Scilab/C2/Vector-Operations/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:51, 26 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | Vector Operations स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो स्पोकन ट्युटोरियलको अन्त्यमा तपाईले यी कार्य गर्न सक्नुहुन्छ, |
00:11 | एउटा भेक्टर डिफाइन् गर्न |
00:13 | एउटा भेक्टरको लम्बाई गणना गर्न |
00:15 | भेक्टरमा गणितीय कार्यहरु जस्तै जोड, घटाऊ र गुणा गर्न |
00:23 | एउटा म्याट्रिक्स डिफाइन् गर्न |
00:25 | एउटा म्याट्रिक्स को साइज गणना गर्न |
00:28 | म्याट्रिक्समा गणितीय कार्यहरु जस्तै जोड, घटाऊ र गुणा गर्न |
00:36 | तपाइको सिस्टममा Scilab इन्स्टल हुन पुर्वावाश्यक छ |
00:41 | तपाईले Getting started with Scilab को स्पोकन ट्युटोरियल सुनेको हुनुपर्छ |
00:46 | तपाईसँग Vector र Matrix को सामान्य ज्ञान हुनुपर्छ |
00:50 | म प्रदर्शनीमा Windows 7 अपरेटिंग सिस्टम र Scilab 5.2.2 प्रयोग गर्दैछुँ |
00:58 | Scilab लन्च गर्न तपाइको डेस्कटपको Scilab शर्टकट आइकनमा क्लिक गरौँ |
01:03 | यसले कन्सोल विन्डो खोल्नेछ, |
01:06 | याद गरौँ कर्सर कमाण्ड प्रम्प्टमा छ |
01:10 | म तपाइलाई Scilab को यो ट्युटोरियल निश्चित समयको अन्तरालमा भिडियो रोकी अभ्यास गर्न सल्लाह दिन्छु |
01:19 | एउटा भेक्टर डिफाइन गरि सुरु गरौँ |
01:22 | यो दुई तरिकाले गर्न सकिन्छ: |
01:24 | स्पेसहरु प्रयोग गरि, p बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 2 स्पेस 3, बन्द हुने स्क्वेर ब्राकेट र इन्टर थिचौं |
01:37 | वा कमाहरु प्रयोग गरि, q बराबर खुल्ने स्क्वेर ब्राकेट 2 कमा 3 कमा 4 बन्द हुने स्क्वेर ब्राकेट र इन्टर थिचौं |
01:53 | हामीले भेक्टर को लम्बाई पाउन length अफ p कमाण्ड टाइप गरौँ र इन्टर थिचौं |
02:03 | हामी भेक्टरमा धेरै गणितीय कार्यहरु गर्न सक्छौं जस्तै |
02:08 | दुई भेक्टरहरुको जोड |
02:11 | दुई भेक्टरहरुको घटाऊ र आदि |
02:14 | एउटा भेक्टरको ट्रान्सपोज एपसट्रफी प्रयोग गरि निकाल्न सकिन्छ (जसलाई एकल उद्धरण पनि भनिन्छ) |
02:21 | p को ट्रान्सपोज देखाईएको छ |
02:27 | हामी p-ट्रांस्पोज गुणा q गणना गर्न सक्छौं: |
02:34 | कमाण्ड p गुणा q-ट्रांस्पोजले एउटा scalar दिन्छ: |
02:43 | कृपया अहिले ट्युटोरियल रोकौं र भिडियोमा दिएको एक नम्बर कार्य गर्नुहोस् |
02:50 | अब हामी कसरी एउटा म्याट्रिक्स डिफाइन गर्ने हेर्नेछौं |
02:56 | एउटा म्याट्रिक्सको रो मा बस्तुहरु डिफाइन गर्न भेक्टरमा जस्तै स्पेस वा कमाहरु प्रयोग गरि गर्न सकिन्छ |
03:04 | उदाहरणको लागि एउटा 2 by 3 म्याट्रिक्स P डिफाइन गरौँ, टाइप गरौँ क्यापिटल P बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 2 स्पेस 3 सेमिकोलोन 4 स्पेस 5 स्पेस 6 स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं |
03:27 | याद गरौँ कि सेमिकोलोन म्याट्रिक्स को अर्को रो जनाउन प्रयोग गरिएको छ |
03:32 | याद गरौँ Scilab केस सेंसिटिभ छ |
03:34 | यहाँ भ्यारेबल P प्रयोग गरि म्याट्रिक्स अपरकेसमा डिफाइन गरिएको छ |
03:40 | जुन सानो p भेक्टर भन्दा फरक छ |
03:44 | तपाई अहिले सानो p के छ जान्न चाहनुहुन्छ? |
03:48 | अब हामी कसरी “size” कमाण्ड प्रयोग गरि म्याटरिक्सको साइज पत्ता लगाउने हेर्नेछौं |
03:53 | यसको लागि टाइप गरौँ, खुल्ने स्क्वेर ब्राकेट रो कमा कोलोम बन्द हुने स्क्वेर ब्राकेट, बराबर size अफ क्यापिटल p जुन म्याट्रिक्स हो र इन्टर गरौँ, |
04:10 | तपाईले तलको आउटपुट पाउनुहुनेछ |
04:17 | याद गरौँ length कमान्डले तपाईले देखे जस्तै म्याट्रिक्सको जम्मा बस्तुहरुको संख्या दिन्छ |
04:27 | यहाँ देखाए जस्तै ट्रांस्पोज कमान्डले म्याटरिक्समा पनि काम गर्छ: |
04:34 | p ट्रांस्पोजले म्याटरिक्स p को ट्रांस्पोज दिन्छ |
04:41 | अब एउटा 2 by 3 म्याट्रिक्स Q डिफाइन गरौँ: |
04:45 | क्यापिटल q बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 5 स्पेस 3 सेमिकोलोन अर्को रोमा जान |
04:56 | 2 स्पेस 4 स्पेस 8 बन्द हुने स्क्वेर ब्राकेट र इन्टर गरौँ |
05:03 | अब फेरि एकचोटी P कल गरौँ |
05:08 | हामी P र Q प्रयोग गरि गणितमा जस्तै हिसाब गर्न सक्छौं |
05:14 | उदाहरणको लागि, E बराबर 2 गुणा p प्लस 3 गुणा q गणना गरौँ र इन्टर थिचौं |
05:29 | तपाई यो गणना ठिक छ/छैन जाच्न चाहनुहुन्छ होला |
05:33 | अब, ट्युटोरियल रोकौं र भिडियोमा दिएको दुई नम्बर कार्य गरौँ |
05:44 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
05:47 | स्पेस र कमाहरु प्रयोग गरी एउटा भेक्टर डिफाइन गर्न |
05:50 | ength() फंक्सन प्रयोग गरि म्याट्रिक्स को लम्बाई पत्ता लगाउन |
05:54 | अपसट्रफी प्रयोग गरि भेक्टर वा म्याट्रिक्स को ट्रांस्पोज पत्ता लगाउन |
05:59 | स्पेस वा कमा ले कोलम र रोहरु छुट्टयाई एउटा म्याट्रिक्स डिफाइन गर्न |
06:07 | size() फंक्सन प्रयोग गरि एउटा म्याट्रिक्स को साइज पत्ता लगाउन |
06:11 | यो स्पोकन ट्युटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो |
06:18 | FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in वा http://scilab.in/ वेबसाइटमा पाउन सकिन्छ |
06:28 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटीको सहयोग रहेको छ |
06:33 | थप जानकारीको लागि स्पोकन हाइफन ट्युटोरियल डट ओ आर जी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा हेर्नुहोला |
06:43 | म मन्दिरा बिदा हुदैछु, |
06:46 | सहभागिताको लागि धन्यवाद, नमस्कार |