Drupal/C3/People-Management/Nepali
From Script | Spoken-Tutorial
Time | Narration | ||
00:01 | Drupal People Management स्पोकन ट्युटोरियल मा स्वागत छ | ||
00:06 | यो ट्युटोरियल मा 'People Management र काम विशेष भूमिकाहरू सेट गर्न सिक्ने छौं | ||
00:14 | यो ट्युटोरियल रेकर्ड गर्न म उबुन्टु लिनक्स अपरेटिंग सिस्टम, ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर प्रयोग गर्दै छुँ, तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ | ||
00:29 | अब, People management को बारेमा सिकौं | ||
00:31 | म पुनः ZIRCON थिममा फर्केको छु र हामी बाँकी ट्युटोरियलमा पनि यही थिम प्रयोग गर्ने छौं | ||
00:39 | People management एकदमै महत्वपूर्ण छ | ||
00:42 | यसलाई सहि बनाउन अलि जटिल पनि छ | ||
00:46 | हामीले यसलाई एक पटक मात्र गर्नुपर्छ तर सहि रूपमा | ||
00:50 | People मा क्लिक गरौं | ||
00:53 | ड्रुपलमा People लाई परमिसन भएका भूमिका हरू दिइन्छ | ||
00:58 | ड्रुपलले permission संरचना मार्फत हामीलाई के हेर्न सक्ने र के गर्न सक्ने कुराहरू नियन्त्रण गर्न दिन्छ | ||
01:06 | यहाँ केही कुराहरू याद गर्न महत्वपूर्ण छ | ||
01:10 | याद गरौं, हामी user no.1 हौँ मतलब - सुपर युजर | ||
01:15 | हाम्रो परमिसन हरू अरु कसैले परिवर्तन गर्न सक्दैन | ||
01:18 | त्यहाँ अर्को एउटा युजर छ जसलाई ADMINISTRATOR भनिन्छ | ||
01:23 | प्राय एडमिनिस्ट्रेटरहरूलाई सम्पूर्ण साइट व्यवस्थापन गर्ने परमिसन दिइन्छ | ||
01:29 | तर तिनीहरू User No.1 सरह हुदैनन् | ||
01:33 | Authenticated Users निश्चित अधिकारहरू भएका प्रयोग कर्ता हुन् | ||
01:39 | अन्तमा, Anonymous Users भनेका लगिन नगरेका आगन्तुकहरू हुन् | ||
01:45 | प्राय, Anonymous Users ले संरक्षण नगरिएका सामग्रीहरू मात्र हेर्न सक्छन् र अरू केही गर्न सक्दैनन् | ||
01:53 | अर्को महत्वपूर्ण कुरा भनेको साइट का निश्चित कार्यहरू अनुसारका भूमिकाहरू सेट गर्ने हो | ||
02:01 | मानौं हामीसँग ग्रीष्मकालमा एकजना इन्टर्न छ जसलाई Events मात्र अपडेट गर्न दिइएको छ र अन्य Articles वा Pages वा User Groups छैन | ||
02:11 | यो ग्रीष्मकालीन इन्टर्नको आफ्नै एउटा भूमिका हुनुपर्छ जसले गर्दा हामी परमिसन हरू व्यवस्थापन गर्न सकौं | ||
02:19 | हामी छिटै त्यो सेट गर्न सिक्ने छौं | ||
02:22 | अहिलेको लागि Permissions ट्याबमा क्लिक गरौं | ||
02:26 | बिस्तारै तल स्क्रोल गरौं र उपलब्ध सामग्री हेरौं | ||
02:30 | हामीले थपेको प्रत्येक Content type, प्रत्येक Module को लागि सुची अझ लामो हुन्छ | ||
02:39 | साथै हामीले बनाएको प्रत्येक View ले पनि सूची लामो बनाउँछ | ||
02:42 | People management भनेको ड्रुपलमा मानिसले के गर्न सक्छन भन्ने हो | ||
02:46 | अब हामी एउटा नयाँ भूमिका थप्ने छौं र यसमा केही परमिसन हरू दिएर यसलाई जाँच्ने छौं | ||
02:52 | Roles मा क्लिक गरौं | ||
02:54 | यहाँ "Summer Intern" नामक एउटा नयाँ भूमिका थपौं | ||
02:59 | सदा झैँ ड्रुपल ले यसलाई एउटा मसिनको नाम दिन्छ | ||
03:03 | Save क्लिक गरौं | ||
03:05 | अहिले हामीसँग Summer Intern नामक एउटा नयाँ भूमिका छ जसको अहिले सम्म कुनै परमिसनहरू छैन | ||
03:12 | |||
म मेरा भूमिकाहरू क्षमता वा परमिसन हरूको क्रममा राख्न चाहन्छु | |||
03:17 | यसले हामीलाई भूमिकाहरू एउटा तार्किक क्रममा हेर्न दिन्छ – कोसँग के 'परमिसन छ | ||
03:24 | Save order क्लिक गरौं | ||
03:27 | अब हाम्रो नयाँ भूमिकालाई केही परमिसन हरू दिऊ | ||
03:31 | Permissions ट्याबमा क्लिक गरौं | ||
03:34 | यो पेजमा सबैका परमिसन हरूको संक्षिप्त जानकारीहरू रहेका छन् | ||
03:39 | अब Rolesट्याबमा क्लिक गरेर केहीबेर फर्कौं | ||
03:44 | Summer Intern मा क्लिक गरौं र Edit permissions छानौं | ||
03:51 | अब हामी Summer Intern को परमिसन हरू देख्न सक्छौं र यो अलि सजिलो पनि छ | ||
03:58 | तल स्क्रोल गरौं र Events नामक कन्टेन्ट टाइप खोजौं - यो मेरोबाट आधा जति तल छ | ||
04:06 | यहाँ मानौं Summer Intern ले नयाँ इभेन्टहरू सृजना गर्न सक्छ र तिनीहरूको आफ्नो इभेन्टहरू मात्र डिलिट र एडिट गर्न सक्छ | ||
04:18 | हामी समर इन्टर्न लाई यी कुरा गर्न दिने छैनौं – अन्य व्यक्तिहरूको सामग्रीहरु मेट्न, संशोधनहरू मेट्न, आफूले सृजना नगरेका कुनै पनि इभेन्टहरू मेट्न | ||
04:30 | हामी यिनीहरूलाई पुरानै संस्करणमा फर्कन पनि दिने छैनौं | ||
04:37 | यी अधिकारहरू पनि हाम्रा एडिटर हरूलाई दिने छौं | ||
04:41 | यो एउटा सीमित भूमिका हो | ||
04:44 | अब तल स्क्रोल गरौं र Save permissions क्लिक गरौं | ||
04:50 | र याद गरौं तिनीहरू view एडिट गर्न सक्दैनन् | ||
04:54 | तिनीहरू ले बुक्स एडिट गर्न सक्दैनन् र कसैले अनुमति नदिइकन कमेन्टहरू पनि पोस्ट गर्न सक्दैनन् | ||
04:58 | त्यसैले यो एकदमै सीमित भूमिका हो, तेस्रो चरण भनेको एउटा व्यक्ति थप्ने हो | ||
05:06 | हामीले भूमिकाहरू मिलायौं र permissions पनि थप्यौं | ||
05:11 | अब एउटा युजर थपौं र यहाँ हामी एउटा नक्कली इमेल एड्रेस दिन सक्छौं | ||
05:18 | यो सही फर्म्याटमा भने हुनुपर्छ
- |
05:22 | अहिले म intern@email.com प्रयोग गर्दै छुँ |
05:31 | Username मा "Sam" टाइप गरौं र हामी पासवर्डमा पनि 'sam' नै प्रयोग गर्ने छौं | ||
05:38 | यो एकदमै असुरक्षित पासवर्ड हो तर अहिलेलाई यसले काम गर्छ | ||
05:47 | हामीले Status लाई Active मा बदल्नु पर्छ | ||
05:51 | र उसको भूमिका Summer Intern को हुनेछ | ||
05:53 | हामी यसमा एउटा फोटो पनि राख्न सक्छौं | ||
05:56 | अहिले को लागि हामी Personal contact form बन्द गर्ने छौं किनभने समर इन्टर्नहरूलाई सम्पर्क गर्न पर्दैन | ||
06:06 | अन्त्यमा, Create new account क्लिक गरौं | ||
06:10 | यो सन्देश ले Sam को एकाउन्ट सफलतापूर्वक सृजना भएको जनाउँछ र कुनै ईमेल पठाइएको छ | ||
06:17 | अब हाम्रो सूचीमा हामी Sam देख्न सक्छौं | ||
06:21 | जब हामी यसरी नयाँ युजरहरू सेट गर्छौं, सबैभन्दा महत्वपूर्ण काम भनेको जाँच गर्नु हो | ||
06:29 | लग आउट गरौं र Sam को रुपमा लगिन गरी जाचौं | ||
06:33 | तर समस्या तब हुन्छ, जब Sam एउटा वास्तविक युजर हुने छ र उसले आफ्नो पासवर्ड बदल्न चाहन्छ | ||
06:41 | हामी अन्य व्यक्तिहरूको एकाउन्ट हरू जाच्न जथाभाबी तिनीहरूको पासवर्ड बदल्न सक्दैनौं, यो अमर्यादित हुन्छ | ||
06:49 | drupal.org/project/masquerade मा एउटा उत्कृष्ट मोड्युल छ | ||
06:55 | Masquerade module ले हामीलाई यसले भने अनुसार गर्न दिन्छ – मतलब अरु कसैको रुपमा काम गर्न | ||
07:03 | हामी Summer Intern को रूपमा तिनीहरूको permissions सहि तरिकाले मिलाइएको छ वा छैन जाच्न सक्छौं | ||
07:10 | मैले मेरो कम्प्युटरमा Masquerade module इन्स्टल गरी सकेको छुँ | ||
07:14 | कृपया तपाई पनि आफ्नो कम्प्युटरमा इन्स्टल गर्नुहोला | ||
07:18 | तपाई नयाँ मोड्युल इन्स्टल गर्नको लागि “Adding functionalities using Modules” प्रयोग गर्न सक्नुहुन्छ | ||
07:26 | तपाईको सुविधाको लागि, यो ट्युटोरियलको वेबपेजको Code Files लिंकमा Masquerade module उपलब्ध छ | ||
07:34 | कृपया यसलाई डाउनलोड गरी इन्स्टल गर्नुहोस् | ||
07:37 | यो इन्स्टल भएपछि, हामी लगिन क्षेत्रमा एउटा नयाँ लिंक Unmasquerade देख्न सक्छौं | ||
07:43 | Masquerade प्रयोग गर्न, People पेजमा जाऊ | ||
07:48 | यूजर Sam को Edit ड्रप डाउनमा क्लिक गरौं, र Masquerade as छानौं | ||
07:55 | हामीले Masquerade मा Sam राख्ने बित्तिक्कै टूलबारहरू हराउने छन् | ||
08:01 | यो किनभने युजर Sam को भूमिकाहरूमा एडमिनिस्ट्रेटर टुलबारहरू प्रयोग गर्ने पर्मिसन छैन | ||
08:08 | हामीले Add content मा क्लिक गरे पछि सृजना गर्न सक्ने एक मात्र बस्तु भनेको एउटा इभेन्ट, अहिले सम्म लाई राम्रै छ | ||
08:17 | यदि हामीले हाम्रो Our Drupal Manual मा क्लिक गरी Installing Drupal छानेमा हामी एडिट गर्न सक्दैनौं | ||
08:23 | त्यहाँ कुनै ट्याबहरू छैनन् | ||
08:25 | यदि हामी Forums मा गए पनि सोही कुरा लागु हुने छ | ||
08:29 | साथै हामी एडिट पनि गर्न सक्दैनौं | ||
08:32 | हामी एउटा कमेन्ट दिन सक्छौं तर यो स्वत: स्वीकृत हुने छैन | ||
08:38 | फेरि पनि हामी एउटा इभेन्ट क्लिक गर्न सक्छौं तर यसलाई एडिट वा मेट्न सक्दैनौं | ||
08:45 | हाम्रो परमिसन हरू सहि भएको देखिन्छ | ||
08:47 | अब Unmasquerade लिंकमा क्लिक गरी administrator role मा जाऊ | ||
08:54 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं | ||
08:57 | संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले People Management को बारेमा र एउटा नया युजर थप्न सिक्यौं | ||
09:15 | यो भिडियो Acquia' र OSTraining बाट साभार गरि स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो | ||
09:25 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ | ||
09:29 | कृपया डाउनलोड गरी हेर्नुहोस | ||
09:32 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् | ||
09:40 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ | ||
09:52 | म मन्दिरा थापा बिदा हुँदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |