Scilab/C2/Matrix-Operations/Nepali

From Script | Spoken-Tutorial
Revision as of 10:51, 17 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:02 Matrix Operations स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलको अन्त्यमा तपाई यसो गर्न सक्षम हुनुहुनेछ:
00:10 Matrix को बस्तुहरु प्रयोग गर्न
00:13 एउटा म्याटरिक्सको determinant, inverse र eigen मानहरु पत्ता लगाउन
00:18 स्पेशल म्याटरिक्स डिफाइन गर्न
00:22 प्राथमिक रो अपरेसनहरु गर्न
00:25 “linear equations” को सिस्टम हल गर्न
00:28 पूर्वाधारहरु हुन्
00:30 तपाइको सिस्टममा Scilab इन्स्टल भएको हुनुपर्छ
00:34 तपाइले स्पोकन ट्युटोरियलहरु: Getting started with Scilab र 'Vector Operations सुनेको हुनुपर्छ
00:42 म प्रदर्शनीमा Windows 7 अपरेटिंग सिस्टम र Scilab 5.2.2 प्रयोग गर्दैछुँ
00:50 तपाइको डेस्कटपको Scilab आइकनमा दोहोरो क्लिक गरि Scilab सुरु गरौँ
00:59 यो सल्लाह छ कि युजरले यो ट्युटोरियल भिडियो रोकी निश्चित समयको अन्तरालमा Scilab मा कार्य गरुन
01:08 सम्झौं कि 'Vector Operations' स्पोकन ट्युटोरियलमा,
01:12 म्याटरिक्स E यसरी डिफाइन गरिएको थियो E = [5 19 15;8 22 36] र इन्टर थिचौं
01:37 अब कसरी एउटा म्याटरिक्सको प्रत्येक बस्तुलाई सम्बोधन गर्ने हेरौं
01:42 पहिलो रो र दोस्रो कोलम को बस्तु पाउन टाइप गरौँ: E(1,2) र इन्टर गरौँ
01:56 Scilab मा एउटा म्याटरिक्सको पुरै रो वा कोलम प्रयोग गर्न सजिलो छ
02:03 उदाहरणको लागि, E को पहिलो रो पाउन तलको कमाण्ड प्रयोग गर्न सकिन्छ: E1 = E(1,:) र इन्टर थिचौं
02:23 कमाण्डले पहिलो रो को पुरै बस्तुहरु रो मा भएकै क्रममा फर्काउछ
02:30 कोलन मात्र प्रयोग गर्दा यसले ब्राकेटमा रहेको पहिलो वा दोस्रो इन्ट्री अनुसार क्रमश रो वा कोलमको पुरै बस्तुहरु जनाउछ
02:44 साथै म्याटरिक्सको कुनै पनि सबसेटलाई एउटा कोलन (“:”) प्रयोग गरि निकाल्न सकिन्छ
02:49 उदाहरणको लागि, E को दोस्रो देखि तेस्रो कोलमसम्मको बस्तुहरुको सेट पाउन तलको कमाण्ड प्रयोग गर्न सकिन्छ:
03:00 -->E2 = E(:,2:3) ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
03:18 माथि, ब्राकेटको दोस्रो इन्ट्री मतलब, "2 कोलन 3" ले कोलम 2 देखि कोलम 3 सम्मका बस्तुहरु जनाउछ
03:28 यदि म्याटरिक्सको साइज थाहा छैन भने $ चिन्ह प्रयोग गरि म्याटरिक्सको अन्तिम रो वा कोलम निकाल्न सकिन्छ
03:38 उदाहरणको लागि E म्याटरिक्सको अन्तिम कोलमको सबै रोहरु निकाल्न, हामी टाइप गर्नेछौं
03:46 --->E last column = E(:,$) ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
04:06 अब, “det” कमाण्ड प्रयोग गरि एउटा स्क्वेर म्याटरिक्सको determinant कसरी गणना गर्ने हेरौं
04:13 सम्झौं, Vector Operations स्पोकन ट्युटोरियलमा हामीले यसरी A परिभाषित गरेका थियौं
04:19 A=[1 2 - 1; - 2 - 6 4; - 1 - 3 3] स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
04:50 A को determinant पाउन कमाण्ड det(A) र इन्टर थिचौं
05:00 एउटा म्याटरिक्सको इन्भर्स र eigen मानहरु पाउन कमाण्डहरु, क्रमश “inv” र “spec” प्रयोग गर्न सकिन्छ
05:09 उदाहरण: inv(A) ले A को इन्भर्स र spec(A) ले A को eigen मानहरु दिन्छ
05:29 यो कमाण्ड प्रयोग गरि कसरी eigenvectors पाउने हेर्न 'help spec' हेरौं
05:35 म्याटरिक्स A को Square वा cube गणना गर्न क्रमश A^2 वा A^3 टाइप गर्न सकिन्छ
05:52 सामान्य अंकगणितीय कार्य जस्तै एउटा क्यारेट चिन्हलाई म्याटरिक्सको पावर बढाउन प्रयोग गरिन्छ, तपाइको किबोर्डमा यो गर्न शिफ्ट+6 प्रयोग गर्न सकिन्छ
06:05 कृपया अब ट्युटोरियल रोकौं र भिडियोमा दिएको एक नम्बर कार्य गरौँ
06:17 Scilab मा केहि निश्चित स्पेशल म्याटरिक्स पनि बनाउन सकिन्छ:
06:24 उदाहरण, “zeros” कमाण्डले ३ रो र ४ कोलम शून्यहरुको एउटा म्याटरिक्स बनाउन सक्छौं
06:36 zeros(3,4) र इन्टर थिचौं
06:47 “ones” कमाण्ड प्रयोग गरि एउटा सबै 1 को म्याटरिक्स बनाउन सकिन्छ
06:53 ones(2,4) ले सबै 1 सहितको एउटा म्याटरिक्स दिन्छ
07:01 “eye” कमाण्डको प्रयोगले आइडेंनटिटि म्याटरिक्स बनाउन सजिलो छ:
07:07 eye(4,4) ले एउटा 4 by 4 आइडेंनटिटि म्याटरिक्स बनाउन दिन्छ
07:16 एउटा युजरलाई pseudo random number सहितको एउटा म्याटरिक्स चाहिंन सक्छ, यो “rand” कमाण्ड प्रयोग गरि यसरी बनाउन सकिन्छ:
07:25 p=rand(2,3) र इन्टर गरौँ
07:39 लिनियर सिस्टममा एउटा युजरले म्याट्रिक्समा गर्ने सबैभन्दा महत्वपूर्ण कार्यको सेट भनेको प्राथमिक रो र कोलम कार्यहरु हुन्
07:55 यी कार्यहरुमा एउटा म्याटरिक्समा रो अपरेसन एक्जिक्युट गरि इन्ट्रीलाई एउटा नन जेरो नम्बरभन्दा कम, जेरो गर्ने रहन्छन, यो Scilab मा सजिलै गर्न सकिन्छ
08:07 सम्झौं हामीले Spoken Tutorial,Vector Operations,मा म्याटरिक्स P मा यसरी डिफाइन गरेका छौं
08:17 P = [1 2 3;4 11 6], स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
08:33 एउटा उदाहरण मानौं, जहाँ दोस्रो रो, पहिलो कोलमको बस्तुहरु प्राथमिक रो र कोलम अपरेसन प्रयोग गरेर जिरोमा ट्रान्सफर्म गर्नुपर्छ
08:44 कार्य एक्जिक्युट गर्न पहिलो रो लाई 4 ले गुणा गरी यसलाई दोस्रो रो बाट घटाउन सकिन्छ
08:56 P(2,:) = P(2,:) - 4*P(1,:) र इन्टर गरौँ
09:28 यो प्रक्रिया ठुलो सिस्टममा बढाउन सकिन्छ र प्राथमिक कोलम कार्यको अन्य रुपमा पनि
09:35 रो र कोलमहरु सजिलै म्याट्रिक्स मा जोड्न सकिन्छ
09:39 उदाहरणको लागि एउटा [5 5 -2] भएको रो P सँग जोड्न तलको कमाण्ड प्रयोग गरिन्छ:
09:48 T = [P; [5 5 -2]] दुवै स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
10:14 P पछिको अर्धविरामले यो पछिको कुनैपनि चिज अर्को रो मा जानुपर्ने भन्छ
10:20 यो एउटा म्याटरिक्स डिफाइन् गरेजस्तै गरिन्छ
10:24 कार्यको रुपमा कृपया यहाँ रोकिनुहोस् र भर्खरै एक्जीक्युट भएको कमाण्डको नयाँ रो मा ब्राकेटहरु पक्का चाहिएको छ/छैन जाच्नुहोस्
10:34 समीकरण हल गर्न म्याटरिक्स नोटेसन प्रयोग गरिन्छ
10:40 तलको लिनियर इक्वेसनको सेट हल गरौँ:
10:44 x1 + 2 x2 − x3 = 1
10:48 − 2 x1 − 6 x2 + 4 x3 = − 2
10:54 − x1 − 3 x2 + 3 x3 = 1
11:00 माथिको इक्वेसनको सेट Ax = b को रुपमा लेख्न सकिन्छ
11:05 समाधान A इन्भर्स गुणा b भनि दिएको छ
11:11 इक्वेसनको सेट हल गरौँ
11:15 A यसरी परिभाषित गरिन्छ A = [1 2 -1;-2 -6 4;-1 -3 3], स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
11:46 B लाई यसरी परिभाषित गर्न सकिन्छ b = [1;-2;1], ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
12:04 समाधान x, x = inv(A)*b प्रयोग गरि पत्ता लगाउन सकिन्छ
12:19 यो 'inv' कमाण्डको सानो अक्षर 'i' हो, यो महत्वपूर्ण छ
12:26 वैकल्पिक रुपमा, Scilab मा सोहि नतिजा एउटा ब्याकस्ल्याश प्रयोग गरि पाउन सकिन्छ
12:33 यसलाई Scilab मा गरौँ x = A\b र इन्टर गरौँ
12:44 यसले उहिँ नतिजा दिन्छ, Scilab मा प्रत्येकको फाईदा र बेफाइदा बुझ्न टाइप गरौँ, "help backslash" र "help inv"
12:55 समाधानको इन्टिग्रीटि ब्याक सब्सटिच्युसनबाट गर्न सकिन्छ, मतलब Ax-b गणना गरेर:
13:05 A*x-b
13:10 माथिको कार्यले पहिले प्राप्त नतिजा प्रमाणित गरौँ
13:14 यो सम्भब छ कि कुनै सिस्टमले माथिको प्रमाणीकरणको कार्यमा फ्लोटिंग पोइन्ट अपरेसनले गर्दा दिने म्याटरिक्सको बस्तुहरु ठ्याक्कै जिरो हुदैन
13:27 तरपनि, यसमा एकदमै सानो नम्बर बिशेषत 10 raised to -16 को क्रममा पाइन्छ
13:34 कृपया यहाँ ट्युटोरियल रोक्नुहोस् र भिडियो संगै २ नम्बर कार्य गर्नुहोस्
13:49 यसले हामीलाई Matrix Operation स्पोकन ट्युटोरियलको अन्तमा ल्याएको छ
13:53 Scilab मा अन्य स्पोकन ट्युटोरियलहरुमा हेरिने अरु धेरै फंक्सनहरु छन
13:59 Scilab को लिंक हेर्दै गर्नुहोला
14:02 यो ट्युटोरियलमा हामीले सिक्यौं
14:04 कोलन अपरेटर प्रयोग गरि म्याटरिक्सको बस्तुहरु प्रयोग गर्न
14:07 'inv' कमाण्ड वा ब्याकस्ल्याश प्रयोग गरि एउटा म्याटरिक्सको इन्भर्स पाउन
14:14 'det' कमाण्ड प्रयोग गरि एउटा म्याटरिक्सको determinant पत्ता लगाउन
14:18 'spec' कमाण्ड प्रयोग गरि eigen मानहरु निकाल्न
14:23 सबै 1 बस्तुहरु भएको एउटा म्याटरिक्स, नल म्याटरिक्स डिफाइन गर्न, Identity matrix र एउटा रयानडम बस्तु सहितको म्याटरिक्सको लागि क्रमश ones(), zeros(), eye(), rand() प्रयोग गर्नुहोस्
14:39 लिनियर इक्वेसन सिस्टम हल गर्नुहोस्
14:42 यो स्पोकन ट्युटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो
14:51 FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in/ वा http://scilab.in/ वेबसाइटमा पाउन सकिन्छ
14:58 यसलाई National Mission on Eduction through ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
15:05 थप जानकारीको लागि स्पोकन हाइफन ट्युटोरियल डट ओ आर जी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा हेर्नुहोला
15:14 'म मन्दिरा बिदा हुदैछु
15:17 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble