Jmol-Application/C4/Animation-using-Script-Commands/Nepali
From Script | Spoken-Tutorial
Revision as of 18:37, 24 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | Animation using Script Commands ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी जेमोल स्क्रिप्ट कमाण्ड प्रयोग गरी एनिमेसन देखाउने छौं |
00:12 | प्रदर्शन गर्न, हामी ethane र hemoglobin को मोडलहरु उदाहरणको रुपमा प्रयोग गर्ने छौं |
00:19 | तलको किवर्ड सहितको जेमोल स्क्रिप्ट कमाण्ड एनिमेसनमा प्रयोग गरिन्छ |
00:24 | move, delay, slab, loop र capture |
00:30 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग उच्च माबिको केमिस्ट्रीको ज्ञान हुनुपर्छ र जेमोल विन्डो को कार्यहरुको पनि ज्ञान हुनुपर्छ |
00:39 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:44 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ, उबुन्टु ओएस संस्करण १४.१० |
00:51 | जेमोल संस्करण १४.१.११ र जाभा संस्करण ७ |
00:58 | यो स्लाइड ले प्रत्येक एनिमेसन कमाण्ड को बिस्तृत रुपमा जानकारी दिन्छ |
01:03 | move कमाण्डले हामीलाई एउटा मोडल दिएको समयसम्म रोटेट, जुम र ट्रान्सलेट गर्न दिन्छ |
01:11 | delay कमाण्ड दिएको समयको लागि स्क्रिप्ट रोक्न प्रयोग गरिन्छ |
01:17 | slab कमाण्डले प्यानलमा देखाइने मलिक्युलको हिस्सा निर्धारण गर्छ |
01:23 | loop कमाण्डले स्क्रिप्टलाई एउटा वैकल्पिक टाइम डिले सहित अगाडीबाट सुरु गर्छ |
01:30 | capture कमाण्डले एनिमेसनहरु एनिमेट भएका GIF फाइलको रुपमा राख्छ |
01:36 | जेमोल स्क्रिप्ट कमाण्डको बिस्तृत जानकरीको लागि कृपया Jmol interactive script documentation वेबपेज हेर्नुहोस् |
01:44 | जेमोल' विन्डो खोलौं र move कमाण्ड प्रयोग गरी एनिमेसन हेरौं |
01:50 | म उदाहरणको रुपमा एउटा सामान्य move कमाण्डमा ethane प्रयोग गर्ने छुँ |
01:55 | modelkit मेनु प्रयोग गरी इथेन को मोडल सृजना गरौँ |
01:59 | modelkit आइकनमा क्लिक गरौँ, स्क्रिनमा मिथेन को मोडल देखापर्छ |
02:06 | हाइड्रोजन मा क्लिक गरौँ, अहिले हामीसँग स्क्रिनमा इथेन को मोडल छ |
02:13 | File मेनु प्रयोग गरी कन्सोल खोलौं |
02:17 | प्रम्प्टमा, तलको कमाण्ड टाइप गरौँ |
02:21 | कमाण्ड लाइन move शब्द सहित सुरु हुन्छ |
02:24 | जसको पछि एनिमेसन प्यारामिटरहरु जनाउने नम्बरहरु हुन्छन् |
02:29 | move कमाण्डको बारेमा बिस्तृत जानकारी: move कमाण्डमा नौं प्यारामिटरहरु हुन्छन् |
02:36 | पहिलो तीन प्यारामिटरहरु X, Y र Z अक्षहरु वरिपरिको रोटेसन हुन् चौथौं जुम प्यारामिटर हो जसलाई पोजिटिभ वा नेगेटिभ नम्बरको रुपमा जनाउन सकिन्छ |
02:48 | पोजिटिभको मतलब zoom in र नेगेटिभको मतलब zoom out हो |
02:52 | अर्को प्यारामिटरले तीन अक्षहरु बिचको ट्रान्सलेसन जनाउँछ |
02:57 | आठौँ slab प्यारामिटर हो, Slab ले मलिक्युलको हिस्सा दिन्छ |
03:03 | यसले एटमहरुको तोकिएको भागसम्म हटाउँछ जसले गर्दा भित्री विशेषताहरु सजिलै देख्न सकिन्छ |
03:10 | नवौं प्यारामिटर move कमाण्डले काम गर्न लाग्ने समय हो |
03:17 | Jmol प्यानलमा फर्कौं |
03:20 | इन्टर थिचौं र प्यानलमा हेरौं |
03:25 | हामी अझै कमाण्डहरु थपेर रोचक एनिमेसनहरु सिर्जना गर्न सक्छौं |
03:31 | अघिल्लो कमाण्ड प्राप्त गर्न किबोर्डको अप-एरो थिचौं |
03:36 | सेमीकोलन पछि टाइप गरौँ: delay स्पेस 2 |
03:41 | यहाँ, delay ले अर्को कमाण्ड एक्जिक्युट गर्नु अघि स्क्रिपट २ सेकन्ड रोक्छ |
03:48 | delay कमाण्ड पछि अर्को move कमाण्ड टाइप गरौँ |
03:52 | प्रत्येक keyword कमाण्ड पछि सेमिकोलन थपौं, Enter थिचौं र प्यानलमा हेरौं |
04:06 | हामी यो एनिमेसनमा एटमहरुको रंग पनि बदल्न सक्छौं |
04:10 | पुन: अघिल्लो कमाण्ड प्राप्त गर्न अप-एरो कि थिचौं |
04:15 | कन्सोलमा मैले देखाएको कमाण्ड सम्पादन गरौँ |
04:19 | हाइड्रोजन र कार्बनको रंग बदल्न select किवर्ड प्रयोग गरौं, इन्टर थिचौं |
04:27 | प्यानलमा हेरौं |
04:34 | मलिक्युलको निश्चित भागहरु देखाउन वा हटाउन एउटा slab कमाण्ड प्रयोग गरौँ |
04:41 | पुनः अप एरो कि थिचौं र कन्सोलमा देखाइएको अघिल्लो कमाण्ड सम्पादन गरौँ |
04:47 | select कमाण्ड पछि टाइप गरौँ: "slab on" |
04:51 | कमाण्डको अन्त्यमा "slab off" टाइप गरौँ |
04:55 | Enter थिचौं र प्यानलमा हेरौं |
05:01 | तपाई मलिक्युलको केहि भाग हराएको र पुनः देखापरेको देख्न सक्नुहुन्छ |
05:06 | हामी यो एनिमेसन capture किवर्ड प्रयोग गरी एउटा GIF फाइलको रुपमा सेभ गर्न सक्छौं |
05:11 | अघिल्लो कमाण्ड प्राप्त गर्न अप-एरो कि थिचौं |
05:15 | capture कमाण्ड टाइप गरौँ र फाइलको नाम दिऊ, कमाण्डको सुरुमा पाथ दिऊ |
05:21 | तपाई GIF फाइल सेभ गर्न तपाईको होम फोल्डरको नाम टाइप गर्न सक्नुहुन्छ |
05:26 | म यो एनिमेसन डेस्कटपमा “sneha” को रुपमा सेभ गर्ने छुँ, इन्टर थिचौं |
05:36 | अब एनिमेसन मेरो डेस्कटपमा GIF फाइलको रुपमा सेभ हुनेछ |
05:41 | GIF फाइल रहेको स्थानमा जाऊ |
05:44 | सेभ गरेको GIF फाइल Image Viewer सफ्टवेयर प्रयोग गरी खोलौं |
05:50 | Jmol प्यानलमा फर्कौं |
05:54 | यसैगरी कुनै पनि म्याक्रोमलिक्युलको pdb फाइल खोलौं, उदाहरणको लागि pdb code 2DN1 सहितको oxygenated hemoglobin |
06:06 | File मेनु प्रयोग गरी pdb डेटाबेसबाट सिधै संरचना डाउनलोड गरौँ |
06:11 | टेक्स्ट-बक्समा, pdb code टाइप गरौँ, "2DN1", OK थिचौं |
06:19 | प्यानलमा hemoglobin को एउटा मोडल देखापरेको छ |
06:23 | कन्सोल मा तलको कमाण्ड टाइप गरौँ |
06:26 | हामीले select किवर्ड प्रयोग गरी प्रोटिनको विभिन्न भागहरुको रंग परिवर्तन गरेका छौं |
06:32 | हामीले move कमाण्ड पनि प्रयोग गरेका छौं |
06:35 | यो कमाण्डले प्रोटिनलाई रातो कार्टुनमा देखाउने छ |
06:40 | yellow spacefill display को Haem खण्ड र मलिक्युलको ५०% भाग हराएको छ |
06:48 | X-एक्सिसमा 4 सेकन्डको लागि 360º रोटेट गर्न र सम्पूर्ण एटमहरु पुनर्स्थापित गर्न |
06:56 | इन्टर थिचौं र प्यानलमा हेरौं |
07:07 | माथिका सम्पूर्ण कदमहरु दोहोराउन loop कमाण्ड प्रयोग गरौँ |
07:13 | सोहि कमाण्ड प्राप्त गर्न अप-एरो कि थिचौं, कमाण्डको अन्त्यमा "loop 2" टाइप गरौँ |
07:20 | "loop 2" ले अघिल्लो स्क्रिप्ट कमाण्डहरु २ सेकन्ड रोकिएर चल्ने जनाउँछ इन्टर थिचौं |
07:34 | तपाई रचनात्मक भएर थप यस्ता कमाण्डहरु टाइप गरी अन्य एनिमेसन सिर्जना गर्न सक्नुहुन्छ |
07:39 | अब संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं |
07:44 | स्क्रिप्ट कमाण्ड जस्तै move, delay आदि प्रयोग गरी ethane र haemoglobin को एनिमेसन सिर्जना गर्न |
07:54 | हामीले loop र slab कमाण्डहरुको पनि प्रयोग हेर्यौं |
07:58 | capture कमाण्ड प्रयोग गरी एनिमेसनलाई एउटा GIF फाइलको रुपमा सेभ गर्न |
08:03 | कार्यको रुपमा - move र delay कमाण्डहरु प्रयोग गरी आफ्नो रोजाईको कुनैपनि एउटा मलिक्युलको एनिमेसन सिर्जना गर्नुहोस् |
08:11 | एनिमेसन सिर्जना गर्न बन्डको आवरण, रंग र साइज बदल्नुहोस् |
08:17 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ कृपया डाउनलोड गरी हेर्नुहोस् |
08:25 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरु संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:32 | बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
08:36 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:43 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
08:48 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |