C-and-C++/C2/First-C-Program/Nepali
From Script | Spoken-Tutorial
Revision as of 17:47, 10 March 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:02 | फर्स्ट C प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्वागत छ |
00:06 | यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं |
00:08 | कसरी एउटा सामान्य C प्रोग्राम लेख्ने |
00:11 | यसलाई कसरी कम्पायल गर्ने |
00:13 | र यसलाई कसरी चलाउने हामी केहि सामान्य गल्तिहरु र तिनीहरुको समाधानको पनि चर्चा गर्नेछौं |
00:19 | यो ट्युटोरीअल रेकर्ड गर्न म |
00:21 | उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण र यसमा gcc कम्पायलर ४.६.१ संस्करण प्रयोग गर्दैछु |
00:31 | यो ट्युटोरीअल अभ्यास गर्न, |
00:33 | तपाई उबुन्टु अपरेटिंग सिस्टम र कुनै एडिटरसंग परिचित हुनुपर्छ |
00:39 | केहि एडिटरहरु vim र geditहुन् |
00:42 | म यो ट्युटोरीअलमा gedit प्रयोग गर्नेछु |
00:46 | सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला: [1] |
00:51 | म तपाइलाई कसरी एउटा C प्रोग्राम लेख्ने उदाहरणबाट बताउदैछु |
00:56 | किबोर्डबाट एकैचोटी Ctrl, Alt र T किहरु थिची टर्मिनल विन्डो खोल्नुहोस् |
01:07 | अब, टेक्स्ट एडिटर खोलौं, प्रम्प्टमा यो टाइप गरौँ |
01:12 | “gedit” स्पेस “talk” डट “c” स्पेस “&” |
01:20 | हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं |
01:25 | कृपया याद गर्नुहोस, सबै C फायलहरुको एक्सटेन्सन डट “c”हुनेछ |
01:31 | अब, Enterथिच्नुहोस |
01:33 | टेक्स्ट एडिटर खुलेको छ |
01:37 | अब एउटा प्रोग्राम लेख्न सुरु गरौँ |
01:39 | डबल स्ल्याश “//” स्पेस टाइप गर्नुहोस |
01:42 | “My first C program” |
01:48 | यहाँ, डबल स्ल्याश लाइन कमेन्ट गर्न प्रयोग गरिन्छ |
01:52 | कमेन्टहरु प्रोग्राम कसरी लेखिएको छ बुझ्न प्रयोग गरिन्छ |
01:56 | यो डकुमेन्टेसन् को लागि उपयोगी छ |
01:58 | यसले प्रोग्रामको बारेमा जानकारी दिन्छ |
02:01 | डबल स्ल्याशलाई एउटा लाइनको कमेन्ट भनिन्छ |
02:07 | अब, Enterथिच्नुहोस |
02:09 | ह्याश “#include” स्पेस ओपनिंग ब्राकेट, क्लोजिंग ब्राकेट टाइप गर्नुहोस |
02:17 | सधै पहिला ब्राकेट पुरा गरेर, यस भित्र लेख्न थाल्नु राम्रो अभ्यास हुन्छ |
02:24 | अब,ब्राकेट भित्र,“stdio” डट”.” “h” टाइप गर्नुहोस |
02:30 | stdio.h हेडर फायल हो |
02:33 | एउटा program मा इन्पुट/आउटपुट फंक्सनस् प्रयोग गर्दा यो हेडर फायल हुनुपर्छ, अब इन्टर थिच्नुहोस |
02:43 | “int” स्पेस “main” ओपनिंग ब्राकेट,क्लोजिंग ब्राकेट “()”टाइप गर्नुहोस |
02:50 | main एउटा बिशेष फंक्सन हो |
02:52 | यसले प्रोग्रामले यहाँबाट कार्य सुरु गर्छ भनी जनाउछ |
02:58 | ओपनिंग ब्राकेट र क्लोजिंग ब्राकेटलाई प्यारेंथेसिस भनिन्छ |
03:04 | main संगै आउने प्यारेंथेसिसले युजरलाई main एउटा functionहो भन्ने संकेत दिन्छ |
03:11 | यहाँ,int main functionले केहि arguments लिदैन |
03:15 | यसले integer टाइपको मान दिन्छ |
03:19 | हामी डाटा टाइप को बारेमा अर्को ट्युटोरीअलमा हेर्नेछौं |
03:23 | अब, main functionको बारेमा अझ जान्न अर्को स्लाइडमा जाऊ |
03:30 | हरेक प्रोग्राममा एउटा मेन फंक्सन हुनुपर्छ |
03:33 | त्यहाँ एउटा भन्दा बढी मेन फंक्सन हुनु हुदैन |
03:37 | नत्र कम्पायलरले प्रोग्रामको सुरुवात भेट्टाउन सक्दैन |
03:41 | खाली प्यारेंथिस जोडीले मेनमा कुनै arguments छैन भन्ने जनाउछ |
03:46 | आर्गुमेंटको बारेमा बिस्तृत रुपमा आगामी ट्युटोरीअलमा चर्चा गरिनेछ |
03:52 | अब, हाम्रो प्रोग्राममा फर्कौं, इन्टर थिच्नुहोस |
03:58 | कर्ली ब्राकेट “{”खोलेर टाइप गरौँ |
04:00 | ब्राकेट खोल्नाले main functionको सुरुवात जनाउछ |
04:05 | त्यसपछि, क्लोजिंग ब्राकेट “}”टाइप गर्नुहोस |
04:08 | ब्राकेट बन्द गर्नाले main functionको अन्त्य जनाउछ |
04:13 | अब, ब्राकेट भित्र दुइचोटी इन्टर थिची कर्सरलाई एक लाइन माथि सार्नुहोस |
04:20 | इन्डेन्टेसनले कोड लाई पढ्न सजिलो बनाउछ |
04:23 | यसले गल्ति छिटो पत्ता लगाउन सघाउछ |
04:26 | त्यसैले यहाँ तीनवटा स्पेस दिऊ |
04:29 | र “printf” ओपनिंग ब्राकेट ,क्लोजिंग ब्राकेट “()” टाइप गरौँ |
04:34 | printf स्ट्याण्डर्ड C फंक्सन हो जसले टर्मिनलमा आउटपुट प्रिन्ट गर्छ |
04:39 | यहाँ, प्रिन्टएफ ब्राकेटको दोहोरो उद्दरण भित्र, |
04:44 | जुनसुकै कुरा लेखिए पनि टर्मिनलमा प्रिन्ट हुनेछ |
04:50 | “Talk To a Teacher ब्याकस्ल्याश n”टाइप गरौँ |
05:00 | ब्याकस्ल्याश n “\n” नयाँलाइन जनाउछ |
05:03 | नतिजा printf फंक्सन चलाउदा,कर्सर नयाँ लाइनमा सर्छ |
05:11 | हरेक, C स्टेटमेन्ट अर्धविराम “;”मा टुंगिनुपर्छ |
05:15 | त्यसैले, यसलाई लाइनको अन्त्यमा टाइप गर्नुहोस |
05:19 | अर्धविराम ले स्टेटमेन्ट सकिएको जनाउछ |
05:24 | अब, तिनवटा स्पेस दिन Enter थिच्नुहोस |
05:28 | “return” स्पेस “0” र एउटाअर्धविराम “;”टाइप गर्नुहोस |
05:34 | यो स्टेटमेन्ट ले इन्टिजर फर्काउछ |
05:38 | यो स्टेटमेन्टमा इन्टिजर् फर्काउनु पर्यो किनभने फंक्सन टाइप intहो |
05:45 | return स्टेटमेन्टले कार्यगर्ने स्टेटमेन्ट सकिएको जनाउछ |
05:51 | हामी फर्काउने मानको बारेमा अझ अर्को ट्युटोरीअल मा चर्चा गर्नेछौं |
05:56 | अब,फायल सेभ गर्न "Save" बटनमा क्लिक गर्नुहोस |
06:00 | बारम्बार फायल सेभ गर्नु राम्रो बनि हो |
06:03 | यसले तपाइले अकस्मात हुने बिजुलीको समस्याबाट बचाउछ |
06:06 | यदि एप्लिकेसन काम नगर्ने भए पनि यो उपयोगी हुनेछ |
06:10 | अब, टर्मिनलमा फर्कन प्रोग्राम कम्पायल गरौँ |
06:15 | “gcc” स्पेस “talk.c” स्पेस हाईफन “-o” स्पेस “myoutput” टाइप गरौँ |
06:24 | gcc कम्पायलर हो |
06:27 | हाम्रो फायलको नाम talk.c हो |
06:30 | -o myoutput ले एक्जिक्युटेबल myoutputफायल मा जानुपर्छ भन्छ |
06:37 | अब, Enter थिच्नुहोस |
06:39 | हामी प्रोग्राम कम्पायल भएको देख्न सक्छौं |
06:42 | ls -lrtटाइप गरेर हामी अन्तिम बनेएको फायल myoutput देख्न सक्छौं |
06:54 | प्रोग्राम चलाउन,डट स्ल्याश “./myoutput” टाइप गरि Enterथिच्नुहोस |
07:01 | यहाँ, आउटपुट “Talk To a Teacher”को रुपमा देखाईएको छ |
07:06 | मैले पहिले भने जस्तै रिटर्न कार्य गर्ने अन्तिम स्टेटमेन्ट हो |
07:10 | त्यसैले रिटर्न स्टेटमेन्ट पछी केहि पनि काम हुदैन, यसलाई हेरौं |
07:15 | हाम्रो प्रोग्राममा जाऊ |
07:17 | return स्टेटमेन्ट पछी,एउटा थप printf स्टेटमेन्ट राखौं, यहाँ स्पेस दिनुहोस र यो टाइप गर्नुहोस:printf("Welcome \n")र अन्त्यमा अर्धविरामदिनुहोस |
07:35 | अब, सेभमा क्लिक गरौँ |
07:37 | अब कम्पायल गरि प्रोग्राम चलाउ, टर्मिनलमा फर्कौं |
07:41 | तपाइले पहिले प्रयोग गरेका कमाण्डहरु अप एरो कि थिची प्रयोग गर्न सक्नुहुन्छ |
07:46 | यो मैले अहिले गरेको कार्य हो |
07:51 | हामी यो देख्छौं कि दोस्रो स्टेटमेन्ट welcome चलेन |
07:58 | अब, प्रोग्राम मा फर्कौं |
08:00 | अब, 'Welcome' स्टेटमेन्ट रिटर्न स्टेटमेन्ट भन्दा माथि लेखौं |
08:07 | सेभमा क्लिक गरौँ |
08:09 | कम्पायल गरि चलाउ |
08:15 | हामी देख्न सक्छौं कि दोस्रो printf स्टेटमेन्ट welcome पनि चलेको छ |
08:23 | अब, प्रोग्राममा आउनसक्ने साधारण गल्तिहरु हेरौं, प्रोग्राममा जाऊ |
08:29 | मानौं कि यहाँ मैले “stdio.h” मा डट भुल्छु, सेभमा क्लिक गर्नुहोस |
08:36 | कम्पायल गरि प्रोग्राम चलाउ |
08:41 | हामीले देख्छौं त्यहाँ लाइन नं २ talk.cफायलमा ठुलो गल्ति छ |
08:48 | कम्पयालरले “stdioh”नाम गरेको header file भेटेन त्यसैले त्यस्तो फायल वा डाइरेक्टरी छैन भनि गल्ति देखाउछ |
08:59 | अब, कम्पयाल गर्न रोकियो |
09:03 | अब, प्रोग्राममा गएर गल्ति ठिक गरौँ, डट फेरी हाल्नुहोस “.”, सेभमा क्लिक गर्नुहोस |
09:11 | कम्पायल गरि प्रोग्राम चलाऊ |
09:19 | म तपाइलाई अर्को साधारण गल्ति देखाउछु |
09:22 | अब प्रोग्राममा फर्कौं |
09:26 | अब, मानौं कि मैले यहाँ लाइनको अन्त्यमा अर्धविराम दिन बिर्से |
09:31 | सेभमा क्लिक गरौँ र कम्पायल गरि प्रोग्राम चलाऊ |
09:41 | हामी देख्छौं कि त्यहाँ लाइन नं ६को हाम्रो talk.c फायलमा गल्ति छ, जसले प्रिन्टएफ पहिले अर्धविराम चाहन्छ |
09:51 | हाम्रो प्रोग्राममा फर्कौं , मैले पहिले भने जस्तै अर्धविराम ले स्टेटमेन्ट टुंग्याउछ |
09:59 | त्यसैले यसले लाइन नं ५ को अन्त्य र लाइन नं ६ को सुरुवातमा यसलाई खोज्छ |
10:07 | यो लाइन ६ हो |
10:09 | यो अन्तिम स्थान हो जहाँ तपाई अर्धविराम राख्न सक्नुहुन्छ |
10:13 | सम्झनुहोस कि कम्पायलरले लाइन नं ६ मा पनि गल्ति भएको संदेश दिएको थियो |
10:18 | अब, हेरौ कि यदि हामीले त्यहाँ अर्धविराम राख्यो भने के हुन्छ हेरौं |
10:24 | सेभ मा क्लिक गरौँ |
10:26 | कम्पायल गरि प्रोग्राम चलाउ, यसले कम गर्दैछ |
10:33 | अब हाम्रो प्रोग्राममा फर्कौं, यो लाइनको अन्त्यमा अर्धविराम टाइप गरौँ |
10:41 | लाइनको अन्त्यमा अर्धविराम टाइप गर्नु चल्दै आएको अभ्यास हो, अब सेभमा क्लिक गरौँ |
10:49 | कम्पायल गरि प्रोग्राम चलाऊ, यो काम गर्दैछ Nअब हाम्रो स्लाइडमा फर्कौं |
10:57 | एउटा कार्य |
10:59 | "Welcome to the World of C"प्रिन्ट गर्न एउटा प्रोग्राम लेख्नुहोस |
11:03 | यदि “\n” , printf स्टेटमेन्टमा राखें भने के हुन्छ हेर्नुहोस |
11:09 | यसरी हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं |
11:12 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस |
11:15 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ |
11:18 | यदि तपाइसंग ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस |
11:22 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम |
11:24 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
11:28 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
11:32 | बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला |
11:38 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
11:42 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, एम एच आर डी, भारत सरकारको सहायो रहेको छ |
11:48 | यस मिसन सम्बन्धि अझ जानकारी तलको लिंकमा उपलब्ध छ:
http://spoken-tutorial.org\NMEICT-Intro |
11:51 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, साथ दिनुभएकोमा धन्यबाद |