Drupal/C3/Controlling-Display-of-Images/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Controlling Display of Images स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा, हामी Image styles र photo gallery view बारेमा जान्ने छौं |
00:12 | यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दैछुँ: उबुन्टु लिनक्स अपरेटिंग सिस्टम, ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर |
00:21 | तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
00:25 | हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं |
00:29 | ड्रुपल मा साइट को आवश्यकता अनुसार हामी कुनै पनि ईमेजको साइज र स्केल फेरबदल गर्न सक्छौं |
00:37 | ड्रुपलले मूल ईमेजलाई चाहेको साइज वा स्केल अनुसार परिवर्तन गर्न सकिन्छ |
00:43 | अनि, यसले फाइलको त्यो संस्करण सेभ गर्छ |
00:46 | Configuration मा क्लिक गरौं |
00:48 | यहाँ हामी २ ईमेज स्टाइल हरू सृजना गर्छौं |
00:51 | तल स्क्रोल गरी MEDIA ट्याब खोजौं |
00:54 | यहाँ, हामी Image Styles देख्न सक्छौं, यसमा क्लिक गरौं |
00:58 | हामी पहिले सेट अप गरेको टेबल को लागि एउटा Image style सृजना गर्ने छौं |
01:03 | र अर्को भ्यू लोगो को ग्रिड को लागि पनि सृजना गर्ने छौं |
01:09 | Add image styles मा क्लिक गरौं |
01:12 | Image style name मा हामी "Upcoming Events 150 x 150" टाइप गर्ने छौं |
01:19 | ड्रुपलले machine name आफैं भरेको याद गरौं |
01:23 | यो हाम्रो Image style name हो |
01:26 | अब, Create new style मा क्लिक गरौं |
01:29 | हाम्रो 600 बाई 800 को मूल ईमेज बायाँपट्टि रहेको छ भने सम्पादित संस्करण दायाँपट्टि रहेको छ |
01:38 | EFFECT भित्रको Select a new effect ड्रप-डाउनमा क्लिक गरौं |
01:42 | सूचीमा धेरै विकल्पहरू देखाएका छन्, "Scale and crop" ईफेक्ट छानौं |
01:49 | तपाई आफूले चाहेको कुनै पनि विकल्प छान्न सक्नुहुन्छ, उदाहरणको लागि: Rotate, Resize वा अन्य कुनै |
01:56 | Add बटन क्लिक गरौं |
01:58 | Width मा 150 र Height मा 150 इन्टर गरौं |
02:02 | याद गरौं – कहिल्यै पनि Width र Height मूल ईमेजको भन्दा ठूलो नबनाऊ |
02:07 | त्यसो गर्दा ईमेज पिक्सलमा विभाजित हुने छ |
02:11 | Add effect क्लिक गरौं |
02:13 | यहाँ हाम्रो नयाँ Image Style रहेको छ, ईमेजको बायाँपट्टि हेर्दा यो स्केल भएर क्रप भएको देखिन्छ |
02:22 | अर्को एउटा सृजना गरौं, Image styles मा क्लिक गरौं र Add image styles बटन क्लिक गरौं |
02:29 | यो पटक हामी Image style name मा यस्तो टाइप गर्ने छौं: "photo gallery of logos" |
02:35 | अनि, Create new style बटन क्लिक गरौं |
02:38 | यो तपाईको कम्प्युटरको कुनै पनि photo gallery को ईमेज हुन सक्छ |
02:42 | तपाई यसो कुनै पनि ईमेजमा, फिल्ड मा र कुनै पनि सामग्रीमा गर्न सक्नुहुन्छ |
02:47 | पुन एक पटक, Select a new effect मा क्लिक गरौं र "Scale and crop" विकल्प क्लिक गरौं |
02:53 | Add बटन क्लिक गरौं, Width मा 300 र Height मा 300 थपौं |
03:00 | र Add effect बटन क्लिक गरौं |
03:03 | बायाँ पट्टिको ईमेजको नयाँ नाप 300 बाई 300 भएको याद गरौं |
03:09 | यसले ड्रुपलले प्रत्येक ईमेज स्टाइल को ईमेज संस्करण स्वत: सृजना गरी साइटमा भण्डार गर्ने देखाउँछ |
03:18 | Structure क्लिक गरौं र Views मा क्लिक गरौं |
03:21 | Edit मा क्लिक गरी हाम्रो Upcoming Events अपडेट गरौं |
03:27 | Event Logo मा क्लिक गरौं र Image Style लाई "Upcoming Events" मा परिवर्तन गरौं |
03:33 | अनि Apply क्लिक गरौं |
03:36 | प्रिभ्यु क्षेत्रमा स्क्रोल गर्दा हाम्रा लोगोहरू समान भएको देख्ने छौं |
03:42 | अब, Save क्लिक गरौं |
03:45 | Back to site मा क्लिक गरौं, हाम्रो वेबसाइट यस्तो देखिन्छ |
03:50 | यो नै Image Styles ले गर्ने काम हो |
03:53 | अब सम्पूर्ण इभेन्टहरूको प्रयोग गरी एउटा नयाँ ग्रिड लेआउट भ्यू सृजना गरौं |
03:59 | यसो गर्न, Structures मा क्लिक गरौं अनि Views र Add new view क्लिक गरौं |
04:05 | हामी यसलाई Photo Gallery नाम दिन्छौं |
04:09 | VIEW SETTINGS लाई Content - of type - Events सेट गरौं |
04:14 | यो भ्यू बिशेषत कुनै पनि कार्यक्रमको लागि photo-of-the-day वा ईमेजहरूको ग्यालेरीको रूपमा प्रयोग गर्न सकिन्छ |
04:22 | Create a page क्लिक गरौं |
04:25 | तल स्क्रोल गरी Grid of fields छानौं |
04:29 | हामीले ड्रुपल ड्रप डाउनमा उपलब्ध अन्य कुनै विकल्प पनि छन् सकिने याद गरौं |
04:36 | Items to display फिल्डमा 9 छानौं किनकी यसले एउटा 3 बाई 3 ग्रिड दिने छ |
04:42 | Create a menu link पनि ठीक गरौं |
04:46 | Menu ड्रप-डाउनमा "Main navigation" विकल्प छानौं |
04:51 | अनि Save and Edit क्लिक गरौं |
04:54 | अब हाम्रो ५ आवश्यकताहरू जाँचौं: डिस्प्ले एउटा पेज हो |
04:59 | फर्म्याट Grid छ, |
05:01 | यहाँ एउटा मात्र Title नामक फिल्ड छ र अन्त्यमा Filter र Sort Criteria छन् |
05:08 | हामीले अहिलेको लागि यिनीहरूलाई यसै छोड्ने छौं |
05:12 | तल स्क्रोल गर्दा हामी ४ कोलम हरू र ९ कार्यक्रम हरू देख्न सक्छौं |
05:17 | Format को कोलमको संख्या बदल्न Settings क्लिक गरौं |
05:22 | अनि कोलमको संख्या 3 मा बदलौं र Apply क्लिक गरौं |
05:28 | यसले हामीलाई एउटा 3 बाई 3 ग्रिड दिन्छ |
05:31 | Fields मा Add क्लिक गरौं |
05:34 | Event Logo खोजेर एउटा ठीक चिन्ह राखौं अनि Apply क्लिक गरौं |
05:40 | यो पटक Image style मा "photo gallery of logos" छानौं |
05:45 | Link image to मा Content छानी Apply क्लिक गरौं |
05:50 | तुरुन्तै तलको Preview खण्डमा एउटा ग्रिड देखापर्छ |
05:55 | हामी एउटा ग्रिड लेआउट एउटा टेबल भन्दा भिन्न हुने देख्छौं |
06:00 | हामीले एउटा नोडबाट छान्ने सम्पूर्ण फिल्ड हरू एकै कोठामा रहेका छन् |
06:05 | र हामी कति कोठाहरू देखाउने रोज्न सक्छौं |
06:09 | Save मा क्लिक गरौं |
06:12 | Back to site बटन क्लिक गरौं अनि Photo Gallery क्लिक गरौं |
06:17 | यो अहिले धेरै राम्रो देखिन्छ |
06:19 | सानो डिभाइस जस्तै मोबाईलमा सम्पूर्ण ईमेजहरू 3 बाई 3 ग्रिडमा घट्ने छन् |
06:26 | र यो ड्रुपल ले ग्रिडमा गर्ने कार्य भयो |
06:29 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
06:34 | यो ट्युटोरियलमा हामीले: Image styles र photo gallery view को बारेमा सिक्यौं |
06:44 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो |
06:53 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
07:00 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
07:08 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई - NMEICT, मानव संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ |
07:19 | म मन्दिरा थापा बिदा हुदैछुँ , सहभागिताको लागि धन्यवाद, नमस्कार |