GIMP/C2/An-Image-For-The-Web/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:41, 4 July 2014 by Ranjana (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:23 Meet the GIMP मा स्वागत छ
00:25 यो ट्युटोरियल मुलत: नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:31 GIMP एउटा एकदमै सशक्त इमेज मेनुपुलेसन प्रोग्राम हो
00:35 यो पहिलो टुटोरियलमा म तपाइलाई GIMP र यसको बिशेषताहरुको सानो यात्रा गराउने छु
00:39 म कसरी एउटा वेबको लागि इमेज तयार पार्ने छोटो जानकारी दिनेछु
00:43 बिस्तृत रुपमा म पछिका टुटोरियलहरुमा वर्णन गर्नेछु
00:48 एउटा इमेज खोल्न, म इमेज तानेर टूल बक्समा छोड्छु
00:53 र यो भयो
00:55 यो इमेजमा हेरौं
00:57 म यो इमेज वेबको लागि तयार पार्न चाहन्छु
01:02 म यसमा के गर्न सक्छु हेरौं
01:04 पहिले इमेज ढल्केको हुनाले मैले यसलाई थोरै रोटेट गर्नुपर्छ
01:09 त्यसपछि मैले यो भाग हटाउन म यसलाई क्रप गर्न चाहन्छु – एउटा मान्छेको पछाडी
01:16 मैले गर्न चाहेको तेस्रो कुरो भनेको केहि थप रंगहरु र कनट्रास्ट थप्ने हो
01:22 म इमेज रिसाइज गर्न चाहन्छु किनभने यो लगभग ४००० पिक्सल छ जुन एकदमै धेरै हो
01:31 अनि म यसलाई चहकिलो बनाएर एउटा JPEG इमेजको रुपमा सेभ गर्न चाहन्छु
01:38 रोटेटबाट सुरु गरौ
01:40 म इमेजको सबैभन्दा ढल्केका भागहरुमा जूम गर्नेछु, तपाई यो यहाँ देख्न सक्नुहुन्छ
01:49 तपाई स्पेस थिची खाली कर्सर मात्र सारेर इमेजको वरिपरि घुम्न सक्नुहुन्छ
01:56 र अब म यहाँ क्लिक गरेर रोटेट टूल छान्दैछुँ
02:00 रोटेट टूलमा ग्राफिकल कार्यको लागि सुहाउदा केहि विकल्पहरु छन र तर फोटोग्राफीको कार्यको लागि होइन
02:09 यहाँ Direction लाई Normal(Forward) मा सेट गरिएको छ तर म यसलाई Corrective(Backward) मा सेट गर्छु
02:14 मसँग सबैभन्दा राम्रो Interpolation छ/छैन जाच्नेछु, यो ठिक छ
02:17 र प्रिभ्युमा मैले इमेजको सट्टामा ग्रिड छाने
02:22 म स्लाइडर सारेर ग्रिडको नं बढाउने छुँ, तपाइले यो चाडै देख्नुहुनेछ
02:30 अब म इमेजमा क्लिक गर्नेछु र इमेज माथि एउटा ग्रिड पाउनेछु
02:36 यो ग्रिड सिधा छ
02:38 र म यसलाई घुमाउन सक्छु र GIMP ले त्यहि दिशामा इमेज Corrective मोडमा घुमाउने छ जसले गर्दा ग्रिड पुनः सिधा हुनेछ
02:51 म यो देखाउदै छुँ, म ग्रिड यसरी घुमाउने छुँ
02:56 म पक्का गर्न इमेजको अन्य भाग जाच्नेछु
03:00 मलाई त राम्रो लाग्यो
03:02 अब म रोटेट बटनमा क्लिक गर्नेछु
03:06 इमेज करिब १० मेगापिक्सलको भएकोले यसले केहि समय लिनेछ
03:13 र यो भयो
03:14 इमेज रोटेट भएको छ
03:16 पुरै चित्रमा हेरौं Shift + Ctrl + E ले इमेज फर्काउछ
03:22 अर्को कदम भनेको Cropping हो
03:25 म यहाँ क्लिक गरेर क्रपिंग टूल छान्छु
03:28 म इमेजको aspect ratio 3:2 राख्न चाहन्छु
03:33 त्यसको लागि मैले Fixed Aspect ratio मा ठिक गरे र 3:2 टाइप गरे
03:39 त्यो बक्सबाट बाहिर निस्कन क्लिक मात्र गरौ
03:43 अब म क्रपिंग सुरु गर्न सक्छु
03:45 म मान्छेको खुट्टा यहाँ राख्न चाहन्छु तर इमेजको यो भाग हटाउन चाहन्छु
03:52 त्यसैले मैले यहाँ यो बिन्दुबाट सुरु गरें र लेफ्ट माउस बटन थिचेर म क्षेत्र छान्न लेफ्ट तिर माथि जानेछु
04:01 याद गरौँ, aspect ratio एकै छ
04:06 र अब मैले कति पर तान्ने हो निर्णय गर्नुपर्छ
04:12 मलाई लाग्छ यो धेरै राम्रो छ
04:18 अब बोर्डर जाचौं
04:21 हामीले यो भाग हटाएका छौं, त्यहाँ एकजना मान्छे बसिरहेका छन
04:28 मलाई लाग्छ मान्छेलाई चित्रमा राख्ने ठाउँ छ
04:35 म यसलाई यसै छोड्छु किनकि यो राम्रो देखिएको छ
04:41 त्यहाँ माथि झ्याल छ
04:44 र त्यहाँ झ्यालको रुपमा देख्नको लागि चित्रमा पुग्ने छ
04:50 तर मलाई लाग्छ यहाँ खुट्टानिर पुग्ने ठाउँ छैन
04:54 त्यसैले म यो इमेज क्लिक गर्नेछु र यसलाई केहि तल तान्नेछुँ
04:58 यो अहिले राम्रो भएजस्तो लाग्छ
05:01 तर यहाँ पुग्दो झ्याल देखिएको छैन र यहाँ बसेको मान्छे बोर्डर नजिक भयो
05:08 त्यसैले इमेजलाई केहि ठुलो पारौं
05:11 हामी यहाँ एउटा समस्यामा जादैछौं, सायद तपाई यो देख्न सक्नुहुन्छ
05:18 यो रोटेसनको क्रममा भयो
05:21 यहाँ एउटा सानो भाग छ जुन पारदर्शी छ
05:25 म यसलाई राख्न चाहन्न
05:33 त्यसैले क्रप टूलमा फर्कौं
05:35 म यहाँ केहि ठुलो ठाउँ चाहन्छु; त्यसैले म यसलाई माथि सार्दैछुँ
05:38 त्यति माथि पनि होइन
05:40 मलाई लाग्छ यो धेरै राम्रो छ
05:44 अब इमेजमा क्लिक मात्र गरौँ र यहाँ हामीले इमेज क्रप र रोटेट गरेका छौं
05:50 Shift + Ctrl + E ले फुल भ्युमा फर्काउनेछ
05:56 अर्को कदम भनेको कलर र कनट्रास्ट अलि सुधार्ने हो
06:02 यहाँ बिभिन्न तरिकाहरु रहेका छन, म यहाँ कलर लेभल देख्न सक्छु – यहाँ छ कर्भ वा केहि स्लाइडर
06:11 तर म यो लेयर सहित गर्ने प्रयास गर्नेछु
06:18 म यसको एउटा कपि यहाँ बनाउनेछुँ
06:23 अनि लेयर मोडलाई Overlay मा बदल्ने छुँ
06:30 र तपाई देख्न सक्नुहुन्छ यसको असर एकदमै प्रभाबकारी छ, म यो यति धेरै चाहन्न
06:36 त्यसैले म opacity स्लाइडर एउटा मानमा झार्नेछु, जहाँ मलाई राम्रो लाग्नेछ
06:42 सायद केहि बढि
06:46 ल, मलाई लाग्छ यो सुहाउदो छ
06:50 म यसलाई जहिले पनि बदल्न सक्छु जबसम्म मैले यहाँ राइट क्लिक गरेर च्यानललिस्ट मा जान्छु र

मानौ 'Flatten image' वा 'Merge visible layers' छान्छु

07:01 अनि सबै बदलावहरु स्थायी हुनेछन
07:03 यदि मैले यहाँ History मा गएर हिस्ट्री अंडू गरे भने मात्रै हो
07:10 तर यो हामी पछि हेर्नेछौं
07:13 अर्को कदम Resizing हो
07:16 म मेनुमा क्लिक गर्नेछुँ र Scale Image अप्सन छान्नेछु
07:27 यहाँ म 800 पिक्सलमात्र टाइप गर्नेछु
07:32 र म उचाईको मान स्वत पाउनेछु
07:36 जब मैले यो लिंक यहाँ अनलक गर्छु, म इमेजलाई रिसाइज गर्दा फेरबदल गर्न सक्दिन
07:44 Interpolation
07:45 म Cubic छान्ने छुँ, मैले यहाँको सबैभन्दा उच्चतम लेयर राख्दा इँटाको भवनमा केहि कलात्मक इफेक्ट पाएँ
08:02 अब, स्केलमा क्लिक गरौँ
08:04 र हामी नतिजा हेर्नेछौं
08:08 Shift + Ctrl + E ले पुरै इमेज दिनेछ
08:13 र जब मैले 1 थिच्छु, मैले शतप्रतिशत जूम पाउनेछु
08:19 अब, हामी इमेजमा केहि साह्रै समस्याजनक वा अल्मल्याउने खराबी छ/छैन हेर्नेछौं, तर मलाई व्यक्तिगत रुपमा यसले राम्रो कम गरे जस्तो लाग्छ
08:32 अर्को कदम Sharpening हो
08:35 मेरो लेन्स राम्रो छ र मेर क्यामेरा पनि, तर हामीले इमेजमा बदलाव ल्याएका छौं, त्यसैले यो केहि निखारिएको छ
08:49 म Filters छान्नेछु
08:53 र Enhance मा क्लिक गरौँ र यहाँ Sharpening छ, म Unsharp मास्क पनि प्रयोग गर्न सक्छु जुन एकदमै शक्तिशाली निखार्ने साधन हो, Sharpening नै पुग्छ
09:06 यो टूलमा मुख्यत एउटा विकल्प छ जुन sharpness slider हो, यसलाई मिलाउन सकिन्छ र यो एउटा इमेजको लागि पर्याप्त छ
09:16 यो unsharpened इमेज हो, म यो स्लाइडर तान्दै छुँ, इमेज थप निखारीदै छ, यदि तपाईले यसलाई धेरै पर तानेमा तपाइले हासउठ्दो इमेज पाउनुहुनेछ
09:31 मलाई लाग्छ यो इमेजको लागि यो मान राम्रो छ
09:38 कपाल अहिले अझ सफा देखिन्छ तर यहाँ तपाई केहि विकृत र मिश्रण देख्नुहुनेछ
09:46 त्यसैले हामी यसलाई तल स्लाइड गर्नेछौं र यो राम्रो छ
09:52 म इमेजमा विकृति र मिश्रण भन्दा पनि केहि हल्का इफेक्ट चाहन्छु
10:00 यी तपाइले इमेज हेरफेर गरेको प्रमाण हो
10:06 त्यसैले नतिजा हेरौं
10:09 यो साह्रै राम्रो देखिन्छ
10:11 र अब अन्तिम कदम भनेको यो इमेज सेभ गर्ने हो
10:15 म File मा जानेछु र Save As क्लिक गर्नेछु र मूल फाइल एक्सटेन्सन ‘tif’ बाट ‘jpg’ मा बदल्ने छुँ
10:29 र सेभ बटनमा क्लिक गरौँ
10:32 मैले एउटा चेतावनी पाएँ जसले JPEG can't handle images with multiple layers भन्छ, Ok गरौँ, ल हामीले तिनीहरु एक्पोर्ट गरेका छौं
10:44 मलाई लाग्छ, 85% यो इमेजको लागि एउटा राम्रो स्ट्याण्डर्ड मान हो
10:53 त्यसैले मैले यो इमेज JPEG को रुपमा यहाँ सेभ गरेकी छुँ
11:01 तपाई यो फुलस्क्रिनमा देख्न सक्नुहुन्छ
11:04 ल यो भयो Meet the GIMP को पहिलो टुटोरियल, पछिका टुटोरियलहरुमा हामी कसरी GIMP सेट गर्ने, कसरी कोर्ने, बदल्ने आदि र टूल्स र अन्य धेरै हेर्नेछौं
11:17 यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला
11:25 थप जानकारी http://meetthegimp.org मा उपलब्ध छ
11:31 म तपाइको प्रतिक्रियाको स्वागत गर्नेछु, तपाईलाई के मन पर्यो , के मा राम्रो गर्न सकिन्छ र तपाई भबिष्यमा के देख्न चाहनुहुन्छ भन्नुहोला
11:41 स्पोकन टुटोरियल प्रोजेक्टको लागि सर्बशिक्षा नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana