LibreOffice-Suite-Base/C2/Introduction/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:29, 25 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:00 | लिब्रे अफिस बेसमा स्वागत छ |
00:04 | यो ट्युटोरियलमा, हामी सिक्नेछौं, लिब्रे अफिस बेस के हो |
00:09 | बेस प्रयोग गर्ने पूर्वाधारहरु |
00:12 | तपाई बेसमा के गर्न सक्नुहुन्छ? |
00:14 | आधारभूत रिलेसनल डाटाबेस, नयाँ डाटाबेसको बनाउने, एउटा टेबुल बनाउने |
00:20 | लिब्रे अफिस बेस, लिब्रे अफिस सुइटमा डाटाबेस अग्रभाग हो |
00:26 | बेस माइक्रोसफ्टको एक्सेस सरह हुन्छ |
00:30 | बेस निशुल्क र ओपन सोर्स सफ्टवेयर हो, यो निशुल्क प्रयोग र वितरण गर्न सकिन्छ |
00:37 | बेस प्रयोग गर्ने पूर्वाधारहरु हेरौं |
00:41 | माइक्रोसफ्ट विन्डोज सिस्टमका आवश्यकताहरु यी हुन् |
00:45 | Microsoft Windows 2000 (Service Pack 4 वा माथि), XP, Vista, वा Windows 7; १.५ जीबी हार्डडिस्क स्पेस भएको Pentium-सँग चल्ने PC; |
01:02 | उबुन्टु लिनक्सको लागि सिस्टमका आवश्यकतहरु यहाँ छन् |
01:06 | लिनक्स कर्नेल संस्करण २.६.१८ वा माथि; Pentium-सँग चल्ने PC |
01:13 | दुवै विन्डोज र लिनक्समा इन्स्टल गर्न हामीलाई २५६ एमबी र्याम चाहिन्छ (सिफारिस ५१२ एमवि) |
01:24 | पूर्ण सिस्टमका अवश्यकताहरु जान्न,लिब्रे अफिस वेबसाइटमा हेर्नुहोस् |
01:30 | तपाईले Java Runtime Environment पनि इन्स्टल गर्नुपर्छ जुन तलको लिंकमा उपलब्ध छ |
01:38 | 'Free Java Download' भन्ने रातो बटनमा क्लिक गर्नुहोस् |
01:44 | फाइल एकचोटी डाउनलोड गरेपछि यसलाई दोहोरो क्लिक गरेर इन्स्टल गर्ने निर्देशनहरु पालना गर्नुहोस् |
01:52 | अब लिब्रे अफिस बेस इन्स्टल भएको हेरौं |
01:56 | यदि तपाइले पहिले नै कम्प्लिट इन्स्टलेसन अप्सन सहित इन्स्टल गर्नुभएको छ भने, |
02:03 | तपाई आफ्नो स्क्रिनको तल्लो बायाँमा रहेको स्टार्ट मेनुमा क्लिक गरि लिब्रे अफिस बेस प्रयोग गर्न सक्नुहुन्छ |
02:12 | All Programs मा क्लिक गरौँ र LibreOffice Suite मा क्लिक गरौँ |
02:21 | यदि तपाईले लिब्रे अफिस सुइट इन्स्टल गर्नुभएको छैन भने, |
02:24 | तपाई बेस आधिकारिक वेबसाइटमा गएर इन्स्टल गर्न 'Download LibreOffice' नामक हरियो क्षेत्रमा क्लिक गर्न सक्नुहुन्छ |
02:37 | बिस्तृत जानकारी लिब्रे अफिस सुइटको पहिलो ट्युटोरियलमा उपलब्ध छ |
02:43 | इन्स्टल गर्दा बेस इन्स्टल गर्न 'Complete' विकल्प प्रयोग गरौँ |
02:50 | ल, अब अर्को बिषयमा जाउँ |
02:54 | तपाई लिब्रे अफिस बेसमा के गर्न सक्नुहुन्छ? |
02:57 | बेसमा तपाई संगठित डाटा भण्डार गर्न सक्नुहुन्छ |
03:02 | डाटा इन्ट्री गर्न र फर्म प्रयोग गरि डाटा हेर्न |
03:08 | जिज्ञासाहरु प्रयोग गरि जानकारी लिन |
03:12 | प्रिन्ट गर्न तयार प्रतिवेदनहरु डिजाइन र उत्पादन गर्न |
03:17 | बेसले तपाईलाई डाटाबेस व्यवस्थापन गर्न सघाउछ |
03:21 | हामीलाई थाहा छ, डाटाबेस डाटा, फर्म, जिज्ञासा र प्रतिवेदनहरुको संगालो हो |
03:29 | उदाहरणको लाग, बेसको प्रयोगले Customer Information डाटाबेस व्यवस्थापन गर्न सकिन्छ |
03:36 | बिक्रि माग र चलानी पत्ता लगाउन, एउटा बिद्दार्थीको अंक वा एउटा पुस्तकालयको डाटाबेस बनाउने |
03:47 | अब डाटाबेसको आधारभूत जानकारी लिऊ |
03:51 | एउटा डाटाबेसमा डाटा तालिकाहरुमा भण्डार र संगठित हुन्छन् |
03:56 | तालिकाहरुमा हरेक डाटा पंक्ति र कोलममा भण्डारण हुन्छन |
04:03 | त्यस्तो डाटाबेसलाई एउटा रिलेसनल डाटाबेस पनि भनिन्छ जसमा कोलममा एक-अर्कामा सम्बन्ध हुन्छ |
04:15 | एउटा पुस्तकालयको लागि सामान्य डाटा मानौं |
04:20 | पुस्तकालय पुस्तकहरुको समूह हुन सक्छ |
04:23 | र पुस्तक पुस्तकालयका सदस्यलाई दिन सकिनेछ |
04:28 | एउटा पुस्तकमा शिर्षक, लेखक , प्रकाशनको मिति र मुल्य हुन सक्छ |
04:37 | यिनीहरुलाई गुण वा एट्रीब्युट्स भनिन्छ |
04:42 | यसैगरी, एउटा पुस्तकालय सदस्यको नाम, फोन नम्बर र ठेगाना हुन्छ |
04:48 | र पुस्तकालयले आफ्नो पुस्तक आफ्ना सदस्यलाई मात्र जारी गर्छ |
04:54 | अब हामी कसरी यी डाटाहरुलाई एउटा भिन्न तालिकामा पंक्ति र कोलमको रुपमा भण्डार गर्न सक्छौं |
05:02 | हरेक पुस्तकको बारेमा एउटा बुक्स तालिकामा जानकारी भण्डार गर्न सकिन्छ, |
05:08 | यसको कोलमको एट्रीब्युट्सहरु हुन्: पुस्तकको शिर्षक, लेखक, प्रकाशक, प्रकाशनको वर्ष र मुल्य |
05:19 | हरेक पुस्तक छुट्टयाउन, एउटा BookId नामको फरक सूचक कोलम थपौं |
05:27 | यसरी, हामी दुई भिन्न पुस्तकहरु एकै शिर्षकमा राख्न सक्छौं |
05:33 | यसैगरी, एउटा सदस्यको तालिकामा कोलमहरु जस्तै नेम र फोन हुन सक्छ |
05:40 | र हरेक सदस्यहरु पहिचान गर्न र छुट्याउन एउटा Member Id |
05:47 | र हामी सदस्यलाई जारी गरिएको पुस्तकको जानकारी BookIssued नामक तेस्रो तालिकामा राख्न सक्छौं |
05:56 | यो तालिकाले जारी पुस्तक, सदस्य, जारी मिति, फिर्ता गर्ने दिन, फिर्ता गरेको दिन, चेक-इन् गरेको वा नगरेको आदि जानकरी दिन्छ |
06:09 | हामी यी तालिकाहरुका डाटाहरु एक-आपसमा जोड्न एउटा सम्बन्ध स्थापित गर्न सक्छौं |
06:16 | अब यसले हामीलाई 'रिलेसनल डाटाबेस' व्यवस्थापन गर्न मद्दत गर्छ |
06:22 | रिलेसनल डाटाबेसमा अन्य बिषयहरुको लागि Spoken tutorial.org वेबसाइटमा हेर्नुहोला |
06:35 | ल, अब बेसको हाम्रो पहिलो डाटाबेस “Library” सहित सुरु गरौँ! |
06:43 | एउटा नयाँ डाटाबेस बनाउन, पहिले बेस प्रोग्राम खोलौं |
06:50 | अनि, स्क्रिनको बायाँ स्टार्ट मेनु क्लिक गरौँ अनि All Programs क्लिक गरौँ र LibreOffice Suite, र LibreOffice Base मा क्लिक गरौँ |
07:08 | Database Wizard नामक एउटा विन्डो खुल्छ |
07:13 | एउटा नयाँ डाटाबेस बनाउन Next बटन क्लिक गरौँ |
07:19 | अर्को विन्डोमा Finish बटन क्लिक गरौँ |
07:23 | यसले एउटा Save As विन्डो खोल्नेछ |
07:27 | हामीले एउटा पुस्तकालयको डाटाबेस बनाउदै भएकोले हामी File Name टेक्स्ट बक्समा "Library" टाइप गर्छौं |
07:35 | अनि Save बटन क्लिक गरौँ |
07:39 | ल यो भयो |
07:42 | अर्को, अब डाटा भण्डार गर्ने तालिकाहरु बनाऊ |
07:46 | एउटा नयाँ तालिका बनाउन, बायाँ रहेको डाटाबेसको सूचीबाट Tables आइकनमा क्लिक गरौँ |
07:54 | दायाँ रहेको Tasks सूचीको 'Create Table in Design View' क्लिक गरौँ, यसले अर्को विन्डो खोल्नेछ |
08:05 | यहाँ फिल्ड नेमको पहिलो कोलममा 'BookId' टाइप गरौँ |
08:13 | फिल्ड टाइप कोलम सार्न ट्याब कि प्रयोग गरौँ |
08:18 | हरेक पुस्तकको लागि BookId भिन्न नम्बर हुनेभएकोले Field Type मा ड्रपडाउन सूची बाट इन्टिजर छानौं |
08:32 | तलको खण्डमा Field Properties बदलौं |
08:36 | AutoValue लाई No बाट Yes मा बदलौं |
08:41 | अब यो फिल्डले प्रत्येक पुस्तकलाई भिन्न रुपले पहिचान गर्छ |
08:46 | अर्को शब्दमा यो फिल्डलाई Primary Key पनि भनिन्छ |
08:52 | BookId फिल्ड को बायाँ रहेको पहेंलो साँचोको चिन्ह याद गरौँ |
08:58 | हामी फिल्डको नामको लागि फिल्ड टाइप कसरी छान्न सक्छौं हेरौं |
09:05 | फिल्ड टाइप टेक्स्ट, इन्टिजर,संख्या,डेसिमल वा मिति हुनसक्छ |
09:13 | सामान्य जानकारी भएको अक्षर वा फिल्डहरु प्रयोग गरौँ उदाहरणको लागि नाम, शिर्षक, ठेगाना आदि |
09:22 | संख्या मात्र रहने फिल्डको लागि इन्टिजर, नुमेरिक वा डेसिमल प्रयोग गरौँ |
09:30 | उदाहरणको लागि मूल्यको जानकारी रहेको फिल्डमा नुमेरिक र वर्ष जनाउने फिल्डमा इन्टिजर प्रयोग गरौँ |
09:39 | अब बाँकि फिल्डहरु बनाऊ |
09:43 | Title, Field type Text, Author |
09:52 | Field type Text, Published Year |
09:59 | Field type Integer |
10:05 | Publisher |
10:09 | Field type Text |
10:11 | Price |
10:14 | Field type Numeric |
10:18 | Length लाई 5 र Decimal places लाई 2 मा बदलौं |
10:25 | Format example बटन क्लिक गरौँ |
10:29 | यसले Field Format विन्डो खोल्छ |
10:33 | Category List बाट Currency र Format List बाट INR छानौं |
10:42 | मानौं Rs. 1234.00 मा दुई दशमलब स्थान छ |
10:54 | याद गरौँ दुई दशमलब स्थान सहित जम्मा लम्बाई ५ रहेको छ |
11:02 | OK बटन क्लिक गरौँ, अब हामीले Books तालिकाको लागि सबै कोलमहरु बनाएका छौं |
11:11 | अब तालिका सेभ गरौँ |
11:14 | फाइल मेनु तलको सेभ आइकनमा क्लिक गरौँ |
11:20 | तालिकाको नामको टेक्स्ट बक्समा 'Books' टाइप गरौँ |
11:25 | याद गरौँ यो त्यहि ‘Library’ डाटाबेसमा सेभ भएको छ किनभने तालिकाहरु डाटाबेसको एक अंश हुन् |
11:36 | र ok बटन क्लिक गरौँ |
11:39 | अर्को ट्युटोरियलमा, हामी Books तालिकामा डाटा थप्छौं र Members र BooksIssued तालिकाहरु पनि बनाउछौं |
11:50 | यसरी हामी ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं |
11:54 | संक्षिप्तमा हेर्दा, हामीले यो सिक्यौं: |
11:58 | लिब्रे अफिस बेस के हो? |
12:01 | बेस प्रयोग गर्न पूर्वाधारहरु |
12:03 | तपाई बेसमा के गर्न सक्नुहुन्छ? आधारभूत रिलेसनल डाटाबेस |
12:08 | एउटा नयाँ डाटाबेस, तालिका सिर्जना गर्ने |
12:13 | यो ट्युटोरियलको अर्को शृंखलामा तालिकाहरु र त्यसको सम्बन्धहरु रहेको छ |
12:18 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
12:24 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
12:32 | यो प्रोजेक्टको संयोजन Spoken Tutorial.org ले गरेको छ |
12:38 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
12:44 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सर्ब शिक्षाबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद नमस्कार |