Scilab/C2/Getting-Started/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:51, 5 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:02 Getting Started with Scilab स्पोकन टुटोरियलमा स्वागत छ
00:07 यो टुटोरियलमा हामी सिक्ने छौं:
00:09 Scilab लाई क्यालकुलेटरको रुपमा प्रयोग गर्न
00:12 एउटा भेरिएबलमा मान भण्डार गर्न
00:15 यी भेरिएबलहरु प्रयोग गरि गणितीय कार्य गर्न
00:21 करेन्ट वर्किंग डिरेक्टरीमा काम गर्दा एक्जिक्युट भएका कमाण्डहरु भण्डार गर्न एउटा फाइल बनाउन
00:29 कम्प्लेक्स नम्बर परिभाषित गर्न
00:31 नम्बरहरुमा exponential, logarithmic र trigonometric कार्यहरु गर्न
00:38 यो टुटोरियलको लागि Scilab तपाइको कम्प्युटरमा इन्स्टल भएको हुनुपर्छ
00:44 म प्रदर्शनीको लागि Scilab 5.2.0 र Mac OS(X) प्रयोग गर्दैछुँ
00:51 यहाँ टुटोरियलको Flow chart
00:55 तपाइको डेस्कटपको Scilab शर्टकट आइकनमा क्लिक गरौँ र Scilab सुरु गरौं
01:01 यो Scilab कन्सोल विन्डो हो, याद गरौँ कर्सर कमाण्ड प्रम्प्टमा छ
01:07 म तपाईलाई, नियमित अन्तरालमा भिडियो रोकी यो टुटोरियल Scilab मा अभ्यास गर्ने सुझाव दिन्छु
01:16 Scilab लाई एउटा क्यालकुलेटरको रुपमा प्रयोग गर्न सकिन्छ, यसले गर्न सक्ने केहि सामान्य कार्यहरु हेरौं
01:25 टाइप गरौं, 42 प्लस 4 गुणा 4 माइनस 64 लाई 4 ले भाग गरौँ र इन्टर थिचौं
01:36 आउटपुट अपेक्षिकृत 42 छ
01:39 याद गरौ नतिजा 42 डिफल्ट भेरिएबल "a n s" मा भण्डार भएको छ
01:45 हामी नाम सहितको भेरिएबलहरु पनि बनाउन सक्छौं: टाइप गरौँ,
01:49 a बराबर 12, b=21 , र c=33 र इन्टर थिचौं
02:00 यसले मानहरु 12, 21 र 33 क्रमश a,b र c मा भण्डार गर्छ
02:08 म यहाँ clc कमाण्ड प्रयोग गरि scilab कन्सोल सफा गर्छु
02:13 अब हामी यी भेरिएबलस् प्रयोग गरि केहि गणितीय कार्य गर्नेछौं
02:19 उदाहरणको लागि,
02:21 a+b+c ले नतिजा 66 दिन्छ
02:27 साथै
02:29 a गुणा ब्राकेट
02:35 (b+c)ले 648 दिन्छ
02:41 हामी नतिजा अर्को भेरिएबलमा पनि राख्न सक्छौं मानौं 'd' टाइप गरौँ d = ब्राकेट (a+b), ब्राकेट बन्द गरौँ गुणा c ले नतिजा दिन्छ
02:58 d = 1089
03:01 हामी यसरी कमाण्ड लाइनमा भेरिएबलको नामलाई कमाले छुट्ट्याएर टाइप गरि भेरिएबलको मान जाच्न सक्छौं
03:09 a,b,c,d र इन्टर थिचौं
03:16 म यहाँ clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पार्छु
03:21 पावर लिन, तपाइको किबोर्डको 6 नम्बर कि मा रहेको “raised to”चिन्ह प्रयोग गरौँ
03:29 चिन्ह प्रयोग गर्न ' शिफ्ट कि' र 6 नम्बर कि प्रयोग गरौँ
03:34 उदाहरण, 7 स्क्वेर पत्ता लगाउन 7 raised to 2 र इन्टर थिचौं
03:43 कुनै नम्बरको स्क्वेर रुट पत्ता लगाउन मानौं 17, हामी sqrt(17) प्रयोग गर्छौं
03:55 यो 17 raised to 0.5 जस्तै हो
04:06 चलन अनुसार आउटपुटमा खाली पोजिटिभ मान मात्र आउछ
04:10 सामान्यतया, 34 को पावर (2 बाइ 5) निकाल्न, टाइप गरौँ:
04:15 34 raised to ब्राकेट(2 लाई 5ले भाग गरौँ) र इन्टर थिचौं
04:25 नेगेटिभ पावर पनि प्रयोग गर्न सकिन्छ,
04:28 clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पारौं
04:33 अहिले सम्म हामीले Scilab मा कसरी सामान्य हिसाब गर्ने र भेरिएबल बनाउने हेर्यौं '
04:40 अब, हामी नयाँ कमाण्डसँगै सुरु गर्छौं
04:43 यसले हामीलाई पहिले प्रयोग गरिएका कमाण्डहरु आउटपुट सहित सम्झन मद्दत गर्छ
04:49 पहिले कमाण्ड pwd टाइप गरौँ र इन्टर थिचौं
04:55 मेरो कम्प्युटरमा यो हाम्रो करेन्ट वर्किंग डिरेक्टरी हो
04:58 यो तपाइको कम्प्युटरमा फरक हुनसक्छ
05:01 तपाइले scilab कन्सोल विन्डोको टूलबारमा रहेको changed current directory आइकनमा क्लिक गरि करेन्ट वर्किंग डिरेक्टरी बदल्न सक्नुहुन्छ
05:15 अब diary command जारी गर्न टाइप गरौँ:
05:20 diary ब्राकेट, open inverted comma, ('myrecord.txt') close inverted comma, ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
05:40 यो कमान्डले करेन्ट वर्किंग डिरेक्टरीमा एउटा "myrecord.txt" नामक फाइल बनाउनेछ'
05:48 अब अगाडी Scilab सत्रको एक प्रति यो फाइलमा सेभ हुनेछ
05:53 यो टुटोरियल पछाडी यसको उपयोगिताको चर्चा गरिनेछ
06:00 कृपया अहिले टुटोरियल रोकी भिडियोमा दिएको एक नम्बर कार्य गर्नुहोस्
06:07 अब, Scilab ले कसरी कम्प्लेक्स नम्बरहरुसँग काम गर्छ हेरौं
06:13 Scilab मा इम्याजिनरी युनिट i लाई पर्सेन्टi ले जनाइन्छ:'
06:18 उदाहरणको लागि (Five point two गुणा percent i ले 5.2i दिन्छ
06:29 ब्राकेट बन्द गरौँ ( 10 प्लस 5 इन्टु percent i गुणा 2 गुणा percent i ले नतिजा -10. + 20.i दिन्छ
06:58 अब, यहाँ कन्सोल क्लियर गरौँ,
07:04 अब Scilab मा प्रयोग गरिने केहि पहिले नै परिभाषित नुमेरिकल कन्सट्यान्टहरु हेरौं
07:09 i जस्तै, तिनीहरुको नाम पनि percent चिन्हमा सुरु हुन्छ:
07:13 उदाहरण, percent pi
07:18 pi को मान अपेक्षिकृत छ
07:21 अब, हामी built-in trigonometric functions प्रयोग गरि pi को प्रयोग हेर्नेछौं
07:27 sin को percent pi by 2 , नतिजा 1 हुन्छ'
07:37 र cos को percent pi by 2 , नतिजा 6.123D-17'
07:50 कृपया ध्यान दिनुहोस्, कोणहरु रेडियनमा नापिएका छन र
07:54 सबै प्रयोगात्मक कार्यको लागि दोस्रो उत्तर शून्य हुनेछ
07:59 %eps एउटा "machine epsilon" भन्ने नम्बरसँग सम्बन्धित हुन्छ
08:03 यो Scilab ले दिने सबैभन्दा कम रिजोलुसन हो'
08:08 तपाइको कम्प्युटरको पत्ता लगाउन तपाइको कन्सोलमा % eps टाइप गरौँ
08:19 मेरो कम्प्युटरमा यसले 2.220D-16 दिन्छ
08:24 यसले Scilab ले प्रयोग गर्ने फ्लोटिंग पोइन्ट प्रेसिजन दिन्छ
08:28 यो नम्बर 2.22 गुणा 10^(-16) को नोटेसन हो , यहाँ कन्सोल क्लियर गरौँ
08:41 यदि कसैले 0.000456 लेख्न चाहन्छ भने उसले 4.56d-4 वा 4.56e-4 लेख्न सक्छ
09:06 scilab भेरिएबल केस सेन्सीटिभ भएकोले यहाँ हामी सानो d वा ठुलो D, वा सानो e, वा ठुलो E प्रयोग गर्न सक्छौं '
09:16 natural logarithm को बेस अर्को महत्वपूर्ण परिभाषित नुमेरिकल कन्सट्यान्ट हो:
09:22 प्रतिशतले अपेक्षिकृत नतिजा दिन्छ
09:30 हामी सोहि नतिजा "e x p" फंक्सनबाट पनि पाउन सक्छौं
09:35 'उदाहरणको लागि: exp ब्राकेट (1) ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
09:44 तपाई दुवै उत्तर एकै भएको देख्न सक्नुहुन्छ
09:47 यहाँ clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पारौं
09:55 यसैगरी, %e स्क्वेरले तलको उत्तर दिन्छ
10:04 जुन exp 2 टाइप गरि पाउन सकिन्छ
10:18 कमाण्ड log मतलब एउटा नम्बरको natural logarithm हो मतलब base e
10:23 base 10 को लग्यारिदम लिन log 10 प्रयोग गरौँ
10:29 उदाहरणको लागि, log10(1e-23) र इन्टर थिचौं, यसले अपेक्षिकृत उत्तर -23 दिन्छ
10:47 हामीले नेगेटिभ logarithm लियो भने कम्प्लेक्स नम्बर आउछ,
10:51 कम्प्लेक्स नम्बरको लागि तपाई आफै यो गर्न सक्नुहुन्छ, तपाइको कन्सोलमा टाइप गर्नुहोस: log(-1) वा log(%i)
11:01 अब सम्झनुहोस् हामीले सबै टाइप गरिएका कमाण्डहरुको रेकर्डिङ diary कमाण्ड मार्फत myrecord.txt मा कल गरेका छौं,
10:09 अब कसरी त्यो फाइल बन्द गर्ने हो हेरौं
11:13 फाइल बन्द गर्न, टाइप गरौँ
11:16 diary of zero
11:21 यो कमाण्डले फाइल myrecord.txt बन्द र सेभ गर्नेछ
11:26 यो पनि सम्झौं कि यो फाइल करेन्ट वर्किंग डिरेक्टरीमा बनाइएको थियो जुन मेरोमा डेस्कटप थियो
11:34 यो फाइल खोलि तपाइको scilab कन्सोल विन्डो टूलबारको Open-a-file शर्टकट आइकनमा क्लिक गरौँ
11:46 म सबै फाइलको फाइल फर्म्याट बदल्दै छुँ
11:51 myrecord.txt फाइल छानौं र ok मा क्लिक गरौँ
11:59 ध्यान दिनुहोस् कि सबै कामहरु, दुवै कमाण्डहरु र Scilab ले दिएको सम्बन्धित उत्तर सबै यो फाइलमा सेभ भएका छन
12:10 म यो फाइल बन्द गर्दैछु,
12:15 yes मा क्लिक गरौँ
12:21 हामीलाई थाहा छ, जब एउटा प्रोग्राम बन्दै हुन्छ, एउटा राम्रो कोड नबनुन्जेल हामीलाई धेरैपटक परिक्षण गर्नुपर्छ
12:29 Diary कमाण्डले सबै transactions हरु ट्रयाक गर्न मद्दत गर्छ
12:35 यदि तपाई त्यो सम्झनुहुन्छ भने हामीले कमाण्ड diary of zero प्रयोग गरि फाइल my record.txt बन्द गरेका थियौं
12:42 कृपया ध्यान दिनुहोस् यो कमाण्ड एक्जिक्युट गरेपछि कुनै पनि transactions सेभ गर्न सकिदैन
12:48 यदि हामीलाई फेरि सेसन सेभ गर्न परेमा हामीले diary कमाण्ड प्रयोग गर्नुपर्छ
12:54 यदि फाइलमा केहि महत्वपूर्ण जानकारी छ भने diary कमाण्डमा कुनै अन्य फाइलनेम प्रयोग गर्नुपर्छ
13:03 किनकि एकै फाइलको प्रयोगले हालको फाइल ओभरराइट हुनेछ
13:09 यहाँ भिडियो रोक्नुहोस र भिडियो मा दिएको दोस्रो कार्य गर्नुहोस्
13:15 तपाईले याद गर्नुभयो होला समस्याको समाधान ठ्याक्कै शून्य हुदैन
13:21 यो संग कसरी काम गर्ने थप जानकारी लिन टाइप गरौँ “help clean”'
13:27 सामान्यत, यदि तपाईलाई कुनै कमाण्ड सम्बन्धि सहायता चाहिएमा 'help' वा आर्गुमेंट सहितको हेल्प प्रयोग गर्न सकिन्छ
13:37 उदाहरणको लागि scilab कन्सोलमा टाइप गरौँ, “help chdir” र इन्टर थिचौं
13:53 म हेल्प ब्राउजरको साइज बढाउदै छुँ
14:01 Help chdir ले कसरी करेन्ट वर्किंग डिरेक्टरी कसरी बदल्ने बिस्तृत जानकारी दिन्छ
14:10 अर्को विकल्प भनेको scilab कन्सोल विन्डोको टूलबारको हेल्प ब्राउजर आइकनमा क्लिक गर्ने हो
14:20 म हेल्प ब्राउजर बन्द गर्दैछुँ र स्लाइडमा फर्कनेछुँ
14:31 अप-डाउन एरो की पहिले नै एक्जिक्युट भएका कमाण्डहरु हेर्न प्रयोग गरिन्छ
14:36 अप-डाउन एरो प्रयोग गर्दा तपाई कुनै कमाण्डमा रोकिएर त्यसलाई एक्जिक्युट गर्न इन्टर थिच्न सक्नुहुन्छ
14:45 तपाई आवश्यक परेमा कमाण्डहरु एडिट गर्न सक्नुहुन्छ
14:48 वास्तबमा यदि तपाई पहिले टाइप गरेको कमाण्ड खोज्दै हुनुहुन्छ, जुन 'e' बाट सुरु हुन्छ भने e टाइप गरि अप एरो थिचौं'
14:59 कमाण्ड आफै पूरा गर्न ट्याब कि थिचौं, यसले हामीलाई सबै उपलब्ध विकल्पहरु छान्न दिन्छ
15:07 यो टुटोरियलमा हामीले सिक्यौं:
15:10 Scilab लाई क्यालकुलेटरको रुपमा प्रयोग गर्न
15:12 नतिजा डिफल्ट भेरिएबल ans मा भण्डार गर्न
15:16 बराबर चिन्ह प्रयोग गरि मान भेरिएबलमा राख्न
15:20 कन्सोलमा भेरिएबलको नाम कमाले छुट्टयाएर टाइप गरी भेरिएबलको मानहरु जाच्न
15:28 pwd कमाण्ड प्रयोग गरि करेन्ट वर्किंग डिरेक्टरी जाच्न
15:34 तपाइले एउटा फाइलमा टाइप गर्नुभएको कमाण्डहरु सेभ गर्न diary कमाण्ड प्रयोग गर्न
15:40 कम्प्लेक्स नम्बर, नेच्रल एक्स्पोनेंट र π लाई क्रमश %i, %e र %pi प्रयोग गरि डिफाइन गर्न
15:49 कुनैपनि कमाण्डको बिस्तृत जानकारीको लागि हेल्प कमाण्ड प्रयोग गर्न
15:54 यसरी हामी Getting Started with Scilab स्पोकन टुटोरियलको अन्तयमा आएका छौं
15:59 Scilab मा अन्य धेरै फंक्सनहरु रहेका छन जो अन्य स्पोकन टुटोरीयलमा हेरिनेछ
16:06 यो स्पोकन टुटोरियल Free and Open Source Software in Science and Engineering Education(FOSSEE) ले बनाएको हो
16:14 FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in वा http://scilab.in/ वेबसाइटमा पाउन सकिन्छ
16:22 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
16:29 यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
16:43 म आशा गर्छु कि यो ट्युटोरियल सिक्नको लागि उपयोगी छ
16:47 धन्यवाद म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble