Drupal/C3/Menu-and-Endpoints/Nepali
Time | Narration |
00:01 | Menu and Endpoints स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं: URL प्याटर्नहरू सेट गर्न र मेनु व्यबस्थापन गर्न |
00:15 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
00:29 | यो ट्युटोरियलमा हामी हाम्रो वेबसाइटको लागि सही URL path सृजना गर्न सिक्ने छौं |
00:36 | एण्डपोइन्ट र एलियसहरू- एण्डपोइन्ट कुनै पनि निश्चित सामग्री देखाउने URL पाथ हरू हुन् |
00:45 | डिफल्टमा, Drupal मा एउटा नोड को एण्डपोइन्ट node/[node:id] हुन्छ |
00:53 | यसलाई सर्भरमा पठाउनाले नोडको सामग्रीहरू देखाउने छ, ID मा रहेको नम्बर मानिसले पढ्न सक्दैनन् |
01:02 | मतलब, हामी कुनै पनि निश्चित कन्टेन्ट मानौं, node/278162 सामग्रीसँग जोड्न सक्छौं
मानिसले पढ्न सक्ने एण्डपोइन्ट एउटा एलिएस प्रयोग गरी सृजना गर्न सकिन्छ |
01:19 | एलिएस सामग्रीको वैकल्पिक URL path हो, हामी मूल वा कुनै पनि सर्भर एलिएसहरू एकै सामग्री देखाउन प्रयोग गर्न सक्छौं |
01:34 | उदाहरणको लागि node/278162 र content/drupal-camp-mumbai-2015 |
01:47 | दुवैले एकै सामग्री देखाउने छन्, दोस्रो सम्झन सजिलो छ |
01:54 | अब हाम्रो सम्पूर्ण सामग्रीमा लागू हुने URL शैली सृजना गरौं |
01:59 | URL पाथ सेट गर्न तीन मोड्युल हरू आवश्यक पर्छ |
02:04 | ती तीन मोड्युलहरूमा Pathauto, Token र CTools पर्छन् |
02:13 | कृपया तपाईको कम्प्युटरमा Pathauto इन्स्टल गर्नुहोस् |
02:18 | Pathauto प्रोजेक्ट पेजमा फर्कौं, यहाँ हामी Pathauto को लागि Token र CTools आवश्यक पर्ने देख्न सक्छौं |
02:27 | Token र CTools इन्स्टल गरौं, हामीले यी मोड्युलहरू इन्स्टल गरेपछि तिनीहरूलाई अन गरौं |
02:37 | हामीले त्यति गरेपछि हामी अघि बढ्न सक्छौं |
02:40 | यहाँ Configuration मा क्लिक गरौं, SEARCH AND METADATA सेक्सनको तल हामी URL aliases देख्न सक्छौं |
02:52 | डिफल्टमा कुनै पनि URL aliases हुदैनन् |
02:58 | Patterns ट्याबमा क्लिक गरौं, Add Pathauto pattern बटनमा क्लिक गरौं |
03:05 | Pattern type ड्रप डाउनमा क्लिक गरौं |
03:09 | यहाँ हामी Forum, Content, Taxonomy term र User को लागि भिन्न प्याटर्नहरू सृजना गर्न सक्छौं |
03:17 | उदाहरणको लागि म Content छान्ने छुँ
Path pattern फिल्डमा हामीले प्याटर्न टेम्प्लेट दिनुपर्छ |
03:27 | टेम्प्लेट भेरिएबलहरू लाई टोकन भनिन्छ, तिनीहरू प्रत्येक एन्टीटि को आधारमा सृजना गरिन्छ |
03:36 | Token module ले यी भेरिएबलहरू उपलब्ध गराउँछ, हामीले Browse available tokens कुनै पनि इन्पुटको रूप मा देखे पूर्व परिभाषित टोकन हरू इन्सर्ट गर्न सक्छौं |
03:49 | हामीले एउटा टोकन इन्सर्ट गर्न चाहेको स्थानमा Path pattern बक्समा क्लिक गरौं |
03:55 | "content/" टाइप गरौं अनि Browse available tokens लिंक क्लिक गरौं |
04:02 | पप-अप विन्डो ले "Available tokens" देखाउँछ |
04:07 | मानौं हामी content/[title of the page] जस्तै एउटा प्याटर्न चाहन्छौं, पेजको टाइटलको टोकन Nodes सेक्सन भित्र पर्छ |
04:18 | Nodes सेक्सनको बायाँ एरो बटनमा क्लिक गरौं |
04:23 | पेजको टाइटल बदल्ने token [node:title] छानौं |
04:32 | यसले फर्म बक्सको कर्सरको स्थानमा [node:title] इन्सर्ट गर्ने छ |
04:38 | यसो नभएमा बक्समा क्लिक गरौं र कर्सरलाई चाहे अनुसार राखौं अनि पून टोकन छानौं |
04:49 | Content type भित्र हामी यो प्याटर्न कस्तो entity type मा लागू गर्ने उल्लेख गर्न सक्छौं |
04:56 | अहिले सम्पूर्ण टाइप हरू छानौं जसले गर्दा यो प्याटर्न तिनीहरूको डिफल्ट होस् |
05:04 | यो सेटिंग कुनै निश्चित टाइप प्रयोग गरी हटाउन पनि सकिन्छ
उदाहरणको लागि: हामी usergroup/[node:title] सृजना गरी यसलाई User Group को लागि मात्र लागू गर्न सक्छौं |
05:18 | Label फिल्डमा टाइप गरौं, "Content Title" अनि Save बटन क्लिक गरौं, यहाँ हामीले भर्खर सृजना गरेको नयाँ प्याटर्न जाँच गर्न सक्छौं |
05:31 | यो प्याटर्न हालै थपिएका सामग्रीहरूको URL aliases सृजना गर्न प्रयोग गरिन्छ तर यसले पहिले नै भएका सामग्रीको URL aliases सृजना गर्ने छैन |
05:45 | यसलाई पुराना सामग्रीहरूमा लागू गर्न Bulk generate ट्याबमा क्लिक गरौं, Content टाइप छानौं र Update बटनमा क्लिक गरौं |
05:58 | यसले URL aliases सृजना गर्न सुरू गर्छ, यसले पुराना सामग्रीहरूको संख्या अनुसार केही समय लिन सक्ने छ |
06:08 | अब List ट्याबमा क्लिक गरौं, हामी हाम्रो सामग्रीको लागि URL aliases देख्न सक्छौं |
06:15 | हाम्रो साइट को प्रत्येक नोड को सिस्टम पाथ /node/nodeid रहेको छ |
06:24 | पहिलो एलियस कोलममा भर्खर सृजना गरिएको URL alias हो |
06:30 | हामी एलियसहरूले एकै प्याटर्न अपनाएको देख्न सक्छौं, हामीले प्रत्येक नयाँ Content type सृजना गर्दा यसो गर्नुपर्छ |
06:41 | प्याटर्नहरू सृजना गर्न तलको थम्ब नियमहरू प्रयोग गरौं -
लोअर केस शब्दहरू प्रयोग गरौं शब्दहरू बीच स्पेस नदिऊ |
06:52 | शब्दहरू अन्डरस्कोरले नभई हाइफनले छुट्टयाऊ
search engine optimization (SEO) को लागि मानिसले पढ्न सक्ने अर्थपूर्ण URL प्रयोग गरौं |
07:07 | समयानुसार वर्गीकृत सामग्रीको लागि date token प्रयोग गरौं |
07:12 | Settings ट्याबमा URL एलियस हरू नियन्त्रण गर्ने अन्य धेरै विकल्पहरू रहेका छन्
यहाँ हामी डिफल्ट Separator, length आदि देख्न सक्छौं |
07:26 | हाम्रो डिफल्टमा प्राय कयौं सामान्य शब्दहरू प्याटर्नबाट हटाइएका छन्
यो endpoint लाई छोटो र अर्थपूर्ण बनाउन हो |
07:38 | संक्षेपमा भन्दा -
Pathauto र Token modules ले हामीलाई URL प्याटर्न हरू मिलाउन दिन्छ |
07:46 | हामी कुनै पनि समय delete aliases र bulk generate aliases प्रयोग गर्न सक्छौं |
07:52 | अब अगाडी प्रत्येक नोडले हामीले व्यवस्था गरेका प्याटर्नहरू प्रयोग गर्ने छन् |
07:59 | अब हामी Menus को बारेमा चर्चा गर्ने छौं |
08:03 | हामीले हाम्रो साइटमा कुनै पनि क्रम विना मेनुहरू थपिरहेका छौं प्राय जसो Views र बेसिक page हरू को आधारमा |
08:10 | अब हामी कसरी मेनु सिस्टम व्यवस्थापन गर्न सक्छौं हेरौं |
08:15 | Structure मा जाऊ र तल स्क्रोल गरी Menus क्लिक गरौं |
08:21 | यहाँ हामीसँग ड्रुपलमा डिफल्टमा उपलब्ध हुने विभिन्न मेनुहरू रहेका छन्
हामीसँग ६ मेनुहरू छन् |
08:31 | हामी Main navigation मेनु प्रयोग गर्न चाहन्छौं, त्यसैले Edit menu मा क्लिक गरौं |
08:38 | यहाँ हामी मेनु क्लिक गरी तानेर पुन: मेनु लिंकमा नयाँ क्रममा राख्न सक्छौं |
08:44 | Home र Upcoming Events लाई माथि राखौं |
08:49 | हामी यिनीहरूलाई आफूले चाहेको क्रममा राख्न सक्छौं , सकिएपछि Save क्लिक गरौं |
08:56 | अब हामीसँग Events र Upcoming Events छ
Events क्लिक गरी माथि तानौं र Upcoming Events लाई दायाँ तानौं |
09:07 | यसले एउटा सब मेनु सृजना गर्ने छ |
09:10 | त्यो एकदमै सरल छ, Save क्लिक गरौं र हाम्रो मुख पृष्ठ हेरौं |
09:15 | हामीले चार मेनुहरू प्राप्त गरेका छौं |
09:19 | हाम्रो 'Event' सब- मेनु देखापर्दैन, किन? |
09:23 | याद गरौं, ड्रुपलमा रहेका सम्पूर्ण थिमहरूले सब-मेनु वा ड्रप डाउन मेनुहरूमा काम गर्दैन, 'Bartick theme तिनीहरू मध्ये ek हो |
09:32 | अहिलेको लागि Structure > Menus मा जाऊ र Main menu एडिट गरौं
Upcoming Event लाई यहाँ तानौं र Save क्लिक गर्रौं |
09:44 | यदि हामीलाई कुनै साइटको एउटा निश्चित नोड वा खण्डको लागि लिंक चाहिएमा के गर्ने? |
09:51 | उदाहरणको लागि, यदि मलाई मेरो Forums को लागि लिंक चाहिएमा म पहिले site मा जाने छुँ |
09:58 | Forums page मा जाऊ र वास्तविक URL मतलब /forum कपि गरौं |
10:05 | अनि यता फर्केर Edit menu क्लिक गरौं र Add link मा क्लिक गरौं |
10:12 | यसलाई "Forum" नामक टाइटल दिऊ र कपि गरेको लिंक पेस्ट गरौं |
10:17 | यदि तपाई कुनै निश्चित सामग्री जस्तै ' F' वा 'G' खोज्दै हुनुहुन्छ भने त्यो अक्षरबाट सुरु हुने सम्पूर्ण नोडहरू देखापर्ने छन् |
10:28 | उदाहरणको लागि मानौं, यदि हामीले एउटा 'a' टाइप गरे टाइटल मा 'a' भएका सम्पूर्ण नोडहरू देखापर्ने छन् |
10:38 | हामी आफूले चाहेको मात्र chhanna सक्छौं र यसले हामीलाई यो node id number 1 रहेको जनाउने छ |
10:46 | यदि हामी एउटा भित्री पाथ चाहन्छौं जस्तै एउटा नोड थप्ने क्षमता भएको भने यो /node/add हुनेछ |
10:56 | यदि हामी यसलाई Homepage, मा लिंक गर्न चाहन्छौं भने यो front हुनेछ
तर हामी यहाँ /forum चाहन्छौं जुन Forum को लिंक हो |
11:08 | Save क्लिक गरौं र हामीसँग हाम्रो Forumको लिंक छ |
11:14 | Save क्लिक गरौं, यसलाई एकचोटि जाँचेर हेरौं, ल, यसले काम गर्छ |
11:21 | यसलाई राम्रोसँग बुझ्न अन्य प्रयोग गरौं, यो हाम्रो मेनु सिस्टम' मा भएकोले हामीलाई एउटा View वा Content Type को Menu item सृजना गर्न सजिलो हुन्छ |
11:34 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
11:38 | संक्षेपमा हेरौँ, यो ट्युटोरियलमा हामीले सिक्यौं
URL Pattern सेट गर्न मेनु व्यवस्थापन गर्न |
11:59 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो |
12:09 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
12:17 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, विस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
12:26 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ |
12:39 | म मन्दिरा थापा बिदा हुदै छु सहभागिताको लागि धन्यवाद, नमस्कार |