KiCad/C2/Mapping-components-in-KiCad/Nepali
From Script | Spoken-Tutorial
Revision as of 18:45, 24 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | प्यारा साथीहरु, KiCad मा Mapping components with footprints स्पोकन टुटोरियलमा स्वागत छ |
00:07 | यो स्पोकन टुटोरियलमा हामी सिक्नेछौं |
00:10 | कम्पोनेन्टलाई सम्बन्धित फुटप्रिन्टमा म्याप गर्न |
00:13 | यो टुटोरियलको पुर्बाधारमा तपाईसंग इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान हुनुपर्छ |
00:18 | युजरलाई KiCad मा कसरी सर्किटको खाका डिजाइन गर्ने ज्ञान हुनुपर्छ |
00:23 | र इलेक्ट्रिक रुल जाच्न र नेटलिस्ट बनाउन |
00:26 | सान्दर्भिक टुटोरियलको लागि, कृपया स्पोकन हाइफन टुटोरियल डट अर्गमा सम्पर्क गर्नुहोस् |
00:33 | हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं |
00:37 | साथै यो टुटोरियलको लागि KiCad 2011 हाइफन 05 हाइफन 25 |
00:47 | KiCad सुरु गर्न, |
00:49 | उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ |
00:52 | पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ |
00:56 | सर्च बारमा, टाइप गरौँ 'KiCad' र इन्टर थिचौं |
01:04 | यसले KiCad मुख्य विन्डो खोल्नेछ |
01:07 | EEschema खोल्न, माथिको प्यानलमा जाउँ, EEschema ट्याबमा क्लिक गरौँ |
01:17 | एउटा इन्फो डायलग बक्स देखापर्छ, जसले यसले खाका नभेटेको भन्छ |
01:21 | OK मा क्लिक गरौँ |
01:24 | म पहिले नै बनाईएको Astable multivibrator को सर्किट खाका प्रयोग गर्छु |
01:30 | यसो गर्न, म फाइल मेनुमा जानेछुँ र Open मा क्लिक गर्नेछुँ |
01:37 | म यो विन्डोलाई देख्न सक्ने क्षेत्रमा लानेछुँ |
01:44 | फाइल सेभ गरिएको फोल्डर छानौं |
01:50 | र Open क्लिक गरौँ |
01:55 | यसले सर्किटको खाका खोल्ने छ |
01:57 | म माउसको स्क्रोल बटन प्रयोग गरि जूम गर्नेछुँ |
02:02 | हामीले पहिले नै यो सर्किटको नेटलिस्ट बनाएको छौं |
02:07 | अब, खाकामा प्रयोग भएका कम्पोनेन्टहरु फुटप्रिन्टमा म्याप गर्ने प्रक्रियाहरु हेरौं |
02:14 | फुटप्रिन्ट Printed Circuit Board मा राखिएको कम्पोनेन्टको वास्तविक लेआउट हो |
02:21 | कम्पोनेन्ट म्यापिंग सुरु गर्न, |
02:24 | EEschema विन्डोमा जाउँ |
02:28 | Run Cvpcb बटनमा क्लिक गरौँ |
02:33 | यसले Cvpcb विन्डो खोल्नेछ |
02:37 | यसले Component Library Error नामको डायलग बक्स पनि खोल्नेछ |
02:42 | यसलाई बन्द गर्न OK बटनमा क्लिक गरौँ |
02:47 | याद गरौँ यसले project1.net फाइल खोल्छ, कृपया सम्झनुहोस्, यो फाइल हामीले नेटलिस्ट जेनेरेसन टुटोरियलमा बनाएका थियौं |
02:58 | Cvpcb विन्डो दुई प्यानलमा विभाजित भएको छ |
03:03 | बायाँ प्यानलको पहिलो कोलोम सिरियल नम्बर हो |
03:07 | दोस्रो कोलमले खाकामा प्रयोग गरिएका कम्पोनेन्टहरुको सूचिको रेफ़रेंस आइडी देखाउँछ |
03:14 | तेस्रो कोलमले सम्बन्धित कम्पोनेन्टहरुको मान देखाउछ |
03:19 | दायाँ प्यानलले उपलब्ध फुटप्रिन्टहरुको एउटा सूची देखापर्छ |
03:25 | अब, हामी कम्पोनेन्टहरुलाई तिनीहरुको सम्बन्धित फुटप्रिन्ट संग म्यापिंग गर्नेछौं |
03:30 | हामी छानिएको कम्पोनेन्टहरुको लागि कम्पोनेन्टहरुको सूची देख्न सक्छौं त्यो हो Cvpcb विन्डोको दायाँ खण्डमा C1 |
03:41 | अब, हामी छानिएको कम्पोनेन्टको सम्बन्धित फुटप्रिन्ट हेर्नेछौं |
03:45 | Cvpcb विन्डोको माथिको प्यानलमा View selected footprint मा क्लिक गरौँ |
03:53 | यसले छानिएको फुटप्रिन्टको इमेज देखाउने फुटप्रिन्ट विन्डो देखाउनेछ |
04:02 | हामी विभिन्न फुटप्रिन्टहरुमा क्लिक गरि तिनीहरुको इमेज पनि हेर्न सक्छुं |
04:12 | म अहिले फुटप्रिन्ट विन्डो बन्द गर्नेछुँ |
04:15 | पहिलो कम्पोनेन्ट C1को लागि, हामीले दायाँ प्यानलबाट फुटप्रिन्ट C1 छानेका छौं |
04:22 | पहिलो कम्पोनेन्टमा C1 फुटप्रिन्ट राख्न, फुटप्रिन्टमा दोहोरो क्लिक गरौँ |
04:27 | तपाई देख्नुहुन्छ, सूचिको पहिलो कम्पोनेन्टमा C1 फुटप्रिन्ट राखिएको छ |
04:34 | यसैगरी दोस्रो कम्पोनेन्ट C2 को लागि पनि हामी फुटप्रिन्ट C1 मा दोहोरो क्लिक गरि फुटप्रिन्ट C1 छान्नेछौँ |
04:43 | दोस्रो कम्पोनेन्ट D1 को लागि, हामी LED हाइफन 3MM छानौं |
04:50 | कनेक्टर P1 को लागि हामी दायाँ प्यानलबाट SIL हाइफन 2 छान्नेछौँ |
05:02 | म यसलाई छान्न दायाँ प्यानलमा स्क्रोल डाउन गर्नेछुँ |
05:09 | R1 लाई R3 छानौं |
05:13 | R2 लाई हामी R3 छानौं |
05:17 | R3 को लागि हामी R3 छान्छौँ |
05:22 | U1 मतलब LM555 को लागि, हामी DIP हाइफन 8 अन्डरस्कोर 300 अन्डरस्कोर ELL छानौं जुन एउटा आठ पिनको स्ट्याण्डर्ड IC फुटप्रिन्ट हो |
05:38 | अब, हामी नेटलिस्ट, माथिल्लो प्यानलको Cvpcb विन्डोको Save netlist and footprint files बटनमा क्लिक गरेर सेभ गर्छु |
05:48 | यसले Save Net and Component List विन्डो खोल्नेछ |
05:54 | म राम्रोसंग हेर्नको लागि विन्डो रिसाइज गर्नेछु |
06:00 | फाइल सेभ गर्न Save मा क्लिक गरौँ, यसले फाइल सेभ गर्नेछ र Cvpcb विन्डो स्वतः बन्द गर्नेछ |
06:13 | अब, नेटलिस्ट फुटप्रिन्ट जानकारी सहित अपडेट भएको छ |
06:18 | यहाँ कम्पोनेन्ट म्यापिंग प्रक्रिया सकिएको छ |
06:21 | EEschema विन्डोमा जाउँ, यो विन्डो बन्द गरौँ |
06:29 | KiCad को मुख्य विन्डो पनि बन्द गरौँ |
06:35 | यसले हामीलाई टुटोरियलको अन्यमा ल्याएको छ |
06:38 | यो टुटोरियलमा हामीले सिक्यौं, |
06:40 | Cvpcb विन्डो प्रयोग गरि कम्पोनेन्टहरुलाई सम्बन्धित फुटप्रिन्टहरुसंग म्यापिंग गर्न |
06:47 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, |
06:51 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
06:56 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07:02 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
07:04 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, |
07:07 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, |
07:11 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
07:19 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
07:23 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:29 | यो मिसन सम्बन्धि थप जानकारी |
07:32 | स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ |
07:38 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
07:41 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद |