LibreOffice-Suite-Base/C4/Access-data-sources/Nepali
From Script | Spoken-Tutorial
Revision as of 12:34, 25 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:00 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:04 | यो ट्युटोरियलमा हामी यी कुराहरु सिक्नेछौं |
00:08 | अन्य डाटा सोर्सहरु प्रयोग गर्न |
00:10 | .odb डाटाबेस रजिस्टर गर्न |
00:15 | डाटा सोर्सहरु हेर्न |
00:17 | र राइटरमा डाटा सोर्सहरु प्रयोग गर्न |
00:22 | बेसमा हामी कसरी अन्य डाटा सोर्सहरु प्रयोग गर्न सक्छौं हेरौं |
00:28 | लिब्रे अफिसले बेस डाटाबेस बाहेक अन्य डाटा सोर्स प्रयोग गर्न दिन्छ |
00:37 | यसले तिनीहरुलाई अन्य लिब्रे अफिस डकुमेन्टसमा पनि लिंक गर्न दिन्छ |
00:43 | उदाहरणको लागि, हामी लिब्रे अफिस बेसबाट एउटा स्प्रेडसिट वा साधारण टेक्स्ट डकुमेन्ट प्रयोग गर्न सक्छौं |
00:53 | अनि यसलाई एउटा लिब्रे अफिस राइटर डकुमेन्टसँग लिंक गर्न सक्छौं |
00:58 | एउटा उदाहरणको रुपमा, LibreOffice Calc प्रयोग गरि एउटा स्प्रेडसिट बनाऊ |
01:06 | Start Menu मा क्लिक गरौँ>> अनि All Programs र LibreOffice Suite मेनु खोलौं |
01:16 | वा यदि लिब्रे अफिस पहिले नै खुलेको छ भने हामी File, New र Spreadsheet मा क्लिक गरि एउटा नयाँ स्प्रेडसिट खोलौं |
01:30 | अब, स्प्रेडसिटमा, इमेजमा देखाए जस्तै केहि नमुना डाटा टाइप गरौँ |
01:46 | र यो स्प्रेडसिटलाई एउटा स्थानमा डिरेक्टरीमा ‘LibraryMembers’ को नाममा सेभ गरौँ |
01:54 | हामीलाई हाम्रो उदाहरण पछि प्रयोग गर्नुपर्ने भएकोले यो स्थान सम्झौं |
02:02 | र Calc विन्डो बन्द गरौँ |
02:07 | ल, अब हामी लिब्रे अफिस बेसबाट यो स्प्रेडसिट कसरी प्रयोग गर्न सकिन्छ हेरौं |
02:15 | यसो गर्न, Windows Start मेनुबाट बेस खोलौं |
02:25 | वा यदि लिब्रे अफिस बेस पहिले नै खोलेको छ भने हामी File, New अनि Database मा क्लिक गर्नेछौं |
02:36 | अब, यसले डाटाबेस विजार्ड खोल्नेछ |
02:39 | यहाँ हामी ‘Connect to an existing database’ क्लिक गर्नेछौं |
02:45 | अनि ड्रपडाउनमा क्लिक गर्नेछौं |
02:48 | बेसको पहुँच भएको विविध डाटाबेस सोर्सको यो सूची याद गरौँ |
02:55 | र यहाँ हामी स्प्रेडसिटमा क्लिक गर्नेछौं |
02:59 | र Next बटन क्लिक गरौँ |
03:02 | अब ब्राउज बटन प्रयोग गरि हामीले पहिले सेभ गरेको स्प्रेडसिटको स्थान खोजौं |
03:10 | यदि स्प्रेडसिटको लागि एउटा पासवर्ड छ भने हामीले त्यो पनि दिनुपर्छ |
03:16 | यहाँ हामीलाई यो चाहिदैन |
03:19 | Next बटनमा क्लिक गरौँ |
03:22 | अब, स्प्रेडसिटलाई एउटा डाटा सोर्सको रुपमा दर्ता गरौँ |
03:27 | र यसलाई सम्पादन गर्न खोलौं |
03:32 | र Finish बटनमा क्लिक गरौँ |
03:36 | यहाँ डाटाबेसलाई एउटा नाम दिउँ, LibraryMembers टाइप गरौँ |
03:44 | सेभ एज टाइप याद गरौँ: यसले ODF Database भन्छ जुन अहिले .odb छ |
03:56 | र यसलाई स्प्रेडसिट भएको स्थानमा सेभ गरौँ |
04:01 | हामीले बेसमा स्प्रेडसिटलाई एउटा डाटा सोर्सको रुपमा दर्ता गराएका छौं |
04:07 | हामी अहिले मुख्य बेस विन्डोमा छौं |
04:11 | यहाँ लेफ्ट प्यानलमा Tables आइकनमा क्लिक गरौँ |
04:16 | टेबलहरु ‘Sheet1’, Sheet2, र Sheet3 याद गरौँ |
04:23 | Sheet1 लाई खोल्न यसमा दोहोरो क्लिक गरौँ र यहाँ स्प्रेडसिटको डाटा छ |
04:31 | अब, हामी यो स्प्रेडसिट प्रयोग गर्ने तरिकाले यहाँ कुनै परिवर्तन गर्न सक्दैनौं |
04:39 | हामी खाली डाटा हेर्न वा क्वेरीहरु बनाउन र हाल यहाँ भएका डाटाको आधारमा रिपोर्टहरु मात्र बनाउन सक्छौं |
04:47 | त्यसैले परिवर्तनहरु .odb डाटाबेस दर्ता |
04:54 | गरेर सिधै स्प्रेडसिटमै गर्नुपर्छ |
04:59 | अहिले, त्यहाँ अन्य प्रोग्रामहरु पनि छन् जस्तै OpenOffice.org जसले .odb डाटाबेस उत्पादन गर्न सक्छ |
05:11 | हामीले यिनीहरुलाई LibreOffice Base भित्र प्रयोग गर्न, पहिले बेसमा दर्ता गर्नुपर्छ |
05:19 | कुनै .odb डाटाबेस दर्ता गर्नलाई हामीले बेस खोल्नुपर्छ र |
05:28 | Tools, Options, LibreOffice Base र Databases छान्नुपर्छ |
05:36 | Registered Databases मुनिको New क्लिक गरौँ |
05:42 | डाटाबेस भएको स्थानमा जाउँ र दर्ता गरेको नाम सहि भएको पक्का गरौँ |
05:51 | र Ok बटनमा क्लिक गरौँ |
05:55 | हामी लिब्रे अफिसमा कसरी डाटा सोर्सहरु हेर्न सक्छौं हेरौं |
06:01 | यसको लागि, हामीले बेसमा दर्ता गरेको उदाहरणको स्प्रेडसिट मानौं |
06:07 | अब, हामी यसलाई LibreOffice Writer वा Calc मा प्रयोग गर्न सक्छौं |
06:12 | उदाहरण, हामी यसलाई लिब्रे अफिस राइटर भित्र कसरी हेर्न सक्छौं हेरौं |
06:19 | पहिले बेस विन्डोबाट राइटर खोलौं |
06:24 | यसको लागि File, New अनि Text डकुमेन्टमा क्लिक गरौँ |
06:33 | हामी अहिले राइटर विन्डोमा छौं |
06:36 | हामी उपलब्ध डाटा सोर्सहरु हेर्न माथिको View मेनुमा क्लिक गर्नेछौं र Data Sources मा क्लिक गर्नेछौं |
06:46 | वैकल्पिक रुपमा, हामी F4 कि थिच्न सक्छौं |
06:52 | अब, हामी माथि दायाँ दर्ता गरिएका डाटाबेसहरुको साथै हामीले भर्खरै बनाएको LibraryMembers सहित एउटा सूची देख्नेछौं |
07:03 | डाटाबेस हेर्न, हामी बायाँको डाटाबेसको नामको प्लस चिन्हमा क्लिक गरेर यसलाई ठुलो पार्नेछौं |
07:14 | र हामी Tables ठूलो पार्नेछौं |
07:18 | यहाँ Sheet1, 2 र 3 छ |
07:24 | Sheet 1 मा क्लिक गरौँ |
07:28 | ल, हाम्रो डाटा राइटर विन्डोको माथि छ |
07:36 | अब हामी कसरी यो डाटा हाम्रो उदाहरणको राइटर डकुमेन्टमा प्रयोग गर्न सकिन्छ हेर्नेछौ |
07:43 | ल, यदि यहाँ हामी माथिको टेबलबाट सम्पूर्ण डाटा प्रयोग गर्न चाहेमा पहिले हामी यहाँ रेकर्डहरु छान्नेछौं |
07:55 | यसको लागि पहिलो रेकर्डको पहिलो कोलमको बायाँ ग्रे सेलमा क्लिक गरौँ |
08:05 | अनि, हामी Shift कि थिचेर, अन्तिम रेकर्डको पहिलो कोलमको बायाँ ग्रे सेलमा क्लिक गर्नेछौं |
08:17 | सम्पूर्ण डाटा रंगिन भएको याद गरौँ |
08:21 | अब हामी यसलाई तलको राइटर डकुमेन्टमा click, drag र drop गर्नेछौं |
08:30 | अर्को, हामी एउटा Insert Database Columns नामक एउटा पप-अप विन्डो देख्छौं |
08:37 | त्यसैले यहाँ, हामी माथि टेबल विकल्पमा क्लिक गर्नेछौं |
08:42 | र सबै फिल्डहरुलाई बायाँदेखि दायाँ सूचीमा सार्न डबल एरो बटनमा क्लिक गर्नेछौं |
08:52 | यहाँ रहेका विविध विकल्पहरु याद गरौँ |
08:56 | अहिलेको लागि, हामी Ok बटनमा क्लिक गर्नेछौं |
09:00 | र यहाँ डकुमेन्टमा पुरै डाटाको टेबल छ |
09:05 | अब हामी प्रत्येक फिल्ड कसरी थप्न सक्छौं हेरौं |
09:13 | राइटर डकुमेन्टको माथि जाउँ र दुइचोटी इन्टर कि थिचौं, फेरि माथि दायाँ जाउँ |
09:22 | यहाँ, Member Name कोलोन टाइप गरौँ |
09:28 | अनि माथि दायाँ डाटा सोर्स क्षेत्रको Name कोलममा क्लिक गरौँ |
09:36 | अब हामी यसलाई हामीले टाइप गरेको टेक्स्ट सँगै click, drag र drop गर्छौं |
09:43 | र हामी ट्याब कि थिच्नेछौँ र Phone number colon टाइप गर्नेछौं |
09:51 | र........... हामीलाई के गर्ने थाहा छ, छैन त? |
09:55 | हामी माथिको Phone कोलममा क्लिक गर्नेछौं, अनि तानेर हाम्रो टेक्स्टमा ड्रप गर्नेछौं |
10:04 | अब पहिलो रेकर्डको बायाँको ग्रे सेलमा क्लिक गरेर यसलाई रंगिन बनाउँ |
10:13 | अनि हामी Data to Fields आइकनमा क्लिक गर्नेछौं |
10:19 | यो Formatting टूलबारको मुनि Table Data टूलबारमा पाउन सकिन्छ |
10:27 | याद गरौँ, अहिले टेबल माथि भएको डाटा राइटर डकुमेन्टमा छ |
10:35 | अर्को रेकर्ड ल्याउन, हामीले एउटा भिन्न रेकर्ड रंगिन बनाउनुपर्छ र पुन ‘Data to Fields’ आइकन प्रयोग गर्नुपर्छ |
10:46 | ल. हामीले लिब्रे अफिस डकुमेन्ट भित्र डाटा सोर्सहरु कसरी प्रयोग गर्ने सिक्यौं |
10:54 | यसले हामीलाई लिब्रे अफिस बेसको यस Accessing other Data Sources ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
11:01 | संक्षेपमा, हामीले यो सिक्यौं: |
11:05 | अन्य डाटा सोर्सहरु प्रयोग गर्न |
11:07 | .odb डाटाबेसहरु दर्ता गर्न |
11:12 | डाटा सोर्सहरु हेर्न |
11:14 | र राइटरमा डाटा सोर्सहरु प्रयोग गर्न |
11:19 | स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
11:23 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ! |
11:30 | यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ! |
11:35 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
11:40 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
11:44 | र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार |