Scilab/C2/Scripts-and-Functions/Nepali
From Script | Spoken-Tutorial
Revision as of 16:02, 26 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | Scripts and Function with Scilab को स्पोकन ट्यूटोरियलमा स्वागत छ |
00:06 | साइल्याबमा फाईल फर्म्याटहरूको एक संक्षिप्त परिचय संगै सुरु गरौ |
00:12 | जब धेरै कमान्डहरू एक्जिक्युट गर्नुपर्ने हुन्छ, यी स्टेटमेन्टहरू साइल्याब एडिटरको एउटा फाईलमा लेख्न अझ सरल हुन सक्छ |
00:21 | यिनीहरूलाई स्क्रिप्ट फाईलहरू भनिन्छ |
00:24 | यस्तो स्क्रिप्ट फाइलमा लेखिएको कमान्डहरू एक्जिक्युट गर्न, exec फंक्सन सँगै स्क्रिप्ट फाइलको नाम प्रयोग गर्न सकिन्छ |
00:34 | यी फाइल सामान्यतया यिनीहरुको सामग्री अनुसार .sce वा .sci एक्सटेन्सनमा हुन्छन् |
00:42 | .sci एक्सटेन्सन भएको फाईलहरूमा साइल्याब फंक्सन र वा युजर डिफाइंन्ड फंक्सन समावेश हुन्छ |
00:51 | यी फाइलहरु एक्जिक्युट गरेमा यिनीहरु साइल्याब इनभ्यारोमेन्टमा लोड हुनेछन (तर यिनीहरुलाई एक्जिक्युट गर्दैन), जबकि |
01:00 | .sce एक्सटेन्सन भएको फाईलहरूमा साइल्याब फंक्सन र युजर डिफाइंन्ड फंक्सन समावेश हुन सक्छ |
01:08 | कृपया सम्झौ, .sce र .sci एक्सटेन्सन नामांकरणको शैली को नियमहरू होइन, तर साइल्याब समुदायमा प्रचलित शैली हो |
01:21 | कम्प्युटरमा साइल्याब कन्सोल विन्डो खोलौ |
01:27 | कमान्ड प्रम्प्टमा कमान्ड pwd टाइप गरेर प्रेजेन्ट वर्किंग डिरेक्टरी जाचौ |
01:35 | साइल्याब कन्सोल विन्डोको टास्क बारमा जाँऊ र साइल्याब एडिटर खोल्न एडिटर अप्सनमा क्लिक गरौ |
01:49 | मैले पहिले नै फाईलमा कमान्डहरू टाइप गरेको छु र यसलाई helloworld.sce को रुप सेभ गरेको छुँ त्यसैले म त्यो फाइल ओपन ए फाइल शर्टकट आइकन प्रयोग गरेर खोल्ने छुँ |
02:03 | helloworld.sce छानौ र ओपनमा क्लिक गरौ |
02:10 | तपाई नयाँ फाईलमा कमान्डहरू टाइप गर्न सक्नुहुन्छ र यो फाईल, फाइल मेनु प्रयोग गरि helloworld.sce को रुपमा करेन्ट वर्किंग डिरेक्टरीमा सेभ गर्नुहोस् |
02:20 | साइल्याब एडिटर्स मेनुबारको एक्जिक्युट बटनमा जानुहोस् र Load into Scilab विकल्प छानौ |
02:29 | यसले साइल्याब कन्सोलमा फाईल लोड गर्ने छ |
02:34 | कन्सोलमा फाईल लोड गरेपछि स्क्रीप्टले तपाईले देखे जस्तै आउटपुट देखाउँछ |
02:43 | यसमा सम्बन्धित कमान्डहरूको लागि दुवै कमान्डहरू र आउटपुट परिणाम रहेको छ |
02:49 | अब a को मान 1 मा बदलौं |
02:55 | एडिटरको फाईल मेनुमा जाँऊ र सेभ क्लिक गरौ |
03:02 | हामी सिधा साइल्याब इन्टरप्रेटरबाट exec कमान्ड प्रयोग गरि स्क्रिप्ट फाइलको पाथ दिएर स्क्रिप्ट एक्जिक्युट गर्न सक्छौं |
03:12 | exec ब्राकेटमा दोहोरो उद्धरणमा helloworld.sce, जुन फाइल नेम हो र इन्टर थिचौं |
03:31 | स्क्रिप्ट फाईलले exec फंक्सन प्रयोग गरेर उस्तै आउटपुट उत्पादन गर्छ |
03:37 | अब फंक्सनहरू बारे चर्चा गरौ |
03:39 | एउटा फंक्सन को परिभाषा function कीवर्डबाट सुरु हुन्छ र endfunction कीवर्डमा अन्त हुन्छ |
03:46 | मैले पहिले नै साइल्याब एडिटर प्रयोग गरी एउटा फंक्सन फाईल function.sci मा सेभ गरेको छु |
03:57 | म त्यो फाईल खोल्ने छु |
04:03 | तपाईले यहाँ फंक्सन परिभाषित गरिएको देख्नुहुन्छ |
04:08 | यिनीहरुमा, डिग्री आउटपुट प्यारामिटर हो र रेडियन इनपुट प्यारामिटर हो |
04:21 | फंक्सन नेम radians2degrees हो |
04:26 | म एक्जिक्युट मेनु विकल्प प्रयोग गरि यो फंक्सन साइल्याबमा लोड गर्ने छु |
04:40 | फंक्सन अब साइल्याब कन्सोलमा लोड भएको छ |
04:44 | यो exec कमान्ड प्रयोग गरेर पनि लोड गर्न सकिन्छ |
04:47 | एक पटक एउटा फंक्सन लोड भएपछि, यसलाई अन्य कुनै पनि साइल्याब फंक्सन जस्तै कुनै पनि तोकिएको आर्गुमेन्टहरू पठाएर कल गर्न सकिन्छ |
04:56 | प्रतिशत चिन्हको बारेमा याद गरौँ र यसको प्रयोगको कारण सम्झौं |
05:02 | अब radians2degrees को %pi/2 र (%pi/4) को मान पत्ता लगाउ |
05:17 | percent pi/2 र radians2degrees percent pi by 4 (%pi/4) |
05:28 | अब हामीले एक वा एक भन्दा बढि इनपुट र आउटपुट आर्गुमेन्टहरू सहितको फंक्सन हेर्नेछौ |
05:33 | यो फंक्सन इनपुट आर्गुमेन्टको रुपमा पोलार कोअर्डिनेट लिने छ र आउटपुट आर्गुमेन्टको रुपमा रेक्ट्यांनगुलर कोअर्डिनेट फिर्ता गर्छ |
05:44 | मैले पहिले नै टाइप गरेको फाईल खोल्ने छु |
05:51 | यहाँ तपाईले देख्न सक्नुहुन्छ, x र y आउटपुट प्यारामिटरहरू हुन् र r र ठिटा फंक्सन polar2rect को इनपुट प्यारामिटर हुन् |
06:06 | म exec विकल्प प्रयोग गरि यो फंक्सन साइल्याबमा लोड गर्ने छु |
06:21 | एक पटक फंक्सन लोड भएपछि, हामीले फंक्सन कल गर्न आवश्यक पर्छ, यो फंक्सनलाई दुई इनपुट आर्गुमेन्टहरू र दुई आउटपुट आर्गुमेन्टहरू आवश्यकता पर्छ |
06:31 | त्यसैले r = 2 |
06:37 | theta = 45 |
06:44 | र अब हामी यसलाई कल गर्नेछौं, x1 कमा y1 आउटपुट प्यारामिटर बराबर फंक्सनको नाम polar2rect ब्राकेटमा r कमा ठिटा र इन्टर थिचौं |
07:25 | तपाईले x1 र y1 को मान देख्नुहुनेछ |
07:29 | साइल्याबको रमाइला विशेषताहरु मध्येको यो एक हो कि तपाई एउटा .sci फाईलमा कुनै पनि संख्यामा फंक्सन परिभाषित गर्न सक्नुहुन्छ |
07:38 | यसो गर्दा कृपया सम्झौ कि डिफल्टमा फंक्सनमा परिभाषित सम्पूर्ण भेरिएबलहरू लोकल हुन्छन्, यी भेरिएबलहरू endfunction कीवर्ड सहित फंक्सनको परिभाषित गर्दा फंक्सनको अन्तमा प्रयोग गरिन्छ |
07:55 | यो सुबिधाको फाइदा हो कि हामी एकै भेरिएबलको नामहरु विभिन्न फंक्सनमा प्रयोग गर्न सक्छौ |
08:05 | यी भेरिएबलहरू हामीले ग्लोबल विकल्प प्रयोग नगरेसम्म मिश्रित हुने छैन |
08:10 | अझ ग्लोबल भेरिएबलहरू बारे बुझ्न हेल्प ग्लोबल टाइप गरौ |
08:18 | कृपया याद गरौँ, यदि कुनै भेरिएबललाई फंक्सन भित्र निगरानीमा राख्नुपर्छ भने disp आवश्यक हुन्छ |
08:26 | एउटा फंक्सन फाईल भित्र, तपाई आफै स्टेटमेन्टको अन्तमा सेमिकोलन( ; ) राखी यसको असर हेर्न सक्नुहुन्छ |
08:34 | यो disp स्टेटमेन्टको लागि पनि जाचौं |
08:38 | इनलाइन फंक्सनहरू: फंक्सनहरू कोडको खण्डहरू हुन् जसमा सहि तरिकाले परिभाषित गरिएको इनपुट र आउटपुटको साथै लोकल भेरिएबलहरु हुन्छन् |
08:46 | एउटा फंक्सन डिफाइन गर्ने सरल तरिका भनेको `deff' कमाण्ड प्रयोग गर्ने हो |
08:53 | साइल्याबले इन-लाइन फंक्सन सिर्जना गर्न दिन्छ र यो फंक्सन छोटो हुँदा बढि उपयोगी हुनेछ |
09:02 | यो deff() फंक्सनको मद्दतले गर्न सकिन्छ |
09:07 | यसले दुई स्ट्रिंग प्यारामिटर लिन्छ |
09:10 | पहिलो स्ट्रिंगले फंक्सनको इन्टरफेस परिभाषित गर्छ र दोस्रो स्ट्रिंगले फंक्सनको स्टेटमेन्टहरूको परिभाषा दिन्छ |
09:19 | deff कमान्डले साइल्याबमा फंक्सन परिभाषित गर्छ र यसलाई लोड पनि गर्छ |
09:26 | deff ले कमान्डले परिभाषित गरेको फंक्सन छुट्टै एक्जिक्युट मेनु प्रयोग गरि लोड गर्न आवश्यक छैन |
09:34 | यो अवधारणा स्पष्ट पार्न एउटा उदाहरण हेरौं |
09:41 | म inline.sci फाईल खोल्ने छु जहाँ मैले inline फंक्सन लेखेको छु |
09:51 | म एडिटर विन्डोलाई रिसाइज गर्ने छु |
09:57 | माथि उल्लेख गरे झैं, पहिलो स्ट्रिंगले फंक्सन घोषणाको परिभाषा दिन्छ र दोस्रो स्ट्रिंगले फंक्सन स्टेटमेन्टको परिभाषा दिन्छ |
10:13 | हामी साइल्याब एडिटरमा यो फंक्सनलाई लोड गर्ने छौ र यसलाई degrees2radians of 90 र degrees2radians of 45 को मानहरु पत्ता लगाउन प्रयोग गर्छौं |
10:54 | एउटा फंक्सनले आफु भित्रको अरु फंक्सनलाई मात्र होइन आफैलाई पनि कल गर्नुपर्छ |
11:00 | यो फंक्सनको "recursive" कलिंग हो |
11:03 | यो आवश्यक छ, उदाहरणको लागि, जब एउटा इन्टिजरको फ्याक्टोरियल गणना गर्न एउटा फंक्सन लेख्नुपर्छ |
11:10 | साइल्याबमा फाईल फर्म्याटहरुको थप चर्चा गरौँ |
11:14 | पहिले उल्लेख गरे झैं, साइल्याबले दुई प्रकारको फाईल फर्म्याटहरू प्रयोग गर्छ, SCE फाईल फर्म्याट र SCI फर्म्याट |
11:23 | .sce फाईल एक्सटेन्सन सहितको फाईलहरू स्क्रिप्ट फाईलहरू हुन् जसमा तपाईले अन्तरक्रियात्मक साइल्याब सत्रमा इन्टर गरेका साइल्याब कमान्डहरू छन् |
11:35 | र त्यहाँ डकुमेन्टमा उपयोगी हुने कन्टेन्ट लाइनहरु पनि हुन सक्छन र तिनीहरु स्क्रिप्ट एक्जिक्युट गर्न EXEC कमान्ड प्रयोग गर्न सक्छन |
11:52 | .sci फाईल एक्सटेन्सन सहितको फाईलहरू फंक्सन स्टेटमेन्टबाट सुरु हुने फंक्सन फाईलहरू हुन् |
12:00 | एउटा .sci फाईलमा धेरै फंक्सन घोषणाहरू हुन सक्छन् जसमा आफै कुनै पनि संख्यामा साइल्याब स्टेटमेन्टहरू हुन सक्छन् जसले फंक्सन आर्गुमेंटहरुमा वा मुल्यांकन पश्चात आउटपुट भेरिएबलहरुमा काम गर्छन् |
12:20 | यसरी हामी यो साइल्याबको Scripts and Functions स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं |
12:25 | साइल्याबमा अरु धेरै फंक्सनहरू छन् जुन अन्य स्पोकन ट्यूटोरियलहरुमा चर्चा गरिनेछ |
12:31 | साइल्याबका लिंकहरु हेर्दै गरौँ |
12:33 | यो स्पोकन ट्यूटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो |
12:40 | FOSSEE प्रोजेक्टको बारे थप जानकारी http://fossee.in वा http://scilab.in मा उपलब्ध छन् |
12:50 | यसलाई नेशनल मिसन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
12:56 | विस्तृत जानकारीको लागि http://spoken-tutorial.org/NMEICT-Intro मा हेरौ |
13:06 | म मन्दिरा थापा बिदा हुदैछु, |
13:10 | सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!! |