LibreOffice-Suite-Draw/C2/Create-simple-drawings/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:17, 25 April 2017 by PoojaMoolya (Talk | contribs)
| Time | Narration |
| 00:02 | How to Create Simple Drawings in LibreOffice Draw,को स्पोकन टुटोरियलमा स्वागत छ |
| 00:08 | यो टुटोरियलमा, यी टूलहरु प्रयोग गरी तपाईले सामान्य चित्रहरु कसरी कोर्ने सिक्नुहुनेछ: |
| 00:13 | सामान्य आकारहरु जस्तै रेखाहरु, एरो र आयतहरु |
| 00:17 | आधारभूत ज्यामितीय आकारहरु, चिन्हहरु, तारा र ब्यानरहरु |
| 00:22 | तपाई कसरी एउटा अब्जेक्ट छान्ने, सार्ने र मेट्ने पनि सिक्नुहुनेछ |
| 00:27 | मार्जिनहरु सेट गर्न रुलर र अब्जेक्टलाई पंक्तिबद्ध गर्न एलाइन टूलबार प्रयोग गर्न |
| 00:33 | यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं |
| 00:42 | अब्जेक्ट शब्द डिफाइन् गरौँ |
| 00:44 | “अब्जेक्ट” भन्नाले ड्र मा प्रयोग गरिने आकारहरु वा तिनीहरुको समूहलाई जनाउँछ जस्तै रेखाहरु, वर्गहरु, फलोचार्ट र आदि |
| 00:55 | यो स्लाइडमा देखिएका सबै बस्तुहरुलाई अब्जेक्टको रुपमा जनाईएको छ |
| 00:59 | डेस्कटपमा सेभ गरेको “WaterCycle” फाइल खोलौं |
| 01:04 | पहिले हामी कसरी एउटा अब्जेक्ट छान्ने सिक्नेछौं |
| 01:08 | मानौं, हामी बादल छान्न चाहन्छौं, त्यसैले हामी यसमा क्लिक गर्छौं |
| 01:13 | यसो गर्नाले, ८ वटा ह्यान्डल देखिन्छ |
| 01:16 | ह्यान्डल छानेको अब्जेक्टमा देखापर्ने सानो निलो वा हरियो रंगको वर्ग हो |
| 01:22 | तपाई पछिको टुटोरियलहरुमा ह्यान्डलहरु र तिनीहरुको प्रयोगको बारेमा सिक्नुहुनेछ |
| 01:27 | हाम्रो चित्रमा केहि थप अब्जेक्टहरु थपौं |
| 01:30 | जमिन जनाउन एउटा आयत थपौं |
| 01:34 | ड्रइंग टूलबारमा, “Basic shapes” मा क्लिक गरौँ र अनि “Rectangle” मा क्लिक गरौँ |
| 01:39 | अब कर्सरलाई पेजमा सारौँ, तपाई ठूलो आई सहितको प्लस चिन्ह देख्नुसक्नुहुन्छ |
| 01:45 | लेफ्ट माउस बटन थिची राखी एउटा आयत कोर्न त्यसलाई तानौं |
| 01:50 | अब माउस बटन छोडौं |
| 01:52 | अर्को, जमिनबाट बादल सम्म पानीको बाफ गएको देखाउन केहि एरोहरु बनाऊ |
| 02:00 | एउटा रेखा कोर्न, ड्रइंग टूलबारको “Line” मा क्लिक गरौँ |
| 02:04 | कर्सरलाई पेजमा सारौँ |
| 02:06 | तपाई एउटा ढल्केको ड्याशसहित एउटा प्लस चिन्ह देख्नुहुनेछ |
| 02:10 | माउसको लेफ्ट माउस थिची राखौं र माथि देखि तलसम्म तानौं |
| 02:15 | तपाईले एउटा सिधा रेखा कोर्नुभएको छ! |
| 02:17 | एउटा लाइनको दुईवटा ह्यान्डलहरु हुन्छन् |
| 02:20 | अब, लाइनमा दुई एरो हेड थपौं |
| 02:23 | अब हामीले लाइन छान्नुपर्छ |
| 02:25 | कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Line” मा क्लिक गरौँ |
| 02:30 | तपाई “Line” डाइलग बक्स देख्नुहुन्छ, अब “Arrow styles” ट्याबमा क्लिक गरौँ र ड्रप डाउनमा “Arrow style” मा क्लिक गरौँ |
| 02:39 | यसले उपलब्ध “एरो स्टाइल”हरु देखाउँछन् |
| 02:43 | “Arrow” नाम गरेको पहिलो विकल्प छानौं |
| 02:46 | OK मा क्लिक गरौं |
| 02:48 | यसले लाइनको दुवै टुप्पोमा छानेको शैलीको एरोहेड थप्छ |
| 02:52 | तर हामीलाई लाइनको एउटा मात्र टुप्पोमा एरोहेड चाहिएको छ |
| 02:57 | त्यसैले हामी पहिले यसलाई CTRL+Z थिचेर अंडू गर्छौं |
| 03:02 | कन्टेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ |
| 03:05 | अब, “Line” ट्याबमा क्लिक गरौँ |
| 03:09 | यहाँ “Arrow Styles” भित्र तपाई “Style” नामको फिल्ड देख्नुहुनेछ |
| 03:14 | तपाईले हरेक लाइनको टुप्पोको लागि ड्रप-डाउन बक्सहरु देख्नुहुन्छ |
| 03:19 | बायाँ ड्रप-डाउन बक्समा क्लिक गरौँ र “Arrow” छानौं |
| 03:23 | दायाँ ड्रप-डाउन बक्समा “none” छानौं |
| 03:26 | OK क्लिक गरौँ |
| 03:28 | लाइनको माथिल्लो टुप्पोमा एउटा एरोहेड थपिएको याद गरौँ |
| 03:33 | हामी “Lines and Arrows” अप्सन प्रयोग गरेर पनि एरो कोर्न सक्छौं |
| 03:38 | यो एरो सँगै दुई थप एरोहरु कोरौं |
| 03:42 | ड्रइंग टूलबारबाट >>“ Lines and Arrows” मा क्लिक गरौँ र Line Starts with Arrow छानौं |
| 03:48 | कर्सर ड्र पेजमा सारौँ |
| 03:51 | माउसको लेफ्ट बटन थिचौं र माथि देखि तल तानौं |
| 03:56 | यो तरिकाले एरो कोर्न सजिलो छ हैन त? |
| 04:00 | त्यहि तरिकाले अर्को एउटा एरो थपौं |
| 04:06 | यो टुटोरियल रोक्नुहोस् र यो कार्य गर्नुहोस् |
| 04:09 | तपाईको “MyWaterCycle” फाइलमा, एउटा लाइन कोर्नुहोस् |
| 04:13 | लाइन छानौं र लाइन डाइलग बक्स खोलौं |
| 04:16 | Line Properties फिल्ड भित्र लाइनको स्टाइल, रंग, चौडाई र पारदर्शीता बदल्नुहोस |
| 04:24 | Arrow Styles फिल्ड भित्र एरोको स्टाइल बदलौं |
| 04:28 | अर्को एउटा तारा कोरौं |
| 04:31 | ड्रइंग टूलबारमा जाऊ र “Stars” संगैको कालो त्रिकोणमा क्लिक गरौँ |
| 04:37 | “5-Point Star” छानौं |
| 04:41 | अब कर्सर बादल सँगै राखौं |
| 04:44 | माउसको लेफ्ट बटन थिचौं र बायाँतिर सारौँ |
| 04:48 | तपाईले एउटा तारा कोर्नुभएको छ! |
| 04:50 | अब कसरी अब्जेक्टहरु सार्ने र मेट्ने हेरौं |
| 04:54 | एउटा अब्जेक्ट सार्न, खाली यसलाई छानौं र चाहेको स्थानमा सारौँ |
| 04:59 | अब माउस छोडौं |
| 05:02 | तपाई एउटा अब्जेक्ट सार्न किबोर्डको माथि, तल र दायाँ-बायाँ एरो किहरु पनि प्रयोग गर्नसक्नुहुन्छ |
| 05:08 | अब्जेक्ट सार्ने काम सजिलो छ है? |
| 05:11 | एउटा अब्जेक्ट मेट्न, खाली यसलाई छानौं अनि किबोर्डको डिलिट कि थिचौं |
| 05:17 | अब्जेक्ट मेटिएको छ, यो सजिलो छ है? |
| 05:20 | अब आधारभूत टूलहरुको बारेमा जानौं – रुलर र एलाइन टूलबार |
| 05:26 | रुलर पेज मार्जिन सेट गर्न प्रयोग गरिन्छ र मापनको इकाई फेरबदल गर्न सकिन्छ |
| 05:31 | एलाइन टूलबार अब्जेक्टको स्थान मिलाउन प्रयोग गरिन्छ |
| 05:35 | रुलर माथि देखाईएको छ र ड्र वर्कस्पेसको बायाँ छ |
| 05:40 | मापन इकाई सेट गर्न, माथिको रुलरमा राइट क्लिक गरौँ |
| 05:45 | तपाईले मापनको इकाईको सूची देख्न सक्नुहुनेछ |
| 05:48 | “Centimeter” मा क्लिक गरौँ |
| 05:50 | माथिको रुलरको मापन इकाई सेन्टिमिटरमा सेट भएको छ |
| 05:55 | यसैगरी, बायाँको रुलरको मापन इकाई सेट गरौँ |
| 06:00 | अब्जेक्टहरु स्केल अनुसार बनाउन, दुवै रुलरलाई एकै मापनको इकाई सेट गरौँ |
| 06:08 | तपाई सक्रिय रुलर सेतो रंगमा भएको देख्नुहुन्छ |
| 06:12 | रुलरको टुप्पोले हामीले पेज सेटअपमा राखेको मान अनुसारको पेज मार्जिन बनाउँछ |
| 06:19 | अब रुलरले कसरी अब्जेक्टको मापन गर्छ हेरौं |
| 06:23 | बादल छानौं |
| 06:25 | के तपाईले रुलरको सुरु र अन्त्यमा दुई साना चिन्हहरु देख्नसक्नुहुन्छ? |
| 06:29 | यसले बादलको धारहरु जनाउँछ |
| 06:32 | यदि तपाईले रुलरमा यी चिन्हहरु सार्नुभयो भने तपाईले चित्र पनि सोहि अनुसार बदलेको देख्नसक्नुहुन्छ |
| 06:38 | रुलरले पेजमा भएको अब्जेक्टको साइज देखाउँछ; |
| 06:42 | यसले पेजमा अब्जेक्टको स्थान मिलाउन दिन्छ र पेजको सिमा पनि देखाउँछ |
| 06:49 | अर्को आधारभूत टूलमा जाउँ – एलाइन टूलबार |
| 06:53 | हामी “Align” टूलबार अब्जेक्टलाई बायाँ, दायाँ, माथि, तल र बीचमा राख्न प्रयोग गर्छौं |
| 07:01 | “Align” टूलबारलाई इनेबल गर्न “Main Menu” मा जाउँ र “View” मा क्लिक गरौँ |
| 07:07 | “View” मेनुमा “Toolbars” मा क्लिक गरौँ |
| 07:11 | तपाई टूलबारहरको सूची देख्न सक्नुहुन्छ |
| 07:13 | “Align” क्लिक गरौँ |
| 07:15 | तपाई “Align” टूलबार देख्न सक्नुहुन्छ |
| 07:18 | हामीले विभिन्न एलाइन विकल्पहरु प्रयोग गर्दा कसरी एउटा अब्जेक्ट पंक्तिबद्ध हुन्छ हेरौं |
| 07:24 | अब बादल छानौं |
| 07:26 | “Align” टूलबारमा “Left” क्लिक गरौँ |
| 07:29 | बादल बायाँमा रहेको छ |
| 07:32 | अब दुई विकल्पको भिन्नता जानौं “Centered” र “Centre” |
| 07:38 | हामी वृतलाई पहिले “Centre” मा राख्ने अनि “Centered” मा राख्छौं |
| 07:43 | पहिले वृतलाई “Right” मा क्लिक गरौँ |
| 07:47 | वृत छानौं र एलाइन टूलबारमा, राइट क्लिक गरौँ |
| 07:52 | अब, एलाइन टूलबारमा “Centre” क्लिक गरौँ |
| 07:56 | वृत बीचमा राखिएको छ |
| 07:59 | “Centre” विकल्पले अब्जेक्टलाई ठ्याक्क पेजको माथि र तलको मार्जिनको बीचमा राख्छ |
| 08:06 | यसले बस्तुलाई पेजको चौडाई अनुसार सार्दैन |
| 08:10 | अब, एलाइन टूलबारबाट “Centered” छानौं |
| 08:15 | वृत पेजको बीचमा राखिएको छ |
| 08:18 | “Centered” विकल्पले वृतलाई पेजको बीचमा राख्छ |
| 08:23 | यसले अब्जेक्टलाई माथि र तलको मार्जिन र पेजको चौडाई अनुसार सार्छ |
| 08:33 | अब, हामी अब्जेक्टलाई हाम्रो नमुना चित्र अनुसार तिनीहरुको सहि स्थानमा सार्नेछौं |
| 08:40 | तपाईले फाइल बन्द गर्नुपूर्व यसलाई सेभ गर्नुपर्छ |
| 08:43 | यहाँ तपाईको लागि अर्को कार्य छ |
| 08:46 | मेरो MyWaterCycle फाइलमा, एउटा पेज थपौं |
| 08:50 | यी दुई चित्रहरु बनाऊ |
| 08:53 | तिनीहरुलाई एरो किहरु प्रयोग गरि सारौँ |
| 08:55 | तपाईले कोरेको कुनै अब्जेक्ट छानौं र यसलाई डिलिट गरौँ |
| 08:59 | यो रुलरले केहि अब्जेक्टको साइज नाप्न प्रयोग गरौँ |
| 09:04 | अनि “Align” टूलबार प्रयोग गरौँ र अब्जेक्टलाई पेजको बीचमा राखौं |
| 09:11 | हामी यो लिब्रे अफिस ड्र टुटोरियलको अन्त्यमा आइपुगेका छौं |
| 09:15 | यो टुटोरियलमा हामीले कसरी यो प्रयोग गरि सामान्य चित्रहरु कोर्ने सिक्यौं: |
| 09:19 | आधारभूत आकारहरु जस्तै लाइनहरु, एरोहरु र आयतहरु |
| 09:24 | आधारभूत ज्यामितीय आकारहरु,चिन्हहरु र ब्यानरहरु |
| 09:29 | तपाईले एउटा अब्जेक्ट छान्न र डिलिट गर्न सिक्नुभयो |
| 09:32 | र रुलर र एलाइन टूलबार प्रयोग गरी अब्जेक्ट मिलाएर राख्न |
| 09:37 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial |
| 09:41 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ |
| 09:44 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस |
| 09:48 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले Bold text |
| 09:51 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
| 09:54 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
| 09:58 | बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस |
| 10:04 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
| 10:09 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ |
| 10:17 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
| 10:27 | यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद |