Geogebra/C3/Tangents-to-a-circle/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | नमस्ते “जियोजेब्रामा वृत र स्पर्स रेखा” नामक ट्युटोरिअल मा स्वागत छ |
00:06 | यो ट्युटोरिअलको अन्त्यसम्ममा तपाईहरु वृतमा स्पर्स रेखा बनाउन र स्पर्स रेखाको बिशेषताहरु सिक्नुहुन्छ |
00:17 | हामी आशा गर्छौ तपाई संग जियोजेब्राको आधारभूत ज्ञान छ |
00:22 | नभएको खण्डमा, प्रारम्भिक ट्युटोरिअलको लागि हाम्रो वेबसाइट हेर्नुहोला |
00:27 | यो ट्युटोरिअल रेकर्ड गर्न म उबन्टु लिनक्स ओयस् ११.१० संस्करण जियोजिब्रा ३.२.४७.० संस्करण प्रयोग गर्दै छु |
00:41 | हामी निम्नलिखित जियोजेब्रा टुलहरु प्रयोग गर्छौ
.ट्यान्जेंट्स, .पर्पेंडीकुलर बाइसेक्टर, . इन्सर्ट टु अबजेक्ट्स . कम्पास, . पोलिगन र . सर्कल विथ सेन्टर एंड रेडीअस |
00:58 | एउटा नयाँ जियोजेब्रा विन्डो खोलौं |
01:01 | ड्यास होम, मेडिया एप्समा क्लिक गरौँ; टाइपको तल एजुकेसन र जियोजेब्रा रोजौं |
01:13 | वृत्तको स्पर्स रेखाको परिभाषा हेरौं |
01:16 | वृतको एउटा मात्र बिन्दुमा छुने रेखालाई स्पर्स रेखा भनिन्छ |
01:22 | छोइएको बिन्दुलाई “स्पर्स बिन्दु” भनिन्छ |
01:27 | यो कार्यको लागि म एक्सिसको सट्टा ‘ग्रिड लेआउट’ प्रयोग गर्दै छु
ड्रइंग प्याडमा क्लिक गरौँ |
01:35 | एक्सिसको सट्टा ग्रिड रोजौं |
01:39 | वृतमा स्पर्स रेखा बनाऊ |
01:42 | पहिले एउटा वृत्त बनाऊ |
01:45 | टुलबारबाट “सर्कल विथ सेन्टर एंड रेडियस” टुल रोजौं |
01:49 | ड्रइंग प्याडमा ‘A’ बिन्दु राखौं |
01:52 | डाएलग बक्स खुल्छ |
01:53 | अर्धव्यासको मान ३ राखौ ओकेमा क्लिक गरौँ |
01:58 | ’A’ केन्द्रबिन्दु र ३ सेमि अर्धब्यासको एउटा सर्कल बन्छ |
02:04 | बिन्दु ‘A’ लाई सारौँ अनि वृत्तको अर्ध ब्यास परिबर्तन नभएको याद गरौँ |
02:09 | ”न्यु पोइन्ट” टुलमा क्लिक गर्नुहोस् ‘B’ बिन्दु वृत बाहिर इंकित गर्नुहोस् |
02:15 | “सेग्मेंट बिट्टूविन टु पोइन्ट्स” टुल रोजौं, बिन्दुहरु जोडौं ‘A’ र ‘B’, एउटा AB खण्ड बन्छ |
02:25 | टुलबारबाट “पर्पेंडीकुलर बाइसेक्टर” टुल रोजौं, क्लिक गरौँ बिन्दुहरु ‘A’ र ‘B’मा; ‘AB’को लम्बर्धक बन्यो |
02:37 | ’AB’ खण्ड र लम्बर्धक एउटा बिन्दुमा भेट्छन्, “इन्टरसेक्ट टु अब्जेक्टस्” टुल मा क्लिक गर्नुहोस् |
02:44 | काटिएको बिन्दुलाई ‘C’ भनौं , ‘B’ बिन्दुलाई चलाएर लम्बर्धक र ‘C’ बिन्दुको हलचल याद गरौँ |
02:59 | ‘C’ ‘AB’ को मध्य बिन्दु हो भनेर कसरी हेर्ने? |
03:02 | ”डीस्टेन्स" टुलमा क्लिक गरौँ , बिन्दुहरुमा क्लिक गरौँ ‘A’, 'C'. ’C’,'B' याद गरौँ ‘AC’ र ‘CB’को दुरी बराबर छ तसर्थ 'C' 'AB' को मध्य बिन्दु हो |
03:20 | टुलबारबाट "कम्पास" टुल रोजौं, बिन्दुहरुमा क्लिक गरौँ 'C', 'B'. फेरी 'C' मा क्लिक गरि चित्र पुरा गरौँ |
03:30 | दुई वृत्त दुइ बिन्दुहरुमा काट्टीन्छन |
03:33 | “इन्टरसेक्ट टु अब्जेक्ट्स" टुलमा क्लिक गरौँ , काटिएको बिन्दुलाई 'D' र 'E' नाम दिऊ |
03:42 | "सेग्मेंट बिट्टूविन टु पोइन्ट्स" टुल रोजौं |
03:45 | बिन्दुहरु जोडौं 'B', 'D' अनि 'B' , 'E' |
03:53 | 'BD' र 'BE' वृत्त ‘c’ को स्पर्स रेखाहरु हो? |
03:59 | वृत्तको स्पर्स रेखाको केहि विशेषताहरु हेर्न थालौं |
04:05 | " सेग्मेंट बिट्टूविन टु पोइन्ट्स " टुल रोजौं |
04:08 | बिन्दुहरु जोडौं 'A', 'D' अनि 'A', 'E'. |
04:14 | 'ADB' र 'ABE' त्रिभुजमा 'AD' खण्ड बराबर 'AE' खण्ड (वृत्त 'c'को अर्धब्यास)
अलजेब्रिक भ्यू तर्फा हेरौ 'AD' खण्ड बराबर 'AE' खण्ड छ |
04:34 | अर्धवृत ‘D’को कोण '∠ADB' बराबर '∠BEA'; कोण हरु नापौ |
04:48 | “एंगल” टुलमा क्लिक गरौ... बिन्दुहरुमा क्लिक गरौ ‘A’, ‘D’, ‘B’ र ‘B’, ‘E’, ‘A’ कोणहरु बराबर छन् |
05:03 | 'AB' खण्ड दुबै त्रिकोण संग समान छ, त्यसैले '△ADB' '≅' '△ABE', "SAS कंग्रुएंसी नियम अनुसार" |
05:20 | यसको मतलब स्पर्स रेखा 'BD' र 'BE' हरु समान छन् |
05:26 | अलजेब्रिक भ्यूबाट हामी स्पर्सरेखा 'BD' र 'BE' बराबर भएको देख्न सक्छौँ |
05:33 | कृपया याद गरौँ स्पर्सरेखाले संधै अर्धब्यास संग स्पर्स स्थानमा ९० डिग्री बनाएको हुन्छ
‘B’ र ‘C’ बिन्दुहरु लाई चलाएर स्पर्स रेखाको हलचल याद गरौँ |
05:50 | फाइललाई सेभ गरौँ क्लिक गरौँ “File” >> "Save As" |
05:54 | म फाइलको नाम "Tangent-circle" टाइप गर्छु, "Save" मा क्लिक गरौँ |
06:08 | एउटा सिद्धान्त साबित गरौँ |
06:11 | "स्पर्स बिन्दुमा बनेको स्पर्स रेखा र जिबा बीचको कोण, सोहि जिबा ले बनाएको उत्किर्ण कोण संग बराबर हुन्छ"
स्पर्स रेखा र जिबा बीचको कोण DFB = जिबाको उत्किर्ण कोण FCB |
06:34 | यो सिद्धान्त साबित गरौँ |
06:38 | नयाँ जियोजेब्रा विन्डो खोलौं क्लिक गरौँ “File” >> "New". एउटा वृत्त बनौँ |
06:48 | टुलबार बाट "सर्कल विथ सेन्टर थ्रु पोइन्ट" टुलमा क्लिक गरौं , 'A' बिन्दुलाई वृत्तमा इंकित गरौँ र फेरी ‘B’ बिन्दु इंकित गर्न क्लिक गरौँ |
06:59 | "न्यु पोइन्ट" टुल रोजौं , वृत्तको परिधिमा 'C' बिन्दु बनौँ र 'D' बिन्दु लाई वृत्त बाहिर इंकित गरौँ |
07:06 | टुलबार बाट "ट्यान्जेंट्स" टुल रोजौं, बिन्दु 'D' र वृत्त को परिधि मा क्लिक गरौँ |
07:14 | वृत्तमा दुई स्पर्स रेखाहरु बन्छन |
07:16 | स्पर्स रेखाहरुले वृत्तमा दुई बिन्दुहरुमा छुन्छ |
07:20 | "इन्टरसेक्ट टु अब्जेक्ट्स" टुलमा क्लिक गरौँ स्पर्स बिन्दु हरुलाई 'E' र 'F' इंकित गरौँ |
07:28 | एउटा त्रिकोण बनाऊ, "Polygon" टुलमा क्लिक गरौँ |
07:31 | विन्दुहरूमा क्लिक गरौँ 'B' 'C' 'F' र फेरी 'B'मा चित्र पुरा गर्न |
07:41 | चित्रमा 'BF' वृत्त ’c’ को जिबा हो |
07:45 | '∠FCB' वृत्त ‘c’ मा जिबाले बनाएको उत्किर्ण कोण हो |
07:53 | '∠DFB' कोण स्पर्स रेखा र ‘c’ वृत्तको जिबा बीचको कोण हो |
08:01 | कोणहरु नापौं, "Angle" टुलमा क्लिक गरौँ, बिन्दुहरुमा क्लिक गरौँ D' 'F' 'B' र 'F' 'C' 'B' |
08:14 | याद गरौं '∠DFB' बराबर '∠FCB', विन्दुहरू’D’ र ‘C’ चलाएर स्पर्स रेखा र जिबाको हलचल विचार गरौँ, |
08:31 | फाइललाई सेभ गरौँ , क्लिक गरौँ “File”>> "Save As" |
08:36 | म फाइलको नाम "Tangent-angle" टाइप गर्छु, "Save" मा क्लिक गरौँ ,यो सहित हामी यस ट्युटोरिअलको अन्त्यमा आइपुग्यौ |
08:50 | संक्षेपमा भन्नु पर्दा, यो ट्युटोरिअलमा, हामीले यी कुराहरु साबित गर्न सिक्यौं: |
08:57 | "एउटै बाहिरी बिन्दुबाट बनेको स्पर्स रेखा बराबर हुन्छन” |
09:01 | "स्पर्स रेखा र अर्धब्यास बीचको कोण ९० डिग्री हुन्छ |
09:07 | "स्पर्स रेखा र जिबा बीचको कोण जिबाले बनाएको उत्किर्ण कोण संग बराबर हुन्छ” |
09:14 | कार्य स्वरूप तपाईहरु यो कुरा साबित गर्नुहोस् |
09:17 | "वृत्तको स्पर्श रेखा र स्पर्स बिन्दु जोड्ने रेखा खण्डको योगफल 180 डिग्री हुन्छ |
09:30 | साबित गर्न वृत्त बनाउनुहोस्
बाहिरी बिन्दुबाट स्पर्स रेखा बनाऊ |
09:37 | स्पर्स बिन्दु इंकित गरौँ ,केन्द्रबिन्दु र स्पर्स बिन्दु जोडौं |
09:44 | केन्द्रबिन्दुको कोण नापौं, स्पर्सरेखाहरु बिचको कोण नापौं |
09:49 | दुई कोणको योगफल कति भयो? केन्द्रबिन्दु र बाहिरी बिन्दु जोडौं |
09:55 | के यो रेखा केन्द्रबिन्दुको कोणको दुईभाजक हो? एंगल बाइसेक्टर टुल प्रयोग गरौँ |
10:05 | कार्य यस्तो देखिनु पर्छ |
10:08 | कोणहरुको योगफल 180 डिग्री भयो; रेखाखण्ड कोणको अर्धक हो |
10:16 | यो url मा भएको भिडियो हेर्नुहोस spoken-tutorial.org |
10:19 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको संक्षेपीकरण गर्छ; यदि तपाई संग राम्रो ब्यान्डविथ छैन भने यसलाई डाउंलोड गरि हेर्न सक्नु हुन्छ |
10:27 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
10:32 | अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
|
10:35 | थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस् |
10:42 | स्पोकन ट्युटोरियल प्रोजेक्ट, टक टु टिचर प्रोजेक्टको एउटा भाग हो |
10:47 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी,MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:54 | यो मिसन सम्बन्धि थप जानकारी यो लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro |
10:59 | यो ट्यटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
11:04 | कारखाना नेपालबाट म मन्दिरा बिदा चाहन्छु
साथ दिनु भएकोमा धन्यवाद |