LibreOffice-Suite-Calc/C3/Images-and-Graphics/Nepali
From Script | Spoken-Tutorial
Revision as of 14:48, 21 February 2017 by PoojaMoolya (Talk | contribs)
Resources for recording
Time | Narration |
00:00 | लिब्रे अफिस क्याल्कको इन्सर्टिंग ईमेज स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो टूयूटोरियालमा हामी यी कुराहरु सिक्नेछौँ |
00:09 | डकूमेन्टमा ईमेज फाइल हाल्न |
00:13 | उदाहरण- jpeg, png वा bmp |
00:19 | यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैर्छौं |
00:28 | एउटा स्प्रेडसिटमा ईमेज यसरी थपिन्छ
ईमेज फाइल सिधै इन्सर्ट गर्ने ग्राफिक्स प्रोग्राम बाट, एउटा क्लिपबोर्डको सहयोगले ग्यालरी बाट |
00:39 | हामी प्रत्येकको बारेमा विस्तृत रुपमा चर्चा गर्नेर्छौं |
00:43 | हाम्रो “Personal-Finance-Tracker.ods” स्प्रेडसिट खोलौं |
00:48 | सुरुमा हामी सिट 2 छानौं |
00:51 | हामी यी सिटहरुमा ईमेजहरु थप्नेछौँ |
00:54 | एउटा सेल छान्ने अनि त्यसमा चित्रहरु थप्ने राम्रो अभ्यास हो |
00:59 | यदि पहिले नै हाम्रो कम्प्युटरमा ईमेज भण्डार गरिएको छ भने हामी सुरुमा “Insert” मा क्लिक गरौँ |
01:06 | र त्यसपछि “Picture” र “From File” छानौं |
01:10 | अब हामी ईमेज देखाउन चाहेको स्थानमा राखौं |
01:14 | मैले केही ईमेजहरु डेक्सटपको “Images” नामक फोल्डरमा भण्डारण गरिसकेकी छु |
01:20 | त्यसैले म “Image1” छान्नेछु |
01:24 | हामी “Location” फिल्डमा ईमेजको नाम देख्छौं |
01:28 | “Open” बटनमा क्लिक गरौँ |
01:31 | स्प्रेडसिटमा देखा परेको ईमेज नियाल्नुहोस |
01:38 | यसलाई लिंक गरेर अर्को चित्र थपौं |
01:42 | सुरुमा नयाँ सेल छानौं |
01:45 | अब हामी “Insert” र “Picture” मा क्लिक गरौँ र “From File” छानौं, अर्को ईमेज छानौं |
01:55 | अब “Image 2” मा क्लिक गरौँ |
01:58 | आफनो डकुमेन्टमा ईमेज लिंक गर्न, “Link” विकल्प खोजौं र “Open” क्लिक गरौँ |
02:05 | डाइलग बक्समा देखा परेको, “Keep Link” बटनमा क्लिक गरौँ |
02:11 | अब चित्र फाइलमा लिंक भएको छ |
02:15 | लिंकिंग |
02:17 | जब हामी फाइल लिंक गर्छौं: पहिलो, यो सेभ हुदाँ यसले स्प्रेडसिटको साइज घटाउछ |
02:23 | किनकि हाम्रो स्प्रेडसिटमा इमेज छैन |
02:27 | दोस्रो, यसले युजरलाई दुबै फाइल छुट्टाछुट्टै फेरबदल गर्न दिन्छ |
02:32 | ईमेज फाइलमा गरेको कुनै फेरबदल, स्प्रेडसिटमा लिंक भएको ईमेजमा देखिन्छ |
02:39 | हामी इमेज 2 को रंग बदलछौँ, जुन ग्रेस्केलको फाइलमा लिंक भएको छ |
02:46 | म चित्र सम्पादन गर्न GIMP एडिटर प्रयोग गरिरहेकी छु |
02:50 | तपाई आफनो कम्प्युटरमा स्थापित कुनै एडिटर प्रयोग गर्न सक्नुहुन्छ |
02:54 | सुरुमा "Personal-Finance-Tracker.ods" सेभ र बन्द गरौँ |
03:01 | अब, ईमेजेज फोल्डरमा जाऊ |
03:04 | "Image 2" छानौं |
03:06 | अब राइट-क्लिक गरौँ र Open with GIMP छानौं |
03:10 | GIMP मा ईमेज 2 खुल्छ |
03:13 | अब हामी चित्रको कलर ग्रेस्केलमा बदल्छौँ |
03:18 | अब ईमेजलाई सेभ र बन्द गरौँ |
03:22 | Personal-Finance-Tracker.ods खोलौं |
03:26 | ईमेज 2 अब ग्रे स्केलमा देखिन्छ |
03:30 | फाइल लिंक गर्नुको एउटा मुख्य बेफाइदा भनेको, जब हामी यो स्प्रेडसिट अर्को कम्प्युटर वा युजरमा पठाउन चाहन्छौं |
03:40 | तपाईले दुबै पठाउनु पर्छ, स्प्रेडसिट साथै ईमेज फाइल पनि |
03:44 | मतलब, हामीले सधै दुबै फाइलहरु भण्डार भएको स्थान थाहा पाउनुपर्छ |
03:52 | इमेजलाई स्प्रेडसिटको दायाँ पट्टि सारौं |
03:58 | स्प्रेडसिटमा इमेज हाल्ने अर्को तरिका भनेको हामीले इमेज भण्डार गरेको फोल्डरबाट ईमेज तान्ने र |
04:05 | यसलाई हाम्रो स्प्रेडसिटमा छोड्ने हो |
04:09 | हामी ईमेज तान्छौँ र छोड्छौं |
04:12 | अब हामी जहाँ चाहे त्यहि ईमेज फाइललाई स्प्रेडसिटमा सिधै तान्न र छोड्न सक्छौं |
04:19 | तपाई आफनो डकुमेन्टमा ईमेज भएको देख्नुहुनेछ |
04:23 | यो परिवर्तनलाई CTRL र Z थिची अन्डु गरौँ |
04:29 | अब तान्ने र छोड्ने तरिका प्रयोग गरि इमेज लिंक गरौँ |
04:34 | यो पनि सजिलो छ!
“Control” र “Shift” किहरु थिची राखी इमेज |
04:40 | स्प्रेडसिटमा तानेर लगौं |
04:44 | अहिले इमेज फाइल डकुमेन्टमा लिंक भएको छ |
04:48 | CTRL र S किहरु सँगै थिचेर क्याल्क फाइल सेभ गरौँ |
04:54 | अब यो फाइल बन्द गरौँ |
04:58 | अब हामी ईमेज रहेको फोल्डरमा जाऊ |
05:02 | हामीले “Image 4.jpg” फाइलमा इन्सर्ट गरेको “Image 3.jpg” इमेजलाई पुन नामांकरण गर्यौं |
05:12 | अब “Personal Finance Tracker.ods” फाइल फेरि खोलौं |
05:18 | हामी देख्छौं लिंक गरेको ईमेज अहिले देखिदैन |
05:22 | लिंक गरेको पाथमा एउटा एरर देखाउछ |
05:25 | हामी यो लिंक डिलिट गरौँ |
05:28 | यो टूयूटोरियल रोकौं र यो कार्य गरौँ |
05:32 | क्याल्क सिटमा इमेजलाई लिंकको रुपमा इन्सर्ट गरौँ, यसलाई सेभ र बन्द गरौँ |
05:38 | अब ईमेज भण्डारण गरेको फोल्डरमा जाऊ र ईमेज मेटौं |
05:43 | ईमेज अझै पनि क्याल्क फाइलमा छ/छैन जाच्न यसलाई खोलौं |
05:49 | अब इमेजलाई फेरी ईमेज फोल्डरमा पेस्ट गरौँ |
05:53 | क्याल्क फाइलमा ईमेज देखिन्छ कि जाचौं |
05:57 | “Standard” टूलबार मूनि एउटा नयाँ टूलबार याद गरौँ |
06:02 | यसलाई “Picture” टूलबार भनिन्छ |
06:04 | “Picture” टूलबार माथि बायाँ पट्टिको “Filter” बटनले ईमेजको रुप बदल्न अनेक विकल्पहरु दिन्छ |
06:13 | CTRL र Z थिची अन्डु गरौँ |
06:18 | “Graphics mode” बटनमा ईमेजलाई बदल्ने ग्रे स्केल, ब्ल्याक एण्ड व्हाइट वा वाटरमार्क जस्ता विकल्पहरु छन् |
06:26 | “Picture” टूलबारमा अन्य विकल्पहरु छन् जुन हामी पछि हेर्नेर्छौं |
06:32 | अर्को हामी क्लिपवोर्डबाट ईमेज कसरी हाल्ने सिक्नेछौँ |
06:37 | हामी क्लिपवोर्डमा भण्डार गरिएको ईमेज एक लिब्रे अफिस स्प्रेडसिट देखि अर्कोमा कपि गर्न सक्छौं |
06:44 | एउटा नयाँ स्प्रेडसिट बनाउ र यसलाई “abc.ods” नाम दिउँ |
06:50 | यो हाम्रो टार्गेट डकुमेन्ट हो |
06:53 | हामीसंग पहिले देखि नै हाम्रो “Personal-Finance-Tracker.ods” फाइलमा ईमेज छ |
06:59 | यो हाम्रो सोर्स डकुमेन्ट हो |
07:02 | अब सोर्स फाइलबाट कपि गर्नूपर्ने ईमेज छानौं |
07:06 | “CTRL” र “C” किहरु संगै थिची ईमेज कपि गरौँ |
07:11 | अब क्लिपवोर्डमा ईमेज सेभ भएको छ |
07:15 | अब यसलाई छोडी टार्गेट डकुमेन्टमा जाऊ जुन “abc.ods” हो |
07:21 | “abc.ods” मा सेभ गरेको ईमेजलाई इच्छा अनुसार कहाँ राख्ने स्थान छानौं |
07:28 | अब “CTRL” र“V” किहरु संगै थिची डकुमेन्टमा ईमेज इन्सर्ट गरौँ |
07:35 | हामी हाम्रो टार्गेट फाइलमा इमेज इन्सर्ट भएको देख्छौं |
07:42 | अब हामी कसरी क्याल्क ग्यालरीबाट ईमेज सिधै हाल्ने भन्ने सिक्नेछौँ |
07:48 | “Gallery” मा ईमेज संगसंगै आवाजहरु पनि हुन्छ जुन हामी स्प्रेडसिटमा हाल्न सकिन्छ |
07:54 | यो कसरी गर्ने हेरौं |
07:57 | स्ट्याण्डर्ड टूलबारको “Gallery” आइकनमा क्लिक गरौँ |
08:01 | विकल्पमा, “Tools” विकल्पमा क्लिक गरौँ र अनि “Gallery” खोल्न यसमा क्लिक गरौँ |
08:09 | अब “Gallery” ले उपलब्ध गराएको ईमेजहरुमा जाउँ र हामीले आफ्नो डकुमेन्टमा हाल्न चाहेको ईमेजमा क्लिक गरौँ |
08:18 | “Gallery” बाट ईमेज तानौं र स्प्रेडसिटमा आफुले राख्न चाहेको स्थानमा छोडौं |
08:26 | हामी हाम्रो “Personal-Finance-Tracker.ods” फाइलमा ईमेज रहेको देख्छौं |
08:34 | यसरी हामी 'LibreOfficeCalc' टूयूटोरियलको अन्त्यमा आइपुगेका छौं |
08:39 | संक्षेपमा हेर्दा, हामीले यी कसरी गर्ने सिक्यौं
स्प्रेडसिटमा ईमेज फाइललाई विभिन्न तरिकाले हाल्न |
08:46 | जस्तै
फाइल बाट क्लिपवोर्ड बाट ग्यालरी बाट |
08:52 | तलको लिंकमा उपलब्ध भिडियो हेरौं |
08:55 | यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ |
08:58 | यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
09:03 | स्पोकन टूयूटोरियल टिमले स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
09:08 | अनलाइन परिक्षा पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ |
09:12 | थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस् |
09:19 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
09:23 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09:31 | यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो |
09:41 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद |