PERL/C3/Referencing-and-Dereferencing/Nepali
From Script | Spoken-Tutorial
Revision as of 14:23, 26 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | Referencing and Dereferencing in Perl स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं स्केलर रेफ्रेन्सहरु, एरे रेफ्रेन्सहरु, ह्याश रेफ्रेन्सहरु , डीरेफ्रेन्सहरु र एरे/ह्याश रेफ्रेन्स को एलिमेंटहरु थप्न, हटाउन र प्रयोग गर्न |
00:22 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम, पर्ल ५.१४.२, gedit टेक्स्ट एडिटर |
00:33 | तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
00:37 | तपाईसँग यी ज्ञानहरु हुनुपर्छ Perl प्रोग्रामिंग, Array फंक्सन र Hash फंक्सन |
00:43 | यदि छैन भने यो वेबसाइटको सान्दर्भिक Perl ट्युटोरियलहरु हेर्नुहोस् |
00:49 | रेफ्रेन्सहरु के हुन्? |
00:51 | एउटा रेफ्रेन्स एउटा पोइन्टर वा एउटा भेरिएबल, एरे, ह्याश वा एउटा सबरुटिन को एड्रेस हो |
00:58 | यसमा सिधै डेटा बस्दैन |
01:01 | रेफ्रेन्स एउटा कम्प्याक्ट स्केलर मान हो |
01:05 | हामीले ठूलो डेटा स्ट्रक्चरहरु पास गर्दा वा रिटर्न गर्दा रेफ्रेन्स ले पर्ल को कार्यक्षमता बढाउन सघाउँछ |
01:12 | यसले एउटा मान भण्डार गर्नुको सट्टा एउटा रेफ्रेन्स लाई सबरुटिनमा पठाउनाले मेमोरी जोगाउँछ |
01:18 | जटिल पर्ल डेटा स्ट्रक्चरहरु ब्यबस्थापन सजिलो हुन्छ |
01:22 | एउटा रेफ्रेन्स कसरी सृजना गर्ने हेरौं |
01:25 | हामी कुनै पनि भेरिएबल, सबरुटिन वा मानको लागि यसको अगाडी एउटा ब्याकस्ल्याश(\) राखेर एउटा रेफ्रेन्स सृजना गर्न सक्छौं |
01:33 | एउटा स्केलर भेरिएबल यहाँ देखाए झैँ ब्याकस्ल्याश र डलर चिन्ह ले रेफ्रेन्स गरिन्छ |
01:39 | एउटा एरे भेरिएबल ब्याकस्ल्याश र एट द रेट @ चिन्हले रेफ्रेन्स गरिन्छ |
01:45 | एउटा ह्याश भेरिएबल यहाँ देखाए झैँ ब्याकस्ल्याश र पर्सेन्टेज चिन्हले रेफ्रेन्स गरिन्छ |
01:53 | डीरेफ्रेन्स के हो? |
01:55 | जब एउटा रेफ्रेन्स डीरेफ्रेन्स गरिन्छ, मूल मान प्राप्त हुन्छ |
02:00 | डीरेफ्रेन्स गर्न कर्ली ब्राकेट भित्र रेफ्रेन्स भेरिएबलहरु राखिन्छ |
02:06 | अनि लेफ्ट कर्ली ब्राकेट अगाडी रेफ्रेन्स को टाइप जनाउने क्यारेक्टर |
02:12 | अब भेरिएबलहरु कसरी डीरेफ्रेन्स गर्ने हेरौं |
02:16 | एउटा स्केलर भेरिएबल डलर चिन्ह($) र कर्ली ब्राकेटहरु प्रयोग गरी डीरेफ्रेन्स गरिन्छ |
02:21 | एउटा एरे भेरिएबल एट द रेट (@) चिन्ह र कर्ली ब्राकेटहरु प्रयोग गरी डीरेफ्रेन्स गरिन्छ |
02:27 | एउटा ह्याश भेरिएबल प्रतिशत (%) चिन्ह र कर्ली ब्राकेटहरु प्रयोग गरी डीरेफ्रेन्स गरिन्छ |
02:33 | स्केलर रेफ्रेन्स र डीरेफ्रेन्स को लागि एउटा उदाहरण हेरौं |
02:38 | म gedit Text editor मा एउटा उदाहरण प्रोग्राम खोल्छु |
02:43 | टर्मिनल खोलौं र टाइप गरौँ gedit scalarRef dot pl ampersand र इन्टर थिचौं |
02:50 | स्क्रीनमा देखाइएको कोड टाइप गरौँ |
02:55 | म अब कोड वर्णन गर्ने छुँ |
02:57 | पहिलो लाइनले एउटा स्केलर भेरिएबल '$a' घोषणा गरी 10 मान राख्छ |
03:03 | पहिले उल्लेख गरे अनुसार, एउटा scalar भेरिएबल रेफ्रेन्स गर्न ब्याकस्ल्याश र डलर चिन्ह($) प्रयोग गरिन्छ |
03:10 | यो लाइनले रेफ्रेन्स को रुपमा सृजित भेरिएबलको मेमोरी एड्रेस प्रिन्ट गर्नेछ |
03:16 | वास्तविक मान प्रिन्ट गर्न, भेरिएबल $ सहितको कर्ली ब्राकेट प्रयोग गरी डीरेफ्रेन्स गरिन्छ |
03:23 | यहाँ ref() फंक्सन ले रेफ्रेन्स टाइप जस्तै स्केलर वा एरे वा ह्याश फर्काउँछ |
03:30 | अब फाइल सेभ गर्न Ctrl+S थिचौं |
03:34 | प्रोग्राम एक्जिक्युट गरौँ |
03:36 | टर्मिनल मा जाऊ र टाइप गरौँ, perl scalarRef. pl र इन्टर थिचौं |
03:43 | आउटपुट यस्तो देखिन्छ |
03:46 | पहिलो लाइनले मान 10 भण्डार गरेको मेमोरी एड्रेस देखाउँछ |
03:51 | दोस्रो लाइनले वास्तविक मान 10 इन्टर गर्छ |
03:55 | Ref() फंक्सन ले आउटपुट मा 'Scalar' फर्काउँछ |
03:59 | अब एउटा उदाहरण प्रोग्राम प्रयोग गरी एउटा रेफ्रेन्स र डीरेफ्रेन्स एरे कसरी सृजना गर्ने हेरौं |
04:07 | मसँग पहिले नै एउटा उदाहरण प्रोग्राम छ, म यसलाई gedit टेक्स्ट एडिटर मा खोल्ने छुँ |
04:13 | टर्मिनल मा टाइप गरौँ, gedit arrayRef. pl ampersand र इन्टर थिचौं |
04:20 | स्क्रिनको arrayRef dot pl फाइलमा देखाए झैँ कोड टाइप गरौँ |
04:26 | अब कोड वर्णन गरौँ |
04:28 | यहाँ, पहिलो लाइनमा मैले एउटा array @color घोषणा गरेको छुँ, यसमा तीन मानहरु राखेको छुँ |
04:35 | यसलाई backslash @color ले रेफ्रेन्स गरिन्छ जुन $colorRef मा रहेको एरे नेम हो |
04:42 | print स्टेटमेन्टले रेफ्रेन्स मान र डीरेफ्रेन्स मान प्रिन्ट गर्नेछ |
04:47 | अब, फाइल सेभ गर्न Ctrl+S थिचौं |
04:51 | प्रोग्राम एक्जिक्युट गरौँ |
04:53 | टर्मिनल मा जाऊ र टाइप गरौँ, perl arrayRef dot pl र इन्टर थिचौं |
05:00 | आउटपुट यस्तो देखिन्छ |
05:04 | पहिलो लाइनले रेफ्रेन्स को रुपमा सृजित भेरिएबल को मेमोरी एड्रेस प्रिन्ट गर्छ |
05:10 | दोस्रो लाइनले डीरेफ्रेन्स भएको वास्तविक मान देखाउँछ |
05:16 | अर्को, हामी एउटा एरे को लागि डिरेक्ट रेफ्रेन्स कसरी सृजना गर्ने हेर्ने छौं |
05:21 | अब प्रोग्राममा फर्कौं |
05:24 | मैले हालको प्रोग्रामलाई एउटा एरे को डिरेक्ट रेफ्रेन्स देखाउन बदलेको छुँ |
05:29 | तपाई देखाए झैँ स्क्वेर ब्राकेटहरु प्रयोग गरी [] एउटा एरे को लागि डिरेक्ट रेफ्रेन्स सृजना गर्न सक्नुहुन्छ |
05:35 | डीरेफ्रेन्स गर्न एउटा एरो अपरेटर (->) प्रयोग गरौँ |
05:39 | print स्टेटमेन्टले आउटपुट मा 'Green' प्रिन्ट गर्छ |
05:43 | यहाँ print स्टेटमेन्टले इन्डेक्सको मान लिन्छ, मतलब हाम्रो प्रोग्राममा Green |
05:50 | फाइल सेभ गर्न Ctrl+S थिचौं |
05:54 | टर्मिनल मा फर्कौं र टाइप गरौँ perl arrayRef .pl र एक्जिक्युट गर्न इन्टर थिचौं |
06:03 | म सोहि कोड फाइलमा डिरेक्ट ह्याश रेफ्रेन्स कसरी प्रयोग गर्ने देखाउने छुँ, gedit मा जाऊ |
06:11 | तपाई यहाँ देखाए झैँ कर्ली ब्राकेटहरु {} प्रयोग गरी एउटा डिरेक्ट रेफ्रेन्स सृजना गर्न सक्नुहुन्छ |
06:18 | यसलाई डीरेफ्रेन्स गर्न एरो अपरेटर (->) प्रयोग गरौँ, “Name” ह्याश कि हो |
06:24 | यो कोड ब्लक एक्जिक्युट गर्दा दुवै print स्टेटमेन्टले आउटपुटमा 'Sunil' प्रिन्ट गर्ने छन् |
06:31 | अब हामी एउटा उदाहरण प्रयोग गरी एरे रेफ्रेन्स मा एलिमेंट हरु थप्न, हटाउन र प्रयोग गर्न सिक्ने छौं |
06:39 | मसँग पहिले नै एउटा उदाहरण प्रोग्राम छ, यसलाई gedit Text editor मा खोलौं |
06:45 | टर्मिनल खोलौं र टाइप गरौँ, gedit arrayRefadd .pl ampersand र Enter थिचौं |
06:54 | अहिले gedit मा arrayRefadd.pl फाइल खुलेको छ, यहाँ देखाएको कोड तपाईको फाइलमा टाइप गर्नुहोस् |
07:02 | पहिलो लाइनले एउटा एरे इनिसियलाइज गर्छ |
07:06 | हामीले ब्याकस्ल्याश @numarray' ले एउटा एरे रेफ्रेन्स गरी $ref मा राखेका छौं |
07:13 | अब हामी कुनै एरे रेफ्रेन्स बाट निश्चित एलिमेंट कसरी प्रयोग गर्ने हेर्नेछौं |
07:19 | अब हामीले कुनै निश्चित मान प्रयोग गर्न स्क्वेर ब्राकेटमा एरे इन्डेक्स र यसलाई डीरेफ्रेन्स गर्न एउटा एरो अपरेटर (“->”) प्रयोग गर्नुपर्छ |
07:28 | print स्टेटमेन्टले ले इन्डेक्सको मान प्रिन्ट गर्नेछ |
07:32 | Push फंक्सन ले एरे रेफ्रेन्स को अन्तिम स्थानमा एलिमेंट हरु थप्ने छ अहिलेको अवस्थामा 5,6,7 हाम्रो एरे 1,2,3,4 को अन्त्यमा थपिन्छ |
07:47 | यो print स्टेटमेन्टले array रेफ्रेन्स मा थपेर आउटपुट प्रिन्ट गर्छ |
07:53 | Pop फंक्सन ले एरे रेफ्रेन्स को अन्तिम स्थानबाट एउटा एलिमेंट हटाउँछ |
07:58 | हाम्रो उदाहरणमा, 7 हालको एरे रेफ्रेन्स बाट हट्ने छ |
08:03 | print स्टेटमेन्टले एरे रेफ्रेन्स बाट मेटे पछिको आउटपुट प्रिन्ट गर्छ |
08:08 | अब फाइल सेभ गर्न Ctrl+S थिचौं |
08:11 | प्रोग्राम एक्जिक्युट गरौँ |
08:14 | टर्मिनल मा फर्कौं र टाइप गरौँ perl arrayRefadd .pl र इन्टर थिचौं |
08:22 | आउटपुट यस्तो देखिन्छ |
08:26 | अब, ह्याश रेफ्रेन्स को एलिमेंट हरु थप्न, हटाउन वा प्रयोग गर्न अर्को उदाहरण प्रोग्राम हेरौं |
08:34 | टर्मिनल मा टाइप गरौँ, gedit hashRefadd . pl ampersand र इन्टर थिचौं |
08:42 | gedit मा hashRefadd.pl फाइल खुल्छ |
08:47 | अब यो उदाहरण प्रोग्राम वर्णन गरौँ |
08:50 | मैले एउटा scalar भेरिएबल $weektemp मा भण्डार गर्न सकिने एउटा डिरेक्ट ह्याश रेफ्रेन्स घोषणा गरेको छुँ |
08:57 | हामीले ह्याश रेफ्रेन्स जनाउन कर्ली ब्राकेट र डीरेफ्रेन्स जनाउन एरो अपरेटर प्रयोग गरेका छौं |
09:04 | यो कोडले सोमबार देखि शुक्रबार सम्मको तापक्रम भण्डार गर्छ |
09:09 | म “keys” बिल्ट इन् फंक्सन प्रयोग गरी ह्याश को किहरु मा लुप चलाउने छुँ |
09:15 | print स्टेटमेन्टले hash को प्रत्येक एलिमेंटहरु प्रिन्ट गर्छ |
09:19 | हामी देखाए झैँ कुनै एलिमेंट को मान प्रयोग गर्न सक्छौं |
09:25 | print स्टेटमेन्टले सोमबारको तापक्रम प्रिन्ट गर्ने छ |
09:29 | फाइल सेभ गरौँ |
09:32 | टर्मिनल मा फर्कौं र टाइप गरौँ perl hashRefadd. pl र आउटपुट हेर्न इन्टर थिचौं |
09:41 | ह्याश किहरु र ह्याश मानहरु क्रमानुसार भण्डार हुदैनन् |
09:46 | देखिने आउटपुट तिनीहरु थपिएको क्रममा आधारित छैनन् |
09:52 | यो सँगै, हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
09:57 | यो ट्युटोरियलमा हामीले सिक्यौं: स्केलर रेफ्रेन्सहरु, एरे रेफ्रेन्सहरु, ह्याश रेफ्रेन्सहरु , डीरेफ्रेन्सहरु र एरे/ह्याश रेफ्रेन्स कसरी थप्ने, हटाउने वा प्रयोग गर्ने उदाहरणहरु |
10:14 | यहाँ तपाईको लागि एउटा कार्य छ, हाम्रो hashRefadd . pl फाइल को ह्याश weektemp नयाँ किहरु “Saturday” र “Sunday” थपौं |
10:24 | अन्त्यमा “Saturday” कि मेटौं |
10:27 | ह्याश weektemp प्रिन्ट गरौँ |
10:30 | प्रोग्राम सेभ र एक्जिक्युट गरौँ, नतिजा जाचौं |
10:35 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ कृपया डाउनलोड गरी हेर्नुहोस् |
10:42 | हामी कार्यशालाहरु संचालन गर्छौं र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छौं बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
10:51 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
11:02 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |