Inkscape/C2/Fill-color-and-stroke/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | इनक्स्केप मा “Fill color and stroke” स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं
|
00:20 | यो ट्युटोरियलमा म * Ubuntu Linux १२.०४ ओएस
|
00:29 | इनक्स्केप खोलौं, यसको लागि, Dash home मा जाऊ र इनक्स्केप टाइप गरौँ |
00:35 | तपाई लोगोमा क्लिक गरेर पनि इनक्स्केप खोल्न सक्नुहुन्छ |
00:40 | हामीले पहिले बनाएको Assignment.svg फाइल खोलौं, मैले यो मेरो Documents फोल्डरमा सेभ गरेको छु |
00:50 | यिनीहरु हामीले हाम्रो अघिल्लो कार्यमा बनाएका आकारहरु हुन् |
00:54 | हामीले इन्टरफेसको तल रहेको color palette प्रयोग गरी रंग बदल्न सिकेको सम्झौं |
01:01 | अब हामी विविध प्रकारका रंगहरु कसरी भर्ने Fill and Stroke प्रयोग गरी सिक्नेछौं |
01:08 | Object मेनु मा जाऊ, र ड्रपडाउन लिस्टको Fill and Stroke विकल्पमा क्लिक गरौँ |
01:13 | याद गरौ, इन्टरफेसको दायाँपट्टी Fill and Stroke डाइलग बक्स देखापरेको छ |
01:20 | यो डाइलग बक्समा ३ ट्याबहरु रहेका छन्: Fill, Stroke paint र Stroke style |
01:27 | अब, हामी क्यानभास क्षेत्रको आयतमा क्लिक गर्ने छौं, याद गरौँ, Fill and stroke डाइलग बक्सको विकल्प र आइकनहरु सक्रिय हुनेछन् |
01:38 | पहिले, हामी Fill ट्याबको बारेमा सिक्नेछौं |
01:41 | Fill ट्याब भित्र ६ आइकनहरु भएको याद गरौँ, अब यी आइकनहरुको प्रयोग हेरौं |
01:48 | पहिलो आइकन लाई No paint भनिन्छ, यसले अब्जेक्टमा कुनै रंग नभरिने जनाउँछ |
01:56 | आइकन मा क्लिक गरौँ र आयतमा हुने परिवर्तन हेरौं, आयतको रंग हटेको छ |
02:03 | अर्को आइकन Flat color हो, यसले एउटा अब्जेक्टमा रंग भर्छ |
02:11 | Flat color आइकन मा क्लिक गरौँ र आयताकारको रंगमा हुने परिवर्तन हेरौं |
02:17 | Flat color भित्र ५ अन्य ट्याबहरु छन् |
02:21 | डिफल्टमा, RGB ट्याब छानिएको हुन्छ |
02:25 | RGB ट्याब भित्र ४ स्लाइडरहरु हुन्छन् |
02:29 | पहिलो ३ स्लाइडरहरुले रातो, हरियो र निलो रंगको प्रगाढता जनाउँछन् |
02:36 | हामी रंग बदल्न यी स्लाइडरहरु बायाँ वा दायाँ दिशामा सार्न सक्छौं, मैले यसो गर्दा आयतमा हुने रंग परिवर्तन याद गरौँ |
02:46 | चौथौँ स्लाइडर Alpha slider हो, यसको प्रयोग गरी हामी रंगको पारदर्शीता घटाउन वा बढाउन सक्छौं |
02:57 | हामीले यी ४ स्लाइडरहरु सार्दा ध्यान दिनुपरे कुराहरु
|
03:06 | तपाईलाई यी कुराहरु याद गर्नको लागि म पुन: एकपटक स्लाइडरहरु सार्छु |
03:12 | *हामी रंग परिवर्तन गर्न
|
03:20 | म Red को मान 100, Green को 50 र Blue को 150 मा बदल्दै छुँ, अहिले आयतको रंग बैजनी भएको याद गरौँ |
03:32 | म Alpha लेभल 255 राख्ने छुँ किनभने म ओप्यासिटि लेभल घटाउन चाहन्न |
03:40 | अर्को ट्याब HSL हो र यसको मतलब क्रमशः Hue, Saturation र Lightness हो |
03:49 | हामी बेस कलर प्राप्त गर्न Hue slider प्रयोग गर्न सक्छौं, म हरियो रंगको बेस प्राप्त गर्न स्लाइडर बायाँतिर सार्छु |
03:59 | हामी बेस कलरको सेचुरेसन मिलाउन Saturation slider प्रयोग गर्न सक्छौं |
04:04 | स्लाइडर बायाँ वा दायाँतिर सारेर सेचुरेसन लेभलको परिवर्तन हेरौं |
04:12 | Lightness slider ले बेस कलरको उज्यालोपना मिलाउँछ |
04:16 | यी विकल्प प्रयोग गरी बेस कलरको शेडहरु बदल्न सकिन्छ
|
04:26 | पहिले जस्तै, Alpha स्लाइडर * ओप्यासिटि लेभल बढाउन वा घटाउन प्रयोग गरिन्छ
|
04:35 | अर्को ट्याब CMYK हो जसको मतलब क्रमशः Cyan, Magenta, Yellow र Black हुन्छ |
04:44 | यी स्लाइडरहरु सारेर हामी बेस कलरको प्रगाढता घटाउन वा बढाउन सक्छौं |
04:52 | यो रंग मिश्रण विकल्प डिजाइन प्रोजेक्टहरु व्यापारिक छापाखानाहरुमा प्रिन्ट गर्दा उपयोगी हुन्छन् |
05:00 | अर्को, Wheel ट्याब छ, यो HSL कलर मिक्सर को वैकल्पिक व्यवस्था हो |
05:07 | हामी स्ट्याण्डर्ड कलर व्हिलमा भएको कलर रिंगमा क्लिक गरी बेस रंग छान्न सक्छौं |
05:14 | त्यसैले, म पहेँलो रंग छान्न पहेँलो शेडमा क्लिक गर्ने छुँ |
05:19 | कलर सर्कल भित्र, एउटा त्रिकोण रहेको छ जसको भित्र एउटा सानो वृत छ, यसमा क्लिक गरौँ र यसलाई त्रिकोणभित्र तानौं र आयतमा हुने रंग परिवर्तन याद गरौँ |
05:31 | CMS ट्याब रंग सम्बन्धि क्षेत्रमा काम गरेकालाई मात्र रुचीको बिषय हुनसक्छ |
05:38 | अहिलेको लागि, हामी यो ट्याब छोड्ने छौं |
05:43 | अर्को एउटा Linear ग्रेडीएन्ट सृजना गर्न सिकौं |
05:47 | क्यानभास मा जाऊ र वृतमा क्लिक गरौँ |
05:50 | अब Fill and Stroke डाइलग बक्समा फर्कौं र Linear ग्रेडीएन्ट आइकन मा क्लिक गरौँ |
05:57 | वृतमा ग्रयाडीएन्ट भरिएको याद गरौँ |
06:00 | ग्रेडीएन्टलाई एउटा नम्बरहरुको क्रममा अन्त्य हुने एउटा नाम राखिने छ |
06:05 | मेरो इन्टरफेसमा नम्बर linearGradient3794 छ, तपाईको भिन्नै हुन सक्छ |
06:14 | हामी linear gradient नम्बर बटन तलको Edit बटनमा क्लिक गरी ग्रेडीएन्ट बदल्न सक्छौं |
06:21 | यसले ग्रेडीएन्ट एडिटर डाइलग बक्स खोल्ने छ |
06:26 | यो बक्सको माथिको बटनको नाम stop छ जसको पछाडी केहि नम्बरहरु छन् र यसमा एउटा ड्रप डाउन मेनु पनि छ |
06:34 | यदि तपाईले यो ड्रपडाउनको एरोहरु क्लिक गर्नुभयो भने दुई stop विकल्पहरु देख्नुहुन्छ |
06:39 | पहिलोले शुद्ध कलर बेस जनाउँछ भने अर्को half checker board हो जुन पारदर्शी छ |
06:48 | दोस्रो विकल्प पारदर्शी stop छानौं |
06:53 | Stop Color मा जाऊ, स्लाइडरहरु सारी RGB मानहरु तपाईले चाहेको रंगमा बदलौं |
07:00 | ग्रेडीएन्ट पूर्ण रुपमा देखिने बनाउन Alpha मान 255 मा राखौं, ग्रेडीएन्ट एडिटर डाइलग बक्स बन्द गरौँ |
07:09 | अब हामी ग्रेडीएन्ट एंगल बदल्न सक्छौं, यसो गर्न बायाँ इन्टरफेसमा टूल बक्सको Node टूल मा क्लिक गरौँ, यो Selector tool मुनि रहेको छ |
07:21 | यसले वृतमा एउटा लाइन देखाउने छ, यो लाइनले ग्रेडीएन्ट जनाउँछ |
07:26 | यो लाइनको टुप्पोहरुमा आर्क ह्यान्डल नामक एउटा वर्ग ह्यान्डल र एउटा गोलाकार ह्यान्डल याद गरौँ |
07:34 | यसले हाल वृतको आर्क ह्यान्डलहरु लाई ओभरल्याप गर्ने छ |
07:38 | हामीले ग्रेडीएन्ट लाइन आर्क ह्यान्डल हरु प्रष्ट रुपमा देख्न ह्यान्डलहरु थोरै सार्नुपर्ने हुन्छ |
07:46 | ग्रेडीएन्ट सुरु र अन्त्य हुने स्थान बदल्न circular arc handle वा square arc handle क्लिक गरौँ र तानौं |
07:55 | हामी circular arc handle प्रयोग गरी ग्रेडीएन्ट को दिशा बदल्न सक्छौं |
08:02 | अब हामी Radial ग्रेडीएन्ट को प्रयोग सिक्ने छौं, आइकन मा किक गरौँ र वृतको ग्रेडीएन्ट मा हुने परिवर्तन हेरौं |
08:11 | Radial ग्रेडीएन्ट एउटा गोलाकार बन्ने छ |
08:15 | एउटा square arc handle र २ circular arc handle हरु याद गरौँ |
08:20 | ग्रेडीएन्ट सुरु हुने बिन्दु बदल्न बिचको square arc handle मा क्लिक गरौँ, म यसलाई बायाँ तल लैजाने छुँ |
08:27 | ग्रेडीएन्ट मा परिवर्तन गर्न कुनै पनि circular arc handle हरुमा क्लिक गरौँ |
08:33 | ग्रेडीएन्ट को आकारमा आएको उचाई र चौडाईको परिवर्तन पनि याद गरौँ |
08:41 | हामी ग्रेडीएन्ट टूल टूलबक्स मा पनि पाउन सक्छौं |
08:46 | यसमा क्लिक गरौँ र हाम्रो वृतमा फर्कौं |
08:50 | याद गरौँ अहिले कर्सर क्यापिटल I सहितको प्लस चिन्हमा बदलिएको छ |
08:56 | अब, वृतभित्र कहीं क्लिक गरौँ र तानौं, ग्रेडीएन्ट मा हुने परिवर्तन याद गरौँ |
09:04 | अब, वृत बाहिर कतै क्लिक गरौँ र तानौं |
09:08 | ग्रेडीएन्ट मा हुने परिवर्तन याद गरौँ |
09:11 | अर्को हामी आकारहरुलाई बिभिन्न शैलीहरुमा ढाल्न सिक्ने छौं |
09:16 | Tool box मा जाऊ, Selector tool क्लिक गरौँ अनि स्टार शेपमा क्लिक गरौँ |
09:22 | Fill and stroke डाइलग बक्समा, Pattern आइकन मा क्लिक गरौँ, स्टारको रंग स्ट्राइपमा परिवर्तन भएको याद गरौँ |
09:31 | Pattern fill भित्र एउटा ड्रप डाउन मेनु रहेको छ, उपलब्ध ढाँचाहरु हेर्न एरोहरुमा क्लिक गरौँ |
09:37 | Checkerboard मा क्लिक गरौँ र स्टार सेपमा हुने परिवर्तन हेरौं, तपाई यहाँ उपलब्ध कुनै पनि शैली प्रयोग गर्न सक्नुहुन्छ |
09:49 | हामी अर्को ट्युटोरियलमा Swatch को बारेमा सिक्ने छौं, |
09:53 | अन्तिम आइकन, Unset paint छानिएको अब्जेक्टको रंग कालोमा अनसेट गर्न प्रयोग गरिन्छ |
10:00 | आइकन मा क्लिक गरौँ, र स्टारमा हुने रंग परिवर्तन हेरौं, यो कालो भएको छ |
10:06 | अब, एउटा अब्जेक्टलाई स्ट्रोक वा एउटा आउटलाइन कसरी दिने सिकौं, यसो गर्न हामीसँग Stroke paint ट्याब छ |
10:14 | अब, Stroke paint ट्याबमा क्लिक गरौँ र आयतमा क्लिक गरौँ |
10:19 | Stroke paint ट्याब भित्रको आइकन हरु Fill ट्याबमा भएका आइकनहरु नै हुन् |
10:23 | तिनीहरुको कार्य पनि एकै हुन्छ |
10:27 | पहिलो आइकन, No paint ले हामी आकारको आउटलाइन हटाउने छौं |
10:31 | अर्को हामी Flat color आइकनमा क्लिक गरौं, हामी आयतको वरिपरि एउटा कालो रंगको आउटलाइन देख्छौं |
10:38 | हामी आउटलाइनको मोटाई बढाउन वा घटाउन Stroke style ट्याब प्रयोग गर्न सक्छौं |
10:49 | अब विड्थ प्यारामिटर 10 राखौं, हामी हाम्रो आवश्यकता अनुसार यसलाई पर्सेन्टेज, पोइन्ट आदिमा पनि परिवर्तन गर्न सक्छौं |
10:58 | म यूनिटमा Pixels राख्छु |
11:01 | पुन: Stroke paint ट्याबमा जाऊ, हामी RGB ट्याबको स्लाइडरहरु प्रयोग गरी स्ट्रोकको रंग बदल्न सक्छौं |
11:09 | मैले यसो गर्दा आउटलाइनमा हुने परिवर्तनहरु हेरौं |
11:14 | अन्य Flat color विकल्पहरु जस्तै HSL, CMYK, Wheel र CMS को बारेमा आफैं हेरौं |
11:21 | अब, Linear gradient मा क्लिक गरौँ, यसले आयताकारमा एउटा ग्रेडीएन्ट आउटलाइन दिनेछ |
11:27 | हामीले पहिले प्रयोग गरेका ग्रेडीएन्टहरु ड्रप डाउन लिस्टमा देखा पर्ने छन्, हामी तिनीहरु मध्ये कुनै पनि प्रयोग गर्न सक्छौं |
11:36 | म मेरो आयतमा रातो र निलो ग्रेडीएन्ट आउटलाइन दिने छुँ |
11:42 | सोहि तरिकाले हामी बाँकी स्ट्रोक आइकनहरु प्रयोग गर्न सक्छौं र हाम्रा अब्जेक्टहरुको ग्रेडीएन्ट आउटलाइनहरुमा रोचक शैलीहरु पनि प्रयोग गर्न सक्छौं |
11:51 | अब हामी Stroke style को बारेमा सिक्ने छौं, यसमा क्लिक गरौँ |
11:55 | हामीले stroke को चौडाई कसरी फेरबदल गर्ने पहिले नै सिकेका छौं |
11:59 | अब, ३ Joint आइकनहरु मा हेरौं, नामत: Miter join, Round join र Bevel join डिफल्टमा, स्ट्रोक Miter join मा हुन्छ |
12:12 | प्रष्ट हेर्न आयतको एउटा कुनोमा जूम इन् गरौँ |
12:17 | अब stroke मा गोलाकार कुनो बनाउन Round join, मा क्लिक गरौँ, stroke को धारहरुमा भएको परिवर्तन हेरौं |
12:26 | अर्को, हामी एउटा Bevel कुना सृजना गर्न Bevel join मा क्लिक गर्ने छौं |
12:31 | Dashes ड्रप डाउनमा बिभिन्न ड्याश शैलीहरु उपलब्ध छन्, यिनीहरु प्रयोग गरी हामी स्ट्रोकमा भिन्न ड्याश शैलीहरु प्रयोग गर्न र चौडाई बदल्न सक्छौं |
12:43 | अर्को भनेको Cap विकल्प हो, यसले मुख्य रुपमा लाइन strokes मा काम गर्छ |
12:48 | Tool box मा जाऊ, Freehand tool मा क्लिक गरौँ, अब Freehand tool प्रयोग गरी एउटा लाइन कोरौं |
12:55 | अब लाइनको अन्त्यमा जूम इन् गरौँ |
12:58 | डिफल्टमा, Butt cap छानिएको हुन्छ र यसले टुप्पोमा सम्म धार दिनेछ |
13:04 | अब म एउटा गोलाकार धार प्राप्त गर्न Round cap मा क्लिक गर्ने छुँ |
13:09 | अर्को Square cap रहेको छ जसले लाइनको अन्त्यमा सम्म र अलि बिस्तारित धार दिने छ |
13:18 | यी Dashes tab मुनिका ३ मार्करहरु हुन् जसले मार्करहरु पाथको बिचमा राख्छ |
13:24 | उपलब्ध सूची हेर्न प्रत्येक Marker को ड्रप डाउन लिस्टमा क्लिक गरौँ |
13:30 | Start Markers भित्र Torso छानौं |
13:34 | हामी Mid markers मा Curvein छान्ने छौं |
13:37 | End Markers मा हामी Legs छान्ने छौं |
13:43 | क्यानभास मा एउटा कार्टुन बनेको याद गरौँ |
13:49 | अन्त्यमा, Fill and stroke डाइलग बक्स मुनिका २ स्लाइडरहरु Blur र Opacity हेरौं |
13:57 | पहिले पुन: एकपटक आयत छानौं |
14:01 | Blur स्लाइडर एउटा अब्जेक्टमा ब्लर इफेक्ट दिन प्रयोग गरिन्छ, म स्लाइडरमा क्लिक गर्ने छुँ र यसलाई दायाँतिर सार्ने छुँ |
14:09 | याद गरौँ, मैले स्लाइडर अझै दायाँ लैजादा आयत धमिलो हुदैं जान्छ |
14:19 | Opacity स्लाइडर कुनै पनि बस्तुलाई पारदर्शी बनाउन प्रयोग गरिन्छ, स्लाइडरलाई दायाँ सारौँ र परिवर्तनहरु हेरौं |
14:32 | अब संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं |
14:37 | * अब्जेक्टहरुमा Fill and Stroke विकल्प प्रयोग गरी रंग भर्न
|
14:49 | यहाँ तपाईको लागि एउटा कार्य छ |
14:52 | १. 5 पिक्सल चौडाईको एउटा निलो स्ट्रोक सहितको रातो र पहेँलो रंगको Linear ग्रेडीएन्ट सृजना गर्नुहोस् |
15:02 | २. Wavy शैलीमा एउटा स्ट्रोक सृजना गरी opacity 70% मा बदलौं |
15:09 | ३. 10 विड्थको एउटा लाइन जसको Start Markers मा Arrow1Lstart र End Markers मा Tail होस् |
15:19 | तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ |
15:23 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस् |
15:33 | स्पोकन ट्युटोरियल प्रोजेक्टले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
15:42 | बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरियल डट ओआरजीमा सम्पर्क गर्नुहोस्, स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
16:01 | यो मिसन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-intro मा उपलब्ध छ |
16:11 | हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |