Inkscape/C2/Basics-of-Bezier-Tool/Nepali
From Script | Spoken-Tutorial
Revision as of 12:10, 24 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:00 | इन्कस्केप मा “Basics of Bezier tool” स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:08 | सिधा लाइन र बन्द आकारहरु कोर्न |
00:11 | बांगो लाइनहरु कोर्न |
00:13 | नोडहरु थप्न, सम्पादन गर्न र मेट्न |
00:15 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ |
00:18 | उबुन्टु लिनक्स १२.०४ ओएस |
00:21 | इन्कस्केप संस्करण ०.४८.४ |
00:24 | म यो ट्युटोरियल अधिकतम रिजोलुसन मोडमा रेकर्ड गर्ने छुँ |
00:28 | यो यसमा उपलब्ध सम्पूर्ण टूलहरुको प्रयोग देखाउन हो |
00:32 | पुन: इन्कस्केप खोलौं |
00:35 | पहिले बिजियर टूल प्रयोग गरी एउटा सिधा लाइन कोरौं |
00:39 | बिजियर टूल Pencil tool को ठिक तल छ |
00:42 | यसमा क्लिक गरौँ |
00:44 | माथि बायाँ टूल कन्ट्रोल्स बार मा ४ विकल्पहरु हेरौं |
00:48 | बिजियर कर्भ कोर्ने ४ मोडहरु हुन्छन् |
00:51 | डिफल्टमा, Create regular bezier path इनेबल हुन्छ |
00:57 | क्यानभासमा एकपटक क्लिक गरौँ र कर्सर अर्को अन्त्य पट्टी सारौँ |
01:01 | पुन एकपटक क्लिक गरौँ, याद गरौँ, कोरिएको लाइन हरियोमा छ |
01:07 | अब लाइन पुरा गर्न right-click गरौँ |
01:11 | दुई अन्तिम पोइन्टहरुलाई नोड भनिन्छ, हामी यसको बारेमा केहि पछि सिक्ने छौं |
00:17 | अब, एउटा त्रिकोण कोरौं |
01:21 | पहिले एउटा छड्के लाइन कोरौं, एकपटक क्लिक गरौँ र अर्को लाइन एउटा कोणमा कोरौं |
01:27 | अब, तेस्रो लाइन कोर्न पुन एकपटक क्लिक गरौँ र त्रिकोण पुरा गर्न सुरुको नोड मा जोडौं |
01:34 | अर्को, हामी बिजियर टूल प्रयोग गरी एउटा कर्भ लाइन कोर्ने छौं |
01:38 | एउटा सिधा लाइन कोर्न क्यानभासमा क्लिक गरौँ, पुन: क्लिक गरी राखी तानेर एउटा कर्भ कोरौं |
01:46 | कर्भ पुरा गर्न राइट क्लिक गरौँ |
01:48 | यसैगरी, क्यानभासमा केहि थप कर्भहरु कोरौं |
01:55 | यी कदमहरु याद गरौँ - क्लिक गरौँ र एउटा सिधा लाइन कोरौं |
01:59 | पुन:क्लिक गरी राखी एउटा कर्भ कोर्न तानौं |
02:03 | अनि कर्भ पुरा गर्न राइट क्लिक गरौँ |
02:06 | Ctrl + A थिचौं र अघि बढ्नुपूर्व क्यानभास सफा गरौँ |
02:11 | अब एउटा बन्द कर्भ पाथ कसरी कोर्ने सिकौं |
02:15 | पहिले क्यानभासमा एउटा कर्भ लाइन कोरौं |
02:18 | अनि हामी माउस छोड्ने छौं र कर्सर कर्भ लाइनको एण्ड नोडबाट पर सार्ने छौं |
02:23 | हामी रातो रंगमा एउटा कर्भ पाथ देख्ने छौं |
02:27 | यदि एकपटक क्लिक गरेर कर्सर सारेमा हामी रातो रंगमा एउटा सिधा बाटो देख्छौं, यसलाई बंग्याउन क्लिक गरेर तानौं |
02:36 | पुन: नोडको अन्त्यमा हामीले चलाउदा लाइन बांगिन्छ |
02:41 | फेरि हामीले क्लिक गर्दा रातो पाथ देखिन्छ, सिधा लाइनलाई बांगो बनाउन क्लिक गरेर तानौं |
02:50 | नोडको अन्त्यमा पुन: लाइन चलाउदा बांगिन्छ, कर्सर सारौँ, सुरुको नोडमा जाऊ र पाथ बन्द गरौँ |
02:59 | टूल कन्ट्रोल्स बार मा मोड पछिको दोस्रो आइकन क्लिक गरौँ, यसले स्पाइरल पाथ र अनियमित आकारहरु बनाउन दिन्छ |
03:08 | केहि अनियमित कर्भहरु कोरौं र पाथ बन्द गरौँ |
03:15 | यो सबैभन्दा नजिकको स्पाइरल आकारमा बदलिएको हेरौं |
03:22 | तेस्रो आइकनले खाली सिधा लाइनहरु मात्र कोर्छ, यसमा क्लिक गरौँ र लाइन क्यानभास मा कोरौं |
03:29 | यो मोडमा हामीले कर्भ लाइन कोर्न नसकेको याद गरौँ |
03:32 | हामी सिधा भुजा भएका त्रिकोण र पोलिगनहरु कोर्न सक्छौं |
03:40 | अन्तिम आइकनमा क्लिक गरौँ र क्यानभास मा कोरौं |
03:44 | यो मोडमा हामी समानान्तर र लम्ब लाइनहरु मतलब ठाडो वा तेर्सो लाइनहरु कोर्न सक्छौं |
03:52 | हामी यो मोडमा वर्गहरु र आयतहरु कोर्न सक्छौं |
03:58 | कोरिएका सम्पूर्ण आकारहरु मेटौं |
04:02 | Shape विकल्पले निश्चित आकारमा लाइन वा कर्भ कोर्न दिन्छ |
04:07 | ड्रप-डाउन बटनमा क्लिक गरौँ |
04:09 | यसमा ५ विकल्पहरु छन्- None, Triangle in, Triangle out, Ellipse, From clipboard |
04:18 | पहिलो विकल्प, None ले कुनै असर देखाउदैन, त्यसैले हामी Triangle in हेर्ने छौं |
04:25 | यसमा क्लिक गरौँ र क्यानभास मा एउटा लाइन कोरौं |
04:28 | लाइन एउटा त्रिकोणको आकारमा बदलिन्छ |
04:34 | Triangle out क्लिक गरौँ र क्यानभासमा एउटा लाइन कोरौं |
04:39 | अहिले बाहिर पट्टी त्रिकोण आकार बनेको छ |
04:43 | Ellipse मा क्लिक गरौँ, एउटा लाइन कोरौं |
04:47 | लाइन इलिप्स आकारमा भएको हेरौं |
04:50 | हामी आगामी ट्युटोरियलमा अन्तिम विकल्प From clipboard को बारेमा सिक्ने छौं |
04:56 | अब नोडहरु थप्न, सम्पदान गर्न र मेट्न सिकौं |
05:00 | यसो गर्न Node tool प्रयोग गर्न सकिन्छ |
05:03 | क्यानभास को लाइन मेटौं |
05:06 | टूल कन्ट्रोल्स बार मा जाऊ, Mode लाई regular path र Shape लाई None मा बदलौं |
05:13 | क्यानभासमा फर्कौं र एउटा हत्केलाको ढाँचा कोरौं |
05:23 | अब Node tool मा क्लिक गरौँ |
05:26 | यो चित्रमा सम्पूर्ण नोडहरु देखिएको याद गरौँ |
05:30 | टूल कन्ट्रोल्स बार मा ध्यान दिऊ |
05:33 | यहाँका पहिलो ६ आइकनहरुले नोड र पाथहरु थप्न र मेट्न सघाउंछन् |
05:38 | अझ बुझ्न टूल टिप् हेर्नुहोला |
05:41 | कुनै पनि सेग्मेंटमा क्लिक गरौँ, दुवै नोडहरु निलो हुन्छन् |
05:48 | अनि Add node विकल्पमा क्लिक गरौँ |
05:52 | छानिएका सेग्मेंटहरु बिच एउटा नयाँ नोड थपिएको देखिन्छ |
05:58 | अब अलि सानो सेग्मेंट छानौं र माथिका कदमहरु दोहोराऊ |
06:04 | तपाई सानो सेग्मेंट को बिचमा एउटा नयाँ नोड थपिएको देख्न सक्नुहुन्छ |
06:10 | अब, भर्खरै थपिएको नयाँ नोड छानौं |
06:13 | Delete node विकल्पमा क्लिक गरौँ, अहिले नोड मेटिएको छ |
06:18 | हत्केलाको कुनै पनि एउटा नोड मा क्लिक गरौँ |
06:21 | बिजियर ह्यान्डल देखिने बनाउन टूल कन्ट्रोल्स बार को अन्तिम आइकनमा क्लिक गरौँ |
06:27 | अब, छानिएको सेग्मेंटको बिजियर ह्यान्डल देखापर्छ |
06:32 | छैन भने सेग्मेंटमा क्लिक गरौँ र माउस नछोडी यसलाई अलि पर सारौँ |
06:37 | सेग्मेंट बांगिने छ र बिजियर ह्यान्डलहरु देखिनेछन् |
06:41 | छानिएको नोड रिसाइज र रोटेट गर्न ह्यान्डलहरु मा क्लिक गरौँ |
06:45 | यसैगरी अन्य नोडहरु पनि परिमार्जन गरौँ |
07:04 | अर्को आइकनले नोडहरु जोड्न मद्दत गर्छ |
07:07 | चोर औंलामा एउटा थप नोड देखापर्छ |
07:11 | बिचको थप नोड र माथिको नोड Shift कि प्रयोग गरी छानौं |
07:18 | अब join नोड आइकनमा क्लिक गरौँ, नोडहरु सँगै जोडिएको हेरौं |
07:25 | अर्को आइकनले छानिएका नोडहरु मा पाथ टुक्र्याउँछ |
07:29 | अब बूढी औंला र चोर औंला बिचको लाइन टुक्र्याऊ |
07:33 | त्यसैले बिचमा जोड्ने नोड छानौं र break path आइकनमा क्लिक गरौँ |
07:40 | नोड अनसेलेक्ट गरौँ अनि यसलाई पुन: छानौं र अलिकति सारौँ |
07:46 | तपाई पाथ टुक्रिएको देख्नुहुन्छ र नोडहरु २ भिन्न नोडहरुले छुट्टयाइएका छन् |
07:53 | तिनीहरु जोड्न, २ नोडहरु छानौं र टूल कन्ट्रोल्स बार को join selected end-nodes आइकनमा क्लिक गरौँ |
08:03 | यी २ नोडहरु बीच एउटा नयाँ पाथ बनेको छ |
08:08 | पाथ वा सेग्मेंट हटाउन अर्को आइकन, Delete segment मा क्लिक गरौँ, अहिले पाथ हटाईएको छ |
08:17 | यो कार्य अंडू गर्न Ctrl + Z थिचौं |
08:20 | म यो हात अलि पर सार्छु, नोड टूल मा पुन: एकपटक क्लिक गरौँ |
08:26 | अब टूल कन्ट्रोल्स बार का अर्को ४ आइकनहरु कसरी प्रयोग गर्ने सिकौं |
08:30 | यी आइकनहरुले छानिएका नोडहरु सम्पादन गर्न सघाउँछन् |
08:34 | बिजियर टूल प्रयोग गरि एउटा उल्टो U आकार कोरौं, नोड टूल मा क्लिक गरौँ , त्यहाँ ३ नोडहरु याद गरौँ |
08:49 | माथिल्लो नोड छानौं र टूल कन्ट्रोल्स बार को Make selected nodes corner आइकनमा क्लिक गरौँ |
08:55 | यसले यो कर्नर नोड बनाउने छ |
08:58 | बिजियर ह्यान्डल हरुमा क्लिक गरौँ र परिवर्तनहरु हेर्न तिनीहरुलाई तल र माथि सारौँ |
09:03 | नोड सम्म बनाउन अर्को आइकनमा क्लिक गरौँ, आकारमा हुने परिवर्तनहरु हेरौं |
09:11 | नोड सिमेट्रिक बनाउन अर्को आइकनमा क्लिक गरौँ |
09:16 | नोड auto smooth बनाउने अर्को आइकनमा क्लिक गरौँ |
09:20 | अर्को २ आइकनले सेग्मेंटहरुमा मात्र काम गर्छ, त्यसैले U आकारको बायाँ सेग्मेंट छानौं र पहिलो आइकनमा क्लिक गरौँ |
09:30 | टूल टिपले भने झैं सेग्मेंट अहिले एउटा सिधा लाइन बनेको छ |
09:35 | बिजियर ह्यान्डल मा क्लिक गरौँ र हामी यसलाई बंग्याउन सक्दैनौं |
09:44 | यसलाई पुन: बंग्याउन अर्को आइकनमा क्लिक गरौँ |
09:49 | अब बिजियर ह्यान्डल हरु सारौँ, अब हामी यसलाई बंग्याउन सक्छौं |
09:54 | छानिएको अब्जेक्टलाई पाथ मा बदल्न अर्को आइकनमा क्लिक गरौँ |
09:58 | अर्को आइकनमा क्लिक गरी स्ट्रोकलाई पाथ मा बदलौं |
10:02 | स्ट्रोक हरु हेर्न नोड हरुमा क्लिक गरी तानौं |
10:08 | अर्को २ आइकनहरुले छानिएका नोडहरु X र Y दिशाहरुमा सार्न सघाउँछन् |
10:15 | अप र डाउन एरोहरुमा क्लिक गरौँ र परिवर्तन हेरौं |
10:24 | पाथ मा क्लिपिंग र मास्किंग इफेक्ट भएमा मात्र अर्को २ आइकनहरुले काम गर्छन् |
10:29 | तपाई यी विकल्पहरुको बारेमा आफैं खोज्न सक्नुहुन्छ |
10:33 | संक्षेपमा हेरौं,यो ट्युटोरियलमा हामीले सिक्यौं |
10:37 | सिधा लाइन र बन्द आकारहरु कोर्न |
10:39 | कर्भ लाइनहरु कोर्न |
10:41 | नोडहरु थप्न, सम्पादन गर्न र मेट्न |
10:43 | यहाँ तपाईको लागि एउटा कार्य छ |
10:46 | बिजियर टूल प्रयोग गरी ५ पत्र एउटा डाँठ र २ वटा पातहरु भएको एउटा फूल कोरौं |
10:52 | पत्रमा गुलाबी रंग भरौं |
10:54 | डाँठ र पातहरुमा हरियो रंग भरौं |
10:57 | तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ |
11:00 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
11:05 | स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
11:12 | बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
11:14 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
11:20 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
11:24 | हामी ट्युटोरियलको अन्त्यमा आएका छौं |
11:26 | म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार |