C-and-Cpp/C3/Working-With-2D-Arrays/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | 2 डाइमेंसनल एरेज इन् C एण्ड C++ स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा हामी सिक्ने छौं - |
00:10 | एउटा 2 डाइमेंसनल एरे के हो |
00:13 | हामी यसको लागि एउटा उदाहरण प्रयोग गर्ने छौं |
00:16 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ |
00:18 | उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१० |
00:22 | उबुन्टुमा gcc र g++ Compiler संस्करण ४.६.१ |
00:29 | 2 डाइमेंसनल एरे को परिचयसँगै सुरु गरौँ |
00:33 | 2D एरे एउटा रो कोलम म्याट्रिक्समा भण्डार गरिन्छ |
00:38 | बायाँ इन्डेक्सले रो जनाउँछ |
00:41 | दायाँ इन्डेक्स ले कोलम जनाउँछ |
00:44 | C र C++ मा एउटा म्याट्रिक्स वा एरेको सुरुको इन्डेक्स सधै 0 हुन्छ |
00:52 | यहाँ, हामी एउटा 2 डाइमेंसनल एरे एउटा रो कोलम म्याट्रिक्समा देख्छौं |
00:58 | सुरुको इन्डेक्स 0 हुन्छ |
01:01 | अब, एउटा 2 डाइमेंसनल एरे कसरी घोषणा गर्ने हेरौं |
01:04 | यसको सिनट्याक्स: |
01:07 | डाटा-टाइप, एरेको नाम, रो र कोलम |
01:13 | उदाहरण, यहाँ हामीले एउटा 2 डाइमेंसनल एरे num २ रो र ३ कोलमहरु सहित घोषणा गरेका छौं |
01:21 | अब एउटा उदाहरण हेरौं |
01:23 | मैले पहिले नै प्रोग्राम टाइप गरेको छुँ, म यो खोल्ने छुँ |
01:28 | याद गरौँ, हाम्रो फाइलको नाम 2d हाइफन array डट c छ |
01:33 | यो प्रोग्राममा हामी 2 डाइमेंसनल एरेको एलिमेंटहरुको योगफल गणना गर्ने छौं |
01:41 | अब म कोड वर्णन गर्ने छु |
01:44 | यो हाम्रो हेडर फाइल हो |
01:46 | यो हाम्रो main() फंक्सन हो |
01:49 | यहाँ हामीले भ्यारीएबलहरु i र j घोषणा गरेका छौं |
01:53 | अनि हामीले ३ रो र ४ कोलमहरु सहितको num1 घोषणा गरेका छौं |
01:58 | र num2, पुन: ३ रो र ४ कोलमहरु सहित घोषणा गरेका छौं |
02:03 | num1 र num2 2 डाइमेंसनल एरेहरु हुन् |
02:07 | यहाँ, हामी म्याट्रिक्स num1 को एलिमेंटहरु युजरबाट इन्पुटको रुपमा लिने छौं |
02:13 | एलिमेंटहरु पंक्तिमा भण्डार हुन्छन् |
02:16 | हामीले रोको लागि i र कोलमको लागि j मानेका छौं |
02:22 | यो for लुपले कन्डिसन i बराबर 0 देखि 2 जाँच गर्ने छ |
02:28 | यो for लुपले j बराबर 0 देखि 3 जाँच गर्छ |
02:33 | यसैगरी, यहाँ हामी म्याट्रिक्स num2 को एलिमेंटहरु युजरबाट इन्पुटको रुपमा लिनेछौं |
02:40 | यहाँ हामी म्याट्रिक्स num1 देखाउने छौं |
02:43 | यहाँ पर्सेन्ट 3d म्याट्रिक्सलाई टर्मिनलमा एलाइन गर्न प्रयोग गरिन्छ |
02:49 | अब, यहाँ हामी म्याट्रिक्स num2 देखाउने छौं |
02:52 | अनि हामी num1 म्याट्रिक्स र num2 म्याट्रिक्स जोड्ने छौं र नतिजा देखाउने छौं |
02:59 | यो हाम्रो return स्टेटमेन्ट हो |
03:01 | अब सेभमा क्लिक गरौँ |
03:05 | अब प्रोग्राम एक्जिक्युट गरौँ |
03:07 | किबोर्डको Ctrl, Alt र T कीहरु एकसाथ थिची टर्मिनल विन्डो खोलौं |
03:15 | कम्पाइल गर्न टाइप गरौँ, gcc स्पेस 2d हाइफन एरे डट c स्पेस हाइफन o स्पेस arr र Enter थिचौं |
03:28 | एक्जिक्युट गर्न टाइप गरौँ, डट slash arr (./arr), अब Enter थिचौं |
03:34 | यहाँ हामीले देख्छौं, Enter the elements of 3 into 4 array num1 |
03:39 | म अब मानहरु इन्टर गर्नेछुँ |
03:52 | अब हामी Enter the elements of 3 into 4 एरे num2 देख्छौं |
03:57 | म मानहरु इन्टर गर्ने छुँ |
04:10 | आउटपुट देखिन्छ |
04:13 | यहाँ हामी num1 म्याट्रिक्स देख्न सक्छौं |
04:16 | यहाँ हामी num2 म्याट्रिक्स देख्न सक्छौं |
04:20 | र यो num1 र num2 को योगफल हो |
04:24 | अब हामी सोहि प्रोग्राम C++ मा कसरी एक्जिक्युट गर्ने हेर्ने छौं |
04:29 | मैले पहिले नै प्रोग्राम बनाईसकेको छु, म यो खोल्ने छु र चर्चा गर्ने छुँ |
04:34 | यो C++ मा 2 डाइमेंसनल एरेको प्रोग्राम हो |
04:38 | याद गरौँ, हाम्रो फाइलको नाम 2d हाइफन एरे डट cpp छ |
04:43 | एक्सटेन्सन डट cpp (.cpp छ |
04:47 | अब म कोड ब्याख्या गर्ने छु |
04:50 | यो हाम्रो हेडर फाइल हो, iostream |
04:53 | यो हाम्रो using स्टेटमेन्ट हो |
04:56 | यो हाम्रो main() फंक्सन हो |
04:58 | यहाँ हामीसँग cout फंक्सन छ किनकि C++ मा आउटपुट प्रिन्ट गर्न cout प्रयोग गरिन्छ |
05:06 | अनि हामीसँग cin फंक्सन छ, हामी C++ मा एउटा लाइन रिड गर्न cin प्रयोग गर्छौं |
05:13 | यहाँ, / t जसले तेर्सो ट्याब जनाउँछ जुन ४ स्पेसहरु बराबर हुन्छ |
05:21 | बाँकी कोड हाम्रो C कोड सरह हुन्छ |
05:25 | अब सेभमा क्लिक गरौँ |
05:27 | एक्जिक्युट गरौँ |
05:28 | टर्मिनलमा फर्कौं |
05:31 | म प्रम्प्ट सफा गर्नेछुँ |
05:33 | कम्पाइल गर्न टाइप गरौँ, g++ स्पेस 2d हाइफन एरे डट cpp हाइफन o स्पेस arr1 र Enter थिचौं |
05:47 | एक्जिक्युट गर्न टाइप गरौँ, डट slash arr1, अब Enter थिचौं |
05:52 | यहाँ हामी देख्छौं, Enter the elements of 3 into 4 array num1 |
05:57 | म मानहरु इन्टर गर्ने छुँ |
06:07 | अब, हामी Enter the elements of 3 into 4 array num2 देख्छौं |
06:13 | म मानहरु यसरी इन्टर गर्नेछु: |
06:24 | आउटपुट यस्तो देखिन्छ |
06:26 | हामी num1 म्याट्रिक्स, num2 म्याट्रिक्स देख्न सक्छौं |
06:31 | र यो num1 र num2 को योगफल हो |
06:36 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
06:39 | हाम्रो स्लाइडमा फर्कौं, संक्षेपमा हेरौं |
06:43 | यो ट्युटोरियलमा हामीले सिक्यौ: |
06:45 | * एउटा 2D एरेमा एलिमेंटहरु थप्न |
06:48 | * 2D एरे प्रिन्ट गर्न |
06:50 | * र 2 डाइमेंसनल एरेको योगफल देखाउन |
06:54 | कार्यको रुपमा: |
06:55 | युजरबाट दुई 2 डाइमेंसनल एरेहरु इन्पुट लिने एउटा प्रोग्राम लेख्नुहोस् |
07:01 | तिनीहरुलाई घटाऊ र नतिजा प्राप्त गरौँ |
07:05 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
07:08 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
07:11 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस् |
07:15 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले: |
07:17 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
07:21 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:25 | बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
07:32 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
07:36 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:43 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
07:48 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, म मन्दिरा बिदा हुदैछुँ, |
07:54 | सहभागिताको लागि धन्यवाद, नमस्कार |