PERL/C2/Overview-and-Installation-of-PERL/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:50, 7 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | PERL Overview and Installation of Perl स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:10 | पर्लको संक्षिप्त जानकारीको साथै उबुन्टु लिनक्स र विन्डोज अपरेटिंग सिस्टम मा पर्ल इन्स्टल गर्ने तरिका |
00:20 | यो ट्युटोरियलको लागि: तपाईसँग इन्टरनेट जडान हुनुपर्छ |
00:25 | तपाईसँग उबुन्टु लिनक्स र विन्डोज अपरेटिंग सिस्टम हुनुपर्छ |
00:30 | प्रदर्शनको लागि म उबुन्टु लिनक्स १२.०४२ र विन्डोज 7 अपरेटिंग सिस्टम प्रयोग गर्दैछुँ |
00:39 | उबुन्टु लिनक्स इन्स्टल गर्न तपाईको कम्प्युटरमा सिन्याप्टिक प्याकेज म्यानेजर इन्स्टल भएको हुनुपर्छ |
00:47 | तपाईसँग एड्मिनिस्ट्रेटिभ अधिकार हुनुपर्छ |
00:50 | र तपाईसँग उबुन्टु मा टर्मिनल र सिन्याप्टिक प्याकेज म्यानेजर प्रयोग गर्ने ज्ञान हुनुपर्छ |
00:57 | यदि छैन भने स्पोकन ट्युटोरियल वेबसाइटमा उपलब्ध लिनक्स शृंखला हेर्नुहोस् |
01:03 | म तपाईलाई PERL ल्यांग्वेजको संक्षिप्त जानकारी दिनेछुँ |
01:07 | PERL को मतलब Practical Extraction and Reporting Language हो |
01:14 | यो सामान्य प्रोग्रामिंग ल्याङ्ग्वेज हो |
01:18 | यो मूलतः टेक्स्ट हेरफेर को लागि विकास गरिएको हो |
01:23 | अहिले, यो वेब डेभलपमेन्ट, नेटवर्क प्रोग्रामिंग, GUI डेभलपमेन्ट आदिमा प्रयोग हुन्छ |
01:31 | यो सरल छ, बुझ्न सजिलो पनि छ |
01:35 | यसमा C वा JAVA मा जस्तो जटिल डेटा स्ट्रक्चर छैन |
01:41 | यो प्याटर्न म्याचिंग को लागि चर्चित छ |
01:45 | र सबैभन्दा महत्वपूर्ण कुरा भनेको पर्ल एउटा ओपन सोर्स ल्याङ्ग्वेज हो |
01:49 | उबुन्टु लिनक्स १२.०४ ओएस मा पर्ल पहिले नै इन्स्टल हुन्छ |
01:56 | इन्स्टल गर्नको लागि कुनै निश्चित प्रक्रिया छैन |
02:01 | उबुन्टु १२.०४ मा इन्स्टल भएको पर्ल को संस्करण हेरौं |
02:07 | किबोर्डको Ctrl + Alt + t कीहरु एकसाथ थिची टर्मिनल खोलौं |
02:15 | अनि टाइप गरौँ, perl hyphen v |
02:18 | र Enter थिचौं |
02:21 | तपाई टर्मिनलमा एउटा आउटपुट देख्नुहुनेछ |
02:26 | यो आउटपुटले हाल इन्स्टल भएको पर्ल संस्करण देखाउँछ |
02:31 | मेरोमा यो PERL 5.14.2 छ |
02:36 | उबुन्टु १२.०४ मा डिफल्टमा उपलब्ध हुने पर्ल प्याकेजहरु हेरौं |
02:43 | लन्चर बार मा जाऊ र ड्यास होम मा क्लिक गरौँ |
02:48 | सर्च बार मा Synaptic टाइप गरौँ |
02:51 | Synaptic Package Manager आइकन देखिन्छ |
02:55 | यसमा क्लिक गरौँ |
02:57 | आधिकारिकता को लागि तपाईसँग admin पासवर्ड मागिने छ |
03:03 | तपाईको एडमिन पासवर्ड इन्टर गरी Authenticate मा क्लिक गरौँ |
03:08 | Synaptic Package Manager ले तुरुन्तै प्याकेज को सूची लोड गर्छ |
03:13 | तपाईको इन्टरनेट र सिस्टमको गति अनुसार यसले केहि समय लिन सक्छ |
03:18 | लोड भएपछि, Quick Filter मा Perl टाइप गरौँ |
03:22 | तपाईले प्याकेजहरु को एउटा सूची प्राप्त गर्नुहुन्छ |
03:25 | एउटा perl package अगाडी रहेको हरियो रंगको चेकबक्सले यो पहिले नै इन्स्टल भएको जनाउँछ |
03:33 | भने तारा सहितको चेक्बक्सले तपाईलाई यी प्याकेजहरु पनि आवश्यक पर्ने जनाउँछ |
03:41 | यिनीहरुले तपाईलाई डकुमेन्ट सृजना गर्न वा एउटा पर्ल स्क्रिप्ट डीबग गर्न दिन्छ |
03:47 | तपाईलाई भविष्यमा पर्ल प्रयोग गर्दा आवश्यक पर्ने कुनै पनि प्याकेजहरु इन्स्टल गर्नुहोस् |
03:54 | अब, विन्डोज अपरेटिंग सिस्टम मा पर्ल इन्स्टल गर्ने प्रक्रिया हेरौं |
04:00 | पर्ल ट्युटोरियलहरु रेकर्ड गर्ने समयमा विन्डोजमा ५.१४.२ संस्करण उपलब्ध थियो |
04:08 | अहिले एउटा नयाँ पर्ल संस्करण उपलब्ध छ |
04:12 | म इन्स्टल गर्ने प्रक्रिया देखाउन नयाँ पर्ल संस्करण ५.१४.३ प्रयोग गर्नेछुँ |
04:19 | ट्युटोरियलमा देखाईएका सम्पूर्ण पर्ल कमाण्डहरु ले नयाँ संस्करणहरुमा पनि राम्रोसँग काम गर्छन् |
04:26 | विन्डोज अपरेटिंग सिस्टम मा ब्राउजर खोलौं |
04:30 | र एड्रेस बार मा देखाएको URL टाइप गरौँ |
04:35 | तपाई पर्ल को डाउनलोड पेजमा पुग्नुहुनेछ |
04:39 | तपाईको सिस्टमको स्पेसिफिकेसन अनुसारको डाउनलोड संस्करण छान्नुहोस् |
04:44 | म पर्ल को 32 bit संस्करण छान्ने छुँ |
04:49 | तपाईको कम्प्युटरमा आफुले चाहेको स्थानमा perl msi file सेभ गर्नुहोस् |
04:56 | मैले पहिले नै मेरो कम्प्युटरमा सेभ गरको छुँ |
05:00 | तपाईले perl msi फाइल डाउनलोड गरेको फोल्डर खोलौं र यसमा दोहोरो क्लिक गरौँ |
05:07 | अनि पप-अप विन्डोमा Run क्लिक गरौँ |
05:11 | Setup Wizard विन्डोमा Next मा क्लिक गरौँ |
05:15 | License Agreement स्वीकृत गरेपछि Next मा क्लिक गरौँ |
05:21 | अब, Custom Setup विन्डो देखापर्ने छ |
05:25 | यो विन्डोले इन्स्टल हुने सबै पर्ल का बिशेषताहरु सुचिकृत गर्छ |
05:31 | यिनीहरु हुन्: पर्ल |
05:33 | PPM युटिलिटी जुन विन्डोजमा पर्ल मोड्युल डाउनलोड र इन्स्टल गर्न प्रयोग हुन्छ |
05:39 | Documentation जसले पर्ल मोड्युल को डकुमेन्ट दिन्छ र |
05:44 | पर्ल का उदाहरणहरु |
05:47 | यी सबै डिफल्ट सुबिधाहरु राखौं र Next मा क्लिक गरौँ |
05:52 | environmental variable र file extension सेट गर्न एउटा पपअप देखापर्छ |
05:59 | यहाँ देखाए झैं चेकबक्समा ठिक गरौँ |
06:03 | Next मा क्लिक गरौँ अनि Install मा क्लिक गरौं |
06:07 | यसले पर्ल इन्स्टल गर्न सुरु गर्छ |
06:11 | यसले तपाईको इन्टरनेट को गति अनुसार केहि समय लिन सक्छ |
06:16 | सकिएपछि, Display release note चेकबक्स अन्चेक गरौँ र Finish मा क्लिक गरौँ |
06:23 | यसरी विन्डोज मा पर्ल इन्स्टल गर्ने प्रक्रिया सकिन्छ |
06:27 | अब इन्स्टल भएको पुष्टि गरौँ |
06:32 | Start मेनुमा जाऊ र कमाण्ड प्रम्प्ट खोल्न cmd टाइप गरौँ |
06:39 | कमाण्ड प्रम्प्ट मा टाइप गरौँ: PERL space hyphen v |
06:44 | र Enter थिचौं |
06:46 | तपाई पर्ल को इन्स्टल भएको संस्करण देख्नुहुन्छ |
06:50 | यदि यसरी संस्करण देखिएन भने माथिको इन्स्टल गर्ने प्रक्रिया दोहोराउनुहोस |
06:57 | अब एउटा सामान्य Hello PERL प्रोग्राम एक्जिक्युट गरौँ |
07:02 | तपाईलाई प्लेयर मूनि Code Files लिंकमा यो ट्युटोरियल सहित यो फाइल पनि दिइएको छ |
07:11 | कृपया यो फाइल डाउनलोड गरी प्रयोग गर्नुहोस् |
07:14 | मैले फाइल मेरो कम्प्युटरको users\Amol डिरेक्टरीमा सेभ गरको छुँ |
07:21 | त्यसैले त्यहाँ जाऊ |
07:23 | अनि टाइप गरौँ: PERL sampleProgram.pl |
07:28 | र Enter थिचौं |
07:30 | कमाण्ड प्रम्प्ट मा देखाए झैँ Hello PERL देखापर्छ |
07:35 | संक्षेपमा हेरौं |
07:37 | यो ट्युटोरियलमा हामीले सिक्यौं: |
07:40 | पर्लको संक्षिप्त जानकारी र |
07:43 | उबुन्टु लिनक्स १२.०४ र विन्डोज मा पर्ल इन्स्टल गर्ने प्रक्रिया |
07:50 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
07:54 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
07:58 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
08:03 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: |
08:06 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
08:10 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:15 | बिस्तृत जानकारीको लागि कृपया |
08:18 | contact@spoken- tutorial. org मा सम्पर्क गर्नुहोस् |
08:23 | स्पोकन ट्युटोरियल प्रोजेक्ट "टक टू अ टिचर" प्रोजेक्टको एक भाग हो |
08:29 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:38 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो |
08:50 | आशा छ तपाईलाई यो पर्ल ट्युटोरियल मनपर्यो |
08:53 | म मन्दिरा थापा बिदा हुदैछुँ, |
08:56 | सहभागिताको लागि धन्यवाद, नमस्कार |