LibreOffice-Suite-Base/C2/Modify-a-simple-form/Nepali
From Script | Spoken-Tutorial
Revision as of 14:36, 21 February 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
---|---|
00:00 | लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:04 | यो Modifying a Form ट्युटोरियलमा, हामी कसरी एउटा फर्म इन्टर गर्ने र यसलाई फेरबदल गर्ने सिक्नेछौं |
00:14 | अघिल्लो ट्युटोरियलमा हामीले लिब्रे अफिस बेस प्रयोग गरि एउटा फर्म बनाउन सिक्यौं |
00:22 | हामीले हाम्रो उदाहरण लाइब्रेरी डाटाबेसमा एउटा सामान्य Books डाटा इन्ट्री फर्म बनाएका थियौं |
00:29 | अब हामी यो फर्म प्रयोग गरि कसरी Books तालिकामा डाटा इन्टर गर्न सक्छौं हेरौं |
00:39 | पहिले यदि LibreOffice Base program खोलेको छैन भने खोलौं |
00:48 | र हाम्रो लाइब्रेरी डाटाबेस खोलौं |
00:52 | यदि बेस पहिले नै खोलेको छ भने हामी फाइल मेनु भित्रको ओपन क्लिक गरेर Library डाटाबेस खोल्न सक्छौं |
01:03 | वा फाइल मेनु भित्रको Recent Documents क्लिक गर्न |
01:08 | अहिले हामी Library Database मा छौं |
01:12 | बायाँपट्टिको डाटाबेस सूचिको Forms आइकनमा क्लिक गरौँ |
01:18 | यो विन्डोको फर्म्स मुनि रहेको 'Books Data entry form' रंगिन भएको याद गरौँ |
01:28 | यो फर्मको नाममा राइट क्लिक गरौँ र ओपन क्लिक गरौँ |
01:33 | अब, बुक्स तालिका सम्बन्धित नामहरु र टेक्स्ट बक्सहरु सहित एउटा निलो पृष्ठभूमिको नयाँ विन्डो देख्छौं |
01:45 | हरेक फिल्डमा जान ट्याबमा क्लिक गरौँ र हामी अन्तिमतिर जाँदा बेसले अर्को रेकर्ड खोल्छ |
01:56 | यसरी हामी रेकर्डहरु ट्रान्सभर्स गर्न सक्छौं |
02:00 | अथवा हामी रेकर्डहरुमा जान हामी कालो त्रिकोण चिन्ह पनि प्रयोग गर्न सक्छौं |
02:10 | वैकल्पिक रुपमा, कुनै रेकर्डलाई सरल बनाउन, तलको टूलबारमा रेकर्ड नम्बर टाइप गरौँ र इन्टर कि वा ट्याब कि थिचौं |
02:23 | अब अन्तिम मतलब पाँचौं रेकर्डमा जाउँ |
02:29 | अब एउटा नयाँ रेकर्ड थपौं |
02:34 | यसो गर्न, तलको टूलबारको Last record पछिको दोस्रो, New Record चिन्हमा क्लिक गरौँ |
02:46 | हामीले खाली टेक्स्ट बक्सहरु र तल 6 रेकर्ड नम्बर देख्छौं |
02:55 | अब हामी एउटा नयाँ पुस्तकको जानकारी सहित नयाँ रेकर्ड थप्न तयार छौं |
03:03 | Title टेक्स्ट बक्समा 'Paradise Lost' टाइप गरौँ र अर्को फिल्डमा जान ट्याब कि प्रयोग गरौँ |
03:17 | author मा 'John Milton' टाइप गरौँ |
03:23 | PublishYear मा '1975' टाइप गरौँ |
03:28 | Publisher मा 'Oxford' टाइप गरौँ |
03:31 | र price मा 200 टाइप गरौँ |
03:36 | यहाँ, हामीले भर्खर Books Data Entry Form प्रयोग गरि एउटा नयाँ रेकर्ड थपेका छौं |
03:45 | हामी यो विन्डो बन्द गर्नेछौं |
03:47 | यसरी हामी थप रेकर्ड वा डाटा थप्न सक्छौ |
03:53 | अब Base ले अन्तिम पटक इन्टर गरेको डाटा अपडेट गरेको छ/छैन हेरौं |
04:02 | यसको लागि, LibreOffice Base मुख्य विन्डोको बुक्स तालिकाको दायाँ दोहोरो क्लिक गरौँ |
04:12 | हामीले यहाँ फर्मबाट इन्टर गरेको नयाँ रेकर्डहरु याद गरौँ |
04:18 | ल, अहिले हामी यो विन्डो बन्द गर्छौं |
04:23 | अर्को, अब हाम्रो फर्ममा सामन्य फेरबदल कसरी गर्ने हेरौं |
04:30 | हामी बायाँपट्टिको डाटाबेस सूचिको Forms चिन्हमा क्लिक गर्नेछौं |
04:37 | र 'Books Data Entry form' फेरबदल गर्न खोल्नको लागि यसमा राइट क्लिक गरौँ र 'edit' छानौं |
04:47 | एउटा परिचित विन्डो खुल्छ |
04:51 | यदि तपाईले माथिको 'title' नाममा क्लिक गरेमा, तपाईले त्यो नामलाई घेरेर बसेका हरियो साना बक्सहरु र टेक्स्ट बक्स देख्नसक्नुहुन्छ |
05:03 | यसको मतलब हामी फर्म डिजाइन विन्डोमा छौं |
05:08 | र हामी यो फर्मको रुपरंग, यसको तत्वहरुको साथै कार्यक्षमता पनि फेरबदल गर्न सक्छौं |
05:17 | उदाहरणको लागि, हामी लेबल र टेक्स्टबक्सहरुको स्थान बदल्न सक्छौं |
05:25 | यसलाई प्रोपर्टिज पनि भनिन्छ |
05:28 | लेबल शिर्षकमा दोहोरो क्लिक गरौँ |
05:31 | यसले Properties नामक एउटा सानो विन्डो खोल्छ |
05:38 | यहाँ भएका विभिन्न विन्डोहरु याद गरौँ |
05:48 | अब 'author' लेबलमा क्लिक गरौँ, Properties विन्डो रिफ्रेस हुन्छ र लेबल Author को प्रोपर्टीज देखाउँछ |
06:01 | त्यसैले हामीले फर्मको बिभिन्न तत्वहरुमा क्लिक गरेमा प्रोपर्टीज विन्डो रिफ्रेस भएर छानेको बस्तुको प्रोपर्टीज देखाउँछ |
06:14 | अहिले, प्रोपर्टीज विन्डोको शिर्षक Properties MultiSelection छ |
06:21 | यो किनभने हामीले लेखकको नाम र यो सँगैको तालिकाहरु हरियो बक्सहरुको सेट भित्र भएको देख्छौं |
06:34 | बेसले स्वत फर्ममा भएका लेबल र टेक्स्ट बक्सहरुलाई समुहकृत गरेको छ
हामी तिनीहरुलाई समूहबाट निकाल्न सक्छौं |
06:44 | Title लेबलमा राइट क्लिक गरौँ र तलको 'Group' मा क्लिक गरौँ र 'Ungroup' क्लिक गरौँ |
06:54 | अब हामी लेबल टाइटल र यसको टेक्स्ट बक्सहरु समूह बाहिर भएको देख्छौं |
07:02 | यसरी,हामी फर्ममा भएका प्रत्येक बस्तुहरुको बिशेषताहरु फेर्न सक्छौं |
07:10 | अर्को, टाइटल टेक्स्ट बक्समा एउटा टूल टिप थपौं |
07:16 | अब Properties विन्डोलाई तलसम्म स्क्रोल गरौँ |
07:22 | 'Help text' लेबल याद गरौँ र 'Enter the title of the book here' मा टाइप गरौँ |
07:32 | अब, माथिको मेनु भित्रको फाइलमा रहेको सेभमा क्लिक गरेर फर्म सेभ गरौँ र हामी यो विन्डो बन्द गर्नेछौं |
07:46 | अब हामीले गरेको बदलाव पछि हाम्रो फर्म कस्तो देखिन्छ हेरौं |
07:54 | यसको लागि, बेसको मुख्य विन्डोमा जाउँ, बायाँपट्टिको Forms आइकनमा क्लिक गरौँ |
08:03 | र बायाँपट्टिको 'Books Data Entry Form' मा दोहोरो क्लिक गरौँ |
08:10 | टाइटल लेबल वा टेक्स्ट बक्समा माउस राखौं |
08:17 | 'Enter the title of the book here' भन्ने टूल टिप देखिएको याद गरौँ |
08:24 | त्यसैले अब, हामीले हाम्रो फर्ममा सामान्य फेरबदल गर्न सिक्यौं |
08:31 | हामी बेस ट्युटोरियलको अर्को खण्डमा थप फेरबदल कसरी गर्ने सिक्नेछौं |
08:39 | यहाँ एक कार्य रहेको छ |
08:41 | Members तालिकाको लागि सामान्य फर्म बनाउनुहोस् |
08:46 | यसरी हामी लिब्रे अफिस बेसको Modifying a Form ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं |
08:52 | संक्षेपमा हेर्दा, हामीले एउटा फर्ममा डाटा कसरी इन्टर गर्ने, कसरी फर्म फेरबदल गर्ने सिक्यौं |
09:00 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09:12 | यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ |
09:17 | यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:22 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
सर्ब-शिक्षाबाट म मन्दिरा बिदा हुदैछु सहभागिताको लागि धन्यवाद नमस्कार |