LaTeX-Old-Version/C2/Mathematical-Typesetting/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:00 | बेसिक म्याथम्याटिक्स टाइपसेटिंग युजिंग लेटेक स्पोकन ट्युटोरियलमा स्वागत छ |
| 00:08 | ३ विन्डोहरु याद गरौँ– Maths.tec एउटा सोर्स फाइल हो |
| 00:13 | दोस्रो विन्डो यो फाइल कम्पाइल गर्न प्रयोग गरिन्छ |
| 00:16 | आउटपुट फाइल Maths.pdf पिडिएफ ब्राउजरमा छ |
| 00:22 | यो ब्राउजरले पिडिएफ फाइलको सबैभन्दा नयाँ संस्करण देखाउँछ |
| 00:28 | गणितमा प्रयोग गरिने ग्रिक चिन्हहरु सहित सुरु गरौँ |
| 00:32 | हामीले लेटेकलाई हामी गणितीय अभिव्यक्तिहरु एउटा डलर चिन्ह सहित लेख्ने जानकारी दिनुपर्छ |
| 00:38 | उदाहरणको लागि हामी डलर अल्फा प्रयोग गरि अल्फा सिर्जना गर्छौं |
| 00:52 | कम्पाइल गर्दा, हामी अल्फा पाउछौं |
| 01:02 | यसैगरी, हामी बिटा, गामा, डेल्टा आदि लेख्नेछौं, अब हामीले यो कम्पाइल गर्दा के हुन्छ हेरौं |
| 01:25 | हामी स्ट्यान्डर्ड लेटेकको किताब वा इन्टरनेटबाट त्यस्ता चिन्हहरुको पुरा सुची प्राप्त गर्न सक्छौं |
| 01:34 | अब हामी गणितीय अभिव्यक्तिहरुमा स्पेसहरुको अवधारणा हेर्नेछौं |
| 01:41 | हामीले यसो गर्नुपूर्व, यिनीहरु मेटौं, सिस्टम कम्पाइल गरौँ |
| 01:58 | हामी कसरी alpha-a उत्पादन गर्छौं? |
| 02:03 | alpha-a बनाएर हेरौं, हामी product of alpha and a चाहन्छौं, यसलाई alpha-a गरेर हेरौं |
| 02:25 | लेटेकले alpha-a एउटा undefined control sequence भन्ने प्रतिक्रिया दिन्छ |
| 02:36 | यसले कमाण्ड नबुझेको भन्छ, यो समाधान गर्न सोर्स फाइलमा एउटा स्पेस राखिन्छ, यसलाई आउटपुटमा ध्यान दिइदैन, पहिले यसबाट निस्कौं, यसलाई पुन: कम्पाइल गरौँ, मानौं, alpha र a को गुणा alpha-a हुन्छ |
| 03:03 | ल, हामी देख्छौं, स्पेसहरुले सोर्स फाइलमा कमाण्डहरु छुट्टयाउछन्, यी स्पेसहरु आउटपुटमा देखिदैनन् |
| 03:14 | यदि हामीलाई आउटपुटमा स्पेसहरु चाहियो भने के गर्ने? |
| 03:19 | हामीले यो लेटेकलाई स्पष्टरुपमा भन्नुपर्छ, उदाहरणको लागि, alpha उल्टो स्ल्याश स्पेस A, यसलाई कम्पाइल गरौँ, यसले यहाँ एउटा स्पेस दिएको छ |
| 03:50 | हामी बिभिन्न लम्बाईको स्पेसहरु थप्न सक्छौं, उदाहरणको लागि अर्को लाइनमा जाउँ |
| 04:08 | Quad-A, यहाँ स्पेस छ |
| 04:20 | alpha-q-quad-A ले ठूलो स्पेस दिन्छ |
| 04:32 | हामी यी कमाण्डहरु जोड्न सक्छौं |
| 04:45 | यो ठूलो छ हेरौं |
| 04:52 | हामी hspace कमाण्ड पनि प्रयोग गर्न सक्छौं जसले झन् ठूलो स्पेस दिन्छ |
| 05:15 | हाम्रो पहिलो लाइन किन यहाँ इन्डेन्टेड छ? यो प्याराग्राफको सुरुवात भएकोले हो |
| 05:23 | अब यसलाई यहाँ सारौँ |
| 05:40 | ल, अब म एउटा सानो स्पेस कसरी बनाउने देखाउने छुँ |
| 05:50 | यो slash comma-A ले गरिन्छ |
| 06:02 | यो यहाँ हेरौं, अन्तिममा slash comma कमाण्डले सिर्जना गरेको अलि सानो स्पेस छ |
| 06:18 | अब हामी टेक्स्ट मोडबाट म्याथम्याटिकल मोडमा जाँदा फन्टमा आएको परिवर्तन हेरौं |
| 06:24 | वास्तबमा, यो यहाँबाट प्रष्ट छ, याद गरौँ, हामीसँग यहाँ साथै यहाँ पनि ‘A’ छ, तथापि आउटपुटमा यहाँ भएपनि यदि तपाईले यो A मा हेर्नुभयो भने A को फन्ट भिन्न छ |
| 06:44 | यसको समाधानको रुपमा यो A लाई पनि डलर चिन्ह भित्र लेखिन्छ |
| 06:59 | अब यो हेरौं, अब यो फन्ट र यो फन्ट एकै छन् |
| 07:05 | लेटेकका सिकारुहरुले गर्ने साधारण गल्ति भनेको भ्यारीएबलको फन्ट एकै नराख्ने हो |
| 07:14 | हामीले माइनस चिन्हको लागि पनि डलर चिन्ह प्रयोग गर्नुपर्छ |
| 07:19 | यसको लागि पहिले यसबाट छुटकारा पाऊ, यसलाई कम्पाइल गरौँ |
| 07:34 | ल, हामी लेख्छौं, Negative of alpha-a is -alpha-a |
| 07:51 | तपाईले यो टाइप गर्दा के हुन्छ हेरौं, यो कम्पाइल गरौँ |
| 07:57 | याद गरौँ, माइनस चिन्ह यहाँ देखिए जस्तै सानो ड्यासको रुपमा देखिन्छ |
| 08:07 | यसको समाधानको रुपमा माइनस चिन्ह डलर भित्र प्रयोग गरिन्छ |
| 08:13 | यो अवस्थामा, हामी डलर चिन्ह भित्र माइनस चिन्ह लेख्छौं |
| 08:22 | वास्तबमा, तुलना गर्नको लागि यसलाई यहाँ राखौं र यहाँ माइनस चिन्ह सहित यसको कपि राखौं |
| 08:42 | के हुन्छ हेरौं, यो माइनस चिन्ह र यो माइनस चिन्ह बिचको भिन्नता हेरौं, यो डलर चिन्ह भित्रको माइनस चिन्ह हो, यो लेटेकका सिकारुले गर्ने अर्को साधारण गल्ति हो |
| 08:59 | यो गणितीय चिन्हहरुमा आवश्यक कुरा हो, यो ड्यास प्रयोग गर्नुपर्दैन |
| 09:07 | अर्को हामी फ्र्याक्सन् हरु सिर्जना गर्न प्रयोग गरिने frac कमाण्डको चर्चा गर्नेछौं |
| 09:18 | यो कम्पाइल गरौँ |
| 09:29 | Frac a b, यसले A बाइ B दिन्छ |
| 09:44 | याद गरौँ, यहाँ A र B सानो साइजमा देखिन्छ, उदाहरणको लागि A बाइ B is created by, |
| 10:08 | यहाँ A र B को साइज हेरौं र A बाइ B को साइज हेरौं |
| 10:13 | कमाण्ड frac एउटा स्पेसले टुंग्याइन्छ, यसले दुई आर्गुमेंटहरु खोज्छ |
| 10:24 | पहिलो आर्गुमेंट A न्युमरेटरको रुपमा लिइन्छ र दोस्रो आर्गुमेंट B डिनोमिनेटरको रुपमा लिइन्छ |
| 10:32 | यसपछि यहाँ frac A B, यहाँ विना स्पेस पनि उहीं उत्तर दिन्छ |
| 10:45 | यसले उहीं उत्तर दिन्छ |
| 10:50 | A र B बिचको स्पेसले कुनै असर गर्दैन |
| 10:54 | यदि हामीले A B बाइ C D सिर्जना गर्नुपरे के गर्ने? |
| 11:01 | लेटेकमा, आर्गुमेंटहरु ब्राकेटभित्र रहन्छन, उदाहरणको लागि, डलर frac A B बाइ C D |
| 11:19 | यो यहाँ AB बाई CD छ |
| 11:25 | ब्राकेट भित्रको सम्पूर्ण इन्ट्रीहरु एकै आर्गुमेंटको रुपमा लिइन्छ, परिणामको रुपमा हामी जुनसुकै अप्ठेरो अभिव्यक्तिहरु ब्राकेट भित्र इन्टर गर्न सक्छौं |
| 11:34 | उदाहरणको लागि, frac AB अनि यहाँ 1+ frac CD बाई EF, यो बन्द गरौँ |
| 12:02 | यहाँ यो हेरौं |
| 12:07 | यहाँ हामीले थप अप्ठेरो अभिव्यक्ति बनाएका छौं
AB बाइ 1+ CD बाइ EF |
| 12:15 | यो कमाण्डको मतलब AB को पहिलो आर्गुमेंट न्युमरेटरमा हुन्छ, दोस्रो आर्गुमेंट डिनोमीनेटरमा रहन्छ, 1+ CD बाइ EF |
| 12:28 | यो बिशेषता प्रयोग गरि जटिल अभिव्यक्तिहरु पनि सजिलै टाइपसेट गर्न सकिन्छ |
| 12:36 | अब हामी सबस्क्रिप्ट र सुपरस्क्रिप्टमा हेर्नेछौं, यो मेटौं |
| 12:46 | X अन्डरस्कोर A ले X अफ Aदिन्छ |
| 12:59 | A को साइज सुहाउँदो लेभलमा झर्छ |
| 13:04 | A अन्डरस्कोर AB लाई के हुन्छ? यो गरेर हेरौं, A, AB, एउटा डलर चिन्ह राखौं |
| 13:21 | यदि हामी X सब AB अपेक्षा गर्छौं भने हामी निराश हुनुपर्छ, हामी X सब A B मात्र प्राप्त गर्छौं, कारण के हो भने subscript कमाण्डले एक मात्र कमाण्डको अपेक्षा गर्छ, यो आर्गुमेंटको रुपमा A लिइन्छ, त्यसैले यदि हामी गुणा AB सबस्क्रिप्टमा चाहन्छौं भने हामीले यसलाई ब्राकेट भित्र राख्नुपर्छ, उदाहरणको लागि, हामीले यो सम्पूर्ण कुराहरु ब्राकेट भित्र राख्नुपर्छ, यो यहाँ भयो |
| 14:00 | सुपरस्क्रिप्टहरु क्यारेट वा अप एरो चिन्हले बनाइन्छ, उदाहरणको लागि यदि हामी X को पावर 3 बनाउन चाहन्छौं भने हामी लेख्छौं, X अप एरो 3 |
| 14:22 | साधारण एडिटरहरुमा यो यस्तो देखापर्छ, X अप एरो 3, हामी यसलाई एउटा डलर भित्र बन्द गर्छौं, X को पावर 3 बनाउन कम्पाइल गरौँ |
| 14:43 | पुन: हामी ब्राकेट प्रयोग गरि बस्क्रिप्ट र सुपरस्क्रिप्ट भएका जटिल अभिव्यक्तिहरु बनाउन सक्छौं |
| 14:50 | उदाहरणको लागि, X को पावर 3, को पावर A, को पावर 2.5 |
| 15:12 | ले X को पावर 3 गुणा यी सब कुरा दिन्छ |
| 15:21 | ल, अब यदि हामी यो थ्री चाहदैनौं भने यसलाई मेट्नुपर्छ |
| 15:35 | ल, अब हामी देख्छौं, X को पावर, A को पावर 2.5, र हामी यसमा एउटा सबस्क्रिप्ट पनि थप्न सक्छौं, सबस्क्रिप्ट, बिटा, को-सबस्क्रिप्ट ‘ce’ हो, यो सबस्क्रिप्ट बन्द गरौँ |
| 15:58 | अर्को लेभल, डलर चिन्ह |
| 16:06 | ल, यो यहाँ छ |
| 16:09 | X को पावर, A को पावर 2.5, सबस्क्रिप्ट बिटा, को-सबस्क्रिप्ट ce छ |
| 16:18 | अब केहि साधारण चिन्हहरु हेरौं |
| 16:23 | यो कम्पाइल गरौँ, एउटा सफा स्लेटको सुरु |
| 16:28 | A एक्वल B, A नट इक्वल टु B, यो हेरौं, नट इक्वल टु B |
| 16:43 | अर्को लाइनमा जाउँ, A ग्रेटर द्यान B, A ग्रेटर अर इक्वल टु B, A ग्रेटर ग्रेटर द्यान B |
| 17:01 | के हुन्छ हेरौं, A ग्रेटर द्यान B, ग्रेटर द्यान अर इक्वल टु B, ग्रेटर ग्रेटर द्यान B |
| 17:12 | यसैगरी लेस द्यानको लागि, लेस द्यान B, A लेस द्यान अर इक्वल टु B, A लेस द्यान लेस द्यान B |
| 17:31 | यो हेरौं, लेस द्यान अर इक्वल टु, लेस लेस द्यान B |
| 17:37 | A राइट एरो B, A लेफ्ट एरो B, A लेफ्ट राइट एरो B, राइट एरो, लेफ्ट एरो, लेफ्ट राइट एरो |
| 18:06 | केहि अरु थपौं, A times B |
| 18:17 | के हुन्छ हेरौं |
| 18:21 | यहाँ A गुणा B छ, A प्लस C- डट्स प्लस B, A कमा L- डट्स कमा B |
| 18:48 | ल, C-डट्स को मतलब डट बिचमा आउँछ, L-dots ले तल डटहरु दिन्छ |
| 18:58 | यसैगरी, हामी V-डट्स साथै D-डट्स पनि सिर्जना गर्न सक्छौं |
| 19:05 | हामी कमाण्ड -i-n-f-t-y इन्फिनीटि प्रयोग गरि इन्फिनिटी सिर्जना गर्न सक्छौं, चिन्ह हेरौं |
| 19:17 | ‘sum’ कमाण्ड पनि सिर्जना गर्न सकिन्छ |
| 19:28 | ‘sum’ कमाण्ड हेरौं, समेसन चिन्ह |
| 19:33 | हामी यसमा सबस्क्रिप्ट र सुपरस्क्रिप्ट पनि थप्न सक्छौं |
| 19:38 | I इक्वल 1, अप एरो 100, जुन सुपरस्क्रिप्ट हो, यो यहाँ छ, I इक्वल 1 देखि 100 |
| 19:52 | हामी ‘product’ पनि सिर्जना गर्न सक्छौं |
| 20:01 | यो पाई चिन्ह हेरौं, हामी इन्टिग्रल सिर्जना गर्न सक्छौं |
| 20:10 | र सबस्क्रिप्टमा, बिटा को पावर 2 |
| 20:27 | इन्टिग्रल, इन्टिग्रलमा सबस्क्रिप्ट A, सुपरस्क्रिप्ट बिटा स्क्वेर |
| 20:38 | ल, अब हामी म्याट्रिक्स हेर्नेछौं |
| 20:43 | पहिले हामी यी सबै हटाउने छौं, यसलाई कम्पाइल गरौँ, र एउटा सफा स्लेट सुरु गरौँ |
| 20:51 | यसको लागि, हामीलाई यो कमाण्ड चाहिन्छ, ‘use package a-m-s-math |
| 21:07 | यो प्याकेजहरुले थप कमाण्डहरु परिभाषित गर्छन्, तीमध्ये केहि हामी अब प्रयोग गर्छौं |
| 21:15 | एम्परस्यांड, मतलब एण्ड चिन्ह कोलमहरु छुट्टयाउन प्रयोग गरिन्छ |
| 21:21 | एउटा म्याट्रिक्स कसरी सिर्जना गर्ने, begin matrix A, B, एण्ड म्याट्रिक्स, डलर चिन्ह भित्र राखौं |
| 21:43 | यो AB हेरौं |
| 21:46 | अब मानौं, हामी यसमा दोस्रो रो थप्न चाहन्छौं, यो एउटा उल्टो स्ल्याशले गरिन्छ, दुई उल्टो स्ल्याश,रोहरु दुई उल्टो स्ल्याशहरुले छुट्टयाइन्छ ,त्यसैले मानौं, c, d, e,दोस्रो रोका तीन इन्ट्रीहरु हुन् |
| 22:10 | ल, हामीसँग c, d, e छ |
| 22:15 | यसलाई यसरी पुन: लेखन गर्न सकिन्छ, पहिलो रो, दोस्रो रो, तेस्रो रो, असर एकै हुन्छ |
| 22:32 | मानौं, हामी यहाँ p-matrix राख्छौं |
| 22:43 | हामी यस्तो प्राप्त गर्छौं |
| 22:46 | b-म्याट्रिक्स राखौं |
| 22:55 | यो यहाँ हेरौं |
| 22:59 | थप जटिल म्याट्रिक्सहरु यसरी सिर्जना गर्न सकिन्छ |
| 23:04 | त्यसैले योबाट छुटकारा पाऊ |
| 23:09 | मैले यहाँ एउटा कमाण्ड पूर्व-परिभाषित गरेको छुँ, म यो कपि र पेस्ट गर्छु |
| 23:18 | यो अघिल्लो पटक कम्पाइल गर्दा देखिएको थिएन किनभने त्यो यो एण्ड डकुमेन्टको तल थियो, यो एण्ड डकुमेन्ट तल भएको कुनैपनि कुराको वास्ता गरिदैन |
| 23:29 | ल, मैले एउटा थप जटिल सिर्जना गरेको छुँ, त्यहाँ चार रोहरु छन् पहिलो रोमा a, b देखि z सम्म, दोस्रो रोमा, a-स्क्वेर, b-स्क्वेर देखि z-स्क्वेर सम्म, तेस्रो रोमा, v-डट्स मात्र देखाउँछ, अन्तिम रो मा यो छ |
| 23:51 | साधारणतया, लेटेक कमाण्डहरु केस सेंसिटिभ हुन्छन्, उदाहरणको लागि, यदि मैले यसलाई क्यापिटल B मा बदले भने यहाँ के हुन्छ हेरौं |
| 24:12 | यसले एउटा भिन्न नतिजा दिन्छ |
| 24:15 | साधारण रुपमा लेटेकका प्राय बिल्ट-इन् कमाण्डहरु लोअर केसमा मात्र छन् |
| 24:21 | यो विन्डोज अपरेटिंग सिस्टममा लेटेक प्रयोग गर्नेले ध्यान दिनुपर्छ |
| 24:27 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
| 24:30 | लेटेकका सिकारुहरुले प्रत्येक बदलाव पछि कम्पाइल गर्नुपर्छ र आफुले गरेको परिवर्तनहरु स्वीकार्य भएको पक्का गर्नुपर्छ |
| 24:39 | यो ट्युटोरियल प्रयोग गर्नुभएकोमा धन्यवाद, म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार |