्रल के हो? |
00:23 | एउटा बच्चामा, जन्म हुँदा नै एउटा खुबी हुन्छ जसले गर्दा ऊ आफैँ स्तनपान गर्न जान्ने हुन्छ |
00:28 | बच्चाको जन्म पछि, बच्चालाई आमाको नाङ्गो शरीरको सम्पर्कमा राख्यो भने बच्चा आफैँ आमाको स्तनमा पुगेर स्तनपान गर्न सक्छ |
00:40 | यो सम्पूर्ण प्रक्रियालाई 'ब्रेस्ट क्रल' भनिन्छ |
00:46 | यो याद गरौं कि ब्रेस्ट क्रल पूर्ण अवधि पार गरी प्राकृतिक रूपमा वा सिजेरियन अपरेसन बाट जन्मिएका बच्चाहरूमा प्रयोग गर्न सकिन्छ |
00:58 | र बच्चा जन्मिने बितिक्कै मजाले रोएको पनि हुनुपर्छ |
01:03 | ब्रेस्ट क्रल, जन्म हुँदा कम तौल भएका बच्चाहरूमा लागू हुँदैन किनभने उनीहरूमा सास नपुग्ने जस्तो श्वासप्रश्वासको समस्या हुन सक्छ |
01:15 | अब हामी ब्रेस्ट क्रल को प्रक्रियाहरू जान्ने छौं र हामी यसको उपयोगिता पनि बुझ्ने छौं |
01:22 | पहिले, प्रसूति कक्षको तापक्रम २६ डिग्री सेल्सियस जति भएको पक्का गर्नुपर्छ |
01:29 | दोस्रो भनेको, बच्चालाई आमाको पेट माथि राखी सफा गर्ने हो |
01:35 | बच्चाको हात बाहेक सम्पूर्ण शरीर एउटा ओबानो कपडाले सफा गर्नुपर्छ |
01:42 | याद गरौं, बच्चाका हातहरू भने सुक्खा पार्नु हुँदैन |
01:46 | सफा गर्दा बच्चाको शरीरमा रहेको सुरक्षात्मक सेतो झिल्लीलाई निकाल्नु हुँदैन |
01:53 | यसले बच्चालाई चिसो बाट बचाउँछ |
01:56 | बच्चालाई सफा गरेपछि भिजेको कपडा हटाउनु पर्छ |
02:01 | बच्चाको शरीर पुछे पछि, प्रसूति कक्षमा रहेको सहयोगी (धाई) ले नाभि को धड्कन छाम्नुपर्छ |
02:08 | यो धड्किन छोडेपछि, यसलाई काट्नु पर्छ |
02:13 | अब भने, बच्चाको पेटले आमाको पेटमा छुने गरी टाँसेर राख्नुपर्छ |
02:22 | बच्चाको टाउको आमाका नपखालिएका स्तनहरूको बीचमा हुनु पर्छ, |
02:26 | बच्चाको मुख आमाको छाती तल हुनुपर्छ |
02:30 | अहिले बच्चालाई ब्रेस्ट क्रल को लागि उपयुक्त स्थानमा राखिएको छ |
02:37 | नवजात शिशुले अगाडी बामे सर्नु भनेको प्राकृतिक भएकोले, बच्चा सजिलै आमाको स्तन सम्म बामे सर्न सक्छ |
02:46 | अब भने शिशु र आमा दुवैलाई न्यानो राख्न एउटा न्यानो कपडाले ढाक्नु पर्छ |
02:54 | बच्चाको टाउको मा एउटा टोपी लगाई दिऊ |
02:57 | याद गरौं – यस पछिका चित्रहरू मा टोपी र कपडा देखाइएको छैन |
03:04 | यसले ब्रेस्ट क्रल गर्दा बच्चाका उपयुक्त स्थानहरू पहिल्याउन सजिलो हुन्छ |
03:10 | शिशुलाई कपडाले ढाके पछि, आमाले शिशुको ढाडमा हातले आड दिनुपर्छ |
03:18 | अब ब्रेस्ट क्रलमा उपयोगी हुने बच्चाका खुबीहरू बारे चर्चा गरौं |
03:24 | बच्चा जन्मे पछि एकदमै चलाख र आफैँ निर्णय लिने हुन्छ |
03:29 | बच्चालाई आफ्ना हातको गन्धले निल्न सहयोग पुग्छ |
03:35 | शिशुको दृष्टि कम भए पनि बच्चाले आमाको अनुहार र एरियोला देख्न सक्छ |
03:43 | एरियोला स्तनको मुन्टो वरिपरिको गाढा भाग हो |
03:47 | अन्त्यमा, बच्चाले हात र गोडाहरू चलाउन सुरु गर्छ, बच्चा बिस्तारै आमाको स्तनतिर बामे सर्ने छ |
03:57 | तथापि, कोही बच्चाहरू तुरुन्तै बामे सर्न सुरु गर्छन् भने कसैले केही समय लगाउँछन् |
04:04 | स्तन सम्म पुगेपछि, बच्चाले स्तन चुस्ने प्रयास गर्ने छ |
04:12 | यो अवस्थामा बच्चाले आफ्नो पहिलो स्तनपान नगरे सम्म बच्चा या आमालाई बाधा पुर्याउनु हुँदैन |
04:20 | यो प्रक्रियामा, धाई र आमा दुवैले धैर्य राख्नुपर्छ |
04:27 | बच्चालाई पहिलो स्तनपान गर्न स्तन सम्म पुग्न, ३०-६० मिनेट लाग्न सक्छ |
04:35 | स्तनपान सुरु गर्न बच्चाले आफ्नो मुख चौडा खोलेर आमाको स्तनको भित्र सम्म मुख पुर्याउने छ |
04:45 | स्तनपान सकिए पछि पनि बच्चालाई सोही अवस्थामा लगभग एक घण्टा सम्म छोडौं |
04:52 | यस्तो गर्दा आमा र बच्चा बीचको सम्बन्ध प्रगाढ हुन्छ |
04:58 | यदि आमाले कुनै औषधि सेवन गरिरहेको भएमा डाक्टरसँग सल्लाह गर्नुपर्छ |
05:05 | कहिलेकाहीँ आमालाई बच्चाको जन्मपछि प्रसूति कक्षबाट अर्को कक्षमा सार्नुपर्ने हुन सक्छ |
05:13 | यस्तो अवस्थामा, आमालाई अर्को कक्षमा सारेपछि तुरुन्तै बच्चालाई आमाको शरीरमा पहिले उल्लेख गरे अनुसार टाँसेर राख्नुपर्छ |
05:29 | अब, सिजेरियन सेक्सन बाट जन्मिएका बच्चाहरूको लागि ब्रेस्ट क्रल को बारे चर्चा गरौं |
05:35 | यसको लागि, बच्चालाई आमाको पेटको सट्टा छातीमा राख्नुपर्छ र बच्चाका गोडाहरू आमाको टाउको तर्फ हुनुपर्छ |
05:47 | बच्चाको छाती र पेट आमाको काँधमा र मुख स्तनमा रहन्छ |
05:54 | अपरेसन कक्षमा बच्चालाई सकेसम्म स्तन चुस्न दिनुपर्छ |
05:59 | याद गरौं, नवजात शिशुलाई अन्य कुनै हेरविचार भन्दा पनि तुरुन्तै आमाको शरीर सँगको सम्पर्क सबैभन्दा महत्वपूर्ण हुन्छ |
06:09 | साथै ब्रेस्ट क्रल पश्चात् मात्र, नवजात शिशुको अन्य हेरचाहमा ध्यान दिनुपर्छ |
06:17 | अब एउटा ब्रेस्ट क्रल ले नवजात शिशुलाई हुने फायदा को चर्चा गरौं |
06:23 | ब्रेस्ट क्रलले गर्दा शिशुले आमाको पहिलो दूध प्राप्त गर्छ जसलाई कोलोस्ट्रम भनिन्छ |
06:29 | यो पहेँलो र बाक्लो हुन्छ |
06:33 | याद गरौं कि बच्चाले प्रत्येक दिन पहिलो दिनको तुलनामा बढि मात्रामा कोलोस्ट्रम उपभोग गर्ने छ र यो क्रम बढ्दै जाने छ |
06:43 | बच्चाले पहिलो दिनमा ५ मिलिलिटर उपभोग गर्ने छ |
06:47 | दोस्रो दिनमा १० मिलिलिटर, |
06:50 | तेस्रो दिनमा २५ मिलिलिटर, |
06:53 | चौथो दिनमा ४० र पाँचौं दिनमा ५५ मिलिलिटर हरेक स्तनबाट स्तनपान गर्ने छ |
07:05 | यो एउटा नवजात शिशुको लागि पर्याप्त हुन्छ |
07:09 | त्यसैले, बच्चालाई कोलोस्ट्रम बाहेक अन्य केही खुवाउनु हुँदैन |
07:15 | कोलोस्ट्रम मा सङ्क्रमण सँग लड्ने र बच्चा को प्रतिरक्षा मजबुत बनाउने प्रोटिन हुने भएकोले यसलाई बच्चाको पहिलो खोपको रूपमा लिइन्छ |
07:27 | यो बच्चाको जन्म पछि, बच्चाले पाउने ऊर्जाको पहिलो स्रोत हो |
07:33 | कोलोस्ट्रम ले रगतमा ग्लुकोज को मात्रा कम हुनबाट पनि बचाउँछ |
07:37 | यसले बच्चाको शरीरका अन्य प्रणालीहरू राम्रो अवस्थामा राख्न सहयोग गर्छ |
07:42 | यसले स्वस्थ मस्तिष्क विकासमा पनि सघाउँछ |
07:46 | यसले बच्चालाई पहिलो चोटि दिसा गर्न पनि सहयोग गर्छ |
07:50 | ब्रेस्ट क्रल मा आमाको शरीर सँगको सम्पर्कले बच्चालाई न्यानो बनाई राख्छ |
07:57 | बच्चाले आफैँ स्तन भित्र सम्म चुस्न सिक्छ |
08:04 | ब्रेस्ट क्रल को क्रममा आमाको शरीरका स्वस्थ ब्याक्टेरिया बच्चामा सर्छन् |
08:08 | यी ब्याक्टेरियाहरू बच्चाको शरीरमा प्रवेश गरी सङ्क्रमण सँग लड्छन् |
08:13 | अन्ततः यसले बच्चाको प्रतिरक्षा वृद्धि गर्ने छ |
08:18 | ब्रेस्ट क्रल ले बच्चालाई माया र सुरक्षाको अनुभूति गराउँछ र आमा र बच्चाको सम्बन्ध विस्तार गर्छ |
08:29 | ब्रेस्ट क्रल ले आमालाई पनि फायदा पुग्छ |
08:34 | बच्चाले गोडाहरू चाल्दा आमाको कोखमा जोड पर्छ, यसले गर्भाशय खुम्चिन र शाल झार्न सहयोग गर्छ |
08:45 | स्तनपान ले गर्दा आमाको शरीरमा अक्सिटोसिन को मात्रा बढ्छ |
08:51 | अक्सिटोसिन को वृद्धिले पनि शाल झर्न सहयोग गर्छ |
08:56 | यसरी, ब्रेस्ट क्रल ले आमाहरूको रक्तबहाव कम गर्नु को साथै रक्त अल्पता हुन बाट जोगाउँछ |
09:03 | रक्त अल्पता हुँदा रातो रक्त कोषहरूको सङ्ख्या कम हुन्छ |
09:08 | यसले गर्दा आमालाई थकावट र कमजोरी महसुस हुन्छ |
09:13 | त्यसैले, ब्रेस्ट क्रल आमा र बच्चा दुवैलाई एकदमै लाभदायक प्राकृतिक प्रक्रिया हो |
09:21 | यसरी हामी यस ब्रेस्ट क्रल ट्युटोरियलको अन्त्यमा आएका छौं |
09:26 | यो ट्युटोरियलमा हामीले सिक्यौं: ब्रेस्ट क्रल के हो, |
09:30 | ब्रेस्ट क्रलको प्रक्रिया र यसका उपयोगिताहरू |
09:37 | यो ट्युटोरियलमा स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे को योगदान रहेको छ |
09:43 | स्पोकन ट्युटोरियल प्रोजेक्ट लाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ |
09:49 | यो मिसनको बारेमा थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:54 | यो ट्युटोरियलमा व्हिल्स ग्लोबल फाउन्डेसनको आंशिक अनुदान पनि रहेको छ |
10:01 | यो ट्युटोरियल माँ और शिशु पोषण प्रोजेक्टको एक भाग हो, यो ट्युटोरियलको विषयक समीक्षक बाल रोग विशेषज्ञ डा. रूपल दलाल हुनुहुन्छ |
10:12 | आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,
सहभागिताको लागि धन्यवाद, नमस्कार |