Scilab/C2/Getting-Started/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:47, 26 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:02 | Getting Started with Scilab स्पोकन टुटोरियलमा स्वागत छ |
00:07 | यो टुटोरियलमा हामी सिक्ने छौं: |
00:09 | Scilab लाई क्यालकुलेटरको रुपमा प्रयोग गर्न |
00:12 | एउटा भेरिएबलमा मान भण्डार गर्न |
00:15 | यी भेरिएबलहरु प्रयोग गरि गणितीय कार्य गर्न |
00:21 | करेन्ट वर्किंग डिरेक्टरीमा काम गर्दा एक्जिक्युट भएका कमाण्डहरु भण्डार गर्न एउटा फाइल बनाउन |
00:29 | कम्प्लेक्स नम्बर परिभाषित गर्न |
00:31 | नम्बरहरुमा exponential, logarithmic र trigonometric कार्यहरु गर्न |
00:38 | यो टुटोरियलको लागि Scilab तपाइको कम्प्युटरमा इन्स्टल भएको हुनुपर्छ |
00:44 | म प्रदर्शनीको लागि Scilab 5.2.0 र Mac OS(X) प्रयोग गर्दैछुँ |
00:51 | यहाँ टुटोरियलको Flow chart छ |
00:55 | तपाइको डेस्कटपको Scilab शर्टकट आइकनमा क्लिक गरौँ र Scilab सुरु गरौं |
01:01 | यो Scilab कन्सोल विन्डो हो, याद गरौँ कर्सर कमाण्ड प्रम्प्टमा छ |
01:07 | म तपाईलाई, नियमित अन्तरालमा भिडियो रोकी यो टुटोरियल Scilab मा अभ्यास गर्ने सुझाव दिन्छु |
01:16 | Scilab लाई एउटा क्यालकुलेटरको रुपमा प्रयोग गर्न सकिन्छ, यसले गर्न सक्ने केहि सामान्य कार्यहरु हेरौं |
01:25 | टाइप गरौं, 42 प्लस 4 गुणा 4 माइनस 64 लाई 4 ले भाग गरौँ र इन्टर थिचौं |
01:36 | आउटपुट अपेक्षिकृत 42 छ |
01:39 | याद गरौ नतिजा 42 डिफल्ट भेरिएबल "a n s" मा भण्डार भएको छ |
01:45 | हामी नाम सहितको भेरिएबलहरु पनि बनाउन सक्छौं: टाइप गरौँ, |
01:49 | a बराबर 12, b=21 , र c=33 र इन्टर थिचौं |
02:00 | यसले मानहरु 12, 21 र 33 क्रमश a,b र c मा भण्डार गर्छ |
02:08 | म यहाँ clc कमाण्ड प्रयोग गरि scilab कन्सोल सफा गर्छु |
02:13 | अब हामी यी भेरिएबलस् प्रयोग गरि केहि गणितीय कार्य गर्नेछौं |
02:19 | उदाहरणको लागि, |
02:21 | a+b+c ले नतिजा 66 दिन्छ |
02:27 | साथै |
02:29 | a गुणा ब्राकेट |
02:35 | (b+c)ले 648 दिन्छ |
02:41 | हामी नतिजा अर्को भेरिएबलमा पनि राख्न सक्छौं मानौं 'd' टाइप गरौँ d = ब्राकेट (a+b), ब्राकेट बन्द गरौँ गुणा c ले नतिजा दिन्छ |
02:58 | d = 1089 |
03:01 | हामी यसरी कमाण्ड लाइनमा भेरिएबलको नामलाई कमाले छुट्ट्याएर टाइप गरि भेरिएबलको मान जाच्न सक्छौं |
03:09 | a,b,c,d र इन्टर थिचौं |
03:16 | म यहाँ clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पार्छु |
03:21 | पावर लिन, तपाइको किबोर्डको 6 नम्बर कि मा रहेको “raised to”चिन्ह प्रयोग गरौँ |
03:29 | चिन्ह प्रयोग गर्न ' शिफ्ट कि' र 6 नम्बर कि प्रयोग गरौँ |
03:34 | उदाहरण, 7 स्क्वेर पत्ता लगाउन 7 raised to 2 र इन्टर थिचौं |
03:43 | कुनै नम्बरको स्क्वेर रुट पत्ता लगाउन मानौं 17, हामी sqrt(17) प्रयोग गर्छौं |
03:55 | यो 17 raised to 0.5 जस्तै हो |
04:06 | चलन अनुसार आउटपुटमा खाली पोजिटिभ मान मात्र आउछ |
04:10 | सामान्यतया, 34 को पावर (2 बाइ 5) निकाल्न, टाइप गरौँ: |
04:15 | 34 raised to ब्राकेट(2 लाई 5ले भाग गरौँ) र इन्टर थिचौं |
04:25 | नेगेटिभ पावर पनि प्रयोग गर्न सकिन्छ, |
04:28 | clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पारौं |
04:33 | अहिले सम्म हामीले Scilab मा कसरी सामान्य हिसाब गर्ने र भेरिएबल बनाउने हेर्यौं ' |
04:40 | अब, हामी नयाँ कमाण्डसँगै सुरु गर्छौं |
04:43 | यसले हामीलाई पहिले प्रयोग गरिएका कमाण्डहरु आउटपुट सहित सम्झन मद्दत गर्छ |
04:49 | पहिले कमाण्ड pwd टाइप गरौँ र इन्टर थिचौं |
04:55 | मेरो कम्प्युटरमा यो हाम्रो करेन्ट वर्किंग डिरेक्टरी हो |
04:58 | यो तपाइको कम्प्युटरमा फरक हुनसक्छ |
05:01 | तपाइले scilab कन्सोल विन्डोको टूलबारमा रहेको changed current directory आइकनमा क्लिक गरि करेन्ट वर्किंग डिरेक्टरी बदल्न सक्नुहुन्छ |
05:15 | अब diary command जारी गर्न टाइप गरौँ: |
05:20 | diary ब्राकेट, open inverted comma, ('myrecord.txt') close inverted comma, ब्राकेट बन्द गरौँ र इन्टर थिचौं |
05:40 | यो कमान्डले करेन्ट वर्किंग डिरेक्टरीमा एउटा "myrecord.txt" नामक फाइल बनाउनेछ' |
05:48 | अब अगाडी Scilab सत्रको एक प्रति यो फाइलमा सेभ हुनेछ |
05:53 | यो टुटोरियल पछाडी यसको उपयोगिताको चर्चा गरिनेछ |
06:00 | कृपया अहिले टुटोरियल रोकी भिडियोमा दिएको एक नम्बर कार्य गर्नुहोस् |
06:07 | अब, Scilab ले कसरी कम्प्लेक्स नम्बरहरुसँग काम गर्छ हेरौं |
06:13 | Scilab मा इम्याजिनरी युनिट i लाई पर्सेन्टi ले जनाइन्छ:' |
06:18 | उदाहरणको लागि (Five point two गुणा percent i ले 5.2i दिन्छ |
06:29 | ब्राकेट बन्द गरौँ ( 10 प्लस 5 इन्टु percent i गुणा 2 गुणा percent i ले नतिजा -10. + 20.i दिन्छ |
06:58 | अब, यहाँ कन्सोल क्लियर गरौँ, |
07:04 | अब Scilab मा प्रयोग गरिने केहि पहिले नै परिभाषित नुमेरिकल कन्सट्यान्टहरु हेरौं |
07:09 | i जस्तै, तिनीहरुको नाम पनि percent चिन्हमा सुरु हुन्छ: |
07:13 | उदाहरण, percent pi |
07:18 | pi को मान अपेक्षिकृत छ |
07:21 | अब, हामी built-in trigonometric functions प्रयोग गरि pi को प्रयोग हेर्नेछौं |
07:27 | sin को percent pi by 2 , नतिजा 1 हुन्छ' |
07:37 | र cos को percent pi by 2 , नतिजा 6.123D-17' |
07:50 | कृपया ध्यान दिनुहोस्, कोणहरु रेडियनमा नापिएका छन र |
07:54 | सबै प्रयोगात्मक कार्यको लागि दोस्रो उत्तर शून्य हुनेछ |
07:59 | %eps एउटा "machine epsilon" भन्ने नम्बरसँग सम्बन्धित हुन्छ |
08:03 | यो Scilab ले दिने सबैभन्दा कम रिजोलुसन हो' |
08:08 | तपाइको कम्प्युटरको पत्ता लगाउन तपाइको कन्सोलमा % eps टाइप गरौँ |
08:19 | मेरो कम्प्युटरमा यसले 2.220D-16 दिन्छ |
08:24 | यसले Scilab ले प्रयोग गर्ने फ्लोटिंग पोइन्ट प्रेसिजन दिन्छ |
08:28 | यो नम्बर 2.22 गुणा 10^(-16) को नोटेसन हो , यहाँ कन्सोल क्लियर गरौँ |
08:41 | यदि कसैले 0.000456 लेख्न चाहन्छ भने उसले 4.56d-4 वा 4.56e-4 लेख्न सक्छ |
09:06 | scilab भेरिएबल केस सेन्सीटिभ भएकोले यहाँ हामी सानो d वा ठुलो D, वा सानो e, वा ठुलो E प्रयोग गर्न सक्छौं ' |
09:16 | natural logarithm को बेस अर्को महत्वपूर्ण परिभाषित नुमेरिकल कन्सट्यान्ट हो: |
09:22 | प्रतिशतले अपेक्षिकृत नतिजा दिन्छ |
09:30 | हामी सोहि नतिजा "e x p" फंक्सनबाट पनि पाउन सक्छौं |
09:35 | 'उदाहरणको लागि: exp ब्राकेट (1) ब्राकेट बन्द गरौँ र इन्टर थिचौं |
09:44 | तपाई दुवै उत्तर एकै भएको देख्न सक्नुहुन्छ |
09:47 | यहाँ clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पारौं |
09:55 | यसैगरी, %e स्क्वेरले तलको उत्तर दिन्छ |
10:04 | जुन exp 2 टाइप गरि पाउन सकिन्छ |
10:18 | कमाण्ड log मतलब एउटा नम्बरको natural logarithm हो मतलब base e |
10:23 | base 10 को लग्यारिदम लिन log 10 प्रयोग गरौँ |
10:29 | उदाहरणको लागि, log10(1e-23) र इन्टर थिचौं, यसले अपेक्षिकृत उत्तर -23 दिन्छ |
10:47 | हामीले नेगेटिभ logarithm लियो भने कम्प्लेक्स नम्बर आउछ, |
10:51 | कम्प्लेक्स नम्बरको लागि तपाई आफै यो गर्न सक्नुहुन्छ, तपाइको कन्सोलमा टाइप गर्नुहोस: log(-1) वा log(%i) |
11:01 | अब सम्झनुहोस् हामीले सबै टाइप गरिएका कमाण्डहरुको रेकर्डिङ diary कमाण्ड मार्फत myrecord.txt मा कल गरेका छौं, |
11:09 | अब कसरी त्यो फाइल बन्द गर्ने हो हेरौं |
11:13 | फाइल बन्द गर्न, टाइप गरौँ |
11:16 | diary of zero |
11:21 | यो कमाण्डले फाइल myrecord.txt बन्द र सेभ गर्नेछ |
11:26 | यो पनि सम्झौं कि यो फाइल करेन्ट वर्किंग डिरेक्टरीमा बनाइएको थियो जुन मेरोमा डेस्कटप थियो |
11:34 | यो फाइल खोलि तपाइको scilab कन्सोल विन्डो टूलबारको Open-a-file शर्टकट आइकनमा क्लिक गरौँ |
11:46 | म सबै फाइलको फाइल फर्म्याट बदल्दै छुँ |
11:51 | myrecord.txt फाइल छानौं र ok मा क्लिक गरौँ |
11:59 | ध्यान दिनुहोस् कि सबै कामहरु, दुवै कमाण्डहरु र Scilab ले दिएको सम्बन्धित उत्तर सबै यो फाइलमा सेभ भएका छन |
12:10 | म यो फाइल बन्द गर्दैछु, |
12:15 | yes मा क्लिक गरौँ |
12:21 | हामीलाई थाहा छ, जब एउटा प्रोग्राम बन्दै हुन्छ, एउटा राम्रो कोड नबनुन्जेल हामीलाई धेरैपटक परिक्षण गर्नुपर्छ |
12:29 | Diary कमाण्डले सबै transactions हरु ट्रयाक गर्न मद्दत गर्छ |
12:35 | यदि तपाई त्यो सम्झनुहुन्छ भने हामीले कमाण्ड diary of zero प्रयोग गरि फाइल my record.txt बन्द गरेका थियौं |
12:42 | कृपया ध्यान दिनुहोस् यो कमाण्ड एक्जिक्युट गरेपछि कुनै पनि transactions सेभ गर्न सकिदैन |
12:48 | यदि हामीलाई फेरि सेसन सेभ गर्न परेमा हामीले diary कमाण्ड प्रयोग गर्नुपर्छ |
12:54 | यदि फाइलमा केहि महत्वपूर्ण जानकारी छ भने diary कमाण्डमा कुनै अन्य फाइलनेम प्रयोग गर्नुपर्छ |
13:03 | किनकि एकै फाइलको प्रयोगले हालको फाइल ओभरराइट हुनेछ |
13:09 | यहाँ भिडियो रोक्नुहोस र भिडियो मा दिएको दोस्रो कार्य गर्नुहोस् |
13:15 | तपाईले याद गर्नुभयो होला समस्याको समाधान ठ्याक्कै शून्य हुदैन |
13:21 | यो संग कसरी काम गर्ने थप जानकारी लिन टाइप गरौँ “help clean”' |
13:27 | सामान्यत, यदि तपाईलाई कुनै कमाण्ड सम्बन्धि सहायता चाहिएमा 'help' वा आर्गुमेंट सहितको हेल्प प्रयोग गर्न सकिन्छ |
13:37 | उदाहरणको लागि scilab कन्सोलमा टाइप गरौँ, “help chdir” र इन्टर थिचौं |
13:53 | म हेल्प ब्राउजरको साइज बढाउदै छुँ |
14:01 | Help chdir ले कसरी करेन्ट वर्किंग डिरेक्टरी कसरी बदल्ने बिस्तृत जानकारी दिन्छ |
14:10 | अर्को विकल्प भनेको scilab कन्सोल विन्डोको टूलबारको हेल्प ब्राउजर आइकनमा क्लिक गर्ने हो |
14:20 | म हेल्प ब्राउजर बन्द गर्दैछुँ र स्लाइडमा फर्कनेछुँ |
14:31 | अप-डाउन एरो की पहिले नै एक्जिक्युट भएका कमाण्डहरु हेर्न प्रयोग गरिन्छ |
14:36 | अप-डाउन एरो प्रयोग गर्दा तपाई कुनै कमाण्डमा रोकिएर त्यसलाई एक्जिक्युट गर्न इन्टर थिच्न सक्नुहुन्छ |
14:45 | तपाई आवश्यक परेमा कमाण्डहरु एडिट गर्न सक्नुहुन्छ |
14:48 | वास्तबमा यदि तपाई पहिले टाइप गरेको कमाण्ड खोज्दै हुनुहुन्छ, जुन 'e' बाट सुरु हुन्छ भने e टाइप गरि अप एरो थिचौं' |
14:59 | कमाण्ड आफै पूरा गर्न ट्याब कि थिचौं, यसले हामीलाई सबै उपलब्ध विकल्पहरु छान्न दिन्छ |
15:07 | यो टुटोरियलमा हामीले सिक्यौं: |
15:10 | Scilab लाई क्यालकुलेटरको रुपमा प्रयोग गर्न |
15:12 | नतिजा डिफल्ट भेरिएबल ans मा भण्डार गर्न |
15:16 | बराबर चिन्ह प्रयोग गरि मान भेरिएबलमा राख्न |
15:20 | कन्सोलमा भेरिएबलको नाम कमाले छुट्टयाएर टाइप गरी भेरिएबलको मानहरु जाच्न |
15:28 | pwd कमाण्ड प्रयोग गरि करेन्ट वर्किंग डिरेक्टरी जाच्न |
15:34 | तपाइले एउटा फाइलमा टाइप गर्नुभएको कमाण्डहरु सेभ गर्न diary कमाण्ड प्रयोग गर्न |
15:40 | कम्प्लेक्स नम्बर, नेच्रल एक्स्पोनेंट र π लाई क्रमश %i, %e र %pi प्रयोग गरि डिफाइन गर्न |
15:49 | कुनैपनि कमाण्डको बिस्तृत जानकारीको लागि हेल्प कमाण्ड प्रयोग गर्न |
15:54 | यसरी हामी Getting Started with Scilab स्पोकन टुटोरियलको अन्तयमा आएका छौं |
15:59 | Scilab मा अन्य धेरै फंक्सनहरु रहेका छन जो अन्य स्पोकन टुटोरीयलमा हेरिनेछ |
16:06 | यो स्पोकन टुटोरियल Free and Open Source Software in Science and Engineering Education(FOSSEE) ले बनाएको हो |
16:14 | FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in वा http://scilab.in/ वेबसाइटमा पाउन सकिन्छ |
16:22 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
16:29 | यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ |
16:43 | म आशा गर्छु कि यो ट्युटोरियल सिक्नको लागि उपयोगी छ |
16:47 | धन्यवाद म मन्दिरा बिदा हुदैछु, नमस्कार |